१५५३५६ - फौजदारी

Registration Number
०७२-CR-१५००
Decision Date
2076-06-29
Registration Date
2072-12-16
Bench
सपना प्रधान मल्ल, कुमार रेग्मी
Plaintiff
मदनमोहन लाल कर्ण
Defendant
नेपाल सरकार

Summary

धनुषा जिल्ला विकास समितिबाट आर्थिक वर्ष २०६८/०६९ मा सञ्चालित विभिन्न सडक निर्माण, मर्मत तथा अन्य पूर्वाधार विकासका योजनाहरूमा सरकारी रकम हिनामिना र अनियमितता भएको आरोपमा दायर भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विशेष अदालतको फैसलालाई आंशिक रूपमा सदर गरेको छ। अदालतले केही जिल्ला विकास समितिका कर्मचारीहरू (तत्कालीन निमित्त स्थानीय विकास अधिकारी, लेखा अधिकृत, इन्जिनियर, सब-इन्जिनियर, लेखापाल) र उपभोक्ता समितिका पदाधिकारीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) र दफा ८(४) बमोजिम कसूरदार ठहर गरी कैद र जरिवानाको फैसला गरेको छ। बाँकी प्रतिवादीहरूलाई भने मिसिल संलग्न प्रमाणहरूबाट कसूर प्रमाणित नभएको भन्दै सफाइ दिएको छ।

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला 07२-CR-११८५ मुद्दाः- भ्रष्टाचार विकास निर्माण कार्यमा अनियमितता। महोतरी जिल्ला नैन्ही गा.वि.स.वडा नं. ६ घर भई हाल धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ८ बस्ने जिल्ला विकास समितिको कार्यालय, धनुषाका लेखापाल जीवनाथ चौधरी................................................................................१ विरुद्ध नेपाल सरकार ................................................................................1 07२-CR-११८८ धनुषा जिल्ला ज.न.पा. वडा नं. ९ साकेतनगर बस्ने ज.न.पा.९ साकेतनगर राम आशिष साहको घर जाने बाटो पि.सि.सि. मर्मत कार्यको उपभोक्ता समितिको अध्यक्ष प्रकाश मिश्र...........................................................................१ विरुद्ध नेपाल सरकार..................................................................................१ 07२-CR-११८९ धनुषा जिल्ला खजुरी चन्हा गा.वि.स.वडा नं.३ बस्ने जिल्ला प्राविधिक कार्यालय, धनुषाका सव-इन्जिनियर अशोककुमार साह..............................................१ विरुद्ध नेपाल सरकार.................................................................................१ 07२-CR-११९० महोतरी जिल्ला महोतरी गा.वि.स. वडा नं 1 स्थायी घर भई जिल्ला विकास समितिको कार्यालय, धनुषा अन्तर्गत जिल्ला प्राविधिक कार्यालय धनुषाका निमित्त प्रमुख (इन्जिनियर) विनोद कुमार ठाकुर .................................................१ विरुद्ध नेपाल सरकार.................................................................................१ 07२-CR-११९१ धनुषा जिल्ला कजरा रमौल गा.वि.स. वडा नं.१, बस्ने जिल्ला प्राविधिक कार्यालय, धनुषाका सव-इन्जिनियर रामेश्वर यादव...................................................१ विरुद्ध नेपाल सरकार..................................................................................१ 07२-CR-१२८४ धनुषा जिल्ला यदुकुवा गा.वि.स. वडा नं. ३ स्थायी घर भई जिल्ला विकास समितिको कार्यालय, धनुषाको तत्कालीन निमित्त स्थानीय विकास अधिकारी (इन्जिनियर) लक्ष्मी नारायण महतो........................................................१ विरुद्ध नेपाल सरकार...............................................................................१ 07२-CR-१४४४ धनुषा जिल्ला सपहि गा.वि.स. वडा नं. ६ बस्ने सपहि चोक देखि राष्ट्रपतिको निवाससम्म सडक मर्मत कार्यको उपभोक्ता समितिका अध्यक्ष र नि.मा.वि. भंगाहाको हाताभित्र माटो पुर्ने कार्य योजनाको उपभोक्ता समितिका अध्यक्ष (नि.मा.वि.भंगाहाका प्रधानाध्यापक) रघुनन्दन यादव....................................१ विरुद्ध नेपाल सरकार..................................................................................१ 07२-CR-१४९७ नेपाल सरकार..................................................................................१ विरुद्ध महोतरी जिल्ला महोतरी गा.वि.स. वडा नं 1 स्थायी घर भई जिल्ला विकास समितिको कार्यालय, धनुषा अन्तर्गत जिल्ला प्राविधिक कार्यालय, धनुषाका निमित्त प्रमुख (इन्जिनियर) विनोद कुमार ठाकुर .................................................१ धनुषा जिल्ला यदुकुवा गा.वि.स. वडा नं. ३ स्थायी घर भई जिल्ला विकास समितिको कार्यालय, धनुषाको तत्कालीन निमित्त स्थानीय विकास अधिकारी (इन्जिनियर) लक्ष्मी नारायण महतो........................................................१ महोतरी जिल्ला महमैया तपनपुर गा.वि.स. वडा नं.२ घर भई हाल धनुषा जिल्ला जनकपुर न.पा.वडा नं. ८ बस्ने जिल्ला प्राविधिक कार्यालय, धनुषाका इन्जिनियर देवेन्द्र अधिकारी...............................................................................१ धनुषा जिल्ला रघुनाथपुर गा.वि.स.वडा नं. ४ घर भई जिल्ला विकास समितिको कार्यालय, धनुषाका लेखा अधिकृत मदन मोहन लाल कर्ण.............................१ धनुषा जिल्ला जनकपुर न.पा. वडा नं.९ बस्ने जिल्ला प्राविधिक कार्यालय, धनुषाका इन्जिनियर(विशेष पद) ज्ञानेन्द्र कुमार देव...............................................१ धनुषा जिल्ला खजुरी चन्हा गा.वि.स.वडा नं.३ बस्ने जिल्ला प्राविधिक कार्यालय, धनुषाका सव-इन्जिनियर अशोककुमार साह..............................................१ धनुषा जिल्ला धनुषा दिगम्वरपुर गा.वि.स. वडा नं.२ बस्ने जिल्ला प्राविधिक कार्यालय, धनुषाका सव-इन्जिनियर भोलानाथ सिंह .....................................१ धनुषा जिल्ला विसरभोरा गा.वि.स. वडा नं. ५, बस्ने जिल्ला प्राविधिक कार्यालय, धनुषाका सव–इन्जिनियर विन्देश्वर वनरइत...............................................१ धनुषा जिल्ला कजरा रमौल गा.वि.स. वडा नं.१, बस्ने जिल्ला प्राविधिक कार्यालय, धनुषाका सव-इन्जिनियर रामेश्वर यादव..................................................१ सिराहा जिल्ला तेनुवापट्टी गा.वि.स.वडा नं.३ घर भई हाल धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ४, बस्ने जिल्ला प्राविधिक कार्यालय धनुषाका सव इन्जिनियर राम कुमार यादव................................................................................१ धनुषा जिल्ला देवपुरा रुपैठा गा.वि.स. वडा नं. २, बस्ने जिल्ला विकास समितिको कार्यालय, धनुषाका कार्यक्रम अधिकृत सुनिल कुमार झा .............................१ महोतरी जिल्ला नैन्ही गा.वि.स.वडा नं. ६ घर भई हाल धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ८ बस्ने जिल्ला विकास समितिको कार्यालय, धनुषाका लेखापाल जीवनाथ चौधरी................................................................................१ धनुषा जिल्ला नवराइन गा.वि.स. वडा नं. ५, बस्ने जिल्ला विकास समितिको कार्यालय, धनुषाका नायव सुव्वा साधु शरण यादव......................................१ महोतरी जिल्ला इकरहिया गा.वि.स. वडा नं. १ घर भई हाल धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ७, बस्ने जिल्ला विकास समितिको कार्यालय, धनुषाका लेखापाल धिरेन्द्र झा..........................................................................१ धनुषा जिल्ला धनौजी गा.वि.स. वडा नं. ३ बस्ने जिल्ला प्राविधिक कार्यालय, धनुषाका इन्जिनियर राम सागर साह......................................................१ धनुषा जिल्ला कचुरीठेरा गा.वि.स. वडा नं. ४ बस्ने जिल्ला विकास समितिको कार्यालय धनुषाका कार्यक्रम अधिकृत रामभजन यादव.................................१ धनुषा जिल्ला सपहि गा.वि.स. वडा नं. ४ बस्ने सपहि गजरीया सडक मर्मत कार्यको उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र कुमार यादव ...........................१ धनुषा जिल्ला सपहि गा.वि.स. वडा नं. ३ बस्ने सपहि गजरीया सडक मर्मत कार्य योजनाको उपभोक्ता समितिका सचिव रेणु कुमारी यादव..............................१ धनुषा जिल्ला सपहि गा.वि.स. वडा नं. ४ बस्ने सपहि गजरीया सडक मर्मत कार्य योजनाको उपभोक्ता समितिका कोषाध्यक्ष महेन्द्र यादव.........................१ धनुषा जिल्ला वनिनिया गा.वि.स. वडा नं.२ बस्ने वनिनिया स्कुल देखि वनिनिया ३ सम्मको सडक मर्मत कार्यको उपभोक्ता समितिका अध्यक्ष उमाशंकर यादव............................................................................................१ धनुषा जिल्ला वनिनिया गा.वि.स. वडा नं.२ बस्ने वनिनिया स्कुल देखि वनिनिया ३ सम्मको सडक मर्मत कार्यको उपभोक्ता समितिका सचिव रामसेवक यादव...१ धनुषा जिल्ला वनिनिया गा.वि.स. वडा नं.३ बस्ने वनिनिया स्कुल देखि वनिनिया ३ सम्मको सडक मर्मत कार्यको उपभोक्ता समितिका कोषाध्यक्ष दलतिया देवि यादव.............................................................................................१ धनुषा जिल्ला ज.न.पा.वडा नं.१ बस्ने मिल्स ऐरिया देखि पुल्चोक हुँदै वेगाशिवपुर जाने बाटोको मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष दिपनारायण यादव ........१ धनुषा जिल्ला ज.न.पा.वडा नं.१ बस्ने मिल्स ऐरिया देखि पुल्चोक हुदै वेगाशिवपुर जाने बाटोको मर्मत कार्य उपभोक्ता समितिका सचिव पिंकी कुमारी यादव ........१ धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. १ बस्ने मिल्स एरिया देखि पुल्चोक हुदै वेगाशिवपुर जाने बाटोको मर्मत कार्य उपभोक्ता समितिको कोषाध्यक्ष रोशन श्रीवास्तव........................................................................................१ धनुषा जिल्ला माची झिटकैया गा.वि.स. वडा नं. ५ बस्ने बल्हा वोडर देखि डुमरीया चोक सडक मर्मत कार्य योजना उपभोक्ता समितिका अध्यक्ष नागेन्द्र प्रसाद शाह......................................................................................१ धनुषा जिल्ला माची झिटकैया गा.वि.स. वडा नं. ५ बस्ने बल्हा वोडर देखि डुमरीया चोक सडक मर्मत कार्य योजना उपभोक्ता समितिका सचिव दिपेन्द्र मरवैता .........................................................................................१ धनुषा जिल्ला माची झिटकैया गा.वि.स. वडा नं. ५ बस्ने बल्हा वोडर देखि डुमरीया चोक सडक मर्मत कार्य योजना उपभोक्ता समितिका कोषाध्यक्ष सोभा देवी मरवैता...........................................................................................१ धनुषा जिल्ला सुगामधुकरही गा.वि.स. वडा नं.३ बस्ने मिथिलेश्वर मौवाहि वगचौडा सडक निर्माण कार्य योजनाको उपभोक्ता समितिको अध्यक्ष सुनिल कुमार यादव..१ धनुषा जिल्ला सुगामधुकरही गा.वि.स. वडा नं.३ बस्ने मिथिलेश्वर मौवाहि वगचौडा सडक निर्माण कार्य योजनाको उपभोक्ता समितिको सचिव चन्द्रेश्वर यादव.............................................................................................१ धनुषा जिल्ला सुगामधुकरही गा.वि.स.वडा नं. ३ बस्ने मिथिलेश्वर मौवाहि वगचौडा सडक निर्माण कार्य योजनाको उपभोक्ता समितिको कोषाध्यक्ष रिना कुमारी यादव.............................................................................................१ धनुषा जिल्ला सपहि गा.वि.स. वडा नं. ६ बस्ने सपहि चोक देखि राष्ट्रपतिको निवास सम्म सडक मर्मत कार्यको उपभोक्ता समितिका अध्यक्ष र नि.मा.वि. भंगाहाको हाताभित्र माटो पुर्ने कार्य योजनाको उपभोक्ता समितिका अध्यक्ष (नि.मा.वि.भंगाहाका प्रधानाध्यापक) रघुनन्दन यादव....................................१ धनुषा जिल्ला सपहि गा.वि.स. वडा नं.९ बस्ने सपहि चोक देखि राष्ट्रपतिको निवाससम्म सडक मर्मत कार्यको उपभोक्ता समितिका कोषाध्यक्ष धर्म नारायण यादव.............................................................................................१ धनुषा जिल्ला सपहि गा.वि.स. वडा नं.८ बस्ने सपहि चोक देखि राष्ट्रपतिको निवास सम्म सडक मर्मत कार्यको उपभोक्ता समितिका सचिव निरसी देवी यादव.............................................................................................१ धनुषा जिल्ला ज.न.पा.९ साकेत नगर बस्ने धनुषा जिल्ला साकेत नगर (प्रदीप शाह—विहारकुण्ड) जाने बाटो निमार्ण उपभोक्ता समितिको अध्यक्ष प्रदिप कुमार शाह..............................................................................................१ धनुषा जिल्ला ज.न.पा. वडा नं. ९ साकेत नगर बस्ने जिल्ला धनुषा साकेत नगर (प्रदीप शाह—विहारकुण्ड) जाने बाटो निर्माण उपभोक्ता समितिका सचिव मुरारी ठाकुर............................................................................................१ धनुषा जिल्ला ज.न.पा. वडा नं. ९ बस्ने जिल्ला धनुषा साकेत नगर (प्रदीप शाह—विहारकुण्ड) जाने बाटो निर्माण उपभोक्ता समिति र ज.न.पा. वडा नं. ९ साकेतनगरमा सडक मर्मत कार्य उपभोक्ता समितिका कोषाध्यक्ष मधुमिता शर्मा..१ शुरु तहमा फैसला गर्नेः- सदस्य माननीय न्यायाधीश श्री भूपेन्द्र प्रसाद राई सदस्य माननीय न्यायाधीश श्री नरेन्द्रकुमार शिवाकोटी सदस्य माननीय न्यायाधीश श्री प्रभा बस्नेत विशेष अदालत काठमाडौं 2०7२/०३/०१ न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्र अन्‍तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ। जिल्ला विकास समितिको कार्यालय, धनुषाबाट आ.व.२०६८।०६९ मा धनुषा जिल्ला अन्‍तर्गत विभिन्‍न स्थानमा संचालित सडक निर्माण, सडक मर्मत तथा अन्य पूर्वाधार निर्माण सम्वन्धी विभिन्‍न योजनाहरुमा निकासा भएको रकम जिल्ला विकास समितिको कार्यालय, धनुषाका कर्मचारीहरुको मिलेमतोमा हिनामिना एंव अनियमितता भएको भन्‍ने व्यहोराको विभिन्‍न उजुरीहरु आयोगमा पर्न आएको।तत् सम्बन्धमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले छानवीन गरी बुझाएको निम्न व्यहोराको प्रतिवेदन — जनकपुर नगरपालिकावडा नं.