२६९०८१ - फौजदारी
- Registration Number
- ०७९-RF-००८९
- Decision Date
- 2080-03-24
- Registration Date
- 2079-12-27
- Bench
- सुष्मलता माथेमा, तिल प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा
- Plaintiff
- नुतनानन्द वैद्य
- Defendant
- नेपाल सरकार
Summary
यस मुद्दामा क्रिस्टल फाइनान्स लिमिटेडबाट कर्जा प्रवाह गर्दा बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ७, ८, ९ र १४ विपरीत बदनियतपूर्वक संस्थालाई हानि पुर्याएको अभियोगमा विभिन्न प्रतिवादीहरूमाथि कारबाही चलाइएको थियो। सर्वोच्च अदालतको पूर्ण इजलासले बैंकिङ्ग कसूर मुद्दामा अभियोगपत्र दायर भइसकेपछि ऋण चुक्ता गरेकै आधारमा कसूरबाट उन्मुक्ति नपाइने सिद्धान्त प्रतिपादन गरेको छ। अदालतले ऋणी सुदर्शन अर्याल र मुख्य योजनाकार दिव्यकुमार श्रेष्ठलाई बैंकिङ्ग कसूरको दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ। साथै, सञ्चालक समितिका सदस्यहरूले कर्जा प्रवाह गर्दा कर्जा लगानी निर्देशिकाको पालना नगरेकोले उनीहरूलाई पनि कसूरदार ठहर गरी सजाय तोकेको छ। केही प्रतिवादीहरूलाई भने कसूरमा संलग्नता नदेखिएको भन्दै सफाइ दिएको छ।
Judgment
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश श्री तिल प्रसाद श्रेष्ठ
फैसला
07९-RF-००८६
मुद्दाः बैंकिङ्ग कसूर।
ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.३ साबिक घर भई हाल ऐ.ऐ.वडा नं.१५ बस्ने
रामकुमार हाडाको छोरा रामप्रसाद हाडा--------------1
विरुद्ध
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ---------------------------१
07९-RF-००८७
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१७ ठहिटी, क्वावहाल बस्ने क्रिष्टल
फाइनान्सका तत्कालीन अध्यक्ष सुमन बज्राचार्य --------------1
विरुद्ध
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ---------------------------१
07९-RF-००८८
ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.२० बस्ने क्रिष्टल फाइनान्स तत्कालीन
सञ्चालक सदस्य रत्नमान मास्केको छोरा भोगेन्द्रमान मास्के---------1
विरुद्ध
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ---------------------------१
07९-RF-००८९
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.११ बस्ने क्रिष्टल फाइनान्सका तत्कालीन
सञ्चालक सदस्य चुडानन्द वैद्यको छोरा नुतनानन्द वैद्य ------------1
विरुद्ध
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार----------------------------१
07९-RF-००९०
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ---------------------------1
विरुद्ध
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजु बस्ने गंगालाल श्रेष्ठको छोरा
दिव्यकुमार श्रेष्ठ ----------------------------------१
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१७ ठहिटी, क्वावहाल बस्ने क्रिष्टल
फाइनान्स लि.का तत्कालीन अध्यक्ष सुमन बज्राचार्य ----------१
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.११ थापाथली बस्ने क्रिष्टल फाइनान्स
लि.का तत्कालीन सञ्चालक सदस्य नुतनानन्द वैद्य ------१
ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.२० पुल्चोक बस्ने क्रिष्टल फाइनान्स लि.का
तत्कालीन सञ्चालक सदस्य भोगेन्द्रमान मास्के ---१
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१० बुद्धनगर बस्ने क्रिष्टल फाइनान्स लि.का
तत्कालीन सञ्चालक सदस्य शिवहरी पौडेल-------१
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१ दरबारमार्ग बस्ने क्रिष्टल फाइनान्स
लि.का तत्कालीन सञ्चालक सदस्य गौरवमान श्रेष्ठ-------१
ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.३ पुल्चोक बस्ने क्रिष्टल फाइनान्स लि.का
तत्कालीन कम्पनी सचिव रामप्रसाद हाडा ----------------१
ऐ.ऐ.बस्ने ऐ.का सञ्चालक सदस्य रितेश हाडा ----------------------------१
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजु बस्ने दिव्यकुमार श्रेष्ठको
श्रीमती अन्जुदेवी श्रेष्ठ ---------------------------------१
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजु बस्ने दिव्यकुमार श्रेष्ठको छोरी
अल्पना श्रेष्ठ ------------------------------------१
ऐ.ऐ.वडा नं.११ बस्ने अमरकुमार नाथ शाह-------------------------------१
ऐ.ऐ.बस्ने आभिष्कारकुमार नाथ शाह -------------------------------------१
मकवानपुर जिल्ला हेटौंडा न.पा.वडा नं.२ बस्ने सुदर्शन अर्याल--------------१
07९-RF-००९१
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजु स्थाई घर भई हाल कारागार
कार्यालय, नख्खु, ललितपुरमा कैदमा रहेको दिव्यकुमार श्रेष्ठ------------------------------
