१५१३५४ - रिट निवेदन
- Registration Number
- ०७२-WO-०४३५
- Decision Date
- 2075-11-27
- Registration Date
- 2072-09-13
- Bench
- दीपक कुमार कार्की, टंक बहादुर मोक्तान
- Plaintiff
- रुपक खड्का
- Defendant
- काठमाडौं अपसेट प्रिन्टस एण्ड ट्रेडर्स प्रा।लि। काठमाडौं समेत१५
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
आदेश
072-WO-0435
भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं. १७ बस्ने प्रेमबहादुर खड्काको नाति रमेश
खड्काको छोरा ऐ.ऐ. बस्ने रुपक खड्का ---------------------------१
विरुद्ध
का.जि., का.म.न.पा. वडा नं. ३२ अनामनगरस्थित काठमाडौँ अफसेट प्रिन्ट्रर्स एण्ड ट्रेडर्स
प्रा.लि. काठमाडौँ----------------------------------------------------------१
ऐ.ऐ. प्रा.लि.का सञ्चालक अध्यक्ष-----------------------------------------------१
तत्कालीन का.जि.,का.म.न.पा. वडा नं. २२ खिचापोखरीस्थित बैङ्क अफ एशिया नेपाल लि.शाखा
न्यूरोड हाल एन.आइ.सी.एशिया बैङ्क लि. त्रिपुरेश्वर काठमाडौँ----१
एन.आइ.सी. एशिया बैङ्क लि., त्रिपुरेश्वर काठमाडौँका कार्यालय प्रमुख------------१
ऐ. बैङ्कको सञ्चालक समिति, त्रिपुरेश्वर काठमाडौँ-------------------------------१
भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा.वडा नं. १७ बस्ने गणेशबहादुर खड्काको नाति प्रेमबहादुर
खड्काको छोरा वर्ष ५७ को रमेश खड्का-----------------------------१
ऐ.ऐ.बस्ने प्रेमबहादुर खड्काकी बुहारी रमेश खड्काकी श्रीमती विमला खड्का-----१
भक्तपुर जिल्ला अदालत, भक्तपुर ----------------------------------------------१
ऐ.ऐ. अदालतका तामेलदार-----------------------------------------------------१
पुनरावेदन अदालत पाटन, ललितपुर--------------------------------------------१
मालपोत कार्यालय भक्तपुर ----------------------------------------------------१
नापी कार्यालय भक्तपुर --------------------------------------------------------
१
भक्तपुर जिल्ला, बालकोट गा.वि.स.वडा नं. ५ बस्ने जगतबहादुरको नाति हरिबहादुरको छोरा
धर्मभक्त श्रेष्ठ-------------------------------------------------१
भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं. १६ बस्ने अष्टमान कवेको नाति रत्नबहादुर कवेको
छोरा रत्नकृष्ण कवे -----------------------------------------१
बाग्लुङ्ग जिल्ला, हरिचौर गा.वि.स. वडा नं. ७ बस्ने तिलकबहादुर बस्नेतकी बुहारी शेरबहादुर
बस्नेतकी श्रीमती कमला बस्नेत---------------------------------------१
विषयः उत्प्रेषणयुक्त परमादेशसमेत।
नेपालको संविधानको धारा ४६ र १३३ (२)(३) बमोजिम उत्प्रेषणयुक्त परमादेशसमेतको माग
गरी दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:
1. म रिट निवेदक रुपक खड्काका नाममा मा.पो.का. भक्तपुरमा दर्ता स्रेस्ता कायम रहेको
भक्तपुर जिल्ला कटुञ्जे गा.वि.स. वडा नं. ४ स्थित कि.नं. १००६ क्षे.फ. ०-४-०-०, ऐ.ऐ.