९ साकेतनगरमा PCC गर्ने कार्य- इष्टिमेट र मूल्याङ्कन नापीको PCC को मोटाईमा केही कमी देखिएको। वल्हा वोर्डर देखि डुमरिया चोकसम्म सडक मर्मत कार्य- साइडबाट माटो काटी मर्मत कार्य भएको र नयाँ ट्रायाक खोलिएको स्वीकृत इष्टिमेट र मूल्याङ्कन नापी तुलना गर्दा इष्टिमेट भन्दा नापी र कामको परिमाणमा केही फरक पाईयो। जनकपुर नगरपालिकावडा नं.९ साकेतनगरमा विभिन्‍न स्थानमा ग्रावेल कार्यको लागत इष्‍टिमेट विभिन्‍न स्थानमा २० से.मी. मोटाई हुने गरी गरेको तर योजना स्थलमा सो बमोजिम देखिएन। यस योजनाको नापी किताबमा उल्लेख भए अनुसार ४ स्थानमा ग्रावेल गर्ने कार्यको जम्मा लम्वाई ३३५ मिटर उल्लेख भएको तर निरीक्षणको क्रममा सम्बन्धित प्राविधिकले देखाए अनुसार नाप गर्दा ५२५ मिटर लम्वाई देखिएको। जनकपुर नगरपालिकावडा नं.९ प्रदिप शाह (विहारकुण्ड) को घर जाने बाटो मोटाई र गहिराई कम देखिएको र Gravel Surface compacting/Leveling गर्ने काम गरेको पाईएन। वेङघा शिवपुर धनुषाधाम सडक- सडकमा केवल माटो भर्ने काम मात्र गरेको र compacting/Leveling को काम गरेको पाईएन। स्थलगत निरीक्षण गर्दा नापी किताबमा उल्लेख गरिएको चौडाई र उचाई भन्दा कम देखिएको। राष्ट्रपतिको घर जाने सडक सपही गा.वि.स. नापी किताबमा उल्लेख भए बमोजिम Design/Drawing प्राप्त नभएको, Gravel Surface Leveling, Cambering गरी Compaction गरेको पाईएन। वैदेही भारत सिमा सम्म जाने बाटो मर्मत तथा ग्रावेल कार्य- मापदण्ड अनुरुपको ग्रावेल प्रयोग नगरेको। सपही वडा नं. ६ देखि निकाल हुँदै तिनघरिया टोल जाने सडक Gravel Surface Leveling, Cambering गरी Compaction गरेको पाईएन। सपही भुइयाँ थाना हर्दीनाथ जाने सडक- नापी किताबमा उल्लेख भए बमोजिम Design/Drawing प्राप्त नभएको हुँदा माटोको काम तथा ग्रावेलको परिमाण यकिन गर्न सकिएन। Gravel Surface Leveling, Cambering गरी Compaction गरेको पाईएन। धनुषाधामदेखि तेजनगर जाने बाटोमा ग्रावेल गर्ने काम- यो सडकमा माटो तथा ग्रावेल हाली Level गरी Camber मिलाई Compaction नभई ट्रकबाट सोझै राख्‍ने मात्र काम गरेको कारण सडक Undulated भई सवारी साधन आवागमन गर्न निकै कठिनाई हुनुको साथै Camber को Slope धेरै भएको कारण सवारी साधन चलाउन कठिन भएको। जनकपुर नगरपालिकावडा नं. १३ को कर्भडहल जाने बाटोमा ग्रावेल गर्ने कार्य- यस सडकमा निरीक्षण गर्दा उल्लेखित नापी किताब बमोजिमको माटो भर्ने काम गरेको पाईएन। नापी किताबमा उल्लेख भए बमोजिम Design/Drawing प्राप्त नभएको हुँदा माटोको काम तथा ग्रावेलको परिमाण यकिन गर्न सकिएन। जि.वि.स.धनुषाबाट संचालित योजनाहरुको अन्तिम किस्ता भुक्तानी दिँदा प्राविधिक मूल्याङ्कनको अतिरिक्त सम्बन्धित उपभोक्ता समितिको वैठकको निर्णय, जन लेखा परिक्षण, योजना संचालन हुने सम्बन्धित गा.वि.स.को सिफारिश, अनुगमन समितिको सिफारिश संलग्न हुनुपर्नेमा प्राविधिक मूल्याङ्कन बाहेक अन्य कागजात संलग्न नभएको। माथि उल्लेखित योजनाहरुको अनुगमनबाट सडक निर्माण तथा मर्मत कार्यमा विना सर्भे ड्रविङ्ग डिजाइन नगरी हचुवाको भरमा लागत अनुमान तथा मूल्याङ्कन हुने गरेको पाईयो। माटोको कार्यमा Compaction नगरिएकोले यस्ता कार्य टिकाउ नहुने हुँदा खर्चको सहि सदुपयोग हुन नसक्ने। सडक ग्राभेलिङ कार्यमा प्रयोग भएको ग्रावेलको ग्रेडेशन सही नभएको, इष्टिमेट तथा मूल्याङ्कन हचुवाको भरमा भएको देखियो भन्‍ने प्रतिवेदनमा उल्लेख भएको देखिन्छ। साथै योजनाको अन्तिम किस्ता भुक्तानी दिदाँ योजना संचालन हुने सम्बन्धित गा.वि.स.को सिफारिस, उपभोक्ता समितिको वैठकको निर्णय, जनलेखा परिक्षण, अनुगमन समितिको सिफारिस संलग्न हुनु पर्नेमा सो नभएको भन्‍ने उक्त प्रतिवेदनमा उल्लेख भएको छ। जिल्ला विकास समितिको कार्यालय, धनुषाका लेखा अधिकृत मदन मोहनलाल कर्ण, जिल्ला प्राविधिक कार्यालय, धनुषाका इन्जिनियर विनोद ठाकुर समेतले आर्थिक अनुशासनहीन कृयाकलाप गरी आर्थिक लाभ लिई जि.वि.स.लाई हानी नोक्सानी समेत पुर्‍याएकाले आवश्यक छानवीन एवं कानूनी कारवाही गरी जि.वि.स.बाट निजले खाए मासेको रकम र सो को ब्याज र जरिवाना समेत असुल उपर गराई दिन हुन अनुरोध छ भन्‍ने व्यहोराको जिल्ला विकास समितिको कार्यालय, धनुषाको मिति २०६८।९।५ को पत्र। जनकपुर नगरपालिका ८ र ९ मा लेखापाल जीवनाथ चौधरीको घर रहेको सो वडाहरुमा निजले आफनो मानिसहरुलाई योजना बाडेको, केही काम नक्‍कली उपभोक्ताद्वारा गराई बिल भरपाई पेश गरी आपसमा बाँडफाँड गरेको, दलित, जनजाति, पिछडा वर्गको योजनाहरु जेष्ठमा निर्णय भई कार्यादेश दिएको भएतापनि तत्कालीन नि. स्थानीय विकास अधिकारी लक्ष्मी नारायण महतो र लेखापाल जीवनाथ चौधरीले ५० प्रतिशत कमिशन माग गरेको र अन्त्यमा ४० प्रतिशत भन्दा कम हुँदैन भनेकोमा दिन नमाने पछि फ्रिज गराईदिएको। निजहरुले पैसा नलिई योजना सम्झौता तथा कार्यादेश दिने नगरेको तथा पैसा दिनेहरुलाई कामै नभए पनि भुक्तानी दिने गरेको भन्‍ने समेत व्यहोराको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई संवोधन गरी दिएको उजुरी निवेदन। आयोगबाट भएको पहिलो स्थलगत टोलीको प्रतिवेदन अनुसार जिल्ला विकास समितिको कार्यालय, धनुषाबाट आर्थिक वर्ष २०६८।०६९ का निम्न योजनाहरुको स्थलगत निरीक्षण एंव नापजाचँ गर्दा निम्न देखिएको भन्‍ने उल्लेख भएको प्रतिवेदन- जनकपुर नगरपालिका वडा नं. ९ साकेतनगरको विभिन्‍न स्थानमा ग्रावेल गर्ने कार्य यस योजनाको कुनैपनि फाईल जिल्ला विकास समितिको कार्यालय, धनुषाको टोलीलाई उपलब्ध नभएको। जि.वि.स.कार्यालयका प्रतिनिधिले देखाए अनुसारको योजनास्थलमा पुगी स्थानीय वासिन्दासँग छलफल गर्दा वर्षेनी २।४ टिप माटो तथा ढुंगा हाल्ने गरेको भन्‍ने स्थानीय मानिसहरुबाट बुझिन आएको। ग्रावेल गरिएको र नगरिएको भनिएको स्थान एकैनासको देखिएको। राष्ट्रपतिको घर जाने सडक सपही गा.वि.स.- Measurement Book मा माटोको काम भएको स्थान उल्लेख नभएकोले हाल सो काम कहाँ र कति मात्रामा भएको यकिन गर्न नसकिएको तथा ग्रावेल गर्ने कार्य ठोस मोटाईमा नभएको र माटोमा मिसिएकोले सोको मोटाई नाप गर्न नसकिएको। ग्रावेल गरिएको भनिएको र ग्रावेल नगरिएको स्थान एकैनासको देखिएको। सपही ९ भुइयाँ थाना हर्दीनाथ जाने सडक Measurement Book मा सडकमा माटो भर्ने कामको लम्बार्ई 825 m चौडाई 3.2 m र औषत मोटाई 0.175m र ग्रावेल गर्ने कार्य जम्मा लम्बार्ई 1018m चौडाई 3.25 m र औषत मोटाई 0.14 m उल्लेख गरेको पाईयो। स्थलगत निरीक्षण तथा नापजाँच गर्दा सडकको लम्बाई 800m, चौडाई 3.467 m (औसतमा) भएको पाईयो। माटोको कामको हकमा ओरिजिनल ग्राउण्ड लेवल यकिन हुन नसकिएकोले मोटाई यकिन गर्न सकिएन। साथै ग्रावेल गर्ने कार्य पनि ठोस मोटाईमा नभएको र माटो मिसिएकोले सोको मोटाई नाप गर्न नसकिएको। ग्रावेल गरिएको भनिएको र ग्रावेल नगरिएको स्थान एकैनासको देखिएको। सपही वडा नं. ६ देखि निकाल हुदै तिनघरिया टोल जाने सडक माटोको कामको हकमा Measurement Book मा माटोको काम भएको स्थान उल्लेख नभएकोले नापजाचँ गर्न नसकिएको तथा ग्रावेल गर्ने कार्य ठोस मोटाईमा नभई ठाउँठाउँमा ग्रावेल छरिएको र माटो मिसिएको अवस्थामा रहेको। ग्रावेल गरिएको भनिएको र ग्रावेल नगरिएको स्थान एकैनासको देखिएको। वेङघा शिवपुर धनुषाधाम सडक स्थलगत निरीक्षण तथा नापजाँच गर्दा सडकको लम्बाई ६०० m औषत चौडाई 2.7 m औषत उचाई 0.5 m भएको पाईयो। जस अनुसार माटोको परिमाण 810 घन मिटर Measurement Book मा उल्लेखित दर अनुसार जम्मा मूल्य रु.१,३३,६५०।०० हुन आउछ। नव निर्मित सडकको पुरै लम्बाईमा दुवै साइडमा खाल्डा पर्ने गरी माटो काटी सडक निर्माण गरेको देखिन्छ। जस मध्ये जिल्ला विकास समितिको कार्यालयबाट रु.३,००,०००।- (तिन लाख) भुक्तानी भएको देखिन्छ। धनुषाधाम देखि तेजनगर जाने बाटोमा ग्रावेल गर्ने काम स्थलगत निरीक्षण तथा नापजाँचको क्रममा Measurement Book मा माटोको काम भएको स्थान उल्लेख नभएकोले सो काम कहाँ र कति मात्रामा भएको यकिन गर्न नसकिएको। ग्रावेल गरिएको भनिएको र नगरिएको स्थान एकैनासको देखिएको। ज.नगरपालिकावडा नं.१३ को कर्भडहल जाने बाटोमा ग्रावेल गर्ने कार्य यस स्थानमा आ.व.०६८।६९ मा कुनै पनि निर्माण कार्य नभएको तथा उपभोक्ता समिति गठन प्रक्रियामा समेत अनियमितता भएको सन्दर्भमा स्थलगत निरीक्षणका क्रममा जानकारीमा आएको हुँदा मुचुल्का तयार गरिएको। Measurement Book अनुसार ग्रावेल गरिएको भनिएको सडकमा खनी हेर्दा माटो मात्र देखिएको र बाटोको प्रकृति हेर्दा सो बाटो आ.व.०६८।६९ मा निर्माण भएको देखिँदैन। अतः कामै नगरी रु.२,००,०००।-(दुई लाख) भुक्तानी दिएको देखिन्छ। उपभोक्ता समितिको कतिपय पदाधिकारीलाई जानकारी नै नदिई उपभोक्ता समिति गठन गरी हस्ताक्षर गरेको। वल्हावोडरदेखि डुमरिया चोक सम्मको सडक मर्मत कार्य विभिन्‍न स्थानमा मर्मत कार्य गरिएको भनी जिल्ला विकास समितिबाट खटिएका प्रतिनिधिले भनेता पनि हाल कुन कुन स्थानमा के कति मर्मत गरिएको भन्‍ने पहिचान गर्न नसकिएको। तर Measurement Book अनुसारमा यस योजनामा नयाँ बाटो निर्माण गरेको देखिन्छ। स्थलगत निरीक्षण गर्दा कुनै नयाँ सडक निर्माण गरेको देखिँदैन तसर्थ Measurement Book मा उल्लेख गरी भुक्तानी गरिएको काम विल्कुल मेल नखाने देखिन्छ। मर्मत गरिएको भनिएको र नगरिएको स्थान एकैनासको देखिएको। वल्हादेखि लगमा डुमरिया चोक सम्मको सडक निर्माण कार्य उक्त सडक आ.व.०६८।६९ मा नयाँ बनाएको भनी उपभोक्ता समितिका अध्यक्ष तथा जिल्ला विकास समितिबाट खटिएका प्रतिनिधिले जानकारी गराएको भएता पनि निरीक्षणका क्रममा बाटोको केही भाग पहिले नै बनेको देखिन्छ। उक्त बाटोमा निर्माण भएका कल्भट तथा संरचनाहरु आ.व. २०६८।०६९ मा हामीले निर्माण गरेका होइनौ भनी उपभोक्ता समितिको अध्यक्ष तथा जि.वि.स.का प्रतिनिधि समेतले भनेकाले उल्लेखित बाटोको निर्माण कार्य आ.व. २०६८।०६९ मा भएको देखिएन। Measurement Book अनुसार यस योजनामा एक्साभेटर र ट्याक्‍टर प्रयोग गरी विभिन्‍न स्थानमा माटो भर्ने कार्य गरी मर्मत गरिएको भन्‍ने देखिन्छ। नापी किताबमा विभिन्‍न स्थानमा मर्मत गरेको देखाएको र सडक नाप जाँचका क्रममा नयाँ सडक निर्माण गरेको देखिएको हुँदा Measurement Book मा उल्लेख गरी भुक्तानी गरिएको काम बिल्कुल मेल नहुने देखिन्छ। ज.नगरपालिकावडा नं.९ प्रदिप शाह (विहारकुण्ड) को घर जाने बाटो- सडक मर्मत गरिएको भनिएको स्थान र नगरिएको स्थान एकैनासको देखिएको। धनुषाधाम देखि सवेला ग्रावेल गर्ने कार्य यस योजनामा केही ग्रावेलको कार्य भएको भनी स्थानीय व्यक्तिहरुबाट बुझिन आएको। ग्रावेल गरिएको भनिएको र ग्रावेल नगरिएको स्थान एकैनासको देखिएको। यसरी जिल्ला विकास समितिको कार्यालय, धनुषाबाट आ.व.२०६८।०६९ मा संचालित सडक निर्माण, सडक ग्रावेल, मर्मत कार्य तथा भवन निर्माण कार्य गर्ने गरी माथि उल्लेखित योजनाहरु मध्ये माथि उल्लेख गरीएबमोजिम अधिकांश योजनाहरुमा स्थलगत निरीक्षण गरी नापजाचँ तथा अवलोकन गर्दा लागत इष्टिमेट अनुसार कार्य भएको देखिँदैन। अधिकांश योजनाहरुमा केही मात्रामा मर्मत तथा ग्रावेल गरिएको भनी स्थानीयवासीहरुको भनाई रहेको, कतिपय स्थानमा ग्रावेल गरिएको भनिएको बाटोमा खनी हेर्दा ग्रावेल नदेखिएको, केही ग्रावेल कुन आ.व.मा भएको पहिचान हुन नसकेको, कतिपय योजनाहरुमा कामै नभएको देखिएको, नापी किताबमा उल्लेख गरिएको नापभन्दा कम भएको, यस्तै केही योजनाहरुमा कामै नगरी भुक्तानी दिएको, अधिकांश योजनाहरुमा स्थलगत निरीक्षण गरी नापजाचँ लागत अनुमान अनुसार कार्य नभएको र नापी किताबमा उल्लेख गरिएको नापभन्दा फरक रहेको देखियो। केही उपभोक्ता समितिको गठन कानून विपरित भएको देखियो। माथि उल्लेखित योजनाहरु सर्भे डिजाइन नगरी लागत अनुमान हुने गरेको र प्रविधिकहरुको स्थलगत निरीक्षण, निर्देशनका कमी भएको देखिन्छ। साथै एकै स्थानमा एउटै प्रकृतिको कार्यको दरमा समेत फरक पाइएको, उदाहरणको लागि जनकपुर नगरपालिकावडा नं.१३ नमुनावस्ती, कवडहल जाने बाटोको मर्मत संभार कार्यको योजनामा माटो भर्ने कामको दर प्रति घन मिटर रु.४२५।८५ स्वीकृत गरिएको र जनकपुर नगरपालिका कै साकेतनगर प्रदिप शाहको घर जाने बाटोमा सोही प्रकृतिको कार्यमा दर प्रति घन मिटर रु.३९५।८५ रहेको पाईयो। दर विष्लेषण उपलब्ध हुन नसकेकोले जि.वि.स. धनुषा सँग दर विष्लेषण तथा निर्माण कार्यको स्पेसिफिकेशन माग गरी अध्ययन अनुसन्धान गर्नु पर्ने देखिन्छ भन्‍ने समेत व्यहोराको प्रतिवेदन। आयोगबाट खटिएको दोश्रो स्थलगत निरीक्षण टोलीले निम्न योजनामा निम्नानुसारको अनियमित भएको भन्‍ने प्रतिवेदन- मिल्स एरिया देखि पुल्चोक हुँदै वेंगा शिवपुर जाने सडक मर्मत कार्य-यस योजनाको लागत अनुमान समेतमा चेनेज खुलाएको नदेखिएको र उक्त स्थानमा गई स्थलगत हेर्दा मर्मत गरिएको भनिएको स्थान र मर्मत कार्य नभएको स्थान एकैनासको देखिएको, सडकमा खाल्डाखुल्डी रहेको देखिएकाले उक्त स्थानका स्थानीय मानिसहरुलाई भेला जम्मा गराई उक्त सडक मर्मत भएको छ, छैन र मर्मत भएको भए के कति मात्रामा भएको हो भनी सोध्दा उक्त सडक मर्मत गर्ने क्रममा १४ टिप ग्रावेल र ३२ टेक्टर माटो झारी केही ठाउँमा सम्याउने र केही ठाउँमा ग्रावेल तथा माटो झारी त्यतिकै छाडिएको वढिमा १ लाख ५६ हजार सम्मको मर्मत कार्य भएको हुन सक्दछ भन्‍ने स्थानीयवासीहरुको भनाई रहेको र सम्पन्‍न भएको कार्य पनि गुणस्तरयुक्त नभएको देखिन्छ। यो सडक मर्मत कार्यमा करिव ३ लाख ५० हजार हिनामिना एंव अनियमितता भएकोले संलग्नलाई कानून बमोजिम कारवाही होस् भन्‍ने समेतको व्यहोराको मिति २०६९।९।१७ गते स्थानीयवासीहरुद्बारा सर्जमिन मुचुल्का गरीदिएकाले समेत उल्लेखित स्थानमा योजना मुताविक कार्य नभई हिनामिना भएको देखियो। ज.नगरपालिका वडा नं. १२ को सडक मर्मत कार्य- धनुषा जिल्ला जनकपुर नगरपालिकावडा नं.१२ स्थित रामएकवाल यादवको घर देखि २०० मिटर सडकको मर्मत कार्यमा १ लाख ५० हजार स्वीकृत भएको देखिन्छ। यस योजनाको लागत अनुमान र एम विमा चेनेज खुलाएको नदेखिएको र यस स्थानमा स्थलगत रुपमा हेर्दा कुन स्थानमा मर्मत कार्य भएको हो यकिन हुन नसकेकोले स्थानीय मानिसहरुलाई भेला जम्मा गराई सोध्दा उक्त सडकमा उपभोक्ता समितिका पदाधिकारीको घर नजिक ४।५ टिप ग्रावेल सम्म झारेको हो। वढिमा ४५।