---------------------------------------1
विरुद्ध
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार----------------------------१
शुरु तहको फैसलाको विवरण
शुरु तहमा फैसला गर्ने अदालत : पुनरावेदन अदालत पाटन
सुरू तहमा फैसला गर्ने न्यायाधीशहरु : माननीय न्यायाधीश श्री भीमबहादुर बोहरा
माननीय न्यायाधीश श्री बाबुराम रेग्मी
फैसला मिति : २०७१।८।२१
शुरु तहको मुद्दा नं : ०६९-fj-००९७
यस अदालतको संयुक्त इजलासबाट भएको फैसलाको विवरण
फैसला गर्ने माननीय न्यायाधीशहरु : माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
माननीय न्यायाधीशडा.श्री मनोजकुमार शर्मा
फैसला मिति : 20७९।१२।२१
मुद्दा नं : ०७२-RB-०३८२,०७२-RB-०३८३, ०७२-RB-००९१, ०७२-RB-०४७७, ०७२-RB-
०४६९, ०७२-RB-०१४८
यस अदालतको संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली, 20७४ को नियम २३(२) को
देहाय (ख) बमोजिम पूर्ण इजलासमा पेश गर्न आदेश भए अनुसार यस इजलाससमक्ष पेस हुन आएको
प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः
मुद्दाको संक्षिप्त तथ्य
1. संस्थाका संस्थापकका एकाघरका परिवारका सदस्यले विभिन्न ऋणीको नामबाट कर्जा
उपयोग गरेको, संस्थापक सम्बद्ध व्यक्ति तथा कम्पनीले कर्जा लिई संस्थाको श्रोत
साधनको दुरुपयोग गरेको, एकल ग्राहक समुहमा पर्नेमा सुचना गर्नु पर्नेमा सो
जानीबुझी लुकाएको, कर्जा असुलउपर नभएको कारण समेतले निक्षेपकर्ता, शेयरधनी,
साहु वा सर्वसाधारणको हित विपरीत हुने तथा प्रचलित ऐन, नीतिनिर्देशन
विपरीत हुने कार्य संस्थापकद्धय अन्जुदेवी श्रेष्ठ र अल्पना श्रेष्ठ तथा निजहरूका
परिवारका सदस्य दिव्यकुमार श्रेष्ठले गरेको देखिएको। संस्थाका संस्थापक अञ्जुदेवी
श्रेष्ठका पति तथा अर्का संस्थापक अल्पना श्रेष्ठको बाबु दिव्यकुमार श्रेष्ठ तथा
संस्थापक आभिष्कारकुमारनाथ शाहका बाबु अमरनाथ शाह र बाजे जयकुमारनाथ शाह
सञ्चालक रहेको काठमाडौं महानगरपालिका वडा नं ११ कि.नं २२४२ मा बनेको जेडिए
डेभलपर्सको नाममा रहेको भवनको विभिन्न ९ वटा कोठा खरिद गर्न स्वतन्त्र
मूल्याङ्कनकर्ताबाट मूल्याङ्कन नगरी सोही डेभलपर्सको मूल्याङ्कनको आधारमा सुदर्शन
अर्याललाई रु. १ करोड ७५ लाख कर्जा प्रवाह भई हाल रु १ करोड ६८ लाख ८२
हजार बक्यौता रहेकोमा धितो स्वरुप रहेको भनिएको उक्त अफिस फ्ल्याटहरू हालसम्म
ऋणीको नाममा नामसारी र संस्थाको नाममा मालपोत कार्यालयमा दृष्टिबन्धक पास
पनि नभई जेडिए डेभलपर्स प्रा.लि.कै नाममा रही रहेको। नेपाल सरकार मालपोत
कार्यालयबाट रोक्का नगरी जेडीय डेभ्लपर्स आफैले अन्य कसैलाई विक्री नगरी आफ्नै
नाममा राखीरहने गरी रोक्का राखेको आधारमा कर्जा प्रवाह भएको। तत्पश्चात
सुदर्शन अर्यालले यस अघि रोक्का राखेको कोठाको सट्टा अन्य तिनवटा कोठामात्र
रोक्का राख्न संस्थालाई अनुरोध गरेको र संस्थाले सोही बमोजिम रोक्का राख्न
जेडीए डेभलपर्सलाई अनुरोध गरेको। कर्जा सम्पूर्ण रूपमा असुरक्षित रहेको। यस अघि
पनि संस्थापकका एकाघरका परिवारका सदस्यहरूको स्वामित्वमा रहेको सम्पत्तिको
धितोमा तथा संस्थापकको परिवारहरूको नाममा कर्जा लिईएको। संस्था भित्र र
वाहिर धेरै पहिलेदेखि निजहरूबाट अनेकन अनियमित कार्य गरे गराएको वुझिएको हुँदा
क्रिष्टल फाईनान्स लि. थापाथली काठमाडौंबाट प्रचलित कानून तथा यस बैंकको
निर्देशन विपरीत अनियमित तवरले क्रिष्टल वर्ल्डवाइड मनि एक्सप्रेस
प्रा.लि.समेतका ३१ वटा कर्जाबाट करिव रु. ४४. ६० करोड कर्जा लिई सो कर्जा
सँग सम्बद्ध भई सो को दुरुपयोग गरी तथा उक्त कर्जा चुक्ता नगरी नगराई
निक्षेपकर्ता, साहु, लगानीकर्ता संस्था एवं वित्तीय प्रणालीलाई जोखिममा पार्ने
कार्यमा संलग्न उक्त क्रिष्टल फाईनान्स लि.का संस्थापक द्वय अन्जुदेवी श्रेष्ठ र
अल्पना श्रेष्ठ तथा निजका परिवारका सदस्यले अप्रत्यक्ष रुपमा ऋण उपयोग गर्ने
व्यक्ति तथा सो तिर्न कबुल गर्ने व्यक्ति दिव्यकुमार श्रेष्ठलाई नेपाल राष्ट्र बैंक
ऐन २०५८ र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०६३ लगाएतका प्रचलित कानून
एवं बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ को दफा ७, ८, ९ र १४ बमोजिम बैंकिङ्ग
कसूर गरे गराएकोले कसूरको विवरण संकलन गरी सो सम्बन्धमा आवश्यक छानविन,
अनुसन्धान तहकिकात तथा कारबाहीको लागी निर्णय अनुसार पठाईएको बेहोरा
अनुरोध छ भन्ने समेत बेहोराको नेपाल राष्ट्र बैंकको मिति २०६९।०६।०७ गतेको पत्र
जाहेरी।
2. त्यस फाईनान्स बाट र नेपाल राष्ट्र बैंकको निरीक्षणको क्रममा कर्जा फरफारक
गर्ने सम्बन्धमा भएको छलफल अनुसार बुद्धिमान स्याङतान लगायतका ३१ जना
ऋणीहरूको कर्जा निजहरूवाटै यथाशीघ्र चुक्ता फर्छ्यौट गराउने प्रतिवद्धता व्यक्त
गर्दछु। निजहरूबाट उक्त कर्जा समयमा चुक्ता भुक्तान नभएमा उक्त कर्जा चुक्ता
गर्नको लागी म आफै लागी परि समयमा नै कर्जा चुक्ता गराउने छु। अन्यथा उक्त
