६५५८९ - रिट निवेदन
- Registration Number
- ०६४-WO-०१९४
- Decision Date
- 2068-04-15
- Registration Date
- 2064-05-27
- Bench
- कल्याण श्रेष्ठ, भरत राज उप्रेती
- Plaintiff
- दधीराम निरौला
- Defendant
- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत५
Summary
यो मुद्दा वायुयान चालक दधीराम निरौलाको अनुमति पत्र नविकरण नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय विरुद्ध दायर गरिएको उत्प्रेषण लगायतको रिट निवेदन हो। प्राधिकरणले नेपालमा दर्ता नरहेका ATR-72 प्रकारका विमान उडान गरिरहेका नेपाली चालकहरूको अनुमति पत्र नविकरण नगर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी नविकरण रोक्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। अन्तिम सुनुवाईमा, निवेदकको अनुमति पत्र नविकरण भइसकेको र उनले आफ्नो सेवा सुचारु गर्न पाएको अवस्था देखिएकाले अदालतले रिट निवेदन खारेज गर्ने निर्णय गर्यो।
Judgment
सर्बोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
आदेश
सम्बत् २०६४ सालको ०६४–धय–०१९४
विषय : उत्प्रेषण समेत ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा न. ३२ डिल्लीबजार बस्ने
दधीराम निरौला –––––––––––––––––––––––––––––––––––––––––––––––––––––१
निवेदक
बिरुद्ध
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार,
काठमाडौं –––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––१
नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबरमहल, काठमाडौं ––––––१
ऐ को संचालक समिति ऐ.ऐ. –––––––––––––––––––––––––––––––––––––––––––१
ऐ का महानिर्देशक ऐ ऐ –––––––––––––––––––––––––––––––––––––––––––––––१
ऐ को हवाई उड्डयन सुरक्षा विभाग, सिनामङ्गल, काठमाडौं –––––––––––––––––––१
नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको
असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य
एवं आदेश यस प्रकार छ :—
निवेदकले पाकिस्तानको ीब्ज्इच्भ् ीँथ्क्ष्ल्न् ऋीग्द्य बाट वायुयान चालक एष्यित को
अनुमति पत्र सन् १९६८ मा प्राप्त गरेको छु । द्यइभ्क्ष्ल्न्(ठछठ को न्चयगलम त्चबष्लष्लन
ऋयगचकभ लगायतको तालिम प्रशिक्षण हासिल गरेको छु । फ्रान्सको ब्त्च् त्चबष्लष्लन
ऋभलतचभ त्यगयिगकभ बाट ब्त्च् द्धद्द(घद्दण्, द्धद्द(छण्ण्, ठद्द(छण्ण् को तालिम प्रशिक्षण हासिल गरी
प्रत्यर्थी प्राधिकरणबाट निवेदकको प्रमाण पत्रलाई त्थउभ च्बतष्लन तथा भ्लमयचकझभलत
गरिएको छ । क्ष्ल्क्त्च्ग्ऋत्इच् एक्ष्इीत् को हैसियतले हाल भारतमा बायुयान चलाउने कार्य
गरी आएको छु ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ५ गैर सैनिक हवाई
उडान नियमावली २०५२ को तत्काल बहाल रहेका नियम २९ लगायतका व्यवस्थाहरुको अधिनमा
जारी भएको म्यानुअल बमोजिम ईजाजत पत्रको रेटिंग गरिएको निवेदकको अनुमति पत्र
नं. ३५ रहेको छ । ६ महिनाको लागि मात्र अनुमति पत्र नविकरण हुने ब्यवस्था ीँक्ष्न्ज्त्
इएभ्च्ब्त्क्ष्इल्क् च्भ्त्तग्क्ष्च्भ्भ्ल्त्कः् को १.३.२ मा रहे बमोजिम प्रत्यर्थी प्राधिकरणले
निर्धारण गरे बमोजिमका शुल्क दस्तुरहरु तिरी अनुमति पत्र नियमित रुपबाट नविकरण
गराई आएको छु । निवेदकको अनुमति पत्रको अवधि ३१ अक्टुवर २००७ सम्म रहेको छ ।
निवेदकको अनुमति पत्र बमोजिमका बायुयानहरु तत्कालिन अबस्थामा नेकोन एयर लि.