५० हजार सम्मको ग्रावेल झारेको हो। योजना अनुसार कार्य नगर्ने उपर कानून बमोजिम कारवाही गरी पाऊँ भन्‍ने समेत व्यहोरोको स्थानीयवासीहरुले मिति २०६९।९।१८ को सर्जमिन कागज गरीदिएकाले समेत उक्त योजनामा योजना अनुसार कार्य नगरी अत्यन्त न्यून रुपमा मात्र कार्य गरी रकम हिनामिना गरेको पाईयो। औरही वैदेही देखि भारतको सिमाना सम्म सडक मर्मत कार्य- यस योजना अन्‍तर्गत सडकमा ग्रावेल तथा माटो भर्ने योजना रहेको र यस कार्यको लागत अनुमान समेतमा चेनेज नखुलाएको तथा यस सडकमा स्थलगत हेर्दा एकनासको सडक देखिएको र ग्रावेल गरेको स्थान यकिन गर्न नसकिएकाले स्थानीयवासीहरुलाई भेला पारी सोध्दा यस सडकमा १८ टिपर ग्रावेल विभिन्‍न स्थानमा झारेको हो। त्यो भन्दा बढी अन्य कुनै किसिमको ग्रावेल तथा मर्मत कार्य गरेको छैन। उक्त सडकमा माटो झार्ने कार्य हुदै भएको छैन। उक्त सडकमा झारेको १८ टिपर ग्रावेलको हालको चलन चल्तीको दरभाउ करिव अं. १ लाख ८० हजार जति मात्र पर्दछ। बाँकी रकम हिनामिना गरी भ्रष्टाचार गर्नेको पहिचान र छानवीन गरी कानून बमोजिम कारवाही गरीपाउँ भन्‍ने समेत व्यहोराको स्थानीयवासीहरुले गरीदिएको सर्जमिन मुचुल्का। ठेराकचरी स्थित वगधर सिंचाई पैनी जिर्णोद्दार कार्य- उक्त योजनाको स्थलगत निरीक्षण गर्दा हाल उक्त सिंचाईमा पानी नभएकोले वन्द रहेको, बाँध भत्केको अवस्थामा रहेकोले स्थानीयवासीहरुलाई भेला जम्मा पारी सोध्दा उक्त पैनीको मुखमा एक दिन एक्साभेटर चलाई पैनी सफाईको कार्य गरेको हो। त्यसपछि सो पैनीमा कुनैपनि मर्मत तथा जिर्णोद्दार कार्य भएको छैन। सो एक्साभेटर सो दिनमा १२ घण्टा मात्र चलाएको छ। घण्टाको ३ हजारका दरले १२ घण्टा एक्साभेटर चलाएको रु.३६,०००।- मात्र खर्च भएको छ। यसरी ५ लाखको योजनामा रु ३६ हजारको मात्र कार्य गरी बाँकी रकम हिनामिना गरेको हो भन्‍ने समेत व्यहोराको स्थानीयवासीहरुले सर्जमिन मुचुल्का गरीदिएका साथै उक्त बाँधमा एकसाभेटर चलाएपछि १०।१५ दिनमै बाँध भत्केकोले पछि स्थानीय किसानद्वारा नै बाँध वनाई केही मात्रामा वर्षातको समयमा सिंचाई भएकोले उक्त योजनामा रकम हिनामिना गर्ने उपर कानूनी कारवाही हुनुपर्दछ भन्‍ने स्थानीय मानिसहरुको भनाई समेत रहेको पाइएकोले यस योजनामा अत्याधिक रुपमा रकम हिनामिना भएको पाईयो। वैदेही होर्साहा, चक्‍कर, वालगंगा टिल्ही, सुगा निकास सडक ग्रावेल कार्य उक्त सडकमा ग्रावेल गरिएको र नगरिएको स्थान एकैनासको देखिएकाले उक्त स्थानका स्थानीयवासीहरुलाई भेला जम्मा पारी सोध्दा आ.व. २०६८।०६९ अन्‍तर्गत गत असार महिनामा अं. ५।६ टिपर ग्रावेल सडकमा हालेको मात्र हो। सो बाहेक उक्त सडकमा कुनै किसिमको मर्मत तथा अन्य ग्रावेल कार्य भएको छैन। उक्त सडकमा हालेको ५।६ टिपर ग्रावेललाई स्थानीय चलनचल्तीको मूल्य अनुसार करिव ४०।४५ हजार जति मात्र पर्दछ। यसमा हामीले वुझे अनुसार जि.वि.स.को १० लाखको योजना रहेछ तर काम भने ४०।४५ हजारको मात्र गरी बाँकी रकम हिनामिना गरेकोले संलग्न उपर कानून बमोजिम कारवाही गरी पाऊँ भन्‍ने समेत व्यहोराको स्थानीयवासीहरुले सर्जमिन मुचुल्का गरीदिएकाले समेत यस योजनामा पनि अधिकांश रकम हिनामिना भएको देखिन्छ। लक्ष्मीनिया वनिगामा गजरिया सडक मर्मत कार्य- धनुषा जिल्ला सपही गाविस तथा लक्ष्मीपुर वगेवा गा.वि.स. स्थित लक्ष्मीनिया वनिगामा गजरिया सडक मर्मत कार्यका सम्बन्धमा स्थलगत निरीक्षण गर्दा मर्मत गरेको भनिएको स्थान र नगरिएको स्थान एकैनासको देखिएकाले उक्त स्थानका स्थानीय वासिन्दाहरुलाई भेला जम्मा गराई सोधनी गर्दा गत असार महिनातिर उल्लेखित सडकको केही स्थानमा ४।५ टिपर ग्रावेल झार्ने काम मात्र भएको हो। अन्य कुनै पनि किसिमको माटो तथा ग्रावेल झारी कुनैपनि काम भएको छैन। हामीले जाने वुझे सम्म उक्त सडक मर्मतको लागि जिल्ला विकास समितिको कार्यालय, धनुषाबाट ५ लाख रुपैँया निकासा भएको रहेछ तर उक्त सडकमा निकासा भएको रकमको हिनामिना गरी योजना अनुसारको कार्य नगरी भ्रष्टाचार भएको छ। यसरी गाऊँको विकास निर्माण कार्यमा अनियमितता गर्ने उपर छानवीन गरी कानून बमोजिम कारवाही गरी पाऊँ भन्‍ने समेत व्यहोराको स्थानीय मानिसहरुद्बारा सर्जमिन मुचुल्का गरीदिएकाले समेत उल्लेखित योजनामा पनि रकम हिनामिना गरेको देखिन्छ। सपहीदेखि निकालको तिनघरिया, सपही भुईयाथान हर्दिनाथ सडक र सपहि चोक देखि राष्‍ट्रपतिको घर सम्मको ३ वटा सडक मर्मत गर्ने कार्य- उल्लेखित ३ वटा सडक मर्मत तथा ग्रावेल कार्यको सम्बन्धमा स्थलगत हेर्दा केही मात्रामा मात्र सडक ग्रावेल भएको देखिएको स्थानीयवासीहरुलाई भेला जम्मा गराई वुझ्दा गत असार महिनामा उल्लेखित सडक मर्मत कार्यमा क्रमशः ११,११ र १० गरी कूल ३२ टिपर ग्रावेल सडकमा झारेको मात्र हो। अन्य कुनै किसिमको मर्मत माथि उल्लेखित सडकमा गरिएको छैन। हामीलाई जानकारी भए अनुसार उल्लेखित ३ वटा सडक मर्मत कार्यका लागि जम्मा १५ लाख निकासा भएको रहेछ। उल्लेखित सडकमा योजना र लागत इष्टिमेट अनुसार कुनैपनि काम भएको छैन। उक्त सडकमा गा.वि.स. कार्यालय समेतबाट रकम आएकोले गा.वि.स.को कार्यालयबाट प्राप्त हुन आएको रकमबाट एक्साभेटर चलाएको थियो। उल्लेखित ग्रावेल कार्यको कुल रकम स्थानीय मूल्य अनुसार १ लाख ९२ हजार मात्र पर्दछ। बाँकी रकम हिनामिना गरेकाले छानवीन गरी संलग्न उपर कारवाही गरी पाऊँ भन्‍ने समेत व्यहोराको स्थानीयवासीहरुद्बारा सर्जमिन मुचुल्का गरीदिएको तथा उक्त गा.वि.स.का सहायक सचिवको भनाई अनुसार उक्त सडकमा एउटै आर्थिक वर्षमा सपही गा.वि.स.कार्यालयबाट रु.६ लाख समेत निकासा भएको भन्‍ने समेत बुझिन आएकोले उक्त सडकहरुमा पनि रकम हिनामिना एंव अनियमितता भएको पाईयो। रानीसति पेट्रोल पम्प देखि पश्‍चिम जाने सडक मर्मत कार्य उक्त सडकमा आ.व.२०६८।०६९ मा केही मात्रामा खाल्डाखुल्डी रहेको स्थानमा सडक मर्मत भएको भन्‍ने स्थानीयवासीहरुको भनाई रहेको स्थानमा नमुनाको रुपमा स्थलगत निरीक्षणको समयमा नापी लिई हेर्दा ग्रावेलको मोटाई १२.० से.मि.भएको पाईयो, तर नापी किताबमा ०.१५ मि.उल्लेख भएको देखिन्छ। उक्त बाटोमा जिल्ला विकास समिति, धनुषाका निलम्वित लेखापाल जीवनाथ चौधरीको जग्गा जोडिएको र उक्त सडकमा नगरपालिकाले पनि ठुलो रकमको योजनाको कार्य गरेकोले जिल्ला विकास समितिबाट प्राप्त भएको रकम खर्च भए नभएको जानकारी नभएको भनी स्थानीयवासीहरुको भनाई रहेको पाईयो। सामुदायिक भवन निर्माण कार्य, दशरथनगर स्थलगत निरीक्षण गर्दा यस योजनामा पिल्लर उठाई ढलान भएको देखिन्छ तर पर्खाल लगाउन वाँकी रहेको देखिन्छ। मिथिलेश्‍वर मौवाही वघचौडा सडक निर्माण यस योजनामा जमिनको दाया वायाको माटो काटी बाटो निमार्ण गरेको देखिन्छ। स्थानीयवासीहरुको भनाई अनुसार आ.व.२०६८।०६९ मा त्यहीको माटो काटी बाटो निर्माण गरिएको हो, वाहिरबाट माटो ल्याई वनाएको बाटो होइन भन्‍ने भनाई रहेको। बाटोको दाया वाया खाल्डाखुल्डी समेत रहेको देखिन्छ। धनुषाधाम तेजनगर किसानपुर सडक मर्मत कार्य यस योजनामा गत आ.व.२०६८।०६९ मा कुनैपनि मर्मतको काम नभएको भनी स्थानीयवासीहरुको भनाई रहेको, फिल्ड हेर्दा मर्मत भएको भनिएको र नभएको स्थान एकैनासको रहेको देखिएकोले उक्त सडक मर्मत कार्यमा योजना अनुसार कार्य भएको देखिएन। वनिनिया स्कुलसम्म सडक मर्मत कार्य यस योजनामा सडक मर्मत भएको भनिएको र नभएको स्थान एकैनासको देखिन्छ। यस योजनामा सडक मर्मत भएको भनिएको स्थानमा स्थलगत निरीक्षणको समयमा नापी लिइ हेर्दा ग्रावेलको मोटाई ०.१० मि. र अर्थ फिलिङ्ग को मोटाई ०.४२ मि. भएको पाईयो, तर नापी किताबमा ग्रावेलको मोटाई ०.१५ मि. र अर्थ फिलिङ्ग को मोटाई ०.४८ उल्लेख भएको देखिन्छ। साथै ग्रावेल कार्यको चौडाई २.४० मि. र अर्थ फिलिङ्गको चौडाई २.७० मि. भएको पाईयो, तर नापी किताबमा ग्रावेलको कार्यको चौडाई ३.२० मि. र अर्थ फिलिङ्गको चौडाई २.७० मि.उल्लेख भएको देखिन्छ। नि.मा.वि.भंगहाको हातामा माटो पुर्ने कार्य यस योजनामा स्थलगत हेर्दा विद्यालयको हातामा माटो पुर्ने कार्य भएको नपाइएको, यसको सक्‍कल फाइल हेर्दा फर्निचरको बिल पेश गरी ३ लाख निकासा गरेको देखिएको भएतापनि फर्निचर समेत खरिद गरेको नपाइएकोले यस योजनामा जि.वि.स.बाट प्राप्त भएको रकम हिनामिना गरेको देखिन्छ। सडक ग्रावेल तथा मर्मत कार्य अन्‍तर्गतको अधिकांश योजनाहरुमा केही मात्रामा मर्मत तथा ग्रावेल गरी धेरै रकम हिनामिना गरेको स्थानीयवासीहरुको भनाई रहेको, स्थलगत निरीक्षण टोलीले स्थलगत अवलोकन गर्दा समेत उल्लेखित सडक मर्मत तथा ग्रावेल गरिएको भनिएको र नगरिएको भाग एकैनासको देखिएको, कतिपय स्थानमा ग्रावेल गरिएको भनिएको बाटोमा खनी हेर्दा ग्रावेल नदेखिएको, नयाँ बाटो निर्माण कार्य अन्‍तर्गतको योजनामा बाटो निर्माण गर्दा बाटोको दाँया वायाँको माटो काटी बाटो निर्माण गर्ने कार्य गरिएको पाईयो। माथि उल्लेखित योजना मध्ये कतिपय योजनाहरुमा काम नै नभएको देखिएको, भवन निर्माण तथा हाता भित्र माटो पुर्ने कार्य सम्वन्धी कतिपय योजनाहरुमा फाइलमा उल्लेख भएको विवरण भन्दा फरक कार्यमा खर्च गरेको भन्‍ने भनाई रहेको, नापी किताबमा उल्लेख गरिएको नाप भन्दा कम भएको, यस्तै केही योजनाहरुमा कामै नगरी प्राविधिक मूल्याङ्कन लगायतका झुठ्ठा कागजात तयार गरी भुक्तानी दिएको, सडक निर्माण तथा मर्मत कार्यमा सर्भे ड्रईङ डिजाइन नगरी हचुवाको भरमा लागत अनुमान तथा मूल्याङ्कन हुने गरेको, एकै स्थानमा एउटै प्रकृतिको कार्यको दरमा समेत फरक पाइएको, जिल्ला विकास समितिको कार्यालय र जिल्ला प्राविधिक कार्यालयका सम्बन्धित कर्मचारीहरु र उपभोक्ता समितिका पदाधिकारीहरुले मिलेमतो गरी काम नै नभएको योजना वा काम सुरु हुनु पूर्व नै योजना सम्पन्‍न भएको प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी यस्ता योजनाहरु स्वीकृत गरी रकम निकासा गरी रकमको चरम दुरुपयोग गरी संस्थागत भ्रष्टाचार भएको देखियो। माथि उल्लेखित योजनाहरु मध्ये कतिपय योजनाहरुमा जि.वि.स. धनुषाका वन तथा वातावरण कार्यक्रम अधिकृत र योजना शाखाका ना.सु. साधुशरण यादव समेतले कार्यादेश दिएको देखिएकोले हदैसम्मको अनिमितता भएको स्पष्ट हुन आउँदछ। स्वीकृत योजना मध्ये एकातिर कतिपय योजनामा कामै नगरी रकम निकासा भएको, अधिकांश योजनाहरुमा अत्यन्त कम मात्रामा काम भएको छ भने अर्कोतिर काम भएका योजनाहरुमा पनि गुणस्तरीय कार्य भएको नपाइएको भन्‍ने समेत व्यहोरा प्रतिवेदनमा उल्लेख भएको पाईन्छ। जिल्ला विकास समितिको कार्यालय, धनुषाबाट आ.व. २०६८।०६९ मा संचालित सडक निर्माण, सडक मर्मत, भवन निर्माण तथा अन्य पुर्वाधार निर्माणमा विभिन्‍न स्थानमा संचालन भएका विभिन्‍न योजनाहरुको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिक सहितको स्थलगत निरीक्षण टोलीले निरीक्षण गर्दा निम्न योजनाहरुमा योजना अनुरुपको काम नभएको भनी प्रतिवेदनमा उल्लेख भएकोले निम्न योजनाहरुमा भुक्तानी भएको रकमलाई विगो कायम गरिएको र उल्लेखित योजनाहरुमा जिम्मेवार प्राविधिक कर्मचारी, भुक्तानी दिने कार्यमा संलग्न कर्मचारीहरु र उपभोक्ता समितिका पदाधिकारीहरु यस प्रकार रहेका छन्- tflnsf g+= ! मेरो काम जि.वि.स.को योजनाहरुको लागत इष्टिमेट र मूल्याङ्कन, सर्वे आदि कामको लागि जिल्ला प्राविधिक कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर, सव इन्जिनियर र इन्जिनियरहरुलाई कार्य विभाजन गरी लागत इष्टिमेट अनुसारको कार्य सम्पन्‍न गराउनु र उक्त योजनाहरुको प्रगति विवरण जि.वि.स.मा पेश गर्नु हो। जि.वि.स.बाट संचालित योजनाहरुको लागत इष्टिमेट, अन्तिम मूल्याङ्कन तथा कार्य सम्पन्‍न प्रतिवेदनमा सव इन्जिनियर, इन्जिनियर र प्राविधिक कार्यालयको प्रमुखको संलग्नता रहन्छ।मैले अनुगमन गरेको योजनाहरुमा लागत इष्टिमेट अनुसार काम भएको छ।इर्टहवा वैदेही देखि भारत सिमा सडक मर्मत योजनाको लागत इष्टिमेटमा मेरो संलग्नता रहेको, अन्तिम मूल्याङ्कनको कार्य म बाट भएको होइन।समय अभावले गर्दा सर्भे डिजाइन नगरेको हो र चेनेज समेत खुलाउन नसकिएको हो।मूल्याङ्कन सम्वन्धी मलाई थाहा छैन। रानीसति पेट्रोल पम्प देखि पश्‍चिम जाने सडक मर्मत योजनाको लागत अनुमान र अन्तिम मूल्याङ्कनमा मेरो संलग्नता रहेको, लागत इष्टिमेट अनुसार मूल्याङ्कन भएको छ, काम संतोषजनक रहेको छ।समयाभावले गर्दा सर्भे डिजाइन नगरी लागत अनुमान गरिएको, सवैला देखि धनुषाधाम सडक मर्मत योजना र ज.नगरपालिकावडा नं. १२ राम एकवाल यादवको घर सम्मको सडक मर्मत योजनाको लागत अनुमान म बाट भएको र अन्तिम मूल्याङ्कन म बाट भएको होइन।ज.नगरपालिका ९ साकेतनगरको सडक मर्मत कार्यको लागत इष्टिमेट र अन्तिम मूल्याङ्कनमा मेरो संलग्नता छ। वल्हा यदुकुवा सडक मर्मत कार्यको योजनाको लागत अनुमानमा मेरो संलग्नता रहेको छ। वगधर सिंचाई पैनी जिर्णोद्धार योजनाको लागत इष्टिमेट, योजना सम्झौतामा मेरो संलग्नता रहेको हो। वैदेहि सुगमधकरही सडक मर्मत योजनाको लागत इष्टिमेटमा मेरो संलग्नता छ। वनिनिया स्कुल देखि वनिनिया ३ सम्मको सडक मर्मत योजनाको लागत इष्टिमेट, कार्यादेश र सम्झौतामा मेरो संलग्नता रहेको। सपही देखि गजरिया टोल सडक मर्मत योजनाको लागत अनुमान र अन्तिम मूल्याङ्कनमा मेरो संलग्नता रहेको, परिक्रमा सडक मर्मत योजनाको लागत अनुमान र अन्तिम मूल्याङ्कनमा मेरो संलग्नता रहेको, लक्ष्मीनिया गजरिया सडक मर्मत कार्य योजनाको लागत इष्टिमेट र मूल्याङ्कन मैले गरेको, लागत इष्टिमेट अनुसार भएको काम अनुगमन गरी सही गरेको हुँ। मिल्स एरिया देखि पुलचौक हुदै वेंगा शिवपुर सडक मर्मत योजनाको लागत इष्टिमेट र अन्तिम मूल्याङ्कनमा मेरो संलग्नता रहेको छ। धनुषाधाम तेजनगर सडक मर्मत योजनाको लागत अनुमान र सम्झौतामा मेरो संलग्नता रहेको, वल्हा वोर्डर देखि डुमरिया चोकसम्मको सडक मर्मत कार्यको लागत अनुमानमा मेरो संलग्नता रहेको, वेंगा शिवपुर सडक मर्मत योजनाको लागत अनुमान र अन्तिम मूल्याङ्कनमा मेरो संलग्नता रहेको। ज.नगरपालिकावडा नं. १३ को श्याम राउतको घर देखि महेन्द्र मेस्तरको घर सम्मको सडक मर्मत कार्यको लागत अनुमान र अन्तिम मूल्याङ्कनमा मेरो संलग्नता रहेको थियो भन्‍ने समेत व्यहोराको प्रतिवादी जिल्ला प्राविधिक कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख विनोद ठाकुरले अनुसन्धानको क्रममा गरेको बयान। वील भरपाई सम्बन्धित उपभोक्ता समितिले नै राख्‍ने गरेको, उपभोक्ता समितिको दस्तखत गराइनु पर्नेमा छुट भएको होला, भुक्तानी मैले दिएको हो।