१८८९२१ - राजस्व र बाणिज्य

Registration Number
०७५-RB-००७७
Decision Date
2081-05-16
Registration Date
2075-04-17
Bench
तिल प्रसाद श्रेष्ठ, सुनिल कुमार पोखरेल
Plaintiff
रिजवी ट्रेडिङ्ग कन्सर्नको प्रोपराइटर मनिष अग्रवाल
Defendant
सुख्खा बन्दरगाहा भन्सार कार्यालय सिर्सिया विरगंज , सुख्खा बन्दरगाहा भन्सार कार्यालय सिर्सिया विरगंजका प्रमुख अधिकृत र श्री मूल्यांकन पूनरावलोकन समिति भन्सार विभाग त्रिपूरेश्वर कार्यालय

Summary

रिजवी ट्रेडिङ्ग कन्सर्नले आयात गरेको सुपारीको भन्सार मूल्याङ्कन सम्बन्धी विवादमा सर्वोच्च अदालतले सुख्खा बन्दरगाह भन्सार कार्यालय, मूल्याङ्कन पुनरावलोकन समिति र राजस्व न्यायाधिकरणका निर्णयहरूलाई बदर गरेको छ। अदालतले भन्सार ऐन, २०६४ को दफा १३(७) बमोजिम पैठारीकर्तालाई सूचना दिने कार्यविधि पूरा नगरिएको र दफा १३(८) बमोजिम 'समरुप वस्तु' को आधारमा मूल्य निर्धारण गर्दा गुणस्तर परीक्षण लगायतका ठोस प्रमाणको अभाव रहेको ठहर गरेको छ। अदालतले कारोबार मूल्यलाई नै भन्सार मूल्याङ्कनको प्रमुख आधार मान्नुपर्ने र शंकास्पद देखिएमा उचित प्रक्रिया पुर्याउनुपर्ने सिद्धान्त प्रतिपादन गरेको छ। यस मुद्दामा नेपाल सरकार, भन्सार विभाग विरूद्ध पशुपति एक्सपोर्ट एन्ड इम्पोर्ट हाउस वीरगञ्ज (ने.का.प.२०७३, अंक १ नि.नं. ९५२८) को नजिरलाई समेत आधार लिइएको छ।

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तिल प्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुनिल कुमार पोखरेल फैसला 075-RB-0077 मुद्दा:- बढी भन्सार महसुल निर्धारण। |पर्सा जिल्ला साविक वीरगंज उपमहानगरपालिका वडा नं.१३ हाल परिवर्तित |पुनरावेदक | |ऐ.वीरगंज म.न.पा. वडा नं.१० आदर्शनगर स्थित रिजवी ट्रेडिङ्ग कन्सर्नको |प्रतिवादी | |प्रोपराइटर मनिष | | |अग्रवाल---------------------------------------------------१ | | |विरूद्ध | |सुख्खा बन्दरगाह भन्सार | प्रत्यर्थी | |कार्यालय,सिर्सिया,पर्सा-------------------------------१ |वादी | |ऐ.ऐ प्रमुख भन्सार | | |अधिकृत-------------------------------------------------१ | | |मूल्यांकन पूनरावलोकन समिति,भन्सार विभाग त्रिपूरेश्वर | | |काठमाडौं-------------१ | | सुरु तहको निर्णयको विवरण निर्णय गर्ने निकाय: सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया पर्सा निर्णय गर्ने अधिकारी: प्रमुख भन्सार अधिकृत श्री अच्युत प्रसाद शिवाकोटी निर्णय मितिः 2070।08।12 पुनरावलोकन तहको निर्णयको विवरण निर्णय गर्ने निकाय: मूल्याङ्कन पुनरावलोकन समिति, त्रिपुरेश्वर निर्णय गर्ने अधिकारी: अध्यक्ष श्री राजन खनाल सदस्य श्री नारायण प्रसाद शर्मा सदस्य श्री छविन्द्र पराजुली निर्णय मिति: २०71।01।12 पुनरावेदन तहको फैसलाको विवरण फैसला गर्ने निकाय : राजश्व न्यायाधिकरण, काठमाडौं फैसला गर्ने पदाधिकारीहरु : माननीय अध्यक्ष श्री डिल्लीराज आचार्य राजस्व सदस्य श्री जीवन कुमार घिमिरे लेखा सदस्य श्री डम्बरबहादुर कार्की फैसला मिति: २०74।01।21 मुद्दा नं.: 97-70-00336 राजश्व न्यायाधिकरण काठमाडौंबाट मिति २०74।