कि.नं. ९४५ को क्षे.फ. ०-४-०-० र भक्तपुर जिल्ला दिव्येश्वरी गा.वि.स. वडा नं. ६क
कि.नं. १२४० को क्षे.फ. ०-७-१-० समेतका ३ कित्ता जग्गाहरुलाई विपक्षीहरुमध्येका
काठमाडौँ अफसेट प्रिन्टर्स एण्ड ट्रेडर्स प्रा.लि.का अध्यक्षले तत्कालीन बैङ्क अफ एशिया
नेपाल लिमिटेडमा धितो राखी उक्त प्रिन्टर्स अफसेट संचालन गर्नका लागि कर्जा लिन्छु
भनी मबाट मेरा नामको जग्गा धनी प्रमाण पूर्जा मागेर लगेका हुन्। त्यसपछि मिति
२०६७।११।३ गते र.नं. २१४३ मार्फत् उक्त कि.नं. १००६ र कि.नं. ९४५ को जग्गा
काठमाडौँ अफसेटले तत्कालीन बैङ्क अफ एशिया नेपाल लिमिटेडमा र उक्त कि.नं. १२४० को
जग्गा पनि सोही बैङ्कमा धितो राखी र.नं. ३७८१ख मिति २०६७।११।६ गते दृष्टिबन्धक
कागज र.पा. गरी कर्जा लिएको रहेछ। अफसेट प्रिन्टर्स एण्ड ट्रेडर्स प्रा.लि. ले उक्त
जग्गा राखी तत्कालीन बैङ्क अफ एशिया नेपाल काठमाडौँबाट लिएको कर्जा नतिरेको,
विपक्षी बैङ्कले उक्त कि.नं. १२४० को जग्गा आफ्ना नाममा लिलाम सकार गर्नु पूर्व मलाई
लिलाम सकारको विषयमा कुनै जानकारी नगराएको र विमला खड्कासमेतले भक्तपुर जिल्ला
अदालतमा मेरा विरुद्धमा दर्ता गरेका ३ वटा मुद्दाहरुमा जारी भएको इतलायनामाको
म्याद फिरादमा मेरो ठेगाना भक्तपुर जिल्ला ठिमी न.पा.वडा नं. १७ उल्लेख भएको भएपनि
अदालतबाट तामेल हुँदा भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा.वडा नं. १६ का साक्षीहरु र
वडा नं. १६ कै सचिव रोहबरमा बसेकाले वडा नं. १६ मा तामेली भएको उक्त म्यादमा मुलुकी
ऐन, अ.बं.११० नं. को कानूनी प्रक्रिया पुगेको छैन। मैले उक्त तामेली म्यादको नक्कल मिति
२०७२।८।२९ गते भक्तपुर जिल्ला अदालतबाट सारी लिएको हुँ। यसैगरी सर्वोच्च अदालतबाट
मिति २०७२।५।२० गते भएको आदेशको नक्कल मिति २०७२।९।१ गते तथा पु.वे.अ.बाट मिति
२०७१।८।५ गते भएको फैसलाहरुको नक्कल मिति २०७२।९।७ गते सारी लिएपछि भक्तपुर
जिल्ला अदालतबाट मिति २०७०।१।४ मा भएका फैसलाको नक्कल पनि मिति २०७२।९।२१ गते
जिल्ला अदालतबाट सारी लिएको हुँ। एन.आई.सी. एशिया बैङ्क लिमिटेडले उक्त कि.नं. ९४५
र कि.नं. १००६ को जग्गा बिक्री गर्ने सूचना कान्तिपुर दैनिक पत्रिकामा मिति
२०७२।८।६ गते प्रकाशित गरेपछि उक्त सा.कि.नं. १२४० हालको कि.नं. ३१ को र.पा.
लिखतहरुको नक्कल ३ थान मा.पो.का. भक्तपुरबाट मिति २०७२।८।२० गते सारी लिएको हुँ।
त्यसपछि मात्र विपक्षीहरुले नोक्सान पुर्याएका रहेछन् भन्ने कुरा मलाई जानकारी भएकोले
त्यस विषयमा विपक्षीहरुका नाममा मैले मुद्दा दायर गर्न अन्य कुनै पनि कानूनी मार्ग
नभएकोले नेपालको संविधान २०७२ को धारा ४६ र धारा १३३(२)(३) बमोजिम
विपक्षीहरुका नाममा यो रिट निवेदन दर्ता गर्न ल्याएको छु। विपक्षीहरुको कार्यले
नेपालको संविधानको धारा २०(८)(९) बमोजिमको न्याय सम्बन्धी हक, धारा
२५(१)(२)(३)(४)(५) बमोजिम सम्पत्तिसम्बन्धी हक, धारा २७ बमोजिम सूचनाको हक
लगायतमा आघात पुर्याएकोले मु.ऐ. अ.बं. ११० नं. बमोजिमको रीत नपुर्याई भक्तपुर जिल्ला
अदालतबाट मेरा नाममा जारी भएको म्यादले मलाई सुनुवाईको हकबाट बञ्चित गरेको छ।
मेरो कि.नं. १००६, ९४५ र १२४०, हालको कि.नं. ३१ को जग्गाको सम्बन्धमा विपक्षीहरुले
गरेका सम्पूर्ण निर्णय, लिलाम सकार, विपक्षीहरुका नामको हाल साबिक, उक्त जग्गाको