योजनाहरुको काम आ.व.को अन्तिममा गरिएकोले जाचपास गर्न समयाभावले नभ्याएकोले चेक मार्फत भुक्तानी गरेको हो।प्राविधिकबाट मूल्याङ्कनको आधारमा सवै योजनाहरु आ.व.को अन्त्यमा भएकोले डिजायन गर्न नसकिएको हो।काम भएकोमा मात्र भुक्तानी दिएको हो। योजनाको हिसाव किताब दुरुस्त राख्‍न सम्बन्धित उपभोक्ता समिति आफैले राख्‍नुपर्ने हुन्छ। सम्बन्धित साइड इन्चार्जहरुले मूल्याङ्कन गरी पेश गरेको आधारमा भुक्तानी भएको हो। यो योजनाको सम्बन्धित साइड सव इन्जिनियर, इन्जिनियर र नि.प्रमुख जिल्ला इन्जिनियर सहितले भए गरेको कामको नापजाचँ गरी बिल पेश गरेको हुँदा बिल अनुसार भुक्तानी गरेको हुँ। नि.स्थानीय विकास अधिकारीको नाताले भुक्तानी दिएको हुँ। मैले नि.स्थानीय विकास अधिकारीको जिम्मेवारी पाउँदा सवै योजनाहरु सम्झौता भई कार्यान्वयन समेत भई सकेको थियो। सम्पन्‍न कार्यको प्राविधिक मूल्याङ्कन कार्यालयमा प्राप्त भई सके पछि निर्णय तथा नियमानुसार भुक्तानी दिनु पर्दछ। काम सम्पन्‍न भएपछि एकमुष्ठ भुक्तानी दिएको हो। वील भरपाई सम्बन्धित उपभोक्ता समितिसँग हुने, कतिपय फाइलमा उपभोक्ता समितिको अध्यक्षको हस्ताक्षर नभएकोमा योजना फाँटमा वुझ्नुपर्ने, साइड इन्चार्ज तथा आफुबाट कुनै किसिमको नक्‍कली वील वनाएको छैन। मैले भ्याएसम्म अधिकांश योजनाहरु अनुगमन गरेको छु। म साइड इन्चार्ज भएको योजनाहरुमा बिल वनाई भुक्तानीको लागि पेश गरेको र अन्यमा सम्बन्धित साइड इन्चार्ज र इन्जिनियरले तयार पारी पेश गरेको प्राविधिक बिलको आधारमा मैले भुक्तानी दिएको। सवै योजनाहरुमा स्थलगत निरीक्षण गर्न सम्भव नभएको भन्‍ने समेत व्यहोराको जिल्ला विकास समितिको कार्यालय, धनुषाका तत्कालीन निमित्त स्थानीय विकास अधिकारी (इन्जिनियर) प्रतिवादी लक्ष्मी नारायण महतोले अनुसन्धानको क्रममा गरेको बयान। जिल्ला विकास समिति धनुषा बाट सपहिमा सडक मर्मत अन्‍तर्गत राष्ट्रपति ज्युको घर जाने सडक मर्मत भुईयाथान हर्दिनाथ सडक मर्मत र निकाल हुदै निघरिया सडक मर्मतको काम कामको योजनाहरुको लागत अनुमानको कागज स्वीकृत गराई सम्झौताको लागि योजना शाखालाई दिएको हुँ। जि.वि.स. अन्‍तर्गत गा.वि.स.हरुमा संचालन हुने योजनाहरुमा चेनेज उल्लेख गरिएको हुदैन उक्त योजना लागत अनुमान बजेट अनुसार नै काम भएको हो काम गराउदा कामको स्थलगत निरीक्षण गर्ने म, ईन्जिनियर देवेन्द्र अधिकारी र निमित्त डि. ई. लक्ष्मी नारायण महत्तो जाँदा नापी लिदा भए गरेको कामको मूल्याङ्कन गरिएको हो। नक्सा डिजाईन सर्भे गर्ने गरिएको छैन। जति काम भएको हो सोहि अनुसार मूल्याङ्कन गरिएको छ। लागत इष्टिमेट भन्दा बढिको भुत्तानी नगराएको, उपभोक्ता समितिले गरेको कामहरुको म माथिको सर हरुबाट स्थलगत निरीक्षण गराई नापी किताबमा चढाएको छु, रकम हिना मिना गरेको छैन। फर्निचर खरिदमा कसले भुत्तानी गरेको हो मलाई थाहा छैन। स्कुलको हाता भित्र माटो पुर्ने काम किन नभएको हो योजना शाखामा जानकारी होला। लक्ष्मीनिया बनिगामा गजरीया काम नभएको कुरा गलत हो काम भएरै मूल्याङ्कन गरेको हुँ, सर्भे डिजाईन समय अभावले नगरिएको हो, सपहि देखि गजरिया सम्मको सडक मर्मत योजनामा लागत इष्टिमेट अनुसार काम भएको मैले साईड ईन्चार्ज भएको सवैकामहरु गराएको छु भन्‍ने समेत व्यहोराको जिल्ला प्राविधिक कार्यालय, धनुषाका इन्जिनियर ज्ञानेन्द्र कुमार देवले अनुसन्धानको क्रममा गरेको बयान। हामिले आफ्नो हैसियतले काम गरीसकेपछि प्राविधिक प्रमुख र त्यस पछि योजनामा जाने हो कार्यसम्पन्‍न प्रतिवेदन लिएर जानेकाम सम्बन्धित साईड ईन्चार्जको हो। हामीले योजना हेर्नु अघिनै साईड ईन्चार्ज प्राविधिक प्रमुख द्बारा लागत इष्टिमेट स्वीकृत भएर नै पछि मूल्याङ्कन गरिएको हो। चेनेज नखुलाए पनि काम भएको छ। स्वीकृत योजना र सम्झौता भईसकेपछि फिल्डमा गएर हामीले काम गराएको हो, समय अभावको कारणले धनुषा जिल्लामा यस प्रकारको काममा पहिला देखिनै ग्राभेलिङ र माटोको काममा विना नक्सा डिजाईन लागत अनुमान गरी प्राविधिक प्रमुख समक्ष पेश गरिएको हो। प्राविधिक प्रमुख द्बारा स्वीकृत भईसके पछि मात्र हामिले काम गरेका हौं। योजनाहरुमा साईड ईन्चार्ज हरुले लगातार कामको रेखदेख गर्नु भएको र बिचविचमा म पनि साईडमा गई हेरेको हुँ। सानो योजनामा नक्सा डिजाईन तयार गर्ने चलन नभएको र लागत अनुमान प्राविधिक प्रमुख सँग स्वीकृत गराई काम गरेको एम.वि. अनुसारको काम भएको छ मैले आफै गएर पनि नापेको छु, कुनै पनि अनियमितता भएको छैन, आफ्नो ज्ञान र सिपले भ्याए सम्म काम गराएको छु कार्यालय प्रमुख सँग योजना स्वीकृत गराएरै काम गराएको हो काम भएपछि नै नापजाँच गरीकन कार्य सम्पन्‍न प्रतिवेदन दिएको हो। मूल्याङ्कन गर्न जाँदा काम भएको देखिएको थियो, कुनै पनि झुटा कागजात बनाएको छैन। सडक मर्मत तथा निर्माण कार्यमा सर्वे ड्रईङ डिजाईन गर्नुपर्ने हो तर सानो सानो योजनामा गर्ने चलन थिएन, साईड ईन्चार्ज ले तयार पारेको एम.वि. अनुसार मैले नापजाचँ र चेक गरेको छु। निर्माण सामाग्री र लेवरको भुत्तानीको बिल भरपाई उपभोक्ता समिति सँग हुन्छ, ग्रावेल कार्य पुरा भईसकेपछि प्राविधिक प्रमुख लाई साईडमा लगी निरीक्षण गराई मात्र मूल्याङ्कन प्रतिवेदन दिएको हो। नि.मा.वि. भंगाहमा माटो पुर्ने कार्यको हामीले फर्निचरको बिल पेश नगरेको भन्‍ने समेत व्यहोराको प्रतिवादी जिल्ला प्राविधिक कार्यालय, धनुषाका ईन्जिनियर प्रतिवादी देवेन्द्र अधिकारीले अनुसन्धानको क्रममा गरेको बयान। म जिल्ला विकास समितिको कार्यालय धनुषामा २०६९।०१।२१ देखि २०६९।०३।१० सम्म कार्यरत थिए। धनुषामा असहज परिस्थितिका कारण संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवको आदेशले मन्त्रालयमा काजमा रहेको थिए। धनुषा जिल्लामा विकास निर्माण योजना छनौट गरी स्वीकृत गर्ने अवधिमा म कार्यरत थिइन। योजना सम्झौता भए पछि केहि योजनाहरुमा मैले कार्यादेश दिएको छु तर योजनाहरुको भुत्तानी दिएको छैन। सभासदहरुको निर्वाचन क्षेत्र कार्यक्रम तर्फ केहि योजनाहरुमा भुक्तानी दिएको थिए। कार्यादेश दिने गरी मैले कुनै पनि कार्यक्रम अधिकृत र ना.सु लाई अधिकार प्रत्यायोजन गरेको छैन। म भन्दा अघिका स्थानीय विकास अधिकारीले अधिकार प्रत्यायोजन गरेको भए मलाई थाहा भएन। जि.वि.स. धनुषाको स्वीकृत बार्षिक कार्यक्रम तर्फका योजना हरुको सम्पन्‍न कामको भुत्तानी गर्ने विषयमा त्यस कार्यालयका लेखापाल जीवनाथ चौधरीले मलाई चौतर्फी रुपमा धाक धम्की देखाई सुधारात्म तवरले पारदर्शी रुपले काम गर्न नसक्ने अवस्था खडा गरी मलाई अनेक दवाव दिई झुठा आरोप लगाई प्रतिकुल अवस्था श्रृजना गरेकोले जिल्ला छाडि मन्त्रालय गएको थिए। मिति २०६९।०३।०७ गते जि..वि.स. को कार्यालय लेखा शाखाबाट स्वीकृत कार्यक्रममै नपरेको बाल संरक्षण अध्ययन केन्द्र र दलित उत्थान समिति लाई ३/३ लाख भुत्तानी दिन पेश गरेका थिए। सो योजनाको बारेमा तत्कालिन प्र.जि.अ. बसन्त राज गौतम सम्म सम्पर्क गरी नक्‍कली प्रतिवेदन बनाई भ्रष्टाचार गर्ने नियतले कार्य गरेको अनौपचारीक जानकारी भएको र जिल्ला प्रशासन कार्यालय धनुषामा त्यस बारेमा उजुरी परेको पत्ता लगाई भुक्तानी रोक्‍का गरी सक्‍कल फायल जिल्ला प्रशासन कार्यालय धनुषामा पठाएको थिए। लेखा शाखाबाट पेश भएको गोश्वारा भौचर समेत बयानमा पेश गरेको छु। सो भौचरमा लेखा अधिकृत मदन मोहन लाल कर्णको दस्तखत छ। भ्रष्टाचार गर्न खोज्ने मुख्य मतियार जीवनाथ चौधरी हुन गोश्वारा भौचरमा तयार गर्ने महलमा निजले जानी जानी दुरासय राखी दस्तखत छुटाएको प्रष्ट देखिन्छ। विकास निर्माण योजनाहरुमा गुणस्तरीय काम हुदैन भन्‍ने कुरा त्यहा रहदाको अवधिमा जानकारी पाएँ त्यसैले वार्षिक कार्यक्रम योजना र बजेट पत्रपत्रिका र एफ.एम. बाट प्रसारण गराए तर कार्यान्वयन चरणमा त्यहि कारणले गर्दा चौतर्फी विरोधमा उजुरी गर्ने प्रचलन बढ्यो। मन्त्रालयबाट अनुगमन भई अनियमित कार्यमा संलग्न कर्मचारीहरु निलम्बनको प्रकृयामा आई यो अनुसन्धान छानविन आयोग सम्म आई पुगेको हो। सो कार्यालयमा बसी सुचारु रुपले काम गर्ने वातावरण बिगारी मलाई भारतको मोबाईल बाट धम्काउने ज्यान मार्ने धम्कीदिने काम लेखापाल जीवनाथ चौधरी समेतको संलग्नतामा गरेका थिए। मलाई सुधारवादी भएको र उनिहरु सँग मिली अनियमित काममा लोभलालच नगरेको, पारदर्शी र स्वच्छ तवरले कार्यगर्न नदिएकोले मलाई छोटो अवधिमा नै जिल्ला विकास समितिको कार्यालय धनुषामा रही काम गर्न प्रतिकुल अवस्था श्रृजना गरेका हुन भन्‍ने समेत व्यहोराको जि.वि.स. धनुषाका तत्कालिन स्थानीय विकास अधिकारी केदार बहादुर बोगटीको बयान। लेखा प्रमुखकको हैसियतले लेखा सम्बन्धी निकासा मासिक खर्चको हिसाब तयार गरी सम्बन्धित कार्यालयमा पठाउने तथा कार्यालय प्रमुखबाट निर्देशित तथा प्रमाणित बिल भरपाई बमोजिमको खर्च लेख्‍ने काम गरेको छु। जिल्ला विकास समिति बाट आ.ब.०६८।०६९ मा सञ्‍चालीत विभिन्‍न विकास निर्माण योजना हरुको प्राविधिकको बिलमा सिफारिस कार्यालय प्रमुखबाट बिल तथा कागजात स्वीकृतिको आधारमा गोश्वारा भौचरमा पेश गर्नेमा मैले सहि गरेको छु। निमित्त स्थानीय विकास अधिकारी लक्ष्मीनारायण महतो बाट स्वीकृत सदर भएको हो। प्राविधिकबाट जाँचपास बिलमा भएको सहमतिको अधारमा नै भुत्तानी दिएको छ। विकास निमार्णको काम हेरेर मात्र भुत्तानी दिन सम्भव हुदैन। प्राविधिकको बिल सिफारिस र कार्यालय प्रमुखकको स्वीकृतिलाई आधार मानी भुत्तानी दिनुपर्ने हुन्छ। सामाजिक सुरक्षा भत्ताको हकमा सामाजिक सुरक्षा रुजु शाखाबाट गा.वि.स. बाट प्राप्त जेष्ठ नागरीक वृद्ध आदिको संख्या रुजु भई आए पश्‍चात गा.वि.स. खातामा रकम जम्मा हुने र सम्बन्धित सचिवले पेश्की लिई वितरण गरी भरपाई जि.वि.स.मा पेश गरी पेश्की फर्छयौट गराउनुपर्नेमा केहि गा.वि.स.बाट समयमा पेश्की फर्छयौट नहुने गरेको छ। मैले लेखा प्रमुखको हैसियतले प्रत्येक मासिक बैठकमा पेश्की फर्छयौट बारे छलफल गर्ने गरेको छु। जिल्ला विकास समिति, धनुषाबाट आ.ब. ०६८।०६९ मा सञ्‍चालीत विभिन्‍न विकास निर्माण योजनाहरुमा भुक्तानी दिने कार्यमा लेखापाल जीवनाथ चौधरीको जिम्मेवारी रहेको, बिल भरपाईको आधारमा गोश्वारा भौचर वनाई पेश गर्ने, गोश्वारा भौचरमा हस्ताक्षर गर्ने निजको दायीत्व हुने, गोश्वारा भौचरमा तयार गर्ने महलमा वारम्वार सहि गर्नुहोस भन्दा सहि किन नगरेका हुन थाहा भएन भन्‍ने समेत व्यहोराको प्रतिवादी जि.वि.स. धनुषाका लेखा अधिकृत मदनमोहन लाल कर्णले अनुसन्धानको क्रममा गरेको बयान। विकास निर्माण सम्वन्धी योजनाहरुको टिप्पणी कार्यालय प्रमुखबाट स्वीकृत भइसकेपछि योजना प्रमुखको जिम्मेवारी पाएको नाताले सडक मर्मत कार्य ज.नगरपालिका८, सडक निर्माण कार्य वेंगा शिवपुर ४, ५ सडक मर्मत कार्य सवैला देखि धनुषाधाम, सामुदायिक भवन निर्माण कार्य, ज.नगरपालिका ८, इर्टहवा भारत सिमा सडक, वल्हा वोडर देखि डुमरिया चोकसम्मको सडक योजनाहरुमा कार्यादेश र सम्झौता गरेको छु। योजनाको भुक्तानीमा मेरो संलग्नता रहेको छैन भन्‍ने समेत व्यहोराको जि.वि.स.धनुषाका कार्यक्रम अधिकृत सुनिल कुमार झा को अनुसन्धानको बयान। म जि.वि.स.धनुषामा २०५४ साल देखि कार्यरत छु। जि.वि.स.कार्यालयद्बारा गा.वि.स. लाई उपलब्ध गराएको पेश्की रकम गा.वि.स.को खातामा जम्मा गरीन्छ। अख्तियारी गा.वि.स. सचिवको नाममा हुन्छ। गा.वि.स. सचिवले गा.वि.स.को खाताबाट पेश्की लिई रकम वितरण गरी बिलभरपाई जि.वि.स.को सामाजिक सुरक्षा शाखामा जम्मा गर्ने हुनेगर्छ। गा.वि.स. सचिवले सामाजिक सुरक्षा रकम बाडेको पेश्की फर्छयौट गर्ने जिम्मेवारी पनि उसैको भएको र फर्छयौट जि.वि.स.को लेखाशाखा तथा प्रमुखद्बारा हुने गरेकोले पेश्कीको अवस्था बारे मलाई जानकारी भएन। मलाई सोधेको स्पष्टीकरणको पत्रमार्फत मलाई खजुरी चन्दा गा.वि.स.को पेश्की रकम ४८,७२,३०० थियो भन्‍ने जानकारी प्राप्त भएको हो। उक्त पेश्कीको आ.ले.प., म.ले.प. गराउने फर्छयौट गराउने जिम्मेवारी गा.वि.स.सचिवको हो खाताधारीको हैसियतमा फर्छयौट गर्नेमा मेरो कुनै जिम्मेवारी हुदैन भन्‍ने समेत व्यहोराको जि.वि.स.धनुषाका कार्यक्रम अधिकृत रामभजन यादवको अनुसन्धानको बयान। कार्यालय प्रमुखले खटाएको खण्डमा र तोक आदेश अनुसार टिप्पणी उठाउने र पत्राचार गर्ने जिम्मेवारी मेरो हो। उपभोक्ता समितिले योजनाहरुमा काम गरेको वील भरपाई योजना शाखामा पेश नगरेको, आफनो वचाउका लागि र मलाई दुःख दिन त्यस्तो बयान दिएका हुन। कार्यालय प्रमुख र योजना अधिकृत समेत बाहिर गएको अवस्थामा लेखा शाखाका जीवनाथ चौधरीले उपभोक्ता समितिका मानिसहरुलाई योजना शाखामा पठाई धाक धम्की दिएकोले वाध्य भएर कार्य आदेश दिएको हो। निज जीवनाथ चौधरीले आफनो कमिशन गुम्ने डरले मलाई वाध्य गराएर योजना सम्झौता तथा कार्यादेशमा सही गर्न लगाएका हुन्। विकास निर्माण कार्यहरुका लागि स्थानीय विकास अधिकारी सुर्यकान्त झालाई आफनो हातमा लिई आफनो नजिकका मानिसहरुलाई र ज.नगरपालिका का विभिन्‍न ठाउँमा योजना छनौट गरी आफ्नो नजिकका मानिसहरुलाई बढी भन्दा वढि योजना लग्ने कार्य गराएको र कमिशन खाने हिसावले गलत कार्य गराएको, निजले आफनो तरिकाले बढी भन्दा बढी कमिशन खाएको, निजले जि.वि.स.का सम्पुर्ण कार्यहरु आफनो हिसावले चलाएको, कमिशन नलिएर कार्य संचालन गर्दैनन्। सवै जसो योजनामा निजले त्यसै गर्दै आएका छन्। निजले लेखा शाखा र प्राविधिक कार्यालयका समेत नियन्त्रणमा लिई अनियमित भुक्तानी गराएका हुन। जीवनाथ चौधरीले मलाई धेरै धाक धम्की दिई वाहिरबाट टेलिफोन गराई पटक पटक दुःख दिएको भन्‍ने समेत व्यहोराको अनुसन्धानको क्रमको जि.वि.स.धनुषाका ना.सु.साधुसरण यादवको बयान। हरिहरनाथ धर्मशालाको भवनफ्रेम स्टक्चर भएको हो। त्यसमा रिईनफोर्समेन्ट हचुवाको भरमा प्रयोग गरेको होईन, चार सुताको ६ वटा डण्डी राखीएको छ। भवनमा २४ वटा पिल्लर भएको एउटा पिल्लरमा Eccentric भएकोमा भत्काई पुन बनाईएको हो। मैले योजनाको सुपरभिजन नगरेको भए अरु कठिनाई र समस्या हुन्थे, उक्त भवनको लागत रु.२६,६६,७३८।६६ भएको जि.वि.स. बाट ५ लाख छुट्याईएको थियो पछि बजेट जि.वि.स ले दियो दिएन थाहा भएन।