१२८३३० - फौजदारी
- Registration Number
- ०७०-CR-११७९
- Decision Date
- 2072-04-18
- Registration Date
- 2070-11-25
- Bench
- गोपाल पराजुली, देवेन्द्र गोपाल श्रेष्ठ
- Plaintiff
- योगेन्द्र मण्डल खत्वे
- Defendant
- बौवालाल यादव
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला
070-CR-1179
मुद्दाः लुटपिट।
जिल्ला सप्तरी, गाउँ विकास समिति जमुनी मधेपुरा वडा नं. 7 बस्ने छेदी खंग खत्वेको
छोरा वर्ष ४९ को योगेन्द्र मण्डल खत्वे -----------------------------------------1
विरुद्ध
जिल्ला सप्तरी, गाउँ विकास समिति जमुनी मधेपुरा वडा नं.9 बस्ने जहर यादवको छोरा
वर्षको बौवा लाल यादव---------------------------------------------------------
१
शुरु फैसला गर्नेः
माननीय न्यायाधीश श्री रमेश पोखरेल
सप्तरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री प्रेमबहादुर के.सी.
माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती
पुनरावेदन अदालत राजविराज
न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने
प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः-
साविक 2004 सालको श्रेस्ता अनुसार सन्तोषी गोप नाउँ दर्ताको जिल्ला सप्तरी प्रगन्ना
जगदार मौजे छपकी भथौल अन्तर्गत फुलवाडी सो पश्चिम डगर सो पूर्वको 0-12-12 विरह धान
किसिम पोखरी भनी सर्पट नापी भएको जग्गा हाल सर्वे नापीमा जिल्ला सप्तरी गाउँ विकास
समिति जमुनी मधेपूरा वडा नं.7 (ख) कि.नं. 24 के 0-12-11 पोखरी जग्गा भनी नापी भएकोमा
निज सन्तोषी गोपको शेषपछि निजको पत्नी खैकीवती यादवनीको भोगचलनमा रहेको जग्गा वादी म
बौवालाल यादव प्रतिवादी खैकीवती यादवनी भएको 2052 सालको लेनदेन बिगो नं. 647 को
मुद्दाबाट मिति 2053/3/10 मा डाक लिलाम गरी दा.खा. पूर्जी अनुसार भोगचलन गरी आएकोमा
मिति 2060/1/12 मा वादीमध्येका गोसाई साहलाई ठेक्काको कागज गरी दिएकोमा सोही अनुसार
गोसाई साहले माछा पालन गरी आएकोमा मिति 2065/3/29 गतेमा विपक्षीहरुले र अन्य नचिनेका
१२ जना मलाहहरुसमेत भई 470 कि.ग्रा. रु.28,200।- पर्ने माछा लुटपिट गरी लगेकोले बिगो
रु.28,200।- वादी गोसाई साहलाई विपक्षीहरुबाट दिलाई भराई हदैसम्म सजायसमेत गरिपाउँ
भन्ने वादीको फीराद दाबी
दाबीको सर्वे कि.नं. 24 को जग्गा पोखरी पानी झ्याउ भई सो पोखरी पानी झ्याउमा म
प्रतिवादी छेदी खंगका नाउँमा दर्ता रहेको निर्विवादित चारै तर्फका डिल महाडले घेरिएका
साविक सर्पट नापीको मिन्हीसमेत भएको पानी झ्याउ हामी बाहेकका कोही कसैले भोगेको भोग
गर्न सक्ने अवस्था नै नरहेको हुँदा हमीले पोखरी भोग चलन गरी धेरै अघिदेखि माछा पालन गरी
आईरहेकोमा सम्वत् 2044 सालको दे.नं. 3156 को जग्गा खिचोला चलन मुद्दा सन्तोषीकी पत्नी
खैकी वती यादवनी वादी म छेदी खंग प्रतिवादी भई कारवाही हुँदा सो मुद्दाको फिरादपत्रमा
खैकी यादवनीले लिएको दाबी नपुग्ने फैसला भएको कुरा वारेसको हैसियतले बौवालाल यादवलाई
