२२७३२४ - रिट निवेदन

Registration Number
०७७-WO-०८४१
Decision Date
2080-03-21
Registration Date
2077-11-16
Bench
विश्वम्भरप्रसाद श्रेष्ठ, कुमार रेग्मी
Plaintiff
ज्योती गुप्ता
Defendant
जिल्ला प्रशासन कार्यालय रौतहट समेत , ईशनाथ नगरपालिका वडा नं। २ को कार्यालय ओरैया रौतहट र पश्चिमाञ्चल इन्निनियरिङ्ग क्यम्पस पोखरा कास्की

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश रिट नं. ०७7-WO-०८४१ मुद्दा- उत्प्रेषण परमादेश। जिल्ला रौतहट, ईशनाथ नगरपालिका वडा नं.२ बस्ने सुरेन्द्र प्रसाद गुप्ताको छोरी ज्योती गुप्ता- -----------------------------------------------------------------1 विरुद्ध डीनको कार्यालय, त्रिभुवन विश्‍वविद्यालय, ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक, ललितपुर---- ----------------------------------------------------------------१ पश्चिमाञ्‍चल ईन्जिनियरिङ्ग क्याम्पस--------------------------------------------१ पुल्चोक क्याम्पस, पुल्चोक ललितपुर------------------------------------------१ भर्ना समिति, पुल्चोक क्याम्पस, पुल्चोक, ललितपुर-----------------------------१ गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं------------------------------------------१ जिल्ला प्रशासन कार्यालय, रौतहट---------------------------------------------१ ईशनाथ नगरपालिका वडा नं.२ को कार्यालय, औरैया, रौतहट------------------१ नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिटको संक्षिप्त बेहोरा तथा आदेश यसप्रकार छ। तथ्य खण्ड 1. म निवेदिका जिल्ला रौतहट साविक औरैया गा.वि.स. वडा नं. ४ हाल ईशनाथ नगरपालिका वडा नं. २ मा 2059।09।14 मा जन्म भई चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. २ मा स्थायी रुपमा बसोबास गर्ने नेपाली नागरिक हुँ। मेरो आमा र बुबा दुवै नेपाली नागरिक हुनुहुन्छ। मेरो बुबाले जिल्ला प्रशासन कार्यालय, रौतहटबाट मिति 2069।11।26 मा ना.प्र नं. 323030/33 जन्मको आधारमा र आमाले जिल्ला प्रशासन कार्यालय, रौतहटबाट मिति 2076।02।26 मा ना.प्र.नं. 32-01-76-01903 वैवाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र प्राप्त गर्नु भएको छ। मैले त्रिभुवन विश्वविद्यालय, ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकमा ईन्जिनियरिङ्ग अध्ययनको लागि प्रवेश परीक्षा उत्तीर्ण गरी सकेकी छु। प्रवेश फारम भर्दा नागरिकता अनिवार्य थिएन तर भर्ना हुन जाँदा नागरिकता अनिवार्य रुपमा चाहिने भनी पुल्चोक क्याम्पस प्रशासनले भर्ना गर्न मानेन। म निवेदिकाको आमा र बुबा दुवै नेपाली नागरिक रहेकोले निजहरुको नागरिकता पेश गरी नेपाली नागरिकता पाउँ भनी मिति २०७७ फाल्गुन १४ गते ईशनाथ नगरपालिका वडा नं. २ को कार्यालयमा सिफारिसको लागि जाँदा सो कार्यालयले आमा बुबाको नागरिकता जन्मको आधारमा भएकोले नेपाल सरकारबाट जन्मको आधारमा भएको नागरिकता रोक्का राखेको बेहोरा सिफारिस साथ अनुरोध छ भनी सिफारिस गरेको थियो। यसरी ईशनाथ नगरपालिका वडा नं. २ ले कानूनी अड्चन देखाई आल्टाल गरी नागरिकता प्रमाणपत्रको सिफारिस गर्न इन्कार गरेबाट म नागरिकता प्राप्त गर्ने हकबाट बन्चित हुन पुगेको छु। 2. अतः म निवेदिका नेपालको संविधान तथा नागरिकता सम्बन्धी ऐन तथा नियमावली बमोजिम नेपालको नागरकिता पाउने योग्य व्यक्ति हुँदा मलाई नेपालको नागरिकताको प्रमाणपत्र प्रदान गर्नु गराउनु भनी विपक्षीहरु 5, 6 र 7 को नाउँमा परमादेश लगायत अन्य आवश्यक उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ। सुविधा र सन्तुलनको हिसाबले यो निवेदनको अन्तिम टुंगो नलागेसम्म त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थानले नागरिकता बिना भर्ना नलिने भनी गरेको आदेश स्नातक तहको प्रवेश परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धी जानकारी तथा पश्चिमाञ्‍चल क्याम्पसको मिति २०७७।११।१४ गतेको सूचनाको क्र.सं. २ मा उल्लेखित "नेपाली नागरिकताको प्रमाणपत्र र प्रमाणित प्रतिलिपी" प्रावधान र सोसँग सम्बन्धित कुनै पनि काम कारवाही नगर्नु नगराउनु तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम म निवेदिकाको नागरिकता प्रमाणपत्र नभएपनि मेरो जन्मदर्ता वा बुबा आमाको नागरिकता प्रमाणपत्रको आधारमा क्याम्पसमा भर्ना लिनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्‍ने समेत बेहोराको ज्योती गुप्ताको यस अदालतमा दायर हुन आएको रिट निवेदन पत्र। 3. यसमा के कसो भएको हो ? निवेदनको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद वाहेक १५ दिन भित्र विपक्षी नं. ५ र ६ को हकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत् तथा विपक्षी नं. १, २, ३, ४ र ७ का हकमा आफैं वा कानूनबमोजिमको आफ्ना प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नू भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना पठाई सो को वोधार्थ महान्यायाधिवक्ताको कार्यालयलाई दिई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघे पछि नियमानुसार पेश गर्नू। अन्तरिम आदेश माग भएतर्फ विचार गर्दा, निवेदिकाको जन्म जिल्ला रौतहट साविक औरैया गाउँ विकास समिति वडा नं. ४ ईशनाथ नगरपालिकामा भएको, निजको पिता जन्मको आधारमा नेपालको नागरिक रहेको, आमा समेतले वैवाहिक अंगिकृत नागरिकता पाएको र निज निवेदिकाले BE/B.Arch. Entrance Examination 2077 मा सहभागी भई भर्ना सूचीमा नाम प्रकाशित भएकोसमेत देखिएको अवस्थामा पश्चिमाञ्चल क्याम्पसको मिति २०७७।११।१४ को सूचनाबाट नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने अनिवार्य शर्त रहेको कारण