राष्ट्रपतिको निवास जाने सडक यो सडकको लागत इष्टिमेट कार्यालय प्रमुखको मौखिक निर्देशनमा मैले गरेको हो। यस को मूल्याङ्कन सुपर भिजन ईन्जिनियर ज्ञानेन्द्र देव बाट भएको हो। यो योजनाको स्वीकृत रकम १० लाख हो, यो योजना सम्पन्‍न भए नभएको कुरा मलाई थाहा भएन जिम्मेवारी पाएका ज्ञानेन्द्रदेव लाई थाहा होला। धनुषा जिल्लाको ज.नगरपालिका १२ को सडक निर्माण योजनामा काम नभएको कुरा गलत हो मैले जुन ठाउमा काम भएको छ सोहि अनुसार अन्तिम मूल्याङ्कन गरेको हो स्थलगत नापी अनुसार कार्यसम्पन्‍न प्रतिवेदन दिएको छु भन्‍ने समेत व्यहोराको जि.वि.स. धनुषाका सब इन्जिनियर राम कुमार यादवको अनुसन्धानको क्रममा गरेको बयान। मलाई सडक मर्मत कार्य बनिनिया ३ को अनुगमन र निरीक्षणको जिम्मेवारी दिएको थियो सडक मर्मत गर्ने बेलामा सडकको मोटाई ०.४८ से.मि. र ग्रावेलको मोटाई ०.१५ से.मि थियो। सडकको चौडाई ३.२० से.मि. थियो सडक मर्मत भएको ८ महिना पछि निरीक्षण भएकोले ग्रावेल कम्प्रेसन भएको हो। छेउका घरहरुमा पानी पस्न थाले पछि दुवै साईडमा सडक काटेर नाला खनी गाउँबाट पानी निकालेका थिए। इष्टिमेट अनुसारको काम भएको छ भन्‍ने समेत व्यहोराको जि.वि.स धनुषाका सव इन्जिनियर रामेश्‍वर यादवले अनुसन्धानको क्रममा गरेको बयान। ज.नगरपालिका१३ महेन्द्र मेस्तरको घर देखि वडा नं ८ श्याम राउतको घर सम्मको सडकमा माटो पुर्ने र ग्रावेल गर्ने कार्यको लागत इष्टिमेट सब ईन्जिनियर अशोक शाहले गर्नु भएको हो। तर मिति २०६९।०१।३१ गते साईड ईन्चार्ज तोकिएको पत्र जेठ महिनाको पहिलो हप्ता मलाई प्राप्त भए पश्‍चात स्थलगत निरीक्षण गरी लागत इष्टिमेटको लागि नापी लिने बखतमा नै काम लगभग समाप्त भएकोले कार्यालयमा जानकारी गराउदाँ भए गरेको कामको नापी लिई मूल्याङ्कन गरीदिनुस भनी कार्य प्रमुखबाट ताकेता हुदा स्थानीय सरजमिन नापी मुचुल्का र नमुना बस्ती टोल सुधार समितिबाट समेत लिखित सिफरिस प्राप्त हुन आएकोले म र ईन्जिनियर देवेन्द्र अधिकारी समेतले स्थलगत नाप लिई २ लाखको मूल्याङ्कन गरेको हो। जि.वि.स.बाट संचालन हुने कुनैपनि योजनाहरुको शुरुवात र अन्तिम (योजना छनौट, उपभोक्ता समिति गठन, योजना सम्झौता र भुक्तानी आदि कार्यको सम्पुर्ण जिम्मेवारी योजना शाखा र लेखा शाखालाई भएकोले इमान्दार भई काम नगरेको पाईन्छ भन्‍ने समेत व्यहोराको जि.वि.स धनुषाका सव इन्जिनियर भोलानाथ सिहंले अनुसन्धानको क्रममा गरेको बयान। बलाह बोडर देखि डुमरीया चोक सम्मको सडक मर्मत योजना- उक्त योजनामा १.३२ मिटर चौडाई ४६० मिटर लम्बाई र ६ मिटर गहिरो खाडल ०.५ मिटर चौडाई ९२५ मिटर लामो र ४.७५ मिटर गहिरो खाडल र ०.३ मिटर चौडाई ५४० मिटर लामो ४.७५ मिटर गहिरो खाडलमा जम्मा ६६०९.५७ घनमिटर नापी किताब अनुसार ठिक छ तर ( चौडाइ b उचाई h लेख्नुपर्नेमा नापी किताबको कोलममा b को ठाउमा h र h को ठाउमा b) पर्न गएको हो। उक्त योजनामा १ किलोमिटर दुरीबाट सुरुको साईड काटी साईड कटिङबाट सडक मर्मतको लागत ईष्टिमेट थियो तर उपभोक्ताले टेक्टर र ईक्जाभेटरबाट काम गरेकोले लागत अनुमान संशोधन गरेको हो। मिथिलेश्‍वर मौवाई बघचौडा सडक निर्माण यो योजनामा टेक्टरबाट माटो ढुवानी गरेको हो। सडकको दाया बायाको माटो काटी हालेको होईन सात वटा खाल्डो पुरेको छ। लागत इष्टिमेट अनुसार काम भएकाले राम्ररी नाप जाचँगरी मूल्याङ्कन गरेको छु भन्‍ने समेत व्यहोराको जि.वि.स धनुषाका सव इन्जिनियर विन्देश्‍वर बनरैतले अनुसन्धानको क्रममा गरेको बयान। ठेरा कचुरी स्थित वगधर सिंचाई पैनी निर्माण जिर्णोद्धार योजना र वैदेही चक्‍कर वालगंगा सुगा मधुकरही सडक मर्मत कार्यको लागत इष्टिमेट र मूल्याङ्कन मैले गरेको हो। समयाभावले डिजायन नगरेको, उपभोक्ता समितिले छिटो छिटो काम गर्न दवाव दिएको, किसानहरुले पैनी बाँध आफ्नै पैसाले वाधेको, शुरु देखि अन्त्यसम्म जिर्णोद्धार गरेको हुँदा चेनेज नखुलाइएको हो। बाँध स्थानीय जनताले वनाएको हो। राजनीतिक कारणले काम नभएको, कम भएको भनी स्थानीय मानिसहरुले भनेका हुन। वैदेही चक्‍कर वालगंगा सडकमा राम्रो काम भएको हो। वर्षातले गर्दा कम्प्याक्सन भएको हो। यस सडकमा कुनै किसिमको अनियमितता भएको छैन। मैले गरेको यी दुई योजनामा कुनै किसिमको दुरुपयोग भएको छैन। योजनाको गुणस्तर कायम गरेको छु। रकमको दुरुपयोग गरेको छैन भन्‍ने समेत व्यहोराको जि.वि.स धनुषाका इन्जिनियर राम सागर साहले अनुसन्धानको क्रममा गरेको बयान। राम आशिषको घर जाने सडक पि.सि.सि. योजनामा पि.सि.सि. गर्दा सडकको पुरै भागमा सिगो ईटा सोलिङ गरिएको छ। दर विश्‍लेषण गर्दा कार्यालयको स्वीकृत दर राखीएको छ। ढलान गर्दा सिमेन्ट बालुवा गिट्टीको अनुपात १M२M४ राखीएको छ। कम बजेटको योजना प्रयोगशाला परिक्षण गर्ने चलन छैन सवै ठाउमा एक नासको ५ ईन्च पि.सि.सि. गरिएको हो। योजना सम्पन्‍न भएपछि मात्र प्राविधिक मूल्याङ्कन गरी भुक्तानी दिने गरिएको छ। धनुषाधाम तेजनगर सडक ग्रावेल योजनामा टोलवासीको आग्रह र सुझाव अनुसार तोकिएको बजेटमा १३२५ मिटर सडकको बिचमा ग्रावेल गरेको हो। माटो पुर्ने कार्यमा लागत इष्टिमेट अनुसार कार्य भएकोले मूल्याङ्कन गरेको हो, मैले ईमान्दारी साथ उपभोक्ता समितिले गरेको कामको नापजाँच गरी बिल भुक्तानीको लागि पेश गरेको छु। लागत इष्टिमेट अनुसार ग्रावेल गर्नुपर्ने ६९०× ३.५०× ०.१५ लाई केहि परिर्वतन गरी १३२५ × ३.०००×०.१२ गरेर काम गराएको हो त्यसमा बजेटको परिधि भित्र रहेर भुत्तानी भएको छ। जि.वि.स. लाई आर्थिक बोझ नभई उपभोक्ताहरु लाई फायदा भएको छ। सवैला देखि धनुषाधाम सडक मर्मत योजनामा लेवरबाट काम गराउदा बढि खर्च लाग्ने भएकोले ईक्जाभेटरको प्रयोग गरी सडक मर्मत गरिएको हो। उक्त सडकको लागत इष्टिमेट गर्दा दररेट मेसिनको नै राखेको छु, लेवरले सडकको सतह मिलाउने काम गरेको छ। परिक्रमा सडक देखि प्लाष्टिक फ्याक्ट्री जाने सडक मर्मत योजना अन्‍तर्गत माटो पुर्ने र ग्रावेलको काम भएको हो। यसमा कुनै किसिमको बजेट दुरुपयोग भएको छैन विनियोजित बजेट अनुसार काम गराई भुत्तानी भएको छ। रामानन्द मन्दीर आश्रम जिर्णोदार योजनाको लागि जि.वि.स.ले ३ लाख ५० हजार विनियोजन गरेको हो सो रकमबाट मन्दिर जिर्णोदार र गेट निर्माणको काम भएको छ। विनियोजित बजेटको परिधिमा रही लागत इष्टिमेट भएको छ। त्यहि अनुसार काम सम्पन्‍न भएको छ बजेटको अभावले काम अधुरो भएको हो योजनाको अनुगमन नियमित रुपमा भई गुणस्तर युक्त काम भएको छ। रकमको दुरुपयोग भएको छैन। रानीसति पेट्रोलपम्प देखि परमानन्द शर्माको घरजाने सडक मर्मत योजनामा ४ लाख विनियोजन भएको हो बजेटको परिधिमा रहेर माटो पुर्ने र ग्रावेलको काम भएको छ। गरेको कामको नापजाचँ गरी भुत्तानी भएको छ। नापी किताबमा ०.१५ मि. लेखिएको र निरीक्षणको क्रममा ०.१२ मि. भेटिएको सम्बन्धमा सडक निर्माणको ७÷८ महिना पछि नापजाच गर्दा हावाले उडाएर र पानीले बगाएर गाडिले थिचेर कम्प्याक्सन भएर ०.१२ मि. बसेको स्वभाविक हो। ईटर्हवा देखि भारत सिमा सम्म सडक मर्मत योजनाको लागि ४ लाख विनियोजन भएको हो लागत इष्टिमेट अनुसार माटो र ग्रावेलको काम भएको छ। कामको नापजाच गरी बजेटको परिधिमा रहि भुक्तानी भएको छ। स्थानीय मानिसले पुर्वाग्रह राखेर १८ टिप मात्र ग्रावेल हालेको भनेका हुन उपभोक्ता समितिमा बस्न नपाएर त्यसो भनेका हुन। ज्ञानज्योती मा.वि. हाताभित्र माटो पुर्ने योजनाको लागत इष्टिमेट म बाट भएको छैन। अन्तिम मूल्याङ्कन म बाट भएको हो, काम सम्पन्‍न भएपछि नापजाँच गरी बिल भुक्तानी भएको हो। यसमा कुनै भ्रष्टाचार भएको छैन, स्कुलका बच्चाहरु खेलकुद गर्दा माटो कम्प्याक्सन भएको हो। काम सम्पन्‍न भएपछि तत्काल नाप्दा माटोको उचाई लुज ०.८७ नापी बिल भुत्तानी दिएको छ। लागत इष्टिमेट अनुसार नै अन्तिम बिल भुत्तानीमा दर रेट रु ३०७.९६ घ.मि. लुज माटो पुर्ने दर रेट हो, अनुगमन टोलीबाट कार्यसम्पन्‍न भएको ६÷७ महिना पछि नाप जाच भएकोले कम्प्याक्सन र इरोजनका कारण कम उचाई देखिएको हो। मिल्स एरिया देखि वेङ्गा शिवपुर सडक मर्मत योजनामा लागत इष्टिमेट अनुसार नै बजेटको परिधिमा रही काम सम्पन्‍न भएको छ। उपभोक्ता समितिको रोहवरमा नापजाँच गरी बिल बनाई भुत्तानी गराएको हो यसमा कुनै किसिमको भ्रष्टाचार भएको छैन उपभोक्ता समितिमा समावेश नगराएको निउमा १४ टिप ग्रावेल र ३२ टिप माटो हालेको भनी स्थानीयले भनेका हुन। उपभोक्ता समिति लाई दोषी ठहर्‍याउन त्यसो भनेको होला। धनुषा ज.नगरपालिका ८ को सामुदायिक भवन निर्माण योजनामा नया भवनको लागत ईष्टिमेट अनुसार नै पिल्लर उठाई छत ढलान र पर्खाल उठाउने काम भएको छ। काम सम्पन्‍न भए पछि नापजाँच गरी उपभोक्ता समिति ईन्जिनियर र कार्यालय प्रमुख विनोद ठाकुरको रहोवरमा बिल बनाई भुत्तानी भएको छ। लागत इष्टिमेटमा जे जति काम उल्लेख गरेको हो सोहि अनुसारको सवै काम भएको छ। नभएको कामको मूल्याङ्कन गरी भुत्तानी दिएको छैन। धनुषा ज.नगरपालिका ९ साकेत नगरको विभिन्‍न स्थानमा ग्रावेल गर्ने योजनामा ज.नगरपालिका९ साकेत नगरको विभिन्‍न ४ ठाउमा काम भएको हो। काम सम्पन्‍न भएपछि प्राविधिक नापजाँच गरी बिल भुक्तानी भएको हो। ज.नगरपालिका९ साकेतनगर प्रदिप शाह (विहार कुण्ड) सडक निर्माण योजनाको लागत इष्टिमेट र अन्तिम मूल्याङ्कन म बाट भएको हो। लागत इष्टिमेट अनुसार ०.१५ से.मि. ग्रावेल गराउनुपर्नेमा सोहि अनुसार ग्रावेल गराई बिल भुत्तानी भएको छ भन्‍ने समेत व्यहोराको जि.वि.स धनुषाका सव इन्जिनियर अशोक कुमार शाह ले अनुसन्धानको क्रममा गरेको बयान। जिल्ला विकास समिति धनुषाको लेखाशाखामा लेखापालको रुपमा काम गरी आएको र मैले जि.वि.स. धनुषाबाट संचालित कुनैपनि विकास निर्माण कार्यहरुको भुत्तानी प्रकृयामा दस्तखत गरेको छैन। मैले कुनै पनि आर्थिक कारोबारमा सहि गर्ने गरेको छैन। मैले तत्कालीन स्थानीय विकास अधिकारी केदार वहादुर वोगटीलाई धाकधम्की दिएको छैन। गोश्वारा भौचरमा मलाई न त लेखा अधिकृतले सहि गर्न भनेको छ, न त मैले सहि गरेको छु। मैले कसैसँग रकम नलिने र भुक्तानीमा मेरो कुनैपनि भुमिका नभएकोले मैले कुनै व्यक्ति सँग कुनैपनि किसिमको लेनदेन नगरेकोले निज केदार वहादुर वोगटीले म माथि वदनियत र पुर्वाग्रही किसिमले बयान दिएका हुन भनी जिल्ला विकास समितिको कार्यालय धनुषाका लेखापाल जीवनाथ चौधरीले अनुसन्धानको क्रममा गरेको बयान। जि.वि.स.कार्यालयमा सामाजिक सुरक्षा कार्यक्रम अन्‍तर्गत भरपाईहरु समाजिक सुरक्षा फाँटको रेकर्ड फाँटबाट रेकर्ड भिडान गरी पेश्की फर्छयौट फाँटमा आएको भरपाईहरु रुजु गरी आ.ब.०६८।०६९ मा रु.१०,६४,६४०००।- को पेश्की फर्छयौट गरी केही भरपाईहरु त्रुटिपुर्ण रहेकोले सामाजिक सुरक्षा निर्देशिकामा अनुगमन समितिको निर्णय अनुसार गर्नु गराउनु पर्ने भएकाले स्थानीय विकास अधिकारीसँग परामर्श गरी अनुगमन समितिको बैठकको निर्णय अनुसार गर्नु पर्ने र स्थानीय विकास अधिकारीको अनुपस्थितिको कारण फर्छयौट हुन नसकेको हो। गा.वि.स. सचिव हरुले पेश गरेको भरपाई हरु मध्ये ६५ वटा गोश्वारा भौचर स्थानीय विकास अधिकारीबाट सदर हुन बाँकि रहेको पछि पेश हुन आएका सवै भरपाईहरु सामाजिक सुरक्षा शाखाको लागत फाँटमा रहेको छ। केहि बाकि भरपाईहरु स्थानीय विकास अधिकारीको परामर्श र अनुगमन समितिको निर्णयबाट गराउनु पर्ने भएकोले हुन नसकेको हो। विकास निर्माण सम्वन्धी योजनामा लेखापालको जिम्मेवारी गोश्वारा भौचर लगायत तयार गरेको सम्पूर्ण कागजातहरु पेश गर्ने र तयार गर्ने, हस्ताक्षर गर्ने हुन्छ। योजना हेर्ने लेखापाल जीवनाथ चौधरी हुन। विकास निर्माण सम्वन्धी योजनाहरुमा रकम हिनामिना तथा अनियमितता गर्ने कार्यमा योजना शाखा, प्राविधिक शाखा र भुक्तानी गर्ने लेखा शाखाको जिम्मेवारी हुन्छ। विकास निर्माण सम्वन्धी सवै योजनाहरुमा भुक्तानी दिने कार्यमा लेखा शाखाका लेखा अधिकृत मदन मोहन लाल कर्ण र लेखापाल जीवनाथ चौधरीको जिम्मेवारी भएकोले भुक्तानी दिने कार्यमा निजहरुकै संलग्नता हुन्छ भन्‍ने समेत व्यहोराको जि.वि.स.धनुषाका लेखापाल धिरेन्द्र झाले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा ५ लाख भुत्तानी पाएको हो, ग्रावेलको लागि रु.३ लाख ९० हजार र माटो मिलाउनको लागि १ लाख ५० हजार र ग्रेडरमा ५० हजार खर्च भएको छ। निर्माण सामग्री तथा लेवरको भुत्तानीको बिल भरपाई पेश गरेको छैन। कसैले पेश गर्नु भनेको पनि छैन, ईमान्दार पूर्वक काम गरेको छु भन्‍ने समेत व्यहोराको सपहि गजरिया सडक मर्मत कार्य अध्यक्ष सुरेन्द्र कुमार यादवले अनुसन्धानको क्रममा गरेको बयान। यसमा ३ लाख १० हजारको ग्राबेलिङको काम भएको, १ लाख १० हजारको माटोको काम र ४० हजारको गिट्टीको काम भएको हो। कहाँ बाट माटो र ग्रावेल ल्याएको हो अध्यक्षलाई नै थाहा छ मलाई थाहा छैन, निर्माण सामग्री र लेवरको भुत्तानीको बारेमा अध्यक्ष लाई नै थाहा छ। यस योजनामा जि.वि.स. कर्मचारीलाई रिसवत कमिसन दिएको मलाई थाहा छैन भन्‍ने समेत व्यहोराको सपहि गजरीया सडक मर्मत कार्य योजनाको उपभोत्ता समितिका सचिव रेणु यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनाको सम्पुर्ण जिम्मेवारी अध्यक्ष लाई नै दिएको थिए। यस योजनामा हामीले लागत इष्टिमेट अनुसारको काम गरेका छौ, प्राविधिकको प्रत्यक्ष निगरानिमा ईमान्दारीपूर्वक काम गरेका छौ भन्‍ने समेत व्यहोराको सपहि गजरीया सडक मर्मत कार्य योजनाको उपभोत्ता समितिका कोषाध्यक्ष महेन्द्र यादवले अनुसन्धानको क्रममा गरेको बयान। उक्त योजनाको लागि ३ लाख भुत्तानी लिएको हो। सवै मिलाएर खर्च ४ लाख ४ हजार गरेको हुँ, सो को बिल भरपाई जि.वि.स धनुषामा पेश गरिएका छन यस कार्यको लागि ईन्जिनियरले भने बमोजिम कार्य गरेको हो सोहि अनुसार भुत्तानी पाएको हो। प्राविधिक २ पटक स्थलगत निरीक्षणमा आएका थिए, रकम हिनामिना भएको छैन भन्‍ने समेत व्यहोराको वनिनिया स्कुल देखि वनिनिया ३ सम्मको सडक मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष उमाशंकर यादवले अनुसन्धानको क्रममा गरेको बयान। जि.वि.स धनुषाबाट पाएको रकम मध्येबाट माटो तथा ग्रावेल र लेवरमा खर्च गरिएको हो। बिल भरपाई जि.वि.स.मा पेश गरेको, जि.वि.