ले नेपालमा संचालन गरी निवेदकले सोही कम्पनीका विमानहरु चलाई आएकोमा उक्त
कम्पनीले भारतको ब्क्ष्च् म्भ्ऋऋब्ल् सँग ८ अगष्ट २००३ मा गरेको सम्झौता बमोजिम काजमा
खटाइएकोले हाल सम्म निरन्तर रुपबाट कार्य गरी आएको छु ।
निवेदक तथा निवेदक सरहका नेपालीहरुले भारतमा बायुयान संचालन गरी आएको र
निवेदक तथा निवेदक सरहका वायुयान चालकहरुको अनुमति पत्र नविकरण गरिदिए हुन्छ भनी
भारतको ऋक्ष्ख्क्ष्ी ब्ख्क्ष्ब्त्क्ष्इल् म्भ्एब्च्त्भ्ल्तः् ले प्रत्यर्थी प्राधिकरणलाई पत्र लेखेको समेत
छ ।
प्रचलित कानून बमोजिम प्राप्त अनुमति पत्र प्रत्यर्थी प्राधिकरणले निर्दिष्ट
गरेबमोजिम नविकरण गरी पेशा रोजगारी गरी आई रहेको अबस्थामा प्रत्यर्थी हवाई
उड्डयन सुरक्षा विभागको २०६४।१।२४ को “नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक
समितिको मिति २०६४।१।३ मा बसेको १६८ औं बैठकको एजेण्डा नं. ६ को निर्णय
नं. (ख) अनुसार यस प्राधिकरणबाट लाईसेन्स तथा ब्त्च्(ठद्द तथउभ भलमयचकझभलत प्राप्त
गरी भारतमा ब्त्च्(ठद्द टाईपका विमान उडान गरि रहेका नेपाली वायुयान चालकहरुको
हकमा त्यस्ता विमानहरुको नेपालमा दर्ता कायम नरहेको परिप्रेक्ष्यमा औचित्यका
आधारमा बढीमा ६ महिनाको लागि ब्त्च्(ठद्द त्थउभ भलमयचकझभलत को म्याद थप गर्ने र
यसपछि म्याद थप नहुने ब्यहोराको जानकारी गराईन्छ ।” भन्ने व्यहोरा उल्लेख भएको
पत्र दिई उप्रान्त निवेदकको अनुमति पत्रको म्याद थप नगर्ने भनी जानकारी गराईयो ।
प्रत्यर्थी प्राधिकरणको संचालक समितिले २०६३।११।२७ मा बसेको संचालक समितिको
१६७ औं बैठकले नीतिगत निर्णय गरी सो बैठकको निर्णयलाई मुर्तरुप दिने गरी
२०६४।१।३ मा निर्णय गरी २०६४।२।१६ मा १७२ औं बैठकबाट नेपाली गैर सैनिक
वायुयान दर्ता किताबमा दर्ता तथा उडान संचालनमा नरहेका वायुयानको त्थउभ
भ्लमयचकझभलतरच्बतष्लन तथा नविकरण समेत नगर्ने भनि निर्णय भएको जानकारी समेत हुन
आयो ।
निवेदकले प्राप्त गरेको वायुयान चालकको अनुमति पत्र गैर सैनिक हवाई उडान
नियमावली, २०५२ को तत्काल बहाल रहेका नियमहरु २९, ३०, ३१, ३२, ३३, ३४, ३५ तथा
नियम ८० र ८१ का व्यवस्थाहरुको अधिनमा जारी भएको म्यानुअल बमोजिम प्रत्यर्थी
प्राधिकरणले दर्ता तथा रेटिङ्ग गरिएको छ । निवेदकको अनुमति पत्र नेपाल नागरिक
उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ५(ङ), सोही ऐनको दफा ३४ ले दिएको
अधिकार अन्तर्गत जारी भएको नागरिक उड्डयन नियमावली, २०५८ को नियम ३१, ३२, ३३,
३४, ३५, ३६ तथा नियमावलीको नियम ८२ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको
ीँक्ष्न्ज्त् इएभ्च्ब्त्क्ष्इल्क् च्भ्त्तग्क्ष्च्भ्भ्ल्त्कः् को १.२.१. तथा १.३.३ बमोजिम नियमित भए
गरिएको छ । अधिकार सम्पन्न अधिकारीबाट कानून बमोजिम जारी भएको अनुमति पत्र
नविकरण नहुने गरि गरेको निर्णय र काम कारवाहीहरु दोषपूर्ण रहेकोले बदर
भागी छन् ।
योग्यता निर्धारण गर्ने ऐन नियम र निर्देशनले व्यवस्था गरे बमोजिमको
योग्यता हासिल गरी निर्धारित सबै परीक्षाहरुमा उत्तीर्ण भएको कारणबाट अनुमति पत्र
प्राप्त गरेको हुँ । निर्धारित प्रकृया पुरा गरी नियमित रुपबाट नविकरण गराई पेशा
रोजगार गर्ने संबैधानिक र कानून हक निवेदकमा रहेको छ । यो अनुमति पत्र
