९३४६४ - रिट निवेदन

Registration Number
०६७-WO-०६२४
Decision Date
2074-08-18
Registration Date
2067-09-23
Bench
दीपक राज जोशी, ईश्वर प्रसाद खतिवडा
Plaintiff
खड्ग वहादुर सिंह
Defendant
गृह मन्त्रालय सिंहदरवार समेत ८

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा फैसला 067-WO-0624 मुद्दाः- उत्प्रेषण परमादेश समेत। कालिकोट जिल्ला ओधनकु गा.वि.स. वडा नं. 3 घर भै सशस्त्र प्रहरीबल उपत्यका सुरक्षा गण सिनामंगल कम्पनी नं. 3 दरबन्दीको आई.डी.नं. 12645 को का.मु.स.प्र.ह. वर्ष 30 को खड्‍गबहादुर सिंह .............................................1 विरुद्ध उपत्यका सशस्त्र प्रहरीबल मुख्यालय, पशुपतिनाथ वाहिनी, काठमाडौं ....................१ उपत्यका सशस्त्र प्रहरीबल मुख्यालय, पशुपतिनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक देवेन्द्र कुमार सुब्बा .......................................................१ सशस्त्र प्रहरीबल उपत्यका सुरक्षा गण सिनामंगल काठमाडौं ..............................१ सशस्त्र प्रहरीबल उपत्यका सुरक्षा गण सिनामंगल सशस्त्र प्रहरी उपरिक्षक संजय विक्रम राणा ............................................................................ ......................१ सशस्त्र प्रहरीबल प्रधान कार्यालय, हल्चोक, काठमाडौं .......................................१ कर्मचारी संचयकोष सशस्त्र प्रहरी शाखा त्रिदेवी मार्ग, ठमेल काठमाडौं .....१ गृह मन्त्रालय सिंहदरबार, काठमाडौं, ............................................................1 गृह मन्त्रालय प्रहरी किताबखाना, सिंहदरबार काठमाडौं .....................................1 नेपालको अन्तरिम संविधान, 2063 को धारा 32 तथा धारा 107(2) बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य र ठहर यस प्रकार छ : म निवेदक मिति 2057।7।25 मा प्रहरी जवान पदमा नियुक्ति पाई इमान्दारिताका साथ आफ्नो कर्तव्य पालना गर्दै आइरहेको हुँदा पुरस्कार स्वरूपमा बढुवा हुने अवसर पाई सश्सत्र प्रहरी वरिष्ठ हवलदार पदमा बढुवा भएको थिएँ। म घरायसी कामले घरमा जानुपर्ने भएकोले मैले आफू कार्यरत कार्यालयमा मिति 2065।1।14 बाट लागू हुने गरी १० दिनको घर विदा स्वीकृत गराई घरमा गएको थिएँ। घरमा पुगी 4/5 दिन मात्र बसी मिति 2065।1।25 गते गणमा हाजिर हुन पुग्ने हेतुले घरबाट हिडी मान्मा खाडाचक्रमा मिति २०६५।१।२३ गते साँझ पुगी अर्को दिन सुर्खेत जानको लागि हिड्‍न खोज्दा यातायात बन्द भई सावरी साधन नचलेकोले मान्‍म खाडाचक्रबाट हिडी कालिकोटबाट सुर्खेतसम्म ४ दिन लगाई आउँदा सुर्खेतबाट काठमाडौं जाने गाडी बन्द भएकोले ४ दिन बसेपछि यातायात खुलेपछि मिति २०६५।२।३ गते सुर्खेतबाट गाडी चढी काठमाडौं आई पुगेपछि मिति २०६५।२।४ गते आफू कार्यरत रहेको गणमा हाजिर हुन जाँदा गेटबाट नै मलाई फर्काइयो। यसरी मलाई फर्काएपछि वास्तविकता बुझ्ने क्रममा यस गणबाट कालिकोटको मेरो स्थायी ठेगानामा पठाइएको खामबन्दी रजिष्टीपत्र मेरो पिताज्यूले बुझी सोही खामबन्दि पत्र भाई नाता पर्ने हस्तबहादुर शाहीसँग काठमाडौं पठाई दिनु भएकोले मिति २०६५।