स. धनुषाका ईन्जिनियरले भने बमोजिम काम गरेको काम भई सकेपछि भुत्तानी पाएको, रकम हिनामिना नभएको भन्‍ने समेत व्यहोराको वनिनिया स्कुल देखि वनिनिया ३ सम्मको सडक मर्मत कार्यको उपभोक्ता समितिका सचिव रामसेवक यादवले अनुसन्धानको क्रममा गरेको बयान। यो सडक मर्मत कार्यको लागि माटो ग्रावेलमा खर्च भएको हो। लागत इष्टिमेट अनुसार काम भएको छ। बिल भरपाई मूल्याङ्कन गरी अध्यक्षले पेश गरेको छ यस कार्यमा कुनै पनि किसिमको लेनदेन भएको छैन, हामीले राम्रो काम गरेको हो भन्‍ने समेत व्यहोराको वनिनिया स्कुल देखि वनिनिया ३ सम्मको सडक मर्मत कार्यको उपभोक्ता समितिका कोषाध्यक्ष दलतिया देवि यादवले अनुसन्धानको क्रममा गरेको बयान। उक्त सडकमा राजनितिको कारणले गर्दा स्थानीय मानिसहरुले काम नभएको भनी भनेका हुन। योजना अनुसार काम भएको छ, रकम हिना मिना भएको छैन, प्राविधिकले निरीक्षण गरेका थिए, सवै बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा बुझाएको भन्‍ने समेत व्यहोराको मिल्स ऐरिया देखि पुल्चोक हुदै वेगाशिवपुर जाने बाटोको मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष दिपनारायण यादवले अनुसन्धानको क्रममा गरेको बयान। उक्त सडकमा रिसिविको कारणले गर्दा स्थानीय मानिसहरुले काम नभएको भनी भनेका हुन। योजना अनुसार काम भएको छ, रकम हिना मिना भएको छैन, प्राविधिकले निरीक्षण गरेको थियो, सवै बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा बुझाएको भन्‍ने समेत व्यहोराको मिल्स ऐरिया देखि पुल्चोक हुदै वेगाशिवपुर जाने बाटोको मर्मत कार्य उपभोक्ता समितिका सचिव पिंकी कुमारी यादवले अनुसन्धानको क्रममा गरेको बयान। लागत इष्टिमेट अनुसार माटो तथा ग्रावेलको कार्य गरिएको हो। कुनै पनि हिनामिना भएको छैन, योजनाअनुसार काम भएको छ, जि.वि.स. का प्राविधिकले निरीक्षण गरेपछि भुत्तानी पाएको हो। खर्च गरेको बिल भरपाई जि.वि.स. धनुषा योजना फाटका साधुसरण सँग पेश गरेको हो भन्‍ने समेत व्यहोराको मिल्स एरिया देखि पुल्चोक हुदै वेगाशिवपुर जाने बाटोको मर्मत कार्य उपभोक्ता समितिको कोषाध्यक्ष रोशन श्रीवास्तवले अनुसन्धानको क्रममा गरेको बयान। योजना अनुसार कार्य सम्पन्‍न गरेपछि भुत्तानी पाएको हो। सवै रकम लेवर भुत्तानीमा खर्च गरी काम सम्पन्‍न भएको हो। बिल भरपाई जि.वि.स.धनुषा को योजना शाखामा पेश गरेको हो। जि.वि.स. का प्राविधिक बाट पटक पटक स्थलगत निरीक्षण गरेको थियो, अनियमितता र गुणस्तरहिन भनेको गलत हो, रकम कुनै पनि किसिमको हिनामिना भएको हैन, राम्रो काम भएको हो भन्‍ने समेत व्यहोराको बल्हा वोडर देखि डुमरीया चोक सडक मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष नागेन्द्र प्रसाद साहले अनुसन्धानको क्रममा गरेको बयान। योजना अनुसार कार्य सम्पन्‍न गरेपछि भुत्तानी पाएको हो। सवै रकम लेवर भुत्तानीमा खर्च गरी काम सम्पन्‍न भएको हो। बिल भरपाई जि.वि.स.धनुषा को योजना शाखामा पेश गरेको हो। जि.वि.स.का प्राविधिक बाट पटक पटक स्थलगत निरीक्षण गरेको थियो, अनियमितता र गुणस्तरहिन भनेको गलत हो, रकम कुनै पनि किसिमको हिनामिना भएको हैन, राम्रो काम भएको हो भन्‍ने समेत व्यहोराको बल्हा वोडर देखि डुमरीया चोक सडक मर्मत कार्य योजना उपभोक्ता समितिका सचिव दिपेन्द्र मरवैताले अनुसन्धानको क्रममा गरेको बयान। योजना अनुसार माटो पुर्ने कार्य सम्पन्‍न गरेपछि भुत्तानी पाएको हो। सवै रकम लेवर भुत्तानीमा खर्च गरी काम सम्पन्‍न भएको हो। दाया बायाको माटो काटी बनाएको हो, मेशिनरीबाट बनाएको होईन, बिल भरपाई जि.वि.स.धनुषा को योजना शाखामा पेश गरेको हो। जि.वि.स.का प्राविधिक बाट पटक पटक स्थलगत निरीक्षण गरेको थियो, अनियमितता र गुणस्तरहिन भनेको गलत हो, रकम कुनै पनि किसिमको हिनामिना भएको हैन, राम्रो काम भएको हो भन्‍ने समेत व्यहोराको बल्हा वोडर देखि डुमरीया चोक सडक मर्मत कार्य योजना उपभोक्ता समितिका कोषाध्यक्ष सोभा देवी मरवैताले अनुसन्धानको क्रममा गरेको बयान। उक्त सडक निर्माण कार्यको लागि माटोको कार्य तथा ठुलो ठुलो खाल्डा पुरेको ७०० का दरले जम्मा ८०० टिप माटो लिएको हो। जि.वि.स. बाट बिल भरपाई नमागको हुदा पेश नगरेको हो, कुनै कर्मचारीले कमिशन नमागेको काम भएको हो भन्‍ने समेत व्यहोराको मिथिलेश्‍वर मौवाहि वगचौडा सडक निर्माण कार्य उपभोत्ता समितिको अध्यक्ष सुनिल कुमार यादवले अनुसन्धानको क्रममा गरेको बयान। उक्त सडक निर्माण कार्यको लागि माटोको कार्य तथा ठुलो ठुलो खाल्डा पुरेको ७०० का दरले जम्मा ८०० टिप माटो लिएको हो। जि.वि.स. बाट बिल भरपाई नमागेको हुदा पेश नगरेको हो, कुनै कर्मचारीले कमिशन नमागेको काम भएको हो भन्‍ने समेत व्यहोराको मिथिलेश्‍वर मौवाहि वगचौडा सडक निर्माण कार्य योजनाको उपभोक्ता समितिको सचिव चन्द्रेश्‍वर यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा ५ लाख १० हजार खर्च गरेको छु। काम सम्पन्‍न गरेपछि प्राविधिक जाचँ गरीसकेपछि बिल भरपाई जम्मा गरेर भुत्तानी पाएको हो।हामिले ६४० मिटर काम गर्नु पर्नेमा ८०० मिटर काम गरेका छौ। काम गरेको सम्पुर्ण बिल भरपाई जि.वि.स.मा पेश गरेको, भुत्तानी हुनु पुर्व प्राविधिकले निरीक्षण गरेको, योजना भन्दा बढि काम भएको छ भन्‍ने समेत व्यहोराको सपहि चोक देखि राष्ट्रपतिको निवास सम्म सडक मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष रघुनन्दन यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा ५ लाख १० हजार खर्च गरेको छु। काम सम्पन्‍न गरेपछि प्राविधिक जाचँ गरीसकेपछि बिल भरपाई जम्मा गरेर भुक्तानी पाएको हो हामिले ६४० मिटर काम गर्नु पर्नेमा ८०० मिटर काम गरेका छौ। काम गरेको सम्पुर्ण बिल भरपाई जि.वि.स.मा पेश गरेको, भुक्तानी हुनु पुर्व प्राविधिकले निरीक्षण गरेको, योजना भन्दा बढि काम भएको छ भन्‍ने समेत व्यहोराको सपहि चोक देखि राष्ट्रपतिको निवास सम्म सडक मर्मत कार्यको उपभोक्ता समितिका कोषाध्यक्ष धर्म नारायण यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा ५ लाख १० हजार खर्च गरेको छु। काम सम्पन्‍न गरेपछि प्राविधिक जाचँ गरीसकेपछि बिल भरपाई जम्मा गरेर भुत्तानी पाएको हो हामिले ६४० मिटर काम गर्नु पर्नेमा ८०० मिटर काम गरेका छौ। काम गरेको सम्पुर्ण बिल भरपाई जि.वि.स.मा पेश गरेको, भुत्तानी हुनु पुर्व प्राविधिकले निरीक्षण गरेको, योजना भन्दा बढि काम भएको छ भन्‍ने समेत व्यहोराको सपहि चोक देखि राष्ट्रपतिको निवास सम्म सडक मर्मत कार्यको उपभोक्ता समितिका सचिव निरसी देवी यादवले अनुसन्धानको क्रममा गरेको बयान। उक्त स्थानमा बाटो निर्माण भएको छ र मर्मत पनि भएको छ सम्झौता अनुसार काम भएको छ। सो कार्यको बिल भरपाई जि.वि.स. को योजना शाखाका साधु शरण यादवलाई बुझाएको, प्राविधिकबाट निरीक्षण सुपरीवेक्षण भएको छ, योजना अनुसारको काम भएको छ भन्‍ने समेत व्यहोराको धनुषा जिल्ला ज.नगरपालिका९ साकेत नगर प्रदीप शाह (विहारकुण्ड) को घर जाने बाटो निर्माण कार्य उपभोक्ता समितिको अध्यक्ष प्रदिप कुमार शाहले अनुसन्धानको क्रममा गरेको बयान। उक्त स्थानमा बाटो निर्माण भएको छ र मर्मत पनि भएको छ सम्झौता अनुसार काम भएको छ। सो कार्यको बिल भरपाई जि.वि.स.मा बुझाएको, प्राविधिक बाट निरीक्षण भएको छ, योजना अनुसारको काम भएको छ, लागत इष्टिमेट अनुसार काम गरेको, अनियमितता भएको छैन भन्‍ने समेत व्यहोराको धनुषा जिल्ला ज.नगरपालिका९ साकेत नगर प्रदीप शाह (विहारकुण्ड) कफ घर जाने बाटो निर्माण कार्य उपभोक्ता समितिका सचिव मुरारी ठाकुरले अनुसन्धानको क्रममा गरेको बयान। उक्त स्थानमा बाटो निर्माण भएको छ र मर्मत पनि भएको छ सम्झौता अनुसार काम भएको छ। प्राविधिक बाट निरीक्षण भएको छ, योजना अनुसारको काम भएको छ , लागत इष्टिमेट अनुसार काम गरेको, अनियमितता भएको छैन भन्‍ने समेत व्यहोराको धनुषा जिल्ला ज.नगरपालिका९ साकेतनगर प्रदीप शाह (विहारकुण्ड) को घर जाने बाटो निर्माण कार्य उपभोक्ता समितिका कोषाध्यक्ष मधुमिता शर्माले अनुसन्धानको क्रममा गरेको बयान। उक्त स्थानमा इष्टिमेट अनुसार साईड ईन्चार्जको निरीक्षण गराई राम्रोसँग काम भएको छ। यस योजनामा कुनै रकम हिनामिना भएको छैन, यस योजनाको बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा पेश भएको छ भन्‍ने समेत व्यहोराको धनुषा जिल्ला ज.नगरपालिका८ स्थित रानीसति पेट्रोल पम्प देखि परमानन्द शर्माको घर सम्म जाने बाटो सडक मर्मत कार्य उपभोक्ता समितिको अध्यक्ष परमानन्द शर्माले अनुसन्धानको क्रममा गरेको बयान। यसमा हामिले माटो तथा ग्रावेल किनेर बाटो मर्मत कार्य पुरा गरेको हो। यसको स्थलगत निरीक्षण जि.वि.स. धनुषाका प्राविधिकहरुले गर्नु भएको हो। यस योजनामा हामिले प्राविधिकहरुको इष्टिमेट अनुसार गर्नुपर्ने काम गरेको हो। यसमा हामिबाट कुनै किसिमको हिनामिना भएको छैन, लागत इष्टिमेट अनुसार नै काम गराएर बिल फर्छयौट गराएको हो भन्‍ने समेत व्यहोराको धनुषा जिल्ला वडा नं. ९ स्थित रानीसति पेट्रोल पम्प देखि परमानन्द शर्माको घर जाने बाटो सडक मर्मत कार्य योजना उपभोक्ता समितिको कोषाध्यक्ष विन्ध्यावली कुमारी तिवारीले अनुसन्धानको क्रममा गरेको बयान। यसमा हामिले माटो तथा ग्रावेल किनेर बाटो मर्मत कार्य पुरा गरेको हो। यसको स्थलगत निरीक्षण जि.वि.स. धनुषाका प्राविधिकहरुले गर्नु भएको हो। यस योजनामा हामिले प्राविधिकहरुको इष्टिमेट अनुसार गर्नुपर्ने काम गरेको हो, अनुगमन गर्ने व्यक्तिहरुलाई म चिन्दिन, माटो र ग्रावेल हाल्दा इष्टिमेट अनुसार नै काम भएको हो भन्‍ने समेत व्यहोराको धनुषा जिल्ला वडा नं. ९ स्थित रानीसति पेट्रोल पम्प देखि परमानन्द शर्माको घर जाने बाटो सडक मर्मत कार्य योजना उपभोक्ता समितिको सचिव अजय कुमार झाले अनुसन्धानको क्रममा गरेको बयान। उक्त योजनामा राम्रो काम भएको छ। विपक्षिले पैसा मागेको थिए नदिएको कारणले झुटो बयान दिएको हो, प्राविधिकले स्थलगत हेरेर कामको इष्टिमेट गरेर भुक्तानी दिएको हो, उक्त कामको बिल भरपाई जि.वि.स. मा पेश गरेको छु। काम भएको छ छैन स्थलगत निरीक्षण गरे हुन्छ भन्‍ने समेत व्यहोराको वैदेहि चक्‍कर बालगंगा सुगा मधुकरहि सडक मर्मत कार्य उपभोक्ता समितिको अध्यक्ष अशोक कुमार मण्डलले अनुसन्धानको क्रममा गरेको बयान। माटोको काम गरी सडक मर्मत गरेको हो। सडकको काम राम्रो सँग गरेको छु , विपक्षिहरुले पैसा नदिएको कारणले गलत बयान दिएको हो। प्राविधिकहरुले निरीक्षण गरेको हो। उक्त योजना अनुसार काम भएको छ, कम समयमा धेरै काम गरेको हो, इष्टिमेट अनुसार चेक दिएको हो भन्‍ने समेत व्यहोराको वैदेहि चक्‍कर बालगंगा सुगा मधुकरहि सडक मर्मत कार्य योजनाको उपभोक्ता समितिको सचिव रोमा अधिकारीले अनुसन्धानको क्रममा गरेको बयान। यो सडक मर्मत गर्नका लागि विभिन्‍न ठाँउबाट माटो र ग्रावेल ल्याएको बिल भरपाई जि.वि.स. मा बुझाएको छैन, विरोधि पार्टीले हामिलाई फसाउने काम गरेको छ। जि.वि.स. बाट निरीक्षण गरेका थिए, कुनै घुस मागेका थिएनन काम भएको छ भन्‍ने समेत व्यहोराको वैदेहि चक्‍कर बालगंगा सुगा मधुकरहि सडक मर्मत कार्य योजनाको उपभोक्ता समितिको कोषाध्यक्ष विरेन्द्र कुमार मण्डलले अनुसन्धानको क्रममा गरेको बयान। सामाजिक विवाद भएको कारणले काम भएको छैन भनी स्थानीय बासिले मुचुल्का गरीदिएका हुन काम भएको हो, खर्च भएको बिल भरपाई जि.वि.स.मा पेश गरेको हो। जि.वि.स.स का प्राविधिक बाट निरीक्षण तथा अनुगमन भएको हो, हामिहरुले धरै राम्रो सित काम गरेको हो भन्‍ने समेत व्यहोराको सपही— भुईयाथान—हर्दिनाथ सडक मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र कुमार यादवले अनुसन्धानको क्रममा गरेको बयान। सामाजिक विवाद भएको कारणले काम भएको छैन भनी स्थानीय बासिले मुचुल्का गररिदिएका हुन काम भएको हो, खर्च भएको बिल भरपाई जि.वि.स.मा पेश गरेको हो। जि.वि.स.स का प्राविधिक बाट निरीक्षण तथा अनुगमन भएको हो, हामीहरुले धरै राम्रोसँग काम गरेको हो भन्‍ने समेत व्यहोराको सपही- भुईयाथान-हर्दिनाथ सडक मर्मत कार्य उपभोक्ता समितिका सचिव अमित कुमार यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस सडकमा सन्तोषजनक काम भएको, हामिले राम्रो सँग काम गरेका, हामिले भुक्तानी लिनु भन्दा अगाडि बिल पेश गरेका, जि.वि.स. का प्राविधिकले निरीक्षण गरेका, विपक्षीहरुले जि.वि.स. बाट काम नपाएर कम नभएको भन्‍ने मुचुल्का गरीदिएका हुन भन्‍ने समेत व्यहोराको सपही- भुईयाथान -हर्दिनाथ सडक मर्मत कार्य उपभोक्ता समितिको कोषाध्यक्ष रामराजी देवी यादवले अनुसन्धानको क्रममा गरेको बयान। उक्त स्थानमा बाटो जिर्ण भएकोले माटो तथा ग्रावेल समेतको प्रयोग गरी गाडि हिड्ने बाटो बनाएको हो। हामीले कुनै स्वार्थ राखेर काम गरेको थिएन, काम गरेको बिल भरपाई जि.वि.स.योजना शाखाको कर्मचारी साधुसरण यादवलाई दिएको हो। यस योजनाको निरीक्षण प्राविधिक टोलीबाट भएको हो, यस योजनामा रकम हिनामिना भएको छैन, यसमा हामिले प्राप्त गरेको भन्दा बढि खर्च गरेका छौ भन्‍ने समेत व्यहोराको परिक्रमा सडक देखि पश्‍चिम प्लाष्टिक फ्याक्ट्री जाने सडक मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष अजित तिवारीले अनुसन्धानको क्रममा गरेको बयान। जि.वि.स.धनुषा बाट ७ लाख निकासा भएकोमा ६ लाख ६७ हजार खर्च भएको हो। यस सडकमा सम्पुर्ण काम भएको छ, बिल भरपाई जि.वि.स. योजना शाखाको साधुसरण यादव लाई दिएको हो, सम्पुर्ण रकम सडक मर्मत कार्यमा खर्च भएको हो, कुनै रकम हिनामिना गरेको छैन भन्‍ने समेत व्यहोराको परिक्रमा सडक देखि पश्‍चिम प्लाष्टिक फ्याक्ट्री जाने सडक मर्मत कार्यको उपभोक्ता समितिको सचिव राजकुमार उपाध्यायले अनुसन्धानको क्रममा गरेको बयान। ७ लाख ६ हजार ७ सय खर्च भएको हो। काम राम्रो भएको छ, विपक्षीले यस्तो काम नभएको भनी अपवाह फलाएको हो। स्थलगत निरीक्षण जि.वि.स. बाट भएको हो, यस योजनामा रकम हिना मिना भएको छैन, पाएको रकम भन्दा बढि खर्च भएको छ, बिल भरपाई जि.वि.स. योजना शाखाका ना.सु. साधुसरण यादव सँग छ भन्‍ने समेत व्यहोराको परिक्रमा सडक देखि पश्‍चिम प्लाष्टिक फ्याक्ट्री जाने सडक मर्मत कार्य उपभोक्ता समितिका कोषाध्यक्ष अर्पणा शर्माले अनुसन्धानको क्रममा गरेको बयान। माटो र ग्रावेलको काम भएको हो। उक्त सडकको निरीक्षण जि.वि.स. का प्राविधिकले गरेका हुन, यो योजनामा कसैको संलग्नता छैन रकम हिनामिना भएको छैन भन्‍ने समेत व्यहोराको ज.