Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला
मुद्दा नं. ०७२-CI-२०११
मुद्दाः क्षतिपूर्ति।
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २ स्थित एनएलजी इन्स्योरेन्स कम्पनी
लिमिटेडको तर्फबाट अख्तियारप्राप्त ऐ.ऐ. का प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह
..............................................१
विरुद्ध
सुशील पराजुलीको जाहेरीले नेपाल सरकार .........................................१
सुरु तहमा फैसला गर्नेः प्रमुख जिल्ला अधिकारी डा.मान बहादुर वि.के.
जिल्ला प्रशासन कार्यालय, बर्दिया
निर्णय मितिः २०७१।०१।०४
पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामकृष्ण खनाल
माननीय न्यायाधीश श्री अबधबिहारी प्रसाद सिन्हा
पुनरावेदन अदालत नेपालगञ्ज
फैसला मितिः २०७१।०६।२६
तत्कालिन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम
मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको र यसै
अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः
तथ्य खण्ड
1. बर्दिया जिल्ला,
सोरहवा गा.वि.स.,
वडा नं. ७ सिमरा
स्थित सडक खण्डमा
मिती २०६९।०७।०६
अन्दाजी २०:२५ बजे
भे.३.प ११०८ नं. र
भे.२.प ५३७९ नं.को
मोटरसाइकल एक
आपसमा जुधी दुर्घटना
भएको भन्नेसमेत
व्यहोराको घटनास्थल
मुचुल्का।
2. बायाँ आँखामाथि ३
इन्च लम्बाई ३ इन्च
चौडाईको गहिरो
घाँउ भन्नेसमेत
व्यहोराको मृतक
जयहरी पराजुलीको
लास जाँच मुचुल्का।
3. टाउकोको दाँया
बाँया पट्टी
काटिएको गहिरो
घाँउ रहेको भन्नेसमेत
व्यहोराको मृतक
रामकुमार थारुको
लास जाँच मुचुल्का।
4. दाँया आँखा माथि
काटेको घाँउ,
टाउकोको दाहिने
पट्टी थिचिएको
जस्तो रगत लागेको
भन्नेसमेत व्यहोराको
मृतक विनय के.सी.को
लास जाँच मुचुल्का।
5. Cardio pulmonary
arrest due to
head injury from
road traffic
accident भन्नेसमेत
व्यहोराको मृतकहरु
विनय के.सी.,
जयहरी पराजुली र
रामकुमार थारुको शव
परिक्षण प्रतिवेदन।
6. प्रतिवादी सन्तोष
भन्ने शेर बहादुर
थापाले आफ्नो भे.२.प
५३७९ नं. को
मोटरसाइकल सिकारु
सामान्य
प्रशिक्षणसमेत
नलिएका विनय
के.सी.लाई चलाउन
दिएकोमा उक्त
मोटरसाइकलले मिति
२०६९।०७।०६ साँझ
अन्दाजी ८:०० बजे
मेरो बुवा जयहरी
पराजुली र भाई
सुदिप पराजुली सवार
भई नेपालगञ्जतर्फबाट
आउदै गरेको भे.३.प
११०८ नं. को
मोटरसाइकललाई
ठक्कर दिई मेरो बुवा
जयहरी पराजुली,
विनय के.सी. र
रामकुमार चौधरीको
मृत्यु भएको र मेरो
भाई सुदिप पराजुली
घाइते भएकोले उक्त
मोटरसाइकल धनी शेर
बहादुर थापालाई
पक्राउ गरी
कानूनबमोजिम
कारवाही गरी
क्षतिपूर्ति दिलाई
भराई पाउँ भन्नेसमेत
व्यहोराको सुशील
पराजुलीको जाहेरी
दरखास्त।
7. भे.२.प ५३७९ नं. को
मोटरसाइकल धनी
बुटवल फाइनान्स
लिमिटेड र ऋणी शेर
बहादुर थापा भएको
भन्नेसमेत व्यहोराको