सम्पूर्ण कर्जाहरू म स्वयं चुक्ता गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु। म्याद नाघेको
कर्जाहरूको यहि २०६८ साल असार मसान्त सम्ममा सम्पूर्ण कर्जा नियमित गर्नु
गराउनुका साथै आर्थिक वर्ष असार मसान्त सम्पूर्ण व्याज चुक्ता भुक्तान गर्ने गराउने
प्रतिवद्धता गर्दछु। साथै २०६८ साल श्रावण मसान्तसम्म सोही कर्जाहरू मध्ये रु. ८
करोड र भाद्र मसान्त सम्ममा थप ७ करोड सम्म चुक्ता भुक्तान गर्ने गराउने छु।
बाँकी कर्जाहरू यहि आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्ने गराउने प्रतिबद्धता
समेत व्यक्त गर्दछु भन्ने बेहोराको मिति २०६८।०३।०६ गतेको दिव्यकुमार श्रेष्ठले
क्रिष्टल फाईनान्स लि मा पेस गरेको निवेदन।
3. यस क्रिष्टल फाईनान्स लि. बाट प्रवाह गरिएको कर्जाहरूको म्याद भुक्तान समाप्त
भई समाप्त भएका सिमित कर्जाहरूको कर्जा चुक्ता गर्ने वारे तरताकेता गर्दा उक्त
कर्जा निजहरूले उपभोग गरेको नभई उक्त कर्जाहरू काठमाडौं जिल्ला काठमाडौं
महानगरपालिका वडा नं ११ बस्ने दिव्यकुमार श्रेष्ठले उपभोग गरेको भनी
कर्जावालाहरूले जानकारी गराएको र ने.रा. बैंकबाट भएको अनसाईड निरीक्षणको
सिलसिलामा पनि सो कर्जाहरू विभिन्न शिर्षकमा दिव्यकुमार श्रेष्ठले प्रयोग गरेको
भनी औंल्याएकोले आवश्यक छानविनका लागि अनुरोध गर्दछु। साथै ने.रा. बैंकबाट
भएको अनसाईड निरीक्षणको सिलसिलामा औंल्याईएका कर्जा हरू दिव्यकुमार श्रेष्ठले
मिति २०६८।०३।०६ मा अनसाईड निरीक्षणको सामुन्ने दिएको निवेदन अनुसार सो
कर्जाहरू कर्जावालाहरूले चुक्ता नगरे म आफैले चुक्ता गर्ने भनी प्रतिवद्धता गरेको
निवेदनको प्रतिलिपी यसै साथ पेस गरेका छौं भन्ने समेत बेहोराको मिति
२०६९।०६।०३ गतेको क्रिष्टल फाईनान्सका निवर्तमान अध्यक्ष सुमन वज्राचार्य र
निवर्तमान प्रमुख कार्यकारी अधिकृत रामप्रसाद हाडाले नेपाल राष्ट्र बैंक केन्द्रीय
कार्यालयमा पेस गरेको निवेदन।
4. सञ्चालक समितिको पदाधिकारीहरूमा अध्यक्ष सुमन वज्राचार्य, सञ्चालक सदस्यमा
नुतनानन्द भोगेन्द्रमान मास्के, शिवहरी पौडेल, रितेश हाडा र कम्पनी सचिव एवं
प्रमुख कार्यकारी अधिकृत रामप्रसाद हाडा मिति २०६७।०३।३० गते सम्मको
सञ्चालक समितिमा रहेको र मिति २०६७।०३।३१ देखि मिति २०६९।०४।३१ गते
सम्मको सञ्चालक समितिमा अध्यक्ष सुमन वज्राचार्य, सञ्चालक सदस्यमा नुतनानन्द
वैद्य, भोगेन्द्रमान मास्के, शिवहरी पौडेल, सर्वसाधारण सञ्चालक सदस्यमा
हरिप्रसाद आचार्य र गौरवमान श्रेष्ठ, कम्पनी सचिव एवं प्रमुख कार्यकारी
अधिकृतमा रामप्रसाद हाडा र नविन चन्द्र वज्राचार्य कम्पनी सचिवमा रहेको।
यसैगरी कर्जा समितीका पदाधिकारीहरूमा नुतनानन्द वैद्य, शिवहरी पौडेल,
रामप्रसाद हाडा, रविन्द्रमान श्रेष्ठ, नविनचन्द्र वज्राचार्य र रामचन्द्र यादव
छन्। कर्मचारीहरूमा रामचन्द्र यादव, रामप्रसाद गौतम, विनोद श्रेष्ठ,
लेखनाथ निरौला छन्। रु. १५ लाख सम्मको कर्जा रकमको लागि संयोजक प्रमुख
कार्यकारी अधिकृत रामप्रसाद हाडा, सदस्यहरूमा रविन्द्रमान श्रेष्ठ र रामचन्द्र
यादव मिति २०६४।०५।३० गतेको माईन्युट। यसैगरी ३० लाख सम्मको कर्जा रकमको
लागी संयोजक नुतनानन्द वैद्य, सदस्य शिवहरी पौडेल, रामप्रसाद हाडा र
रविन्द्रमान श्रेष्ठ मिति २०६४।०५। ३० गतेको माईन्युट। सो भन्दा माथिको लागी
सञ्चालक समितिको निर्णय अनुसार हुने। यसै गरी २०६५।०३।१६ गतेको माईन्युटबाट
कर्जा लगानी उपसमिति निर्णय रु. १५ लाख र रु. ३० लाखको कर्जा प्रवाह सदस्य
सहायक प्रवन्धक रविन्द्रमान श्रेष्ठको वदला सहायक प्रवन्धक नविनचन्द्र
वज्राचार्यलाई वनाईएको मिति २०६७।०४।१२ गतेको माईन्युटबाट रु ४० लाख
सम्मको कर्जा रकमको लागी संयोजक रामप्रसाद हाडा, सदस्य नविनचन्द्र
वज्राचार्य र रामचन्द्र यादव र रु.७५ लाख सम्मको कर्जा रकमको लागी संयोजक
नुतनानन्द वैद्य, सदस्यहरूमा रामप्रसाद हाडा, नविनचन्द्र वज्राचार्य र रामचन्द्र
यादवलाई हा छैन तोकिएको भन्ने क्रिष्टल फाईनान्स लि.को मिति २०६९।०६।२४
गतेको प्रतिलिपी कागजात पठाईएको भन्ने पत्रमा समावेश कागजातहरू।
5. संस्थापक शेयरधनी आभिष्कारकुमार नाथ शाहको शेयर कित्ता संख्या ७०,००० को रकम
७० लाख, संस्थापक शेयरधनी अल्पना श्रेष्ठको शेयर कित्ता संख्या जम्मा ५२,७५६ को
रकम ५२ लाख ७५ हजार ६ सय र संस्थापक शेयरधनी अन्जु श्रेष्ठको शेयर कित्ता
संख्या जम्मा ६८,००० को रकम ६८ लाख रहेको भन्ने क्रिष्टल फाईनान्स लि.को
मिति २०६९।०७।०१ गतेको पत्र।
6. मिति २०६८।३।१० गते सुमन बज्राचार्यको अध्यक्षतामा बसेको सञ्चालक समितिको
कर्जा दिने वारे छलफल विषयमा यस अफिसका पार्टी मकवानपुर जिल्ला हेटौंडा
न.पा.वडा नं २ बस्ने श्री सुदर्शन अर्यालले अफिस खरिद गर्न धितो स्वरुप
जे.डि.ए. डेभलपर्स प्रा.लि.को नाममा दर्ता कायम रहेको काठमाडौं जिल्ला