नगरपालिका १२ रामएकवाल यादवको घर सम्मको सडक मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र सिन्हाले अनुसन्धानको क्रममा गरेको बयान। माटो र ग्रावेलको काम भएको हो। उक्त सडकको निरीक्षण जि.वि.स. का प्राविधिकले गरेका हुन, यो योजनामा कसैको संलग्नता छैन रकम हिनामिना भएको छैन भन्‍ने समेत व्यहोराको ज.नगरपालिका १२ रामएकवाल यादवको घर सम्मको सडक मर्मत कार्य उपभोक्ता समितिका सचिव राम कुमारी देवीले अनुसन्धानको क्रममा गरेको बयान। माटो र ग्रावेलको काम भएको हो। उक्त सडकको निरीक्षण जि.वि.स. का प्राविधिकले गरेका हुन, यो योजनामा कसैको संलग्नता छैन रकम हिनामिना भएको छैन भन्‍ने समेत व्यहोराको ज.नगरपालिका १२ रामएकवाल यादवको घर सम्मको सडक मर्मत कार्य उपभोक्ता समितिका कोषाध्यक्ष अशोक कुमार सिन्हाले अनुसन्धानको क्रममा गरेको बयान। हामिले इष्टिमेट अनुसार काम गरेको हो। प्राविधिक र ईन्जिनियर को निर्देशन अनुसार काम गरेको हो, ५ लाख १५ हजार खर्च भएको छ , ईष्टिमेट भन्दा बढि काम गरेका छौ र सोहि अनुसार भुत्तानी पाएको हो, विपक्षीहरुले काम नगरेको भन्‍ने चलन नै छ, जि.वि.स. का प्राविधिकले निरीक्षण गरेपछि हामिलाई बिल पेश गर्न निर्देशन दिएको ले बिल पेश गरेपछि हामिले भुत्तानी पाएको हो। हामिले राम्रो काम गरेका छौ, यसमा कुनै पनि किसिमको हिनामिना भएको छैन भन्‍ने समेत व्यहोराको सपहि वडा नं. ६ देखि निकाल हुदै तिनघरिया टोल जाने सडक मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादवले अनुसन्धानको क्रममा गरेको बयान। हामिले इष्टिमेट अनुसार काम गरेको हो। प्राविधिक र ईन्जिनियर को निर्देशन अनुसार काम गरेको हो, ५ लाख १५ हजार खर्च भएको छ, ईष्टिमेट भन्दा बढि काम गरेका छौ र सोही अनुसार भुत्तानी पाएको हो, विपक्षीहरुले काम नगरेको भन्‍ने चलन नै छ, जि.वि.स. का प्राविधिकले निरीक्षण गरेपछि हामिलाई बिल पेश गर्न निर्देशन दिएकोले बिल पेश गरेपछि हामिले भुक्तानी पाएको हो। हामिले राम्रो काम गरेका छौ, यसमा कुनै पनि किसिमको हिनामिना भएको छैन भन्‍ने समेत व्यहोराको सपहि वडा नं. ६ देखि निकाल हुदै तिनघरिया टोल जाने सडक मर्मत कार्य उपभोक्ता समितिका सचिव रामबावु यादवले अनुसन्धानको क्रममा गरेको बयान। हामिले ईष्टिमेट अनुसार काम गरेको हो। प्राविधिक र ईन्जिनियरको निर्देशन अनुसार काम गरेको हो, ५ लाख १५ हजार खर्च भएको छ, ईष्टिमेट भन्दा बढि काम गरेका छौ र सोहि अनुसार भुक्तानी पाएको हो, विपक्षीहरुले काम नगरेको भन्‍ने चलन नै छ, जि.वि.स. का प्राविधिकले निरीक्षण गरेपछि हामिलाई बिल पेश गर्न निर्देशन दिएकोले बिल पेश गरेपछि हामिले भुक्तानी पाएको हो। हामिले राम्रो काम गरेका छौ, यसमा कुनै पनि किसिमको हिनामिना भएको छैन भन्‍ने समेत व्यहोराको सपहि वडा नं. ६ देखि निकाल हुदै तिनघरिया टोल जाने सडक मर्मत कार्य उपभोक्ता समितिका कोषाध्यक्ष पुनम देवि यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा काम पुरा गरिएको छ, काम गराएको वील भरपाई जि.वि.स.मा पेश गरिएको छ। प्राविधिकले निरीक्षण गरेका छन्। यसमा अनियमितता भएको छैन। फसाउने नियतले काम भएको छैन भनेका हुनसक्छ। भन्‍ने समेत व्यहोराको सवैला २ देखि धनुषाधाम सोनापुर जानेबाटो सम्म सडक मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष जगदिश यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा मेसिन समेत प्रयोग गरी राम्रो काम भएको हो। सम्याउने काम ज्यामी लगाएर गरिएको हो। काम गरेको वील भरपाई जि.वि.स.मा पेश गरिएको छ। यसमा कुनैपनि रकम हिनामिना भएको छैन। प्राविधिकले स्थलगत निरीक्षण पनि गरेका हुन्। वदनियतले फसाउन खोजिएको हो भन्‍ने समेत व्यहोराको सवैला २ देखि धनुषाधाम सोनापुर जानेबाटो सम्म सडक मर्मत कार्य योजना उपभोक्ता समितिका कोषाध्यक्ष राम कुमारी देवी यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा काम पुरा गरिएको छ, काम गराएको वील भरपाई जि.वि.स.मा पेश गरिएको छ। प्राविधिकले निरीक्षण गरेका छन्, यसमा कुनै हिनामिना भएको छैन। मेशिन लगाउदा ५ लाख ५० हजार र ५० हजार सम्याउन गरी ६ लाख खर्च भयो भन्‍ने समेत व्यहोराको सवैला २ देखि धनुषाधाम सोनापुर जानेबाटसम्म सडक मर्मत कार्य योजना उपभोक्ता समितिका सचिव महेश यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा नया बाटो निर्माण गरिएको हो। मान्छेको प्रयोग गरी बाटो निर्माण गरिएको हो, अनियमितता भएको छैन, उक्त कामको बिल भरपार्ई लेखा शाखामा पेश गरी भुक्तानी लिएको हो भन्‍ने समेत व्यहोराको बेङ्गा शिवपुर धनुषाधाम सडक निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष अमिरीका देवी यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा नया बाटो निर्माण गरिएको हो। मान्छेको प्रयोग गरी बाटो निर्माण गरिएको हो, अनियमितता भएको छैन, उक्त कामको बिल भरपार्ई लेखा शाखामा पेश गरी भुक्तानी लिएको हो, प्राविधिकले भने अनुसार नै काम गरेको हो भन्‍ने समेत व्यहोराको बेङ्गा शिवपुर धनुषाधाम सडक निर्माण कार्य योजना उपभोक्ता समितिको कोषाध्यक्ष जिवछी देवी शाहले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा अनियमितता भएको छैन , उक्त कामको बिल भरपार्ई लेखा शाखामा पेश गरी भुक्तानी लिएको हो, प्राविधिकले भने अनुसार नै काम गरेको हो , ओभरसियर र ईन्जिनियरले भने अनुसार काम गरेको हो, जि.वि.स. को प्राविधिक बाट अनुगमन भएको हो कसैले रकम माग गरेका पनि थिएनन भन्‍ने समेत व्यहोराको बेङ्गा शिवपुर धनुषाधाम सडक निर्माण कार्य योजना उपभोक्ता समितिको सचिव संजिव कुमार महराले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा स्काईभेटर चलाई पैनी निर्माणको काम गरेको हो। ईष्याको कारणले स्थानीय बासीहरुले कम काम भएको भनी मुचुल्का गरी दिएका हुन उक्त योजनामा सवै रकमको काम भएको छ। मुचुल्काको व्यहोरा गलत हो, प्राविधिकले चेकजाचँ गरेर मात्र भुत्तानी दिएको हो भन्‍ने समेत व्यहोराको धनुषा जिल्ला ठेराकचरी वगधर सिचाई पैनी जिर्णोद्धार कार्य उपभोक्ता समितिका अध्यक्ष दसै शाहले अनुसन्धानको क्रममा गरेको बयान। इष्टिमेट अनुसार निरीक्षण गरी भुक्तानी भएको हो। पैनी जिर्णोद्धार राम्रो सँग गरेको हो, स्काईभेटर चलाएर काम गरिएको हो। गाउका केहि व्यक्तिको रिसले ३६ हजारको मात्र काम भएको भनी भनेका हुन, काम राम्रो भएको छ, बिल भरपाई जि.वि.स. धनुषामा पेश गरेको हो भन्‍ने समेत व्यहोराको धनुषा जिल्ला ठेराकचरी वगधर सिचाई पैनी जिर्णोद्धार कार्य योजना उपभोक्ता समितिका कोषाध्यक्ष रामसेवक दासले अनुसन्धानको क्रममा गरेको बयान। स्काईभेटर बाट काम गराएको हो। ३६ हजार मात्र खर्च गरेको भन्‍ने स्थानीय बासीको भनाई झुठ्ठा हो, हामिले खर्च गरेको विवरण बिल भरपाई जि.वि.स. धनुषामा पेश गरेको हो, कुनै पनि अनियमितता रकम हिना मिना भएको छैन , प्राविधिकको चेकजाच भएर मात्र रकम निकासा भएको हो। ईविका कारणले मात्र गाउका मानिसले मुचुल्कामा झुठा व्यहोरा लेखाएका हुन भन्‍ने समेत व्यहोराको धनुषा जिल्ला ठेराकचरी वगधर सिचाई पैनी जिर्णोद्धार कार्य योजना उपभोक्ता समितिका सचिव ईन्द्रकान्त झाले अनुसन्धानको क्रममा गरेको बयान। वैदेहि पुरै गाउ सम्मको बाटोमा माटो र ग्रावेलको काम गरेको छु। काम थोरै गरेको भन्‍ने कुरा झुठ्ठा हो,कामको बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा पेश गरेको हो। अनियमितता भएको छैन, सम्पुर्ण काम भएको छ, जि.वि.स. को पदाधिकारीहरुले स्थलगत निरीक्षण गरेका थिए भन्‍ने समेत व्यहोराको ईटहर्वा भारत सिमा सडक मर्मत कार्य उपभोक्ता समितिको अध्यक्ष दलकु कवारीले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा माटो र ग्रावेल र लेबरमा खर्च भएको हो। प्राविधिकको मूल्याङ्कन र इष्टिमेट अनुसार काम पुरा भएको हो, बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा पेश गरेको हो, प्राविधिकले चेकजाचँ गरी मूल्याङ्कन भएपछि भुत्तानी दिएको हो, रकम हिनामिना गरेको छैन भन्‍ने समेत व्यहोराको ईटहर्वा भारत सिमा सडक मर्मत कार्य उपभोक्ता समितिको कोषाध्यक्ष जैमुन खातुनले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा माटो र ग्रावेल र लेबरमा खर्च भएको हो। प्राविधिकको मूल्याङ्कन र इष्टिमेट अनुसार काम पुरा भएको हो, बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा पेश गरेको हो, प्राविधिकले चेकजाचँ गरी मूल्याङ्कन भएपछि भुत्तानी दिएको हो, रकम हिनामिना गरेको छैन भन्‍ने समेत व्यहोराको ईटहर्वा भारत सिमा सडक मर्मत कार्य उपभोक्ता समितिको सचिव महेश्‍वर पाण्डेले अनुसन्धानको क्रममा गरेको बयान। जि.वि.स. धनुषाबाट निकासा भएको ३ लाखले विद्यालयको अधुरो भवन निर्माण कार्यमा खर्च भएको हो। योजना भन्दा बढि रकम खर्च भएको छ, विद्यालय निर्माण अधुरो रहेकोले विद्यालयको भवन निर्माणमा खर्च गरिएको हो, केहि रकम फर्निचर खरिदमा खर्च गरिएको हो। रकम भुक्तानी हुनु अघि जि.वि.स.का कर्मचारीले निरीक्षण गरी निकासा दिनुभएको हो,फर्निचरको बिल पेश गरेको आधारमा भुत्तानी प्राप्त भएको हो भन्‍ने समेत व्यहोराको नि.मा.वि. भंगाहाको हाता भित्र माटो पुर्ने कार्य योजनाको समितिका अध्यक्ष (नि.मा.वि. भंगाहाका प्रधानाध्यापक) रघुनन्दन यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा योजना भन्दा बढि रकम खर्च गरिएको छ। मेरा विपक्षीहरुले हामिलाई फसाउने हिसाबले उक्त स्थानमा माटो तथा ग्रावेल नहालेको भनी भनेका हुन। टोलमा आपसि रिसिबिले गर्दा उपभोक्ता समितिको गठनमा आफनो हस्ताक्षर नरहेको भनी केही पदाधिकारी हरुले भनेका होलान प्राविधिक बाट अनुगमन र निरीक्षण भएको हो। यसमा राम्रो सँग काम भएको छ भन्‍ने समेत व्यहोराको धनुषा ज.पा. वडा नं. १३ नमुना बस्ती कबडहल जाने बाटो मर्मत कार्य उपभोक्ता समितिका अध्यक्ष जगविर राउतले अनुसन्धानको क्रममा गरेको बयान। यस योजना अन्‍तर्गत माटो र ग्रावेल हालेको हो। रिसिविको आधारमा त्यस्तो भनेका होलान। जि.वि.स. को योजना शाखामा बिल भरपाई पेश गरेको हो, जि.वि.स. का प्राविधिकहरुले चेकजाचँ गरी रकम भुत्तानी भएको हो। महेन्द्र मेस्तर, रामगुलामले रिसाएर आफ्नो दस्तखत होईन भनेका हुनसक्छन भन्‍ने समेत व्यहोराको धनुषा ज.पा. वडा नं. १३ नमुना बस्ती कबर्डहल जाने बाटो मर्मत कार्य उपभोक्ता समितिका सचिव सत्य नारायण शाहले अनुसन्धानको क्रममा गरेको बयान। माटो तथा ग्रावेल हालेको हो। स्थानीय बासिहरुको रिसिविको कारणले काम नभएको भनी भनेका होलान।महेन्द्र मेस्तर र रामगुलाम पासवानको नक्‍कली हस्ताक्षर गरी माईन्युट खडा गरेको भन्‍ने सम्बन्धमा निजहरुलाई कसैले उक्साएर भन्‍न लगाएको होला, त्यो सहि छाप उनिहरुको नै हो। उक्त योजनामा जि.वि.स. का कर्मचारीबाट अनुगमन र निरीक्षण भएको हो भन्‍ने समेत व्यहोराको धनुषा ज.पा. वडा नं. १३ नमुना बस्ती कबर्डहल जानेबाटो मर्मत कार्य उपभोक्ता समितिको कोषाध्यक्ष अमृता रायले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा ५ लाख २५ हजार खर्च भएको र थप रकम सचिव र कोषाध्यक्षको आफ्नो गोजिबाट खर्च भयो,उक्त कार्यको जि.वि.स.को प्राविधिकबाट निरीक्षण समेत भएको र भुत्तानी दिएको हो। उक्त कार्यको बिल भरपाई जि.वि.स.धनुषाको योजना शाखामा बुझाएको हो भन्‍ने समेत व्यहोराको लक्ष्मीनिया बनिगामा गजरिया सडक मर्मत कार्य उपभोक्ता समितिको अध्यक्ष श्रवण कुमार यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा ग्रावेल र माटोको काम गरेको हो। ५ लाख २५ हजार खर्च भएको हो, बढि रकम आफ्नो घरबाट लगानी गरेको हो। जि.वि.स. बाट अनुगमन निरीक्षण गरेको छ। काम गरेको बिल भरपाई अध्यक्षले जि.वि.स. मा बुझाएको छ भन्‍ने समेत व्यहोराको लक्ष्मीनिया बनिगामा गजरिया सडक मर्मत कार्य योजनाको उपभोक्ता समितिको सचिव बिरेन्द्र कुमार यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा ग्रावेल र माटोको काम गरेको हो। ५ लाख २५ हजार खर्च भएको हो, बढि रकम आफ्नो घरबाट लगानी गरेको हो। जि.वि.स. बाट अनुगमन निरीक्षण गरेको छ। काम गरेको बिल भरपाई अध्यक्षले जि.वि.स.मा बुझाएको छ भन्‍ने समेत व्यहोराको लक्ष्मीनिया बनिगामा गजरिया सडक मर्मत कार्य योजनाको उपभोक्ता समितिको कोषाध्यक्ष कालोदेवी यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा माटो र ग्रावेलमा उक्त रुपैँया खर्च भएको हो। सम्पुर्ण रकम खर्च गरएको हो प्राविधिकले स्थलगत जाचँ गर्नु भएको हो। काम गरेको खर्चको विवरणको बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा पेश गरेको, यस योजनामा कुनै रकम हिनामिना अनियमितता भएको छैन भन्‍ने समेत व्यहोराको धनुषाधाम तेजनगर किसानपुर सडक मर्मत योजना उपभोक्ता समितिको अध्यक्ष योग कुमार यादवले अनुसन्धानको क्रममा गरेको बयान। जि.वि.स.बाट निकासा भएको रकम भन्दा बढि जनश्रमदान बाट काम गरिएको हो। सम्पुर्ण रकम खर्च गरएको हो प्राविधिकले स्थलगत जाचँ गर्नु भएको हो। काम गरेको खर्चको विवरणको बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा पेश गरेको, यस योजनामा कुनै रकम हिनामिना अनियमितता भएको छैन भन्‍ने समेत व्यहोराको धनुषाधाम तेजनगर किसानपुर सडक मर्मत योजना को उपभोक्ता समितिको सचिव दामोदर चौहानले अनुसन्धानको क्रममा गरेको बयान। यस योजनामा इष्टिमेट भन्दा बढि जनश्रमदान बाट काम गरिएको हो। सम्पुर्ण रकम खर्च गरएको हो प्राविधिकले स्थलगत जाचँ गर्नु भएको हो। काम गरेको खर्चको विवरणको बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा पेश गरेको,यस योजनामा कुनै रकम हिनामिना अनियमितता भएको छैन भन्‍ने समेत व्यहोराको धनुषाधाम तेजनगर किसानपुर सडक मर्मत योजनाको उपभोक्ता समितिको कोषाध्यक्ष निर्मला ठाकुरले अनुसन्धानको क्रममा गरेको बयान। जि.वि.स.धनुषाबाट ५ लाख ५० हजार रकम प्राप्त भएको हो। सो रकमबाट रामानन्द चोक देखि उत्तर राजमार्गमा अवस्थित तरकारी वजारमा सेड तल पि.सि.सि. गरेको, धारा लगाएको, धाराको चारैतिर माटो हालेर पि.सि.सि. पलाष्टर र पोलिस गरेको, सेडको दुवैतिर पर्खाल लगाएको हो। वील भरपाई योजना शाखामा वुझाएको, गुणस्तरहीन भएको छैन भन्‍ने समेत व्यहोराको ज.