01।21 मा भएको फैसला उपर राजस्व न्यायाधिकरण ऐन, 2031 को दफा 8 बमोजिम पुनरावेदनको अनुमति पाउँ भनी पेश हुन आएको निवेदनमा यस अदालतबाट राजस्व न्यायाधिकरण ऐन, 2031 को दफा 8 (ख) र (घ) बमोजिम पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यसप्रकार छ। मुद्दाको संक्षिप्त तथ्य 1. रिजवी ट्रेडिङ्ग कन्सर्नले Indonesia वाट Commercial Invoice नं. INV/VJL- 101/2013 date 28/10/2013 बाट BETEL NUTS प्रज्ञापन पत्र नं M17329 अनुसार मिति 2070।8।12मा पैठारी गरेको देखिन्छ। 2. कम्पनीले विजक अनुसार पैठारी गरी ल्याएको Betel nuts को मूल्य प्रति मेट्रिक टन CIF KOL USD825 का दरले हुने रकम र कारोवार खर्च रु.३,७६,२२१।- समेत संलग्न गरेको मूल्य घोषणा फारम। 3. सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट समरूपको मालबस्तु पैठारी हुँदा कायम भएको भन्सार मूल्य बमोजिम प्रति मेट्रिक टन CIF KOL USD1050 कायम गरी पैठारी कर्ताले घोषणा गरेको कारोबार खर्च रु.३,७६,२२१।- समेत समावेश गरी सामान जाँचपास गर्ने भन्ने सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट मिति २०७०।8।12 मा भएको निर्णय। 4. सुख्खा बन्दरगाह भन्सार कार्यालयले गरेको जाँचपास सम्बन्धमा मिति २०७०।8।12 मा भएको निर्णयमा चित्त नब्झाई पैठारीकर्ताले मिति २०७०।8।26 मा मूल्यांकन पुनरावलोकन गरिपाउँ भनी मूल्यांकन पुनरावलोकन समितिमा दिएको निवेदन पत्र। 5. भन्सार कार्यालयबाट आदर्श ट्रेडिङ्ग प्रा.लि. वीरगंजले प्र.द.नं. M17272 मिति २०७०।८।११ मा Indonesia Origin को सोही मालबस्तु पैठारी भएको मूल्यलाई आधार मानी भन्सार ऐन २०६४ को दफा १३(८) बमोजिम कायम गरेको मूल्यलाई अन्यथा मान्न सकिने अवस्था नहुँदा समरुप मालबस्तुको आधारमा कायम गरेको मूल्य WTO Valuation सिद्धान्त बमोजिम ९० दिन भित्रको कारोबार समेत रहेको पाइएकोले पैठारी भएको मालबस्तु सुपारीको सुरु कार्यालयबाट भन्सार ऐन, २०६४ को दफा १३(८) बमोजिम कायम मूल्य प्रति मेट्रिक USD 1050 कायम गर्ने गरी भएको निर्णय कानून सम्मत नै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मूल्यांकन पुनरावलोकन समिति, त्रिपुरेश्वरको मिति 2071।1।12को निर्णय। 6. सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्साबाट कायम गरेका बढी भन्सार महसूल र मालको मोलको निर्णय र सोलाई सदर हुने ठहयाई भएको श्री मूल्यांकन पुनरावलोकन समिति, भन्सार विभागको उक्त निर्णय समेत गैरकानूनी, त्रुटिपूर्ण, न्यायिकमनको अभावयुक्त, प्राकृतिक न्यायको सिद्धान्तको विपरित रहेकोले बदर गरी आयात, खरीद विजक बमोजिमको मोल कायम गर्ने ठहर गरी पुनरावेदकको तर्फबाट दाखिला गरेको थप भन्सार महसूल वापतको बढी धरौटी रकम समेत फिर्ता पाउने ठहर गरी न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक रिजवी ट्रेडिङ कन्सर्न प्रा.लि.ले राजस्व न्यायाधिकरण काठमाडौंमा पेश गरेको पुनरावेदनपत्र। 7. यसमा बैंकिङ प्रकृयाबाट आयात भएको मसामानमा बिल विजकको प्रश्न उठाइ मोल कायम गरेको शुरु कार्यालयको निर्णय प्रमाण मूल्यांकनका सन्दर्भमा फरक पर्न सक्ने भएकोले मूलुकी ऐन अ.