1840 - देवानी

Registration Number
1724
Decision Date
2040-08-06
Registration Date
2040-08-06
Bench
जोगेन्द्र प्रसाद श्रीवास्तव

Judgment

निर्णय नं. १७२४    ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको डि.फौ.सा.नं. ९८ फैसला भएको मिति  : २०४०।८।६।३ मा निवेदिका/प्रतिवादी : का.जि.का.न.पं.वार्ड नं.३ महाराजगञ्ज बस्ने माधवीदेवी राणा विरूद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं.३ महाराजगञ्ज बस्ने मे.ज. ब्रम्हशमशेर ज.ब.रा. मुद्दा : सम्बन्ध बिच्छेद (१)   मुद्दा मामिला दिँदैमा ठूलो शारीरिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेको भन्न नमिल्ने ।    (प्रकरण नं. २०) निवेदिका प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती र विद्वान अधिवक्ता श्री     नारायणबल्लभ पन्त र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या.धनेन्द्रबहादुर सिंह १.     न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ को उपदफा (२) अनुसार क्षेत्रीय अदालतका माननीय न्यायाधीशहरूको बहुमत कायम हुन नसकी साधक सदरको निमित्त पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २.    २०३० साल भन्दा अगावै देखि मबाट अलग भई बसी अंश मुद्दा पर्दा प.क्षे.अ.बाट ०३५।३।२१ मा मिलापत्र भएकोमा विपक्षीले मेरो शारीरिक परिस्थिति सिर्जना गर्ने भावनाबाट फिराद गरेको मिलापत्रबाट प्राप्त मेरो अंशमा अंकुश लगाउने जालसाज प्रपञ्च गरेबाट सम्बन्ध कायम गरी बस्न नसकेकोले सम्बन्ध बिच्छेद गरिपाउँ भनी मिति ०३७।१।२६ मा परेको वादीको उजूरी तथा सोही मितिको सनाखत पत्र रहेछ । ३.    पतिदेव ७१ वर्षको म ६१ वर्षकी भई पतिले मलाई फकाइकन जाल प्रपञ्च समेतमा पारी सम्बन्ध (४५२) बिच्छेद गर्न खोज्नु भएबाट सम्बन्ध बिच्छेद गर्न मञ्जूर छैन भन्ने समेतको माधवीदेवी राणाको बयान रहेछ । ४.    वादी प्रतिवादीलाई मेलमिलापतर्फ सम्झाउँदा बुझाउँदा मिल्न मञ्जूर नगरेकोले सम्बन्ध बिच्छेद गराउने श्रेय नदेखिएकोले यी पति पत्नीको बीचमा सम्बन्ध बिच्छेद गर्न नहुने अवस्था देखिएको भन्ने समेतको काठमाडौं नगरपञ्चायतको राय रहेछ । ५.    का.न.पं.ले दिएको राय र अदालतमा दिएको निवेदन अनुसार सम्बन्ध बिच्छेदमा दावी छ भनी ०३८।१।८ को वादीको र यस्तो वृद्धावस्थामा पतिसँग सम्बन्ध बिच्छेद गर्न मेरो इच्छा छैन भन्ने विपक्षी माधवीदेवीको मोही मितिको बयान रहेछ । ६.    वादी प्रतिवादीको सम्बन्ध बिच्छेद आजका मिति देखि हुने ठहर्छ भन्ने समेत व्यहोराको ०३८।३।१९।६ को काठमाडौं जिल्ला अदालतको फैसला रहेछ । ७.    उक्त का.जि.अ.को फैसलामा चित्त बुझेन सम्बन्ध बिच्छेद हुनुपर्ने होइन भन्ने समेत व्यहोराको विपक्षी माधवीदेवीको वा.अं.अ.मा परेको पुनरावेदनमा शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको ०३८।८।८।२ को बागमती अञ्चल अदालतको फैसला रहेछ । ८.    वा.अं.अ.को फैसला त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भनी माधवीदेवीले क्षेत्रीय अदालतमा चढाएको निवेदनमा वा.अं.अ.को फैसलामा कुनै कानुनी त्रुटि विद्यमान नहुनाले पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेतको ०३८।१२।२६ को म.क्षे.अ.सिड्डलबेञ्चको आदेश रहेछ । ९.    वा.अं.अ.को फैसलामा कानुनी त्रुटि नभएको भन्ने उल्लेख गरी अनुमति हुनसक्दैन भन्ने म.क्षे.अ.बाट आदेश भएको हुँदा एकपटक इन्साफ जाँच गरी दिनु भन्ने म.क्षे.अ.का नाउँमा हु.प्र. बक्स पाउँ भनी विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा माधवी राणाले चढाएको बिन्तिपत्रमा इन्साफ जाँची कानुनबमोजिम निर्णय गर्नु भन्ने हु.प्र. बक्स भई म.क्षे. अदालतमा दर्ता हुनआएको रहेछ । १०.    वा.अं.अ.को फैसला नमिली फरक पर्ने देखिँदा अ.बं.२०२ नं. र क्षे.अ.नियमावली, २०३६ बमोजिम विपक्षी झिकाई नियमानुसार डिभिजनबेञ्चमा पेश गर्नु भन्ने व्यहोराको २०३९।१२।९।४ को सिड्डलबेञ्चको आदेश रहेछ ।