नगरपालिका९ साकेतनगर राम आशिष साहको घर जाने बाटो पि.सि.सि. मर्मत कार्य उपभोक्ता समितिको अध्यक्ष प्रकाश मिश्रले अनुसन्धानको क्रममा गरेको बयान। यस कार्यको लागि जि.वि.स.धनुषाबाट ५ लाख ५० हजार रकम प्राप्त भएको हो। माटो तथा पि.सि.सि. र तरकारी वजारमा सेड निर्माण गरेको, जि.वि.स.बाट निरीक्षण गराएको र रकम हिनामिना गरेको छैन। अनियमितता भएको भन्‍ने झुठ्ठा आरोप हो भन्‍ने समेत व्यहोराको ज.नगरपालिका९ साकेतनगर राम आशिष साहको घर जाने बाटो पि.सि.सि. मर्मत कार्यको उपभोक्ता समितिको सचिव महेश यादवले अनुसन्धानको क्रममा गरेको बयान। यस कार्यको लागि जि.वि.स.धनुषाबाट ५ लाख ५० हजार रकम प्राप्त भएको हो। माटो तथा पि.सि.सि. र तरकारी वजारमा सेड निर्माण गरेको, जि.वि.स.बाट निरीक्षण गराएको र रकम हिनामिना गरेको छैन। अनियमितता भएको भन्‍ने झुठठा आरोप हो भन्‍ने समेत व्यहोराको ज.नगरपालिका९ साकेतनगर राम आशिष साहको घर जाने बाटो पि.सि.सि. मर्मत कार्यको उपभोक्ता समितिको कोषाध्यक्ष सुमन यादवले अनुसन्धानको क्रममा गरेको बयान। जि.वि.स.बाट ५ लाख पाएको र सो वजेटबाट वल्हागोठ वोर्डर देखि वल्मा गाउँ पोखरी टोलसम्म अं ६ कि.मि. र नरपति चोक देखि डुमरिया चोक सम्म २३० मि. बाटो मर्मत गरेको, प्राविधिकले नापजाच गरी भुक्तानी दिएको हो भन्‍ने समेत व्यहोराको वल्हागोठ वोर्डर देखि डुमरिया चोक सम्म सडक मर्मत कार्य उपभोक्ता समितिको अध्यक्ष जमु नारायण यादवले अनुसन्धानको क्रममा गरेको बयान। जि.वि.स.बाट ५ लाख पाएको र सो वजेटबाट वल्हागोठ वोर्डर देखि वल्मा गाउँ पोखरी टोलसम्म अं ६ कि.मि. र नरपति चोक देखि डुमरिया चोक सम्म २३० मि. बाटो मर्मत गरेको, प्राविधिकले नापजाच गरी भुक्तानी दिएको हो भन्‍ने समेत व्यहोराको वल्हागोठ वोर्डर देखि डुमरिया चोक सम्म सडक मर्मत कार्य योजनाको उपभोक्ता समितिको कोषाध्यक्ष देव नारायण साहले अनुसन्धानको क्रममा गरेको बयान। जि.वि.स.बाट ५ लाख पाएको र सो वजेटबाट वल्हागोठ वोर्डर देखि वल्मा गाउँ पोखरी टोलसम्म अं ६ कि.मि. र नरपति चोक देखि डुमरिया चोक सम्म २३० मि. बाटो मर्मत गरेको, प्राविधिकले नापजाच गरी भुक्तानी दिएको हो भन्‍ने समेत व्यहोराको वल्हागोठ वोर्डर देखि डुमरिया चोक सम्म सडक मर्मत कार्य योजनाको उपभोक्ता समितिको सचिव सनेचरी देवी पासवानले अनुसन्धानको क्रममा गरेको बयान। आ.व.२०६८।०६९ मा जि.वि.स. धनुषाबाट ज.नगरपालिकावडा नं.९ साकेतनगरको सडक मर्मत कार्यमा श्रमदान समेत काम गरी योजना अनुसार राम्रो काम भएको छ। प्राविधिकले निरीक्षण गरेको, कामको वील भरपाई जि.वि.स. धनुषाका साधुशरण यादवलाई दिएको हुँ। यस योजनामा रकम हिनामिना भएको छैन भन्‍ने समेत व्यहोराको जनकपुर नगरपालिकावडा नं.९ साकेतनगरको सडक मर्मत कार्य उपभोक्ता समितिका सचिव अमित कुमार तिवारीले अनुसन्धानको क्रममा गरेको बयान। आ.व.२०६८।०६९ मा जि.वि.स. धनुषाबाट ज.नगरपालिकावडा नं.९ साकेतनगरको सडक मर्मत कार्यमा श्रमदान समेत काम गरी योजना अनुसार राम्रो काम भएको छ। प्राविधिकले निरीक्षण गरेको, कामको वील भरपाई जि.वि.स. धनुषाका साधुशरण यादवलाई दिएको हुँ। यस योजनामा रकम हिनामिना भएको छैन भन्‍ने समेत व्यहोराको ज.नगरपालिका९ साकेतनगरमा सडक मर्मत कार्य योजनाको उपभोक्ता समितिका सचिव अमित कुमार तिवारीले अनुसन्धानको क्रममा गरेको बयान। उक्त सामुदायिक भवन निर्माण गर्न ७ टिप बालुवा ७ हजार ईटा ६०० के.जि. रड ६० बोरा सिमेन्ट लागेको होला। निर्माण सम्पन्‍न भएपछि सवै बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा पेश गरेको छु भन्‍ने समेत व्यहोराको प्रतिवादी सामुदायिक भवन निर्माण, दशरथनगर उपभोक्ता समितिका अध्यक्ष अनरुद कुमार शाहको अनुसन्धानको क्रममा भएको बयान। सामुदायिक भवन निर्माणको लागि जि.वि.स. बाट रु ४ लाख प्राप्त भएको थियो। निर्माण गर्न ईटा,बालुवा, गिट्टी, सिमेन्ट, छड, मिस्त्री, लेवर लागेका थिए। के कति परिमाणमा लागेको हो अध्यक्षलाई थाहा होला भन्‍ने समेत व्यहोराको सामुदायिक भवन निर्माण, दशरथनगर उपभोक्ता समितिका कोषाध्यक्ष विवाह कुमारी गुप्ताले अनुसन्धानको क्रममा गरेको बयान। सामुदायिक भवन निर्माण गर्न ७ टिप बालुवा ७ हजार ईटा ६०० के.जि. रड ६० बोरा सिमेन्ट लागेको होला। निर्माण सम्पन्‍न भएपछि सवै बिल भरपाई जि.वि.स. धनुषाको योजना शाखामा पेश गरेको छु भन्‍ने समेत व्यहोराको प्रतिवादी सामुदायिक भवन निर्माण, दशरथनगर उपभोक्ता समितिका सचिव मनमोहन शाहले अनुसन्धानको क्रममा गरेको बयान। आयोग समक्ष जिल्ला विकास समितिको कार्यालय, धनुषाबाट आ.व. २०६८।०६९ मा धनुषा जिल्ला अन्‍तर्गत विभिन्‍न स्थानमा संचालित सडक निर्माण, सडक मर्मत तथा अन्य पूर्वाधार निर्माणका विभिन्‍न योजनाहरुमा निकासा भएको रकम जिल्ला विकास समितिको कार्यालय, धनुषाका कर्मचारीहरु समेतको मिलेमतोमा योजना अनुरुपको काम नगरी नगराई रकम हिनामिना एंव अनियमितता भएको भन्‍ने विभिन्‍न उजुरीहरु पर्न आएको। यस सम्बन्धमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थलगत छानवीन तथा जाचँवुझ गरेका प्रतिवेदनहरु तथा अन्य कागजातहरु आयोगमा प्राप्त हुन आएको। अनुसन्धानको क्रममा संकलित जिल्ला विकास समिति धनुषाबाट प्राप्त योजनाहरुको सक्‍कल फाइलहरु एवं अन्य कागजात एंव विवरणहरु, यस आयोगबाट प्राविधिक सहितको सम्बन्धित सडक तथा अन्य निर्माण कार्यको स्थलगत निरीक्षण गरी पेश गरेको स्थलगत निरीक्षण प्रतिवेदन, स्थलगत रुपमा भएको सर्जमिन मुचुल्काहरु तथा सम्बन्धित व्यक्तिहरुले यस आयोग समक्ष गरेको बयान समेतका आधार प्रमाणहरुबाट विरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरुको मिलेमतोमा जिल्ला विकास समितिको कार्यालय धनुषाको कूल बिगो रु.१,१३,९८,३८३।– (अक्षरुपी एक करोड तेह्र लाख अन्ठानव्वे हजार तिन सय त्रियासी रुपैँया) सरकारी रकम एवं सम्पत्ति वदनियतपूर्वक हिनामिना, हानी नोक्सानी एवं दुरुपयोग गरी भ्रष्टाचार गरेको वारदात स्थापित हुन आयो। अव कुन कुन प्रतिवादीहरुबाट के–कस्तो कसूर भई निजहरु उपर कुन ऐनको कुन दफा बमोजिम के कस्तो सजायको मागदाबी लिने भनी विचार गर्दा निम्न बमोजिमका प्रतिवादीहरुले निम्नानुसारको कसूर गरेको देखिएकोले निजहरु लाई प्रचलित कानून बमोजिम निम्नानुसारको सजायको मागदाबी लिईएको छ। तत्कालिन निमित्त स्थानीय विकास अधिकारी लक्ष्मी नारायण महतोको हकमा आ.व.०६८।०६९ मा संचालन भएका विभिन्‍न योजनाहरु मध्ये यस आयोगबाट प्राविधिक सहितको स्थलगत निरीक्षण टोलीले स्थलगत निरीक्षणका क्रममा अनियमित देखिएका माथि तालिका नं. १ मा उल्लेख भए बमोजिमका सडक मर्मत, सडक निर्माण तथा अन्य पूर्वाधार सम्वन्धी कार्यको २५ वटा योजनाहरुमा अनुगमन तथा निरीक्षण नगरी भुक्तानी दिन स्वीकृत गरी सरकारी रकम हिनामिना एंव दुरुपयोग गरेकोले उल्लेखित योजनाहरुमा भुक्तानी भएको विगो कुल जम्मा रकम रु.१,१३,९८,३८३।- (अक्षरुपी एक करोड तेह्र लाख अन्ठानव्वे हजार तिन सय त्रियासी रुपैँया) रहेको र उल्लिखित सडक मर्मत, निर्माण तथा अन्य पूर्वाधार निर्माण कार्यमा रकम हिनामिना एंव अनियमितता भएको भनी यस आयोगबाट अनुसन्धानको क्रममा खटिएको टोलीले तयार पारेको सर्जमिन मुचुल्काहरुबाट र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इन्जिनियर विजयमुनी बज्राचार्य र इन्जिनियर कृष्ण कुमार मर्हजन समेतले पेश गरेको छुट्टाछुट्टै स्थलगत निरीक्षण प्रतिवेदनबाट समेत यी प्रतिवादीले आफुलाई गैर कानूनी लाभ पुर्‍याउने र जिल्ला विकास समितिको कार्यालय धनुषा जस्तो सार्वजनिक संस्थालाई गैर कानूनी रुपमा हानी पुर्‍याउने बदनियतले सडक निर्माण सुधार तथा पुर्वाधार निर्माणमा निर्धारित गुणस्तर भन्दा कम गुणस्तरको बनाई, निर्धारित सर्त र मापदण्ड विपरित निर्माण कार्य गराई तथा निर्माण कार्य नै नगराई झुठ्ठा बिल भरपाई तयार गरी भुक्तानी लिने दिने समेतको कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ख),(ग),(घ) र (ङ) मा उल्लेख भए अनुसारको कसूर गर्नाको साथै यसै ऐनको दफा १७ बमोजिम कर्तव्य पालनको सिलसिलामा जिल्ला विकास समितिको सम्पत्ति लापरवाहीपूर्ण तरिकाले बदनियत चिताई हानीनोक्सानी गरेको पुष्टि हुन आएकोले यी प्रतिवादीलाई यसै ऐनको क्रमशःदफा ८(१) र दफा १७ मा व्यवस्थित सजाय हुनका साथै दफा ३ (१) बमोजिम विगो बमोजिम जरिवाना हुन तथा दफा ३(१) को खण्ड (झ) बमोजिम कैद हुन समेत मागदावी लिईएको छ। यसै गरी नोक्सानी भएको विगो निजबाट जिल्ला विकास समितिको कार्यालय धनुषालाई दिलाई भराई पाउँ। जिल्ला प्राविधिक कार्यालय, धनुषाका निमित्त प्रमुख, इन्जिनियर विनोद कुमार ठाकुरको हकमा- निजले माथि तालिका नं. १ मा उल्लेख भएका जनकपुर नगरपालिका ९ साकेतनगर राम आषिशको घरजाने बाटो पि.सि.सि.गर्ने कार्य, ज.नगरपालिका ९ साकेतनगर सडक ग्रावेल गर्ने कार्य, ज.नगरपालिका ९ प्रदिप शाहको घर जाने (विहार कुण्ड) सडक मर्मत कार्य, सपहि गजरिया टोल सडक मर्मत कार्य, वेङ्गा शिवपुर धनुषाधाम सडक मर्मत कार्य, ज.नगरपालिका १३ कबडहल जानेबाटो ग्रावेल गर्ने कार्य, सवैला देखि धनुषाधाम सडक मर्मत कार्य, परिक्रमा सडक देखि प्लाष्टिक फ्याक्ट्री जाने सडक मर्मत, मिल्स एरिया देखि पुल्चोक हुँदै वेङ्गा शिवपुर सडक मर्मत, वैदेही चक्‍कर सुगा निकास सडक ग्रावेल, लक्ष्मीनिया बनिगामा गजरिया सडक मर्मत र रानिसति पेट्रोलपम्प देखि पश्‍चिम जाने सडक मर्मत कार्य समेतका १३ वटा योजनाहरुका सडक मर्मत तथा निर्माण सम्बन्धी योजनाहरुमा लागत इष्टिमेट, अन्तिम मूल्याङ्कन तथा कार्य सम्पन्‍न प्रतिवेदनमा निजको समेत प्रत्यक्ष संलग्नता रहेको र लागत इष्टिमेट अनुसार काम नभएको योजनामा अन्तिम मूल्याङ्कन प्रतिवेदनमा प्रमाणित गरी जानी जानी वदनियतपूर्वक उक्त कार्यहरु गरेको देखिन आएकोले प्रतिवादी मध्येका इन्जिनियर विनोद कुमार ठाकुरले नेपाल सरकार (जि.वि.स.धनुषा) को रु.५६,४८,३८३।- (अक्षरुपी छपन्न लाख अठचालिस हजार तीन सय त्रियासी रुपैँया) बराबरको रकम तथा सम्पत्ति वदनियतपूर्वक हानी नोक्सानी हिनामिना एवं दुरुपयोग गरी आफुलाई गैर कानूनी लाभ पुर्‍याउने र जिल्ला विकास समितिको कार्यालय धनुषा लाई गैर कानूनी रुपमा हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ख),(ग),(घ) र (ङ) मा उल्लेख भए अनुसारको कसूर गर्नाको साथै यसै ऐनको दफा १७ बमोजिम कर्तव्य पालनको सिलसिलामा जिल्ला विकास समितिको सम्पत्ति लापरवाहीपूर्ण तरिकाले बदनियत चिताई हानीनोक्सानी गरेको पुष्टि हुन आएकोले यी प्रतिवादीलाई यसै ऐनको क्रमशःदफा ८(१) र दफा १७ मा व्यवस्थित सजाय हुनका साथै दफा ३ (१) बमोजिम विगो बमोजिम जरिवाना हुन तथा दफा ३(१) को खण्ड (ज) बमोजिम कैद हुन समेत मागदावी लिईएको छ। यसै गरी नोक्सानी भएको विगो निजबाट जिल्ला विकास समितिको कार्यालय धनुषालाई दिलाई भराई पाउन। इन्जिनियर (विशेष) ज्ञानेन्द्र कुमार देवको हकमा- यी प्रतिवादीले माथि तालिका नं. १ मा उल्लेखित ७ वटा योजनाहरुमा लागत इष्टिमेट, काम सम्पन्‍न मूल्याङ्कन प्रतिवेदन गर्ने, निरीक्षण अनुगमन गर्ने जस्ता कार्यमा संलग्न रहेको देखियो। माथि उल्लेखित सवै योजनाहरुमा सर्भे डिजायन तयार गरी कानून बमोजिम स्वीकृत नगरी नगराई योजनाको लागि छुट्टयाइएको रकमलाई मात्र आधार मानी कामको परिणाम निकाली लागत अनुमान तयार गरी स्वीकृत गरेको पाईन्छ। निजले उल्लेखित योजनाहरुमा सुपरिवेक्षण एंव अनुगमन वदनियतपूर्वक गरेको देखिनआएको छ। उल्लेखित योजनाहरुमा यस आयोगबाट खटिएको स्थलगत निरीक्षणबाट काम कम भएको, गुणस्तरहीन काम भएको भन्‍ने प्रतिवेदनमा उल्लेख भएको र स्थानीय मानिसहरुद्वारा पनि काम अत्यन्तै कम भएको उल्लेख गरी दिएको मौकामा व्यक्त गरेको देखिएकोले प्रतिवादी मध्येका यी इन्जिनियर (विशेष) ज्ञानेन्द्र कुमार देवले नेपाल सरकार (जि.वि.स.धनुषा) को रु.३१,००,०००।- (अक्षरुपी एकतिस लाख रुपैँया) बराबरको रकम तथा सम्पत्ति बदनियतपूर्वक हानी नोक्सानी हिनामिना एबं दुरुपयोग गरी आफुलाई गैर कानूनी लाभ पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ख),(ग),(घ) र (ङ) मा उल्लेख भए अनुसारको कसूर गर्नाको साथै यसै ऐनको दफा १७ बमोजिम कर्तव्य पालनको सिलसिलामा जिल्ला विकास समितिको सम्पत्ति लापरवाहीपूर्ण तरिकाले बदनियत चिताई हानीनोक्सानी गरेको पुष्टि हुन आएकोले यी प्रतिवादीलाई यसै ऐनको क्रमशः दफा ८(१) र दफा १७ मा व्यवस्थित सजाय हुनका साथै दफा ३ (१) बमोजिम विगो बमोजिम जरिवाना हुन तथा दफा ३(१) को खण्ड (छ) बमोजिम कैद हुन समेत मागदावी लिईएको छ। यसै गरी नोक्सानी भएको विगो निजबाट जिल्ला विकास समितिको कार्यालय धनुषालाई दिलाई भराई पाउँ। इन्जिनियर देवेन्द्र अधिकारीको हकमा निजले आ.व.०६८।६९ मा संचालन भएका माथि तालिका नं. १ मा उल्लेख भए बमोजिमका १६ वटा योजनाहरुमा लागत इष्टिमेट, कार्य सम्पन्‍न प्रतिवेदन, नापी किताबमा चढाउने कार्यमा निजको प्रत्यक्ष संलग्नता देखिन्छ। आयोगबाट खटिएको स्थलगत निरीक्षण टोलीले गरेको सर्जमिन मुचुल्का तथा आयोगका इन्जिनियर विजयमुनी बज्राचार्य र कृष्ण कुमार महर्जन समेतले पेश गरेको स्थलगत निरीक्षण प्रतिवेदनबाट समेत यी प्रतिवादीले अन्य प्रतिवादीहरुसँग मिलेमतो गरी उक्त योजनाहरुको रकमको दुरुपयोग गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आएको छ। यस प्रकारले प्रतिवादी मध्येका देवेन्द्र अधिकारीले नेपाल सरकार (जि.वि.स. धनुषा) को रु.६६,००,०००।- (अक्षरुपी छैसठ्ठी लाख रुपैँया) बराबरको रकम बदनियतपूर्वक हानी नोक्सानी हिनामिना एबं दुरुपयोग गरी आफुलाई गैर कानूनी लाभ पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ख),(ग),(घ) र (ङ) मा उल्लेख भए अनुसारको कसूर गर्नाको साथै यसै ऐनको दफा १७ बमोजिम कर्तव्य पालनको सिलसिलामा जिल्ला विकास समितिको सम्पत्ति लापरवाहीपूर्ण तरिकाले बदनियत चिताई हानीनोक्सानी गरेको पुष्टि हुन आएकोले यी प्रतिवादीलाई यसै ऐनको क्रमशःदफा ८(१) र दफा १७ मा व्यवस्थित सजाय हुनका साथै दफा ३ (१) बमोजिम विगो बमोजिम जरिवाना हुन तथा दफा ३(१) को खण्ड (ज) बमोजिम कैद हुन समेत मागदावी लिईएको छ। यसै गरी नोक्सानी भएको विगो निजबाट जिल्ला विकास समितिको कार्यालय धनुषालाई दिलाई भराई पाउन।