थाहा हुँदा हुँदै जानी जानी सर्वे कि.नं. नखोली पोखरी हो भन्ने कुरा नखोली तथाकथित
लिलामीबाट हामीउपर पटक पटक कुटपिट मुद्दा दायर गरी हैरान परेशान गर्न खोजेकोले त्यस्तो
हकदैया विहिन फिराद खारेज गरी फुर्सद गरिपाउँ भन्ने बेहोराको प्रतिवादी छेदी खंग तथा
योग्न्द्र मण्डलको संयुक्त प्रतिउत्तर पत्र।
जिल्ला सप्तरी गाउँ विकास समिति जमुनी मधेपुरा वडा नं. 7(ख), कि.नं. 24 को पोखरी
जग्गाको चारैतर्फको डिल महाड प्रतिवादीमध्येको छेदी खंगको नाउँमा दर्ता कायम रही निजले धेरै
अघिदेखि उक्त पोखरीको कर गाउँ विकास समितिलाई बुझाई माछा पालन गरी आईरहेको हुँदा
सन्तोषीकी पत्नी खैकी वती यादवनी लगायत निज खैकी वतीको छोरी टुनया देवीसमेत
प्रतिवादीमध्येका छेदी खंगकै कायम भई अन्तिम भई बसेको कुरा बौवालाल यादवलाई थाहा हुँदा हुँदै
परेशान गर्न गाउँको पाटापाटीको रिसइवी राखी झुठ्ठा वारदात खडा गरिदिएको प्रस्तुत मुद्दा
हकदैया विहिन रहेको हुँदा खारेज गरिपाउँ भन्ने प्रतिवादी उतिमलाल विश्वाससमेतको प्रतिउत्तर
पत्र।
यसै लगाउको सा.फौ.नं. 685 को लुटपिट मुद्दामा वादी दाबी ठहर हुने गरी फैसला भै
सकेकोले प्रस्तुत मुद्दामा समेत लुटपिट ठहर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत
बेहोराको शुरु सप्तरी जिल्ला अदालतको मिति 2066/3/30 को फैसला ।
म बौवालाल यादवबाट म गोसाई साहले पोखरीमा माछा पालन गर्ने भनी ठेक्कामा लिई
पोखरीमा म गोसाई साहले माछाको भुरा हालेकोमा सोही माछा विपक्षीहरुले लुटपिट गरेको हुँदा
शुरुको वादी दाबीको रकम र गोसाई साहले पाउने गरी हक इन्साफ गरिपाउँ साथै माछा लुटपिट
गरेकोमा विपक्षीलाई हदैसम्म सजाय समेत गरिपाउँ भन्ने समेत बेहोराको पुनरावेदन पत्र।
यसमा यिनै वादी बौवालालले दायर गरेको स.फौ.नं. 685 को लुटपिट मुद्दामा 2062
सालको माछा वाली लुटपिट ठहर गरी यीनै वादीले दिएको 2065 सालको माछा बाली लुटपिटमा
वादी दाबी ठहर नगरी भएको शुरु फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा
छलफलका लागि अ.वं. 202 नं तथा पुनरावेदन अदालत नियमावली 2048 को नियम ४७ बमोजिम
प्रत्यर्थी झिकाई आए पछि यसै लगाउका मुद्दासमेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने समेत
बेहोराको मिति 2068/12/28 को आदेश।
यी वादीहरुले दावी दिएका फीराद लेखमा जग्गा लिलाम नभएको अवस्थामा हालसम्म सर्वेमा
पनि मिन्हा जनिएको मोठबाट प्रमाणित भैराखेको जग्गामा हक नपुग्ने हुँदा हकदैयाको अभावमा
प्रस्तुत मुद्दा वादी दाबी नपुग्ने गरी भएको फैसला कानूनसंगत् नै हुँदा सदर कायम गरिपाउँ भन्ने
समेत बेहोराको लिखित प्रतिवाद।
मिति 2053/3/10 मा डाक लिलामबाट वादी बौवालाल यादवको हक स्थापित भएको र
निज बौवालाल यादवबाट वादीमध्येका गोसाई साहले मिति 2060/1/2 को सम्झौता बमोजिम ५
वर्षका लागि दावीको पोखरी ठेक्कामा प्राप्त गरेको मिसिल प्रमाणबाट देखिएको अवस्थामा