काठमाडौं महानगरपालिका वडा नं ११ स्थित कि.नं २२४२ को क्षेत्रफल ४-०-०-०
मा बनेको ६ तल्लामा रहेको अफिस फ्ल्याट नम्बर ७०६, ७०७ र ७०८ को फ्ल्याट
रोक्का राखी रु १,७५,००,०००।– उपभोग गरिरहेकोमा हालसम्मको बक्यौता
रु.१,६८,८२,६२३।२४ चुक्ता गर्ने सिमा समाप्त भई कर्जा राफसाफ गर्न ताकेता
गर्दा निजले असमर्थता ब्यक्त गर्दै सो कर्जाको सम्पूर्ण ब्याज र केही सावा रकम
तिर्न तयार छु भनी मिति २०६८।३।२ मा पेश गरेको निवेदन उपर छलफल हुँदा निजले
राखेको धितो यथावत रोक्का राखी सम्पूर्ण ब्याज र सावामा रु. १,८२,६२३।२४
चुक्ता गर्न लगाई भवन निर्माण कर्जा अन्तर्गत रु.१,६७,००,०००।–कर्जा १(एक)
बर्ष अवधिका लागी नविकरण गरिदिने सर्वसम्मतिले निर्णय गरियो भन्ने कर्जा
स्वीकृत निर्णय।
7. क्रिष्टल वर्ल्डवाइड मनि एक्सप्रेसको हालको सञ्चालक म हुँ। यो रेमीट्यान्स
व्यापारको लागी खोलिएको संस्था हो। कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता छ।
क्रिष्टल फाईनान्सका सञ्चालकहरू को को हुन् थाहा छैन। क्रिष्टल फाईनान्समा
प्रमोटर मेरो श्रीमती अन्जुदेवी श्रेष्ठ र छोरी अल्पना श्रेष्ठ छन्। शेयर हाल पनि
निजहरूकै नाममा छ। म क्रिष्टल वर्ल्डवाइड मनि एक्सप्रेसको सञ्चालक भएको हुँदा
वुझ्दै जाँदा सबै कार्यहरू वैकिङ नियमानुसार भएका हुन्। कर्जा प्रवाह हुँदा
सितादेवी श्रेष्ठको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरमा
रहेको जग्गा धितो राखी सो को मूल्याङ्कन र रोक्का समेत गरिएको छ। मूल्याङ्कन
कस्ले गरेको थाहा छैन। सितादेवी श्रेष्ठ मेरी आमा हुन्। हाल छुट्टी भिन्न बस्छिन्।
क्रिष्टल वर्ल्डवाइड मनि एक्सप्रेस प्रा.लि. रेमिट्यान्स व्यापार परियोजना हो।
यो काठमाडौंको सुनधारा स्थितमा हालपनि सञ्चालनमा छ। क्रिष्टल वर्ल्डवाइड
मनि एक्सप्रेस प्रा.लि.लाई क्रिष्टल फाइनान्स लि.बाट कर्जा प्रवाह भएको हो।
के कति रकम प्रवाह भएको हो मलाई थाहा छैन। कम्पनी नेशनल ईन्भेष्टमेन्ट, सुदर्शन
अर्याल, सरोज कुमार पोखरेल, रोहित श्रेष्ठ, रामचन्द्र तिमिल्सिना, बुद्धिमान
स्याङतान, सुरेश प्रसाद लामिछाने, विनोद देवकोटा, मीना श्रेष्ठ, रवि महर्जन,
लक्ष्मी प्रसाद तिमिल्सिना, देवराज तिमिल्सिना, धिरेन्द्र मैनाली, गंगाबहादुर
भुजेल, लुम्बिनी रेजिडेन्सि प्रा.लि., श्रीकुमार श्रेष्ठ, यें ईन्टरनेशनल, रोशन
गिरी, जेनिथ ओभरसिज, ट्रेडिङ कन्सर्न, सरोज चन्द्र प्रधान, हेमकाजि डंगोल,
गुराँस ट्राभल्स एण्ड टुर, लक्ष्मीदेवी पोखरेल, संजय पोखरेल, निरज श्रेष्ठ, रुपानन्द
तिमिल्सिना, मणिकलाल दास लाई क्रिष्टल फाईनान्स लि बाट कर्जा प्रवाह भएको
हो। के कति रकम प्रवाह भयो, मूल्याङ्कन कस्ले गरेको हो, धितो के राखीएको
थियो मलाई थाहा छैन। सुनगाभा नेपाल टुर्स एण्ड ट्राभललाई २ करोड ३५ लाख
कर्जा प्रवाह भएको हो। धितो रुपन्देही जिल्लामा रहेको सुनगाभा नेपाल टुर्स एण्ड
ट्राभल्सको नाममा रहेको जग्गा राखिएको हो। अन्य कामहरू बैंकिङ्ग नियम अनुसार
भएका हुन्। परियोजना टिकट विक्रि गर्ने हो। हाल पनि दरवार मार्गमा सञ्चालन
छ। यस्को कर्जा रकम चुक्ता भईसकेको छ।हिरा महर्जनलाई १ करोड ६७ लाख कर्जा
प्रवाह भएकोमा आंशिक रुपमा चुक्ता भएको छ। माथि उल्लिखित ऋणीहरूको आंशिक
कर्जा रकम भुक्तानी भएको मलाई जानकारीमा आएको छ तर के कति भुक्तानी भई के
कति बाँकी छ भन्ने कुरा मलाई यकिन छैन। मिसिल संलग्न रहेको क्रिष्टल
फाइनान्सको स्टेटमेन्ट अफ एकाउन्टमा लोन रि पे भनेको व्याज पुनः तिर्ने कार्यलाई
जनाउँदछ। कर्जा लिएको रकमबाट सोही परियोजनामा पछि फिर्ता गर्ने गरी
सापटि लिई पुर्व कर्जाको व्याज तिर्ने व्यवहारीक रुपमा गरिन्छ। सञ्चालक
समितीको निर्णय भन्दा बढी रकम कर्जा प्रवाह गर्न नमिल्ने हो।ऋणी रामचन्द्र
तिमिल्सिनालाई कर्जा प्रवाह गर्दा सञ्चालक समितिको निर्णयबाट रु.१ करोड ५
लाख निर्णय भएकोमा फाईनान्सबाट १ करोड ६ लाख कर्जा प्रवाह भएको देखियो।
यो के कसरी हुन गयो मलाई थाहा छैन। यसमा नेपाल राष्ट्र बैंकको पत्रमा
उल्लिखित बुद्धिमान स्याङतान समेतका ३१ जना ऋणीहरू मेरो चिनजानका व्यक्तिहरू
भएकाले केही ऋण भुक्तानी समेत गरिसकेको र बाँकी रहेको पनि भुक्तानी गर्लान् भन्ने
सोंच राखी मैले दस्तखत गरी सो ऋण रकम चुक्ता गर्ने गराउने गरी निवेदन क्रिष्टल
फाईनान्स लि.मा पेस गरेको हुँ। सोमा भएको दस्तखत मेरै हो। सो समेत हेरी चिनी
सनाखत गरिदिएँ। जे.डि.ए. डेभलपर्सका सञ्चालक अमरनाथ साह र म स्वयं हुँ भन्ने
बेहोराको प्रतिवादी दिव्यकुमार श्रेष्ठले मिति २०६९।०७।१५ मा अनुसन्धान
अधिकारी समक्ष गरेको बयान कागज।
8. मिसिलसंलग्न हुन आएको सुदर्शन अर्यालको कर्जा आवेदन फाराम, कर्जा बुझेको तमसुक
लगाएतका कागजातहरू, क्रिष्टल फाईनान्सका तत्कालीन सञ्चालक अध्यक्ष सुमन
वज्राचार्यको निवेदन, नेपाल राष्ट्र बैंकको पत्र जाहेरी, क्रिष्टल फाईनान्स लि.