प्राधिकरणको संचालकहरुले ईच्छाए नविकरण हुने नईच्छाए नविकरण नहुने कदापी
होइन । यसको नविकरण हुने वा नहुने भन्ने विषय ऐन नियम र निर्देशनको अधिनमा
मात्र निर्धारण हुन सक्दछ । ऐन, नियम र निर्देशनले नविकरण नहुने भनी कुनै बन्देज
नलगाएको अबस्थामा मनोगत आधार कारण उल्लेख गरी अनुमति पत्र नविकरण नहुने गरि
गरिएका काम कारवाही स्वच्छन्दपूर्ण तथा वदनियतपूर्ण भै बदर भागी छन् ।
निवेदकको हकमा प्रतिकुल असर पर्ने तथा हक प्रभावित हुने गरी निर्णय गर्नु
पूर्व निवेदकलाई सफाई तथा सुनुवाईको मौका प्रदान गरिएको छैन । सफाई र
सुनुवाईको मौका नै प्रदान नगरी हक प्रभावित हुने गरि गरिएको निर्णय तथा काम
कारवाहीहरु प्राकृतिक न्यायको सर्वमान्य सिद्धान्त तथा नेपाल नागरिक उड्डयन प्राधिकरण
नियमावली, २०५८ को नियम ४०(२) को विपरित रहेकोले शून्यपूर्ण छन् ।
वायुयान चालकको व्यक्तिगत अनुमति पत्र, रेटिंग तथा प्रमाणपत्रको स्थगित वा रद्द
गर्नलाई खास र विशेष पूर्वावस्थाहरुको विद्यमानता भएको अबस्थामा मात्र गर्न सक्ने गरी
नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावली, २०५८ को नियम ४० र ीँक्ष्न्ज्त् इएभ्च्ब्त्क्ष्इल्क्
च्भ्त्तग्क्ष्च्भ्भ्ल्त्कः् को १.९.९ ले खाश र विशेष अबस्थाहरु तोकेको छ । उल्लेखित नियममा
व्यवस्था भएका खास र विशेष अवस्थाहरुमा बाहेक कानून बमोजिम जारी भई प्रचलनमा
रहेको अनुमति पत्र नविकरण नहुने भन्न कदापी मिल्दैन । निवेदकको हकमा उल्लेखित
नियमावलीले आवश्यक भनी उल्लेख गरेका कुनै अबस्थाहरु रहेका छैनन् । नियममा व्यवस्था
नभएका कारणहरु उल्लेख गरी अनुमति पत्र नविकरण नगर्ने भनी भएको निर्णय उल्लेखित
नियम ४० र म्यानुअलको १.९.९ को विपरित छ ।
अनुमति पत्र नविकरण गर्नु पर्ने कर्तव्य र दायित्व भएको प्राधिकरणले सो
बमोजिम गर्न ईन्कार गरी नविकरण नगर्ने भनी गरेको निर्णय र काम कार्वाहीहरु
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ३, ५, ३४ नेपाल नागरिक उड्डयन
नियमावली, २०५८ को नियम ३९ तथा प्राधिकरणले जारी गरेको म्यानुअल समेतको
प्रत्यक्षतः विपरित रहेकोले कायम रहन सक्दैनन् ।
नागरिक उड्डयन प्राधिकरण नियमावली, २०५८ को नियम ३१ तथा ीँक्ष्न्ज्त् इएभ्च्ब्त्क्ष्इल्क्
च्भ्त्तग्क्ष्च्भ्भ्ल्त्कः् को १.७.५.२ र १.९.१ बमोजिम अवधि समाप्त भएपश्चात् एक दिन पनि
वायुयान चालकको कार्य गर्न मिल्दैन । यसबाट नविकरणको समयावधि समाप्त हुनु पूर्व
नै निवेदकको अनुमति पत्र नविकरण गरिनु अपरिहार्य छ ।
अनुमति पत्र नविकरण गर्न ढिलो भएको समयको आधारमा थप तालिम प्रशिक्षणहरु
हासिल गर्नु पर्ने र अनुमति पत्र रद्द हुन सक्ने समेतका व्यवस्थाहरु ीँक्ष्न्ज्त् इएभ्च्ब्त्क्ष्इल्क्
च्भ्त्तग्क्ष्च्भ्भ्ल्त्कः् को १.७.५.२, १.७.५.३ र १.७.५.४ लगायतले गरेको छ । सो बमोजिम
परीक्षामा सामेल भईसकेको निवेदकलाई अनुमति पत्र नविकरण नगरी पुनः सोही
परीक्षामा सामेल हुन बाध्य गराउन कदापी मिल्दैन ।
प्रत्यर्थी प्राधिकरणको निर्णयमा ब्त्च्(ठद्द भलमयचकझभलत प्राप्त गरी भारतमा ब्त्च्(
ठद्द टाईपका विमान उडान गरी रहेको नेपाली चालकहरुको हकमा त्यस्तो वायुयानहरुको
नेपालमा दर्ता कायम नरहेकोले नविकरण समेत गर्नु नपर्ने भन्ने उल्लेख भएको देखिन्छ
। एक पटक कानून बमोजिम प्राप्त गरेको अनुमति पत्र कानून बमोजिम अमान्य वा