९४०३२ - देवानी
- Registration Number
- ०६७-CI-०७७५
- Decision Date
- 2074-09-18
- Registration Date
- 2067-10-04
- Bench
- गोपाल पराजुली, बम कुमार श्रेष्ठ
- Plaintiff
- आयुर्वेद विभाग, टेकु
- Defendant
- चन्देश्वर राय र जगरनाथ राय
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला
०६७– CI -०७७५
मुद्दाः परमादेश।
|नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभागका नि. |
|महानिर्देशक डा. राम नारायण |
|साह---------------------------------------------------------१ |
विरुद्ध
|जिल्ला सर्लाही, गा.वि.स.हरिपूर्वा गा.वि.स. वडा नं.4 घर भै हाल वैगुन्धरा|
|आयुर्वेद औषधालय झापामा कार्यरत चन्देश्वर |
|राय----------------------------------------१ |
|जिल्ला सर्लाही, गा.वि.स.भूतही खजुरीया गा.वि.स. वडा नं.7 घर भै हाल |
|मौवा पञ्चमी आयुर्वेद औषधालय, पाँचथरमा कार्यरत जगरनाथ |
|राय----------------------------१ |
पुनरावेदन तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री शारदाप्रसाद घिमिरे
पुनरावेदन अदालत पाटन
पुनरावेदन अदालत पाटनको मिति २०६६।१०।२७ को आदेशउपर न्याय प्रशासन ऐन, २०४८ को
दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस
प्रकार रहेको छ:-
1. निवेदकहरूको निवेदन दावी:–
हामी निवेदकहरुमध्ये चन्देश्वर राय मिति 2037/11/9 र जगरनाथ राय मिति 2042/1/19
गतेको तत्कालीन श्री 5 को सरकारको निर्णय अनुसार निजामती सेवा ऐन, 2013 र 2049 को
दफा 3 र 4 बमोजिम रा.प.अनं.प्रथम (प्रा.) श्रेणी कविराज पदमा स्थायी नियुक्ति पाई
सेवारत रहेका थियौं। नेपाल स्वास्थ्य सेवा ऐन, 2053 लागू भए पश्चात सोही ऐनको दफा 90
बमोजिम निजामती सेवाको स्थायी नियुक्तिबाट यस ऐन बमोजिम गठित नेपाल स्वास्थ्य सेवामा
परिवर्तन भई आउने कर्मचारीहरुलाई मिति 2054/2/14 गतेदेखि लागु हुने गरी वरिष्ठ पाँचौं र
तत्पश्चात छैठौं तहमा तह कायम गरियो र तत्कालीन सरकारको मिति 2059/1/2 गतेको
निर्णयानुसार हामीहरुलाई साविकको कविराज पद अधिकृत छैठौं तहबाट आयुर्वेद निरीक्षक पद
अधिकृत छैठौं तहमा पदनाम र तह कायम गरियो। त्यसपछि नेपाल स्वास्थ्य सेवा ऐन, 2053 (तेश्रो
संशोधन) 2063 आएपछि हामी निवेदकहरुलाई स्तरबृद्धि गर्ने क्रममा ऐ. ऐनको दफा 9(7ख)
बमोजिम विपक्षीबाट मिति 2064/4/11 मा (मा.मन्त्रीस्तरीय) र मिति 2064/4/20 (विभाग)
को निर्णयानुसार अधिकृत छैठौं तहबाट अधिकृत सातौं तहमा स्तरबृद्धि गरियो तर पद भने साविक
कै आयुर्वेद निरीक्षक नै राखी विपक्षीबाट स्तरबृद्धि गरिएको पत्र दिइएको छ जुन विल्कुल
कानूनसम्मत नभएको प्रष्ट नै छ। यसरी स्तरबृद्धि गरे पनि पद मिलान नगरेकोले नेपाल स्वास्थ्य
सेवा नियमावली, 2055 दोश्रो संशोधन 2061 को नियम 7 बमोजिमको अनुसूची 3 को आयुर्वेद
समूहअन्तर्गत सि.नं 19 मा सातौं तहका लागि अधिकृत कविराज अर्थात स्वास्थ्य सेवा ऐन, 2053
अनुसार रुपान्तरण शब्दलाई आयुर्वेदिक चिकित्सक पदमा पद मिलान गरी पदस्थापना गर्नु गराउनु
विपक्षीका नाममा परमादेशको आदेश जारी गरी पाउँ।
२. शुरु पुनरावेदन अदालत पाटनबाट भएको कारण देखाउ आदेश:–
यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने
हो? मागबमोजिमको आदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना
पाएका मितिले बाटाका म्यादबाहेक 15 दिनभित्र विपक्षीहरुले पुनरावेदन सरकारी वकील
कार्यालय, पाटन ललितपुरमार्फत लिखित जवाफ पेश गर्नु भनी आदेश र निवेदकको प्रतिलिपिसाथै
राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि
नियमानुसार गरी पेश गर्नु।
३. विपक्षी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लिखित जवाफ:–
विपक्षीहरु छैठौं तहबाट सातौं तहमा स्तरबृद्धि भएकोमा कुनै विवाद छैन। नेपाल स्वास्थ्य
सेवा ऐन, 2053 को दफा 8 मा स्वास्थ्य सेवाको पदपूर्ति सम्बन्धि व्यवस्था गरिएको छ। सातौं
तहको पदपूर्ति खुल्ला प्रतियोगितात्मक परीक्षाद्बारा हुने भएकोले स्तरबृद्धिबाट सातौं तह कायम
भएको विपक्षी जस्ता कर्मचारीलाई दावीको आयुर्वेद चिकित्सक पदनाम दिन र पदस्थापन गर्न
सक्ने कानूनी व्यवस्था नभएकोले दावीबमोजिम आदेश जारी गर्न मिल्दैन। ऐनको दफा ९ को उपदफा
(7घ) मा यस दफाबमोजिम माथिल्लो तहमा स्तरबृद्धि भएको कर्मचारीले निज जुन तहबाट
स्तरबृद्धि भएको हो सोही तहको काम गर्नु पर्नेछ भन्ने किटानी तथा निर्विकल्प व्यवस्था भएकोले
आयुर्वेद चिकित्सक पदनाम दावी गर्न मिल्दैन। आयुर्वेद चिकित्सक पदको लागि न्यूनतम् योग्यता
आयुर्वेद तथा सामान्य चिकित्सा विषयमा आई.एस्सी वा 10+2 जीव विज्ञान विषय अध्ययनपछि 5
वर्ष 6 महिना वि.एस.एम.एस. कोर्ष वा सो सरह उत्तिर्ण गरी आयुर्वेद चिकित्सा परिषद्मा
चिकित्सकको रुपमा नाम दर्ता भएको हुनु पर्नेमा सो बमोजिमको योग्यता नभएका विपक्षीहरुले
आयुर्वेद चिकित्सक पदनाम पाउन योग्य नभएकोले आयुर्वेद चिकित्सक पदनाम दिई पदस्थापना गरी
पाउँ भनी दिएको निवेदन कानूनसम्मत नहुँदा खारेज गरी पाउँ।