वं.२०२ नं. को प्रयोजनार्थ विशेष सरकारी वकील कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नुभनी राजश्व न्यायाधिकरण काठमाडौंबाट मिति 2071।8।3 मा भएको आदेश। 8. पुनरावेदकले पैठारी गरेको मालबस्तु सुपाडी (Betel nuts)को प्रति मेट्रिक टन USD 1050 मूल्य कायम गर्ने गरी सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्साको मिति २०७०।08।12 को निर्णयलार्इ समर्थन गर्ने गरी मूल्यांकन पुनरावलोकन समितिबाट मिति 2071।1।12 मा भएको निर्णय समेत मिलेकै देखिंदा सदर हुने ठहर्छ।पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको राजस्व न्यायाधिकरण काठमाडौंबाट मिति 2074।01।21 मा भएको फैसला। 9. सुरु सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट भएको निर्णय र मूल्याङ्कन पुनरावलोकन समितिबाट भएको निर्णयलाई सदर गर्ने गरी राजस्व न्यायाधिकरण काठमाडौंबाट भएको फैसलामा चित्त बुझेन।भन्सार ऐन, 2064 को दफा २(ब) ले भन्सार मूल्य को परिभाषा गरेको छ। ऐनको दफा १३ वा १६ ले भन्सार मूल्य निर्धारणको विभिन्न मापदण्ड निर्धारण गरे पनि मालवस्तुको कारोवार मूल्यलाई नै प्रमुख आधारको रुपमा निर्दिष्ट गरेको छ।ऐनको दफा 2(ख) मा “कारोवार मूल्य” भन्नाले पैठारीकर्ताले पैठारी गरेको मालवस्तुको बिक्रेतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भुक्तानी गरेको वा भुक्तानी गर्नुपर्ने रकममा त्यस्तो मालवस्तु नेपालको सिमासम्म ल्याउँदा लागेको वा लाग्न सक्ने भाडा, बीमा तथा अन्य सम्बद्ध खर्च जोडी हुन आउने कुल रकम सम्झनुपर्छ भनी परिभाषा गरेकोमा खरिद मूल्य प्रमाणित हुने विजक कै आधारमा बैंक मार्फत विक्रेतालाई भूक्तानी गरेको कारोवार मूल्य प्रमाणित हुने प्रमाण मिसिल सामेल रहेकोमा सो प्रमाणलाई अनदेखा गरिएको छ।सुरु निर्णय र राजस्व न्यायाधिकरणको फैसलामा समरुप बस्तु भन्ने आधार लिइएको छ।वस्तुको मूल्य उत्पादनको लागत, गुणस्तर, बजार माग, आपूर्ति आदीमा भर पर्छ।कृषिजन्य वस्तु सुपारीको बजारमा मूल्यमा उचारचढाव भई नै रहन्छ।त्यस्तै मूल्यलाई दानाको आकार र split Percentage समेतले फरक पार्ने हुन्छ।वस्तु समरुप हो होइन भन्ने निर्धारण गर्न Quantity, Quality परीक्षण गरी निर्णय गर्नुपर्दछ तर निर्णय गर्दा परीक्षण गरिएको छैन।मूल्याङ्कन पुरावलोकन समितिबाट निर्णय हुँदा Sales Contract गरी बैंङ्किङ प्रणाली मार्फत पैठारी गरेको तथ्यलाई स्वीकार गरिएको छ।पैठारीकर्ताले सुरु कार्यालयबाट माग भएको के प्रमाण पेश गर्न नसकेको हो भन्ने निर्णय एवं फैसलामा उल्लेख गर्न सकेको देखिंदैन।भन्सार ऐन, २०६४ को दफा १३(८) मा ऐ. को उपदफा (२) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य त्यस्तो मालवस्तु पैठारी हुनुभन्दा पहिले नेपालमा पैठारी भैसकेको समरुपको मालवस्तु (Identical goods) को कारोवार मूल्यको आधारमा निर्धारण गरिने छ भन्ने उल्लेख भए पनि दफा १३(२) बमोजिम मूल्य निर्धारण गर्न नसकिएको अवस्थाको पुष्ट्याई गर्नु पर्नेमा फैसलामा सो को आधार कारण उल्लेख भएको छैन।