यातायात व्यवस्था
कार्यालय, भेरीको
पत्र।
8. विनय के.सी. को
सवारी चालक
अनुमतिपत्रको अभिलेख
यस कार्यालयमा
नभेटिएको भन्नेसमेत
व्यहोराको यातायात
व्यवस्था कार्यालय,
भेरीको पत्र।
9. अगाडिको हेड पुरै
क्षति भएको भन्नेसमेत
व्यहोराको
दुर्घटनाग्रस्त
मोटरसाइकलहरुको
मेकानिकल जाँच
प्रतिवेदन।
10. वारदात मिति
२०६९।०७।०६ मा म
आफ्नो पत्नीलाई
उपचारको लागि
आफ्नो भे.२.प ५३७९
नं. को
मोटरसाइकलमा
नेपालगञ्ज गई साँझ
अन्दाजी ७:०० बजे
घरमा आई पुगी
मोटरसाइकल आफ्नो
घरको आगनमा राखी
मोटरसाइकलको चाबी
घरभित्र कोठामा
रहेको टेबुलमा राखी
म आफु बस्ने घरभन्दा
पछाडि रहेको पुरानो
घरमा पत्नीलाई
औषधी खुवाउने पानी
तताउन गएको
अवस्थामा उक्त
दुर्घटनामा मृत्यु हुने
मेरो भान्जा विनय
के.सी.ले उक्त भे.२.प
५३७९ नं. को
मोटरसाइकल चलाई
लगेको कुरा मलाई
तत्काल थाहा भएन।
उक्त दुर्घटनापश्चात्
फोनबाट खबर आएपछि
थाहा पाई घर
बाहिर आई हेर्दा
राखेको ठाउँमा मेरो
मोटरसाइकल नभएको
देखी म तत्कालै
घटनास्थलमा गई
घाइते अवस्थामा
रहेको मेरो भान्जा
विनय के.सी.समेतलाई
उपचार गराउन लगेको
गाडीमा बसी
नेपालगञ्ज गएको हुँ।
जाहेरी दरखास्तमा
उल्लेख भएबमोजिम मैले
आफ्नो भे.२.प ५३७९
नं. को मोटरसाइकल
निज विनय
के.सी.लाई चलाउन
दिएको नभई निजले
मलाई जानकारी
नगराई सो
मोटरसाइकल चलाई
लगेको अवस्थामा उक्त
दुर्घटना हुन गएको
हो भन्नेसमेत
व्यहोराको
प्रतिवादी सन्तोष
भन्ने शेर बहादुर
थापाले अनुसन्धान
अधिकारीसमक्ष गरेको
बयान।
11. मृतकमध्येका विनय
के.सी. मेरो छोरा
हुन्। उक्त वारदातको
अवस्थामा म मलेशिया
भएकोले
वारदातपश्चात् म आई
उक्त दुर्घटना बारेमा
बुभ्दा मेरो छोरा
विनय के.सी.ले उक्त
वारदात मितिमा
आफ्नो मामा तथा
जाहेरी दरखास्तमा
उल्लेखित प्रतिवादी
सन्तोष भन्ने शेर
बहादुर थापाको
भे.२.प ५३७९ नं. को
मोटरसाइकल पछाडि
रामकुमार थारुलाई
बसाली मेरो छोराले
मोटरसाइकल चलाई
भोलागौडीबाट फर्कि
आउने क्रममा विपरीत
दिशाबाट आएको
जाहेरवालाको बाबु
जयहरी पराजुलीले
चलाएको भे.३.प
११०८ नं. को
मोटरसाइकल एक
आपसमा ठोक्कीन गई
सो दुर्घटना हुन
गएको हो। मेरो
छोरा विनय के.सी.ले
आफ्नो मामा तथा
जाहेरी दरखास्तमा
उल्लेखित प्रतिवादी
शेर बहादुर थापालाई
जानकारी नदिई उक्त
भे.२.प ५३७९ नं. को
मोटरसाइकल चलाई
लगेको कुरासमेत पछि
सुनी थाहा पाएको हुँ
भन्नेसमेत व्यहोराको
सुर्य बहादुर के.सी.ले
गरेको कागज तथा
सोही व्यहोरासँग
करिव करिव एकै
मिलान हुने गरी मृतक
रामकुमार थारुको
बाबु सुखराम थारुले
गरेको कागज।
12. वारदात मिति
२०६९।०७।०६ को
साँझ अन्दाजी ५:३०
बजे चाबी पुर्याउन
तथा घरायसी कामले
नेपालगञ्ज जानको
लागि जाहेरवालाको
बुबा तथा मेरो ठुलो
बुवा जयहरी
पराजुलीले भे.३.प
११०८ नं. को
मोटरसाइकल चलाई म
उक्त मोटरसाइकलमा
बसी नेपालगञ्ज गई
फर्की आउने क्रममा