३।३ मा प्राप्‍त गरी खोली हेर्दा मलाई मिति २०६५।१।२५ गतेबाटै लागू हुने गरी नवकरीबाट हटाइएको भन्‍ने मिति २०६५।२।१२ को निर्णय पर्चा रहेछ। सो कुराको जानकारी पाएपछि मैले आफ्नो सहि साँचो यथार्थ वास्तविक व्यहोरा उल्लेख गरी सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८८, ९८ बमोजिम पुनरावेदन गरेकोमा पुनरावेदन सुन्‍ने अधिकारी ज्यूबाट समेत मेरो पुनरावेदन जिकिरतर्फ कुनै ध्यानै नदिई शुरू निर्णयलाई नै सदर गरी मिति २०६७।३।२४ मा फैसला गर्नु भएछ। सो फैसलाको जानकारी मिति २०६७।४।१७ गते पाएकोमा उक्त फैसला उपर पुनरावेदन सुन्‍ने अधिकारी तथा निकाय नभएको र उक्त फैसलाबाट सशस्त्र प्रहरी ऐन, २०५८ को दफा १९(४), २१, सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ९१, ९४, ९६, ९६(१), (२), (३), ९९(२) (क), (ख), (ग) तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १२(३)(च), १३(१), १८, १९ द्बारा प्रदत्त मेरो कानूनी तथा मौलिक हक हरण भएकोले सोको प्रचलनको लागि अर्को वैकल्पिक एवं प्रभावकारी उपचारको व्यवस्था नभएको हुँदा उक्त हक प्रचलनको लागि नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम रिट निवेदन लिई सम्मानित अदालत समक्ष उपस्थित भएको छु। म हाजिर हुनुपर्ने दिन कार्यालयमा हाजिर हुन भनी घरबाट हिडेकोमा देशको परिस्थिति समय-समयमा हुने बन्द हड्तालले गर्दा तोकिएको दिन हाजिर हुन नसकेको मात्र हुँ। ९ दिनको गैर हाजिरी नै मलाई नोकरीबाट हटाउने आधार हुन सक्दैन। मैले सशस्त्र प्रहरी नियमावली, २०६० को परिच्‍छेद ११मा भएको विदा सम्बन्धी व्यवस्था अन्तर्गत पाउने घर विदा समेतका विदाहरू पूरै लिई सकी विदा बाँकी नराखेको अवस्था पनि छैन। मैले लिन पाउने विदाहरू संचित छन्। यस्तो अवस्थामा म उपर नोकरी प्रति वेवास्ता गरेको भनी नोकरीबाट नै हटाउने फैसला गर्न सर्वथा मिल्ने होइन। नियम ९६(३) मा सशस्त्र प्रहरीलाई सजाय दिने निर्णय गर्दा निर्णय मितिभन्दा पहिलेदेखि नै लागू हुने गरी निर्णय गर्नु हुँदैन भनी किटानी व्यवस्था छ तर शुरू निर्णय मिति २०६५।२।१२ गतेको हो। उक्त मितिमा निर्णय गर्दा निर्णण मिति भन्दा अगाडि अर्थात् २०६५।१।२५ देखि नै लागू हुने गरी निर्णय गरिएको छ। सोही निर्णयलाई पुनरावेदन फैसलाले सदर गरेको छ। उक्त निर्णय फैसला कानून विपरीतको हुँदा बदरयोग्य छ। विपक्षी उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय पशुपतिनाथ वाहिनीको मिति २०६७।३।२४ मा लेखेको पत्रमा सशस्त्र प्रहरी नियमावली, २०६० को परिच्‍छेद १० को नियम ८५ बमोजिमको कसूरमा ऐ. को नियम ८४ को खण्ड (क)(२) बमोजिम शुरू निर्णयलाई नै सदर गर्ने निर्णय भएको भनिएको छ। उक्त नियम ८५ मा नोकरीबाट हटाउने व्यवस्था छैन। त्यसपछि सोही विपक्षीले मिति २०६७।६।४ गते च.नं. २९८ को म समेतलाई बोधार्थ दिई लेखेको पत्रमा ऐ. नियमावली ९३(ख) आकर्षित हुन आएको भन्‍ने समेत व्यहोरा उल्लेख गरिएको छ। यसबाट विपक्षीले मलाई नोकरीबाट हटाउने निर्णय गर्दा सत्य तथ्य नबुझी, ऐन नियम कानून बमोजिम निर्दिष्‍ट कार्यविधि प्रक्रिया पूरा नगरी हचुवाको भरमा गरिएको छ भन्‍ने कुरा प्रष्‍ट छ। अतः विपक्षी