समरुप बस्तु भनी निर्णय गर्दा भन्सार कार्यालयबाट आदर्श ट्रेडिङ प्रा.लि. वीरगंजले प्र.द.नं. M 17272 मिति २०७०।०8।११ मा Indonesia origin को सुपारी पैठारी गर्दा घोषणा गरेको वस्तुलाई आधार लिई WTO Valuation सिद्धान्त बमोजिम ९० दिन भित्रको कारोबार समेत रहेको पाइएकोले प्रति मेट्रिक टन USD १०५०.०० भन्ने मात्र उल्लेख भएको तर मिल्दो जुल्दो प्रकृतिको मालवस्तुको ठहरको आधार के हो? निर्णयमा उल्लेख छैन।WTO को GATT (GENERAL Agreement on TARIFF and Trade) मा आधारित मूल्य निर्धारणको प्रकृया कारोवार मूल्यलाई नै आधिकारिकता दिने मान्यता छ।कुनै पनि वस्तुको मूल्य उत्पादकले आफ्नो उत्पादन क्रममा परेको खर्चको आधारमा बिक्रि मूल्य तय गरिने सामान्य सिद्धान्त हो।को, कसले, के-कुन quality को मालवस्तु के कुन शर्तमा खरिद आयात भएको वा गरेको छ भन्ने सन्दर्भमा शुक्खा बन्दरगाह भन्सारबाट जारी दफा १३(६) को पत्रमा अथवा समितिको निर्णय समेतलाई सदर हुने ठहर गरेको राजस्व न्यायाधिकरणको फैसलामा समेत प्रष्ट रुपमा उल्लेख गर्न सकेको नदेखिंदा भन्सार ऐन, २०६४ को दफा १३ को बिपरित भइ त्रुटिपूर्ण छ।पैठारी गरेको Betel nuts को आपूर्तिकर्ता PT. VIPUL JAYA LESTARI INDONESIA, द्वारा जारी Performa Invoice, Commercial Invoice, Price Quotation, Packing List, Bill of lading, Insurance document र Sales Contract मा उल्लेखित भुक्तानीका शर्तहरु (Payment Terms) को आधारमा पैठारीकर्ताले खरिद आदेश (purchase order) सँगै बैक मार्फत भुक्तानी हुने गरी शुरु मै खरिद मूल्य निर्धारण गरी सो को हिसाबमा LC मार्फत अग्रीम भुक्तानी पठाई आयात भएको तथ्य मिसिल संलग्न रहेकोमा ती प्रमाणहरुको विवेचना गरिएको छैन। पेश भएका प्रमाणबाट पैठारी गरेको मालवस्तुको मूल्य प्रमाणित भैरहेको र मूल्य प्रमाणित भएको अवस्थामा सो मूल्यलाई नै मूल्याङ्कनको आधार मान्नुपर्ने हुन्छ।मूल्य निर्धारणको लागी प्रज्ञापनपत्रसाथ संलग्न विल विजक जस्ता कागजातहरु नै मूख्य आधार हुन।तिनलाई बिना कारण र आधार अन्यथा मानी पुनः आफ्नै स्वेच्छामा मूल्य निर्धारण गर्न मिल्दैन भन्ने सन्दर्भमा यस अदालतबाट नेपाल सरकार, भन्सार विभाग विरुद्ध निर्मला देवी गोयन्का भएको (ने.का.प. २०७३, अंक १ नि.नं. ९५२८) मुद्दामा सिद्धान्त समेत प्रतिपादन भएको परिप्रेक्ष्यमा राजस्व न्यायाधिकरण काठमाडौंबाट मिति २०७४।०१।२१ मा शुरु निर्णयलाई सदर हुने ठहऱ्याएको फैसलामा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (क), (ख), (ग) र (घ) को प्रत्यक्ष त्रुटि हुंदा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत वेहोराको रिजवी ट्रेडिङ कन्सर्न प्रा.लि.को तर्फबाट अख्तियार प्राप्त संचालक मनिष अग्रवालले यस अदालतमा पेश गरेको निवेदन। 10. यसमा यसै लगाउको ०७४-LE-०२६१ को निवेदनमा आज यसै इजलासबाट पुनरावेदनको अनुमति प्रदान भएकोले प्रस्तुत निवेदन उक्त निवेदनसँग अन्तरप्रभावी भएकोले सोही आधारमा प्रस्तुत निवेदनमा पनि राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ (ख) र (घ) बमोजिम