ऐ.ऐ मितिको साँझ
अन्दाजी ८:०० बजे
जाहेरी दरखास्तमा
उल्लेखित घटनास्थलमा
आइपुगेको अवस्थामा
विपरीत दिशाबाट
धेरै उज्यालो प्रकाश
आई केही नदेखिएको
अवस्थामा अचानक
मोटरसाइकल ठोक्कीन
आएकोसम्म मलाई
थाहा छ। सो
दुर्घटनामा परी म
बेहोस भएकोले
सोपश्चात् के के भयो
मलाई केही थाहा
भएन। उपचारार्थ
लग्ने क्रममा मेरो
होस आएको हो। सो
दुर्घटनामा परी मेरो
हात, टाउको र
ढाडमा चोट लागेकोले
उपचारपश्चात् हाल
मेरो स्वास्थ्य स्थिती
पूर्ण रुपमा ठीक भए
तापनि कहिलेकाँही
टाउको दुख्ने गर्दछ।
उपचारमा लागेको
खर्च हाम्रो घर
परिवारले नै व्यहोर्दै
आएका छौं। सो
वारदातको अवस्थामा
म तथा मेरो ठुलो
बुवा जयहरी पराजुली
सवार भे.३.प ११०८
नं. को मोटरसाइकल
आफ्नो साइडमा नै
गुडिरहेको थियो
भन्नेसमेत व्यहोराको
सुदिप पराजुलीले
गरेको कागज।
13. वारदात मिति
२०६९।०७।०६ को
साँझ अन्दाजी ८:००
बजे घटनास्थलभन्दा
अन्दाजी १०० मिटर
टाढा रहेको
अवस्थामा दुईवटा
मोटरसाइकलहरु एक
आपसमा जुधेको देखी म
घटनास्थलमा जाँदा
भे.२.प ५३७९ नं. को
मोटरसाइकल र
भे.३.प ११०८ नं. को
मोटरसाइकल जुधेको
अवस्थामा पल्टिएका
थिए। उक्त
मोटरसाइकलको दायाँ
बायाँ सो
मोटरसाइकलमा सवार
जयहरी पराजुलीसमेत
सख्त घाइते अवस्थामा
पल्टिएको,
घाइतेहरुको शरीरबाट
रगत बगिरहेको
अवस्थामा देखी मसमेत
त्यहाँ गएका
मानिसहरुले प्रहरीमा
खबर गरी एम्बुलेन्स
बोलाई निज
घाइतेहरुलाई
उपचारार्थ
नेपालगञ्जतर्फ
पठाएका हौँ। भे.२.प
५३७९ नं. को
मोटरसाइकलमा सवार
चालक विनय के.सी.
र रामकुमार चौधरी
भोलागौडीतर्फबाट
आइरहेको अवस्थामा
विपरीत दिशाबाट
आएको जाहेरवालाको
बावु जयहरी
पराजुलीले पछाडि
आफ्नो छोरा सुदिप
पराजुलीलाई बसाली
चलाएको भे.३.प
११०८ नं. को
मोटरसाइकल एक
आपसमा जुधी उक्त
दुर्घटना हुन गएको
हो। उक्त दुर्घटनामा
घाइते भएका मध्ये
जाहेरवालाको बाबु
जयहरी पराजुली,
विनय के.सी. र
रामकुमार चौधरीको
मृत्यु भएको भन्ने कुरा
सो वारदात मितिको
भोलीपल्ट सुनी थाहा
पाएको हो। साथै
भे.२.प ५३७९ नं. को
सवारी धनी जाहेरी
दरखास्तमा उल्लेखित
प्रतिवादी सन्तोष
भन्ने शेर बहादुर
थापा भएको र सो
मोटरसाइकल चालक
मृतक विनय के.सी.को
सवारी चालक
अनुमतिपत्र नभएको
भन्ने कुरा पछि सुनी
थाहा पाएको हुँ
भन्नेसमेत व्यहोराको
गंगा प्रसाद
बास्तोलाले गरेको
कागज तथा सोही
व्यहोरासँग एकै
मिलान हुने गरी
मित्रलाल देवकोटा,
राज कुमार बराइली
र बाबुराम बरालले
गरेको कागज।
14. उक्त दुर्घटना हुँदाको
अवस्थामा म सो
दुर्घटनास्थलभन्दा
अन्दाजी ५०० मिटर
टाढा आफ्नो
मोटरसाइकलमा सवार
भई नेपालगञ्जबाट
आउदै गरेको अवस्थामा
उक्त दुर्घटना भएको
देखी दुर्घटनास्थलमा
गई घाइतेहरुलाई
मसमेतको सहयोगमा
गाडीमा राखी
उपचारार्थ
नेपालगञ्जतर्फ
पठाएका हौँ। सो
दुर्घटना हुँदाको
अवस्थामा
जाहेरवालाको
बाबुसमेत सवार
भे.३.प ११०८ नं.