को कर्जा नीति, पक्राउ प्रतिवादी दिव्यकुमार श्रेष्ठको बयान, कर्जा प्रवाह
गर्दाको सञ्चालक समितिबाट भएको निर्णय, नेपाल राष्ट्र बैंक तथा क्रिष्टल
फाईनान्स लि.बाट प्राप्त भएका कागजातहरू समेतबाट प्रतिवादीहरू दिव्यकुमार
श्रेष्ठ, सुदर्शन अर्याल र क्रिष्टल फाईनान्स लि.का सञ्चालकहरू सुमन बज्राचार्य,
नुतनानन्द वैद्य, भोगेन्द्रमान मास्के, शिवहरी पौडेल, रामप्रसाद हाडा र रितेष
हाडा समेतले जेडिए डेमलपर्स प्रा. लि. को अफिस फ्याल्ट धितो राखी सुदर्शन
अर्याललाई ऋणी बनाई रु. १,७५,००,०००।… कर्जा प्रवाह भई कर्जा लिएकोमा
केही कर्जा तिरी बाँकी रहेको रु. १,६७,००,०००।… सावा रकम र सोको ब्याज
समेत गरी रु.१,७५,००,०००।–कर्जा बाँकि रहेको साथै परियोजनामा कर्जा प्रयोग
गर्नु पर्नेमा प्रतिवादीहरूले दुरुपयोग गरी निक्षेपकर्ता, शेयरधनी र सर्वसाधारणको
हित विपरीत हुने गरी क्रिष्टल फाईनान्स लि.को कर्जा लगानी नीति तथा नेपाल
राष्ट्र बैंकबाट भएको निर्देशन समेत विपरीतको कार्य गरी बैंकिङ्ग कसूर अपराध
गरेको वारदात पुष्टि हुन आएको देखिँदा प्रतिवादीहरू दिव्यकुमार श्रेष्ठ, अन्जुदेवी
श्रेष्ठ, अल्पना श्रेष्ठ, अमरनाथ शाह र आभिष्कारकुमारनाथ शाहलाई वैकिङ कसूर
तथा सजाय ऐन, २०६४ दफा ७ को खण्ड (च) तथा दफा ८, ९ र १४ विपरीतको
कसूरमा सोही ऐनको दफा १५ को उपदफा (२) (घ) बमोजिम, प्रतिवादीहरू सुमन
बज्राचार्य, नुतनानन्द वैद्य, भोगेन्द्रमान मास्के, शिवहरी पौडेल, गौरवमान
श्रेष्ठ, रामप्रसाद हाडा र रितेश हाडालाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ को
दफा ७ को खण्ड (घ) (च) (छ), दफा ८, ९ र १४ को विपरीतको कार्य गरेको
हुँदा सोही ऐनको दफा १५ को उपदफा (२) (घ) बमोजिम बिगो भराई विगो
बमोजिम तथा ऋणी सुदर्शन अर्याललाई बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ को दफा
७ को खण्ड (घ) (च), दफा ८ र १४ विपरीतको कसूरमा सोही ऐनको दफा १५ को
उपदफा (२) (घ) बमोजिमको सजायको माग दावी लिईएको छ। साथै हाल पक्राउ
नपरी फरार रहेका प्रतिवादी अन्जुदेवी श्रेष्ठ, अल्पना श्रेष्ठ, सुदर्शन अर्याल,
सुमन बज्राचार्य, नुतनानन्द वैद्य, भोगेन्द्रमान मास्के, शिवहरी पौडेल, गौरवमान
श्रेष्ठ, रितेष हाडा, रामप्रसाद हाडा, आभिष्कारकुमार नाथ शाह र अमरनाथ
शाहका नाउँमा म्याद जारी गरी पाउन र प्रस्तुत मुद्दामा अन्य कोही कसैको
संलग्नता रहेको पछी कहीँ कतैबाट खुल्न पत्ता लाग्न आएमा पनि छुट्टै राय साथ पेस
गरिने बेहोरा अनुरोध गर्दै प्रतिवादी दिव्यकुमार श्रेष्ठलाई यसै साथ प्रस्तुत
गरिएको बेहोरा समेत अनुरोध गरिएको छ भन्ने अभियोग दावी।
9. नेपाल राष्ट्र बैंकको जाहेरी दरखास्त सुनाउँदा सुनी पाएँ। सो सम्बन्धमा क्रिष्टल
फाईनान्सबाट कुनै पनि अनियमित तवरले कर्जा प्रवाह भएको छैन। सबै कर्जाहरू
नियमीत तवरले प्रवाह भएका हुन्। राष्ट्र बैंकको जाहेरीमा उल्लिखित ४४.६० करोड
मध्ये अन्दाजी २४ करोड कर्जा हाल चुक्ता भएको भन्ने जानकारी पाएको छु।
ऋणीहरूसँगको सामान्य चिनजानका नाताले निजहरूको तर्फबाट फाईनान्समा साधारण
प्रतिवद्वता जाहेर गरी निवेदन दिएको हुँ। म बैंक नियमानुसार ऋणीहरूको हकमा
जमानी बसेको होईन। म र मेरो परिवारको कुनै गल्ती छैन। सबै ऋणीहरूसँग सामान्य
चिनजान भएका नाताले सो बेहोराको प्रतिवद्वता सहितको निवेदन दिएको हुँ।
ऋणीहरूले नियमीत रुपमा कर्जा चुक्ता गरिरहेको र बाँकी पनि तिर्छन् भन्ने
विश्वासमा सो निवेदन दिएको हुँ। म करिव ५ वर्ष नारायणी बैंकको अध्यक्ष रही
मिति २०६९ जेठमा राजीनामा दिएको हुँ। क्रिष्टल फाईनान्सबाट क्रिष्टल
वल्डवाईड मनी एक्सप्रेसलाई कर्जा प्रवाह हुँदाको अवस्थामा म सो मनी एक्सप्रेसमा
कुनै पदमा थिइन।पछि अर्थात मिति २०६८।०६।२३ देखि सो मनी एक्सप्रेसको
सञ्चालकको पदमा रहेको छु। साथै सुनगाभा नेपालले पनि कर्जा लिदाँको अवस्थामा म
कुनै हैसियतमा थिइन।हाल सञ्चालक रहेको छु। साथै सो सुनगाभा नेपालको कर्जा पनि
मेरो जानकारी अनुसार सबै चुक्ता भैसकेको छ। म प्रस्तुत कर्जा प्रवाह हुँदाका बखत
क्रिष्टल वल्डवाईडको सञ्चालक थिइन।साथै तत्कालीन अवस्थामा मेरो श्रीमती
अञ्जुदेवी श्रेष्ठ पनि सञ्चालक थिईनन्। धितो मूल्याङ्कन गराई प्रशस्त रुपमा खाम्ने
ऋण प्रवाह भएको हो। सो कर्जा ऋणीले नै उपयोग गरेको हो। कर्जा दुरुपयोग भएको