दर्ता स्रेस्ता, भक्तपुर जिल्ला अदालतबाट मिति २०७१।१।४ गते भएका फैसलाहरु,
पु.वे.अ.पाटनबाट मिति ०७१।८।५ गते भएका फैसलाहरु, स.अ.बाट मिति २०७२।५।२० गते
भएका आदेशहरु, विपक्षी एन.आई.सी. एशिया बैङ्क लि.ले मिति २०७२।८।६ गते कान्तिपुर
दैनिक पत्रिकामा प्रकाशित सूचना तथा विपक्षीहरुले उक्त जग्गा सम्बन्धमा खडा गरेका
सम्पूर्ण निर्णय एवं लिखत कागजहरुसमेत उत्प्रेषणको आदेशले बदर गरी मेरा विरुद्ध भक्तपुर
जिल्ला अदालतमा विमला खड्काले दायर गरेका मुद्दाहरुमा प्रतिउत्तर पत्र फिराउन तथा
पुर्पक्ष गर्न दिनु भनी विपक्षीहरुका नाममा उत्प्रेषण परमादेशसमेतको आदेश जारी गरी पाउँ
भन्ने व्यहोराको निवेदन पत्र।
2. यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो? आदेश
जारी हुनु नपर्ने आधार र कारण भए सोसमेत खुलाई यो आदेश प्राप्त भएको मितिले बाटाका
म्यादबाहेक 15 दिनभित्र विपक्षी नं.7, 8, 9, 10 तथा 11 लाई महान्यायाधिवक्ताको
कार्यालयमार्फत् र अन्य विपक्षीहरुलाई आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत्
लिखित जवाफ पेश गर्नू भनी यो आदेश र रिट निवेदनको नक्कल साथै राखी विपक्षीहरुका
नाममा म्याद सूचना जारी गरी लिखितजवाफ परेपछि वा अवधि नाघेपछि नियमानुसार पेश
गर्नू भन्ने व्यहोराको यस अदालतबाट मिति 2072।9।14 गते भएको आदेश।
3. रिट निवेदकले मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०८ नं. ले अड्डाबाट जारी भएको
समाह्वान इतलयनामाको म्याद तामेल गर्दा अ.बं. ११० नं. बमोजिम रीत नपुर्याई तामेल
गरेकोले थाहा पाउन नसकी प्रतिवाद गर्न नपाई म्याद गुज्रेको भन्ने उजुरी साथ फैसला
भएको ६ महिना भित्रमा थाहा पाएको ३५ दिनभित्र प्रतिउत्तर लेखी दिनल्याएको अवस्था
देखिँदैन। उल्लिखित मुद्दाहरुमा यस अदालतबाट मिति २०७०/०१/०४ मा फैसला भई पुनरावेदन
अदालत पाटनबाटसमेत मिति २०७१/०८/०५ मा यस अदालतको फैसला सदर हुने गरी फैसला
भएको छ। यस उपर अ.बं. २०८ नं. बमोजिम वैकल्पिक मार्ग अवलम्बन गरेको पाइएको छैन।
वैकल्पिक मार्ग अवलम्बन नगरी सिधै सम्मानित अदालतको अधिकारक्षेत्रमा प्रवेश गर्दछ भने
त्यस्तालाई मदत भएको पाइन्न। रिट निवेदनबाट यस अदालतको फैसला बदर गर्न सकिने
अवस्था विद्यमान हुँदैन। निवेदकले उल्लेख गरेका ३ वटै मुद्दामा यस अदालतबाट जारी भएको
म्याद निजका घरदैलोमा सबैले देख्ने गरी टाँस तामेल भएको देखिन्छ। यस्तो अवस्थामा
मुद्दाको प्रक्रिया जानकारी प्राप्त भएन भन्न मिल्ने अवस्था छैन। मध्यपुर ठिमी वडा नं.
१६ र १७ दुवै वडा कार्यालयको वडा सचिव एकै व्यक्ति रहेको तामेली व्यहोराबाट देखिन्छ।
अदालतबाट जारी भई, तामेलदारले घरद्वार पत्ता लगाई म्याद बुझ्न आग्रह गर्दा बुझ्न
इन्कार गरी घर दैलोमा टाँस तामेल गरेको कार्यले रिट निवेदकको सुनुवाईको मौका हरण
भएको छैन। अ.बं. २०८ को वैकल्पिक कार्यविधि अवलम्बन गरेकोसमेत नदेखिँदा यस्तो
अवस्थामा रिट क्षेत्र आकर्षित हुने होइन। निवेदन खारेज गरी पाउँ भन्नेसमेत व्यहोराको
विपक्षी भक्तपुर जिल्ला अदालतको लिखित जवाफ।
4. निवेदक रुपक खड्का, हामी 2 जना र छोरा दीपक खड्काबीच हालसम्म अंशबण्डा भएको छैन।
रुपक खड्काले हाम्रोसमेत अंश हक लाग्ने कि.नं.1006, कि.नं.945 र कि.नं.1240 का जग्गा