को मोटरसाइकल
भोलागौडीतर्फबाट
आफ्नै साईडमा
आईरहेको थियो भने
पछि नाम थाहा हुन
आएका उक्त
दुर्घटनामा मृत्यु हुने
विनय के.सी.ले
सिमरातर्फबाट
भोलागौडीतर्फ चलाई
लग्दै गरेको भे.२.प
५३७९ नं. को
मोटरसाइकल गलत
साइडमा लागेको
कारण उक्त दुर्घटना
हुन गएको हो
भन्नेसमेत व्यहोराको
सुन्दर मान श्रेष्ठले
गरेको कागज।
15. मिति २०६९।०७।०६
बेलुका अन्दाजी ८:००
बजे बर्दिया जिल्ला,
सौरहवा गा.वि.स.,
वडा नं. ७ स्थित
सिमरा चोकमा पूर्व
नेपालगञ्जबाट
कालिकातर्फ आउँदै
गरेको भे.३.प ११०८
नं. को जयहरी
पराजुलीले
चलाइराखेको
मोटरसाइकलमा
पश्चिम सिमराबाट
पूर्व भोलागौढीतर्फ
जाँदै गरेको भे.२.प
५३७९ नं. को विनय
के.सी.ले चलाइरहेको
मोटरसाइकल
एकआपसमा ठोक्किन
गई दुर्घटना हुँदा
चालक विनय के.सी.,
जयहरी पराजुली र
रामकुमार चौधरीको
मृत्यु भएको देखिँदा
सवारी तथा
यातायात व्यवस्था
ऐन, २०४९ को दफा
१६३(१)(२) र (६)
बमोजिम एवं सवारी
तथा यातायात
व्यवस्था नियमावली,
२०५४ को नियम ५५
ले निर्धारण गरेको
तेस्रो पक्षको बिमा
बापतको रकम
क्षतिपूर्ति स्वरूप
मृतकका हकवालालाई
प्रतिवादीहरू
एनएलजी इन्स्योरेन्स
कम्पनी लिमिटेड
प्रधान कार्यालय,
लाजिम्पाट,
काठमाडौं र भे.२.प
५३७९ नं. का सवारी
धनी सन्तोष भन्ने शेर
बहादुर थापासमेतबाट
दिलाई भराई पाउन
मागदावी लिएको
अभियोगपत्र।
16. मिति २०६९।०७।०६
मा बिहान म मेरो
घरबाट भे.२.प ५३७९
नं. को मोटरसाइकल
चलाई पत्नी बिरामी
भएकोले नेपालगञ्ज
नर्सिङहोममा उपचार
गराई फर्की आई
आँगनमा मोटरसाइकल
राखि घरभित्र भएको
अवस्थामा मेरो
भान्जा विनय
के.सी.ले मसमेत
कसैलाई नसोधी मेरो
भित्र टेबुलमा राखेको
मोटरसाइकलको चाबी
लिई चलाई गएछन्।
सडकमा भान्जा
दुर्घटनामा परेको
कुरा साथीले फोनबाट
जानकारी गराएपछि
थाहा पाई हेर्न
जाँदा घाइतेहरूलाई
गाडीमा राखिएको
थियो। पछि
घाइतेहरूको नेपालगञ्ज
नर्सिङहोममा मृत्यु
भएको हो। मेरो
गाडी एनएलजी
इन्स्योरेन्स कम्पनी
लिमिटेड प्रधान
कार्यालय,
लाजिम्पाट
काठमाडौंमा तेस्रो
पक्ष बिमा भएको
हुँदा मृतकको
क्षतिपूर्ति बापतको
रकम तिर्ने दायित्व
सोही कम्पनीको हो
भनी प्रतिवादी
सन्तोष भन्ने शेर
बहादुर थापाले
जिल्ला प्रशासन
कार्यालय,
बर्दियामा गरेको
बयान।
17. एनएलजी इन्स्योरेन्स
कम्पनी लिमिटेड,
काठमाडौंको
च.नं.६०५।०७०.०७१
मिति २०७०।०६।०९
को पत्रद्वारा चालक
अनुमतिपत्र नभएका
विनय के.सी.ले
सन्तोष भन्ने शेर
बहादुर थापाको
भे.२.प ५३७९ नं. को
मोटरसाइकल चलाई
दुर्घटना हुँदा मृत्यु
भएको हुँदा यस
कम्पनीले मृतकहरुको
तेस्रो पक्ष बिमा
दायित्व भुक्तानी
गर्नु नपर्ने भन्ने
व्यहोराको
लिखितपत्र।
18. मिसिलमा संलग्न
प्रमाण, प्रतिवादी
सन्तोष भन्ने शेर
बहादुर थापासँगको