छैन। मैले अनियमित कार्य नगरेकाले मलाई सजाय हुनुपर्ने होईन। म र मेरो परिवारले
कुनै अनियमित कार्य गरेका छैनौं। साथै बैंकिङ्क नियम अनुसार कर्जा असूलीको
प्रक्रिया जस्तो धितो लिलाम समेतका कार्यहरू गरी असूली गर्नुपर्नेमा सो तर्फ कुनै
कारबाही नभएको अवस्थामा मैले अभियोग दावीबाट सफाइ पाउनु पर्दछ भन्ने समेत
बेहोराको प्रतिवादी दिव्यकुमार श्रेष्ठले मिति २०६९।८।११ मा अदालतमा गरेको
बयान।
10. सह-प्रतिवादी मध्येका अन्जुदेवी श्रेष्ठ तथा अल्पना श्रेष्ठ यी प्रतिवादीका
श्रीमती तथा छोरी भन्ने कुरामा विवाद नरहेको, निजै अन्जुदेवी तथा अल्पना समेत
संस्थापक रहेको क्रिष्टल फाइनान्स लि.बाट यिनै प्रतिवादी दिव्यकुमार श्रेष्ठ
समेतको सञ्चालनमा रहेको जे डि ए डेभलपर्स प्रा.लि.को अफिस फ्ल्याट धितो राखि
धितो राख्दा धितो मूल्याङ्कनकर्ताको हैसियत समेत नखुलाई सोही जे डि ए डेभलपर्स
प्रा.लि. को कवल किन्नको लागि सुदर्शन अर्याललाई रु.१,७५,००,०००।- कर्जा
प्रवाह भै हाल रु.१ करोड ६७ लाख तिर्न बाँकी नै रहेको भन्ने देखिएको र यिनै
प्रतिवादी दिव्यकुमार श्रेष्ठले मिति २०६८।३।६ मा उक्त रकम तिर्छु बुझाउँछु भनी
निवेदन दिई प्रतिवद्वता व्यक्त गरेको समेत देखिँदा मिसिल संलग्न तत्काल प्राप्त
प्रमाणका आधारमा निज प्रतिवादी दिव्यकुमार श्रेष्ठ कसूरदार होइनन् भन्न सकिने
अवस्था हाललाई नरहेकोले मुद्दाको प्रकृति र कसूर हुँदाको अवस्था समेतलाई विचार
गरी पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई कानून बमोजिम सिधा खान
पाउने गरी कानून बमोजिम थुनुवा पूर्जी दिई अ.बं. ११८ नं को देहाय २ बमोजिम
पुर्पक्षको लागि थुनामा राख्नु भन्ने सुरू अदालतबाट मिति २०६९।८।१७ मा भएको
आदेश।
11. प्रस्तुत जाहेरी दरखास्त सुनी पाएँ। म क्रिष्टल फाइनान्सको शेयरधनीमात्र भएको र
सो फाइनान्समा मेरो अन्य कुनै सम्बन्ध र हैसियत नभएको, सो फाईनान्सबाट प्रवाह
भएको कर्जाको सम्बन्धमा समेत मेरो कुनै भुमिका नरहने भएकाले जाहेरी सम्बन्धमा
मलाई केही पनि थाहा भएन। सो कम्पनी कस्तो खालको हो भन्ने सम्बन्धमा मलाई
थाहा भएन। सो कम्पनीका संस्थापक दिव्यकुमार श्रेष्ठ र मेरो बुबा अमरकुमारनाथ
शाह हुनुहुन्छ। म सो कम्पनीको कुनै पनि हैसियतमा रहेको छैन। प्रस्तुत मुद्दासँग
सम्बन्धित लगाउमा रहेका अन्य मुद्दाहरूका कुनै पनि ऋणीहरूसँग मेरो चिनजान नाता
सम्बन्ध लेनदेन रिसइवी झैझगडा केही पनि छैन। म क्रिष्टल फाईनान्ससँग कुनै पनि
हिसबाले सम्बन्धित नभएकाले निज लगायतका अन्य ऋणीहरूलाई के कुन प्रक्रिया पूरा
गरी के कति कर्जा दिए सो सम्बन्धमा मलाई केही पनि थाहा भएन। साथै कर्जाको
विद्यमान अवस्था बारे पनि मलाई कुनै जानकारी हुने कुरा भएन। म सो फाइनान्समा
१/२ पटक सो फाईनान्सको प्रगति कस्तो रहेको छ भनी बुझ्न गएको थिएँ। सो बाहेक
कर्जा प्रवाह समेतका काममा मेरो कुनै हैसियत रहँदैन। म क्रिष्टल फाइनान्सको
शेयरधनी मात्र हुँ। कुनै पनि कर्जा प्रवाहमा म सो फाइनान्सको कर्जा विभाग
लगायतको कुनै हैसियतमा नरहेकाले मेरो कुनै संलग्नता र भूमिका नरहने र मैले कुनै कसूर
नगरेकाले मलाई अभियोग माग दावी बमोजिम सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी
आभिष्कारकुमार नाथ शाहले मिति २०७०।३।३ मा सुरू अदालतमा गरेको बयान।
12. यी प्रतिवादी आभिष्कारकुमारनाथ शाह उपर लिएको अभियोगपत्र मागदावी र
निजको संलग्नता के हो ? भनी हेरिंदा प्रतिवादी क्रिष्टल फाइनान्सको ७० हजार
कित्ता शेयर खरीदकर्ता सम्म देखियो। शेयर खरिदकर्ताको सीमित दायित्वलाई
विचार गरी हेर्दा निजले ऋण दिने दिलाउने र निर्णय गर्ने कार्य समेतमा कुनै
भूमिका रहेको मिसिलसंलग्न तत्कालप्राप्त प्रमाणबाट नदेखिँदा प्रस्तुत मुद्दामा पछि
बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई मुलुकी ऐन अ.बं. ४७ नं. अनुसार यी
प्रतिवादी आभिष्कारकुमार नाथ शाहलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष
गर्नु भन्ने सुरू अदालतको मिति २०७०।३।१० को आदेश।
13. सो फाईनान्समा म स्थापनाकाल वि.सं. २०५८ साल फागुनदेखि संस्थापक सञ्चालकको
पदमा रहेकोमा राष्ट्र बैंकले कारबाही गरी सम्पूर्ण बोर्डलाई हटाएपछि म पदमुक्त
भएको हुँ। सो फाईनान्समा मेरो ९,६४५ कित्ता संस्थापक शेयर लगानी रहेको छ। म
र मेरो नजिकका कुनै पनि ब्यक्तिहरूले सो फाईनान्सबाट कर्जा लिएका छैनौं।
प्रतिवादी दिव्यकुमार श्रेष्ठले क्रिष्टल फाईनान्सबाट प्रवाह भएका विभिन्न ३१
वटा कर्जाहरू सम्बन्धित ऋणीहरूले नतिरेमा मैले तिर्नेछु भनी राष्ट्र बैंकमा
प्रतिवद्धता सहितको निवेदन दिएपछि राष्ट्र बैंकले कारबाहीका लागि लेखि
पठाएको हो। मैले कुनै पनि ऋणीहरूलाई चिन्दीन। सिईओले सबै प्रक्रिया पूरा गरी
कर्जा प्रवाहका लागि बैठक राखी सञ्चालकहरूलाई बोलाएपछि फाईनान्समा गएर
माईन्यूटमा सही गरिदिन्थें। तत्कालीन अवस्थामा हेर्दा सबै नियम बमोजिम राम्रो
काम भएको विश्वास थियो तर पछि दिव्यकुमार श्रेष्ठले ति कर्जाहरू ऋणीहरूले नतिरे
मैले तिर्नेछु भनी निवेदन दिएकाले ती कर्जाहरू दुरुपयोग भएको थाहा पाएको हुँ। सो
निवेदनको आधारमा कर्जा दिव्यकुमारले उपयोग गरेको हुनुपर्दछ।ऋणी सुदर्शन
अर्याललाई प्रवाह गरेको कर्जामध्ये बाँकि रहेको रू. १ करोड ६७ लाख कर्जा
नविकरण गर्ने गरी सञ्चालक समितिबाट मिति २०६८।३।१० मा निर्णय भएको हो।
सो निर्णयमा मैले पनि सञ्चालक समितिको सदस्यको हैसियतले सहीछाप गरेको हुँ।
फाईनान्सको काम कर्जा प्रवाह गरी व्याज कमाउने पनि हो। फाईनान्सको राम्रो
उन्नतीका लागि मैले काम गरेको हुँ। संस्थापक शेयरधनीले त कम्पनी फाईदामा जाओस्
भन्ने हिसावले काम गरेको हो। यदि कर्जा दुरुपयोग भएको भए सो दुरुपयोग गर्नेबाट
असूल उपर गर्नुपर्दछ। यी कर्जाहरू सञ्चालक समितिमा रहेर मैले दुरुपयोग गरेको
होईन। मैले अनियमितता गरेको र पैसा समेत नखाएकाले सजाय हुनुपर्ने होईन भन्ने
समेत बेहोराको प्रतिवादी नुतनानन्द वैद्यले मिति २०७०।३।२६ मा सुरू अदालतमा
गरेको बयान।
14. सो फाइनान्समा म स्थापनाकाल वि.सं. २०५८ फाल्गुण २ देखि संस्थापक सञ्चालक
रही आएकोमा राष्ट्र बैंकले कारबाहीका लागि लेखि आई म लगायतका सबै
सञ्चालकलाई हटाएको हो। सो फाइनान्समा मेरो १७,००० कित्ता संस्थापक शेयर
लगानी रहेको छ। सो फाइनान्सबाट म र मेरो नजिकका नातेदारहरूले कुनै कर्जा
लिएका छैनौं। रु.३० लाख भन्दा माथिको कर्जाको सम्बन्धमा सञ्चालक समितिबाट
स्वीकृत हुन्छ। कर्जाका लागि पुर्याउनु पर्ने सम्पूर्ण प्रक्रियाहरू पूरा गरी धितो
मूल्याङ्कन लगायतका कार्य सम्पन्न गरी कर्जा दिन उपयुक्त छ भनी महाप्रबन्धकले
सिफारिस सहित माइन्यूट तयार गरी ल्याएपछि अत्यावश्यक कागजातहरू हेरी
सञ्चालक सदस्यको हैसियतले सही गरी दिने हो। उक्त कर्जाहरू को कसले उपयोग गरे
मलाई थाहा भएन। मैले सञ्चालकका हैसियतले पाउने बैठक भत्ता वाहेक एकपैसा पनि
लिए, खाएको छैन। कर्जा दुरुपयोग भए नभएको सम्बन्धमा पनि मलाई थाहा भएन।
ऋणी सुदर्शन अर्याललाई रु. १ करोड ६७ लाख कर्जा प्रवाह गर्ने नविकरण गर्ने
गरी सञ्चालक समितिबाट मिति २०६८।३।१० मा निर्णय भएको। सो निर्णय
सञ्चालक समितिले गरेको हो। मैले सञ्चालक समितिको सदस्यको हैसियतले सही गरि
दिएको हुँ। म सञ्चालक समितिको सदस्य मात्र हुँ। म दैनिक रुपमा कार्यालयमा
हाजिर हुन जानुपर्ने हुँदैन। कर्जा दिनुपर्दा कर्जा विभागले सवै प्रक्रिया पूरा गरी
आफ्नो अधिकारक्षेत्र भन्दा माथिको हकमा सञ्चालक समितिमा पेस गर्दछ। सवै कुरा
पूरा भई सिफारिस सहित पेस भएको फायलमा सदस्यको हैसियतले सहीसम्म गरि दिने
मेरो काम हो। मैले कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभका लागि काम गरेको
होइन।मैले कुनै कर्जा दुरुपयोग गरेको पनि छैन। मैले कुनै गल्ति काम नगरेकाले सजाय
पाउनु पर्ने होइन भन्ने प्रतिवादी भोगेन्द्रमान मास्केले मिति २०७०।३।२६ मा सुरू
अदालतमा गरेको बयान।
15. यी प्रतिवादीहरू मध्येका नुतनान्द वैद्यको उमेर, अवस्था र निजले सो कर्जाबाट
व्यक्तिगत लाभ उठाएको भन्ने स्पष्ट दावी नदेखिएको, अर्का प्रतिवादी
भोगेन्द्रमान मास्केको कर्जा दुरुपयोग गर्ने कार्यमा प्रत्यक्ष संलग्नता रहेको भन्ने र
व्यक्तिगत फाइदा लिएको भन्ने स्पष्ट दावी नभएको र निज प्रतिवादीहरूको कसूरको
अवस्था समेतलाई विचार गर्दा निजहरूलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्न
युक्तिसंगत हुने नदेखिएको हुँदा प्रस्तुत मुद्दामा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने
गरी हाललाई मुलुकी ऐन, अ.बं. ११८ नं. को देहाय (४) र (१०) बमोजिम
प्रतिवादी नुतनानन्द वैद्यबाट रु. १,००,०००। एकलाख रुपैयाँ) र प्रतिवादी
भोगेन्द्रमान मास्केबाट रु.५०,०००।-(पचासहजार रुपैयाँ) नगद वा सो बराबरको
जेथा जमानी वा बैंक ग्यारेन्टी दिए लिई पुर्पक्षको लागि तारेखमा राख्नू भन्ने सुरू
अदालतबाट मिति २०७०।३।२८ मा भएको आदेश।
16. सो फाइनान्समा म मिति २०५८ साल देखि २०६४ असारसम्म संस्थापक शेयरधनीका
तर्फबाट सञ्चालक रहेको थिएँ। हाल कुनै पनि जिम्मेवारी र हैसियतमा छैन। सो
फाइनान्समा मेरो ४५ हजार कित्ता संस्थापक शेयर रहेको छ। सो फाइनान्सबाट म र
मेरो नजिकका व्यक्तिहरूले कुनै सम्बन्धमा मलाई केहि कर्जा लिएका छैनौं। प्रस्तुत
जाहेरी दरखास्त सुनिपाएँ। सो पनि थाहा भएन। म वि.सं. २०६४ असार ५ गते सन्
२००७ जुन मिति १९) बेलायत गएको थिएँ।मिति २०६५। ३। १८ मा ५ हप्ताको
लागि नेपाल आएको र त्यसपछि मिति २०६५।४।२३ (२००८ अगस्त ७) मा बेलायत
फर्केर २०११ अक्टुवर २७ (वि.सं. २०६८।७।९) मा मात्र नेपाल फर्केको थिएँ। म
नेपालमा नभएको, फाइनान्सबाट राजिनामा दिई गएको अवधि पश्चातका कर्जाहरू
भएकाले मलाई केही थाहा भएन। फाइनान्सको नीति नियम बमोजिम सञ्चालकले कर्जा
प्रवाह गर्ने हो। म सञ्चालक रहँदा सम्म नीति नियम भित्र रहेर कर्जा प्रवाह
गरिन्थ्यो। फाइनान्सको काम कारबाही एवं गतिविधि सम्बन्धमा म संस्थापक
सञ्चालक भएका हैसियतले जानकारी लिनुपर्ने हो। तर म नेपालमा नभएकाले त्यसो
गर्न नसकेको हो। परियोजनामा खर्च गरे नगरेको सम्बन्धमा व्यवस्थापनबाट अनुगमन,
निरीक्षण गर्नुपर्ने हो। म सञ्चालक रहँदासम्म नियमित रुपमा अनुगमन निरीक्षण
गर्ने गरिन्थ्यो। म फाइनान्सबाट राजिनामा दिई गएपछि मिति २०६७।९।२७ को
प्रस्तुत कर्जा भएकाले सो को प्रक्रिया हालको अवस्था सम्बन्धमा थाहा भएन।
प्रस्तुत कुनै पनि कर्जाहरू प्रवाहमा मेरो कुनै संलग्नता नभएकाले अभियोगबाट सफाइ
पाऊँ भन्ने प्रतिवादी रितेश हाडाले मिति २०७०।१०।८ मा सुरू अदालतमा गरेको
बयान।
17. यी प्रतिवादी उक्त फाईनान्सको सञ्चालक भएको देखिए तापनि अभियोग दावीमा
उल्लिखित क्रिष्टल वर्ल्डवाईड मनी एक्सप्रेसलाई कर्जा प्रवाह गर्ने बैठकमा यी
प्रतिवादी उपस्थित भएको नदेखिएको र उक्त कर्जा प्रवाह हुँदा निज प्रतिवादी
विदेशमा रहेको मिसिल संलग्न कागजातबाट देखिएकोले उक्त कर्जा प्रवाहमा यी
प्रतिवादीको संलग्नता रहे भएको नदेखिएका समेतका मिसिलसंलग्न तत्कालप्राप्त
प्रमाणबाट हाल यी प्रतिवादी कसूरदार रहेछन् भन्न सकिने अवस्था विद्यमान
नदेखिँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी रितेश
हाडालाई मुलुकी ऐन, अ.बं. ४७ नं. बमोजिम साधारण तारेखमा राखी मुद्दाको
पुर्पक्ष गर्नू भन्ने सुरू अदालतबाट मिति २०७०।१०।९ मा भएको आदेश।
18. प्रस्तुत जाहेरी दरखास्त सुनी पाएँ। प्रस्तुत मुद्दाका ऋणीलाई सञ्चालक समितिको
निर्णय अनुसार आवश्यक धितो लिई धितोको मूल्याङ्कन गराई कर्जा प्रवाह गर्ने
कार्य भएको हो। मेरो एकल निर्णयबाट कुनै पनि कर्जा प्रवाह भएको छैन। ऋणी
मध्येको दिव्यकुमार श्रेष्ठले संस्थामा अनियमितता गरेकोले नजलाई कारबाही गरिपाऊँ
भनी म आफैले मिति २०६९।६।३ मा नेपाल राष्ट्र बैंकमा छानविन गरी कारबाहीको
लागि निवेदन दिएको थिएँ। दिव्यकुमार श्रेष्ठले क्रिष्टल फाइनान्स लि. मा
लगाउका ३१ थान मुद्दाका कर्जाहरू आफूले प्रयोग गरेकोले सम्पूर्ण कर्जाहरू म चुक्ता
गर्ने छु भनी प्रतिवद्धता जाहेर गरी निवेदन दिएको हुँदा लगाउका सम्पूर्ण मुद्दाका
कर्जामा मैले अनियमित तवरले कुनै काम गरेको छैन। जाहेरी बेहोरामा मबाट
अनियमितता भएको भन्ने समेत उल्लेख छैन। प्रतिवादी सुदर्शन अर्यालले आवास कर्जा
भनी जोडिए डेभलपर्स प्रा.लि.को अफिस फ्लाट धितो राखी रु.१ करोड ७५ लाख
सञ्चालक समितिको मिति २०६८।३।१० को निर्णयानुसार निजले कर्जा लगि मासिक
व्याज तिरी सकेको अवस्था छ, धितो कायमै छ, लिलामीको अवस्था भएको छैन।
राखेको धितोले पनि ऋण रकम खाम्ने नै छ। दिव्यकुमार श्रेष्ठले सुदर्शन अर्यालले ऋण
नतिरेमा म आफैले तिर्ने छु भनी मिति २०६८।३।६ मा प्रतिवद्धता कागज गरी
दिएको अवस्था रहेको छ।प्रस्तुत मुद्दाका प्रतिवादी मध्येका दिव्यकुमार श्रेष्ठले
ऋणी सुदर्शन अर्यालसँग मिली कर्जा रकम उपभोग गरेकोले निजलाई कारबाही
गरिपाऊँ भनी मिति २०६९।६।३ मा नेपाल राष्ट्र बैङ्कमा निवेदन दिएको अवस्था
छ। मैले प्रस्तुत मुद्दामा अभियोग दावी बमोजिमको कुनै गैरकानूनी काम कारबाही
गरेको छैन।सञ्चालक समितिले गरेको निर्देशन बमोजिमको काम क्रिष्टल फाइनान्स