१२२९७० - फौजदारी
- Registration Number
- ०७०-CR-०२४३
- Decision Date
- 2074-08-26
- Registration Date
- 2070-05-09
- Bench
- विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत
- Plaintiff
- श्री लामावाल कन्या रार्इसमिलको प्रोर्पाइटर नारायण तामाङ
- Defendant
- नेपाल सरकार
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीशश्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीशश्री प्रकाशमान सिंह राउत
फैसला
071-CR-0243
मुद्दाः विद्युत चोरी ।
शुरु तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री राजेशकुमार काफ्ले काभ्रेपलाञ्चोक जिल्ला अदालत
फैसला मितिः 2067/3/22
पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
माननीय न्यायाधीश श्री भरतप्रसाद अधिकारी
पुनरावेदन अदालत पाटन
फैसला मितिः 2069/4/21
तत्कालिन न्याय प्रशासन ऐन, २०४८ को दफा 9 बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः-
नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र अन्तर्गतको ग्राहक श्री लामावाल कन्या राइस मिल प्रो.नारायण तामाङ, ग्राहक नं.२६-१७-५०१ को घरमा मिति 2०६४।९।१७ गते निरीक्षण गर्दा मिटरको दाया भागको तल्लो भागमा डिस्कको साइडमा सानो प्वाल पारेको र मिटरको बाँया भागको रिडिङ्ग सिल रिपन्च समेत गरी अनधिकृत तवरले विद्युत शक्तिको दुरुपयोग गरेको फेला पारी सोही दिन स्थलगत विद्युत दुरुपयोग सम्बन्धी प्रतिवेदन समेत पेश गरिएको।
विद्युत चोरी गरेको भन्ने सम्वन्धमा अनुसन्धान तहकीकात हुँदा विद्युत चोरी नियन्त्रण ऐन २०५८ को दफा ७ को उप दफा १ को (ङ) र (ज) बमोजिमको कसुर भएको मा ऐ. ऐनको दफा ११ तथा विद्युत चोरी नियन्त्रण नियामावली, २०५९ को नियम ७ र ८ अनुसूची ६ बमोजिम अनधिकृत तवरले विद्युत खपतको युनिट मुल्याङ्कन अनुसार जम्मा लोड बमोजिमको खपत युनिट ९९३६ को मिति २०६३ पौष देखी २०६४ मंसिरसम्म ऐ.ऐनको दफा ११ तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को नियम ७, ८ अनुसार क्षतिपूर्ति मुल्याकंन गरी जरिवाना तथा अन्य आवश्यक दस्तुर समेत गरी रु. १,०५,२८२।२० लिनुपर्ने गरी निर्णय भएको ।
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा काभ्रे वितरण केन्द्रले विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को अनुसुची ८ बमोजिमको प.सं.२६४।०६५ च.नं. ५८४ मिति 2०६४।९।२६ गतेको पत्रद्धारा हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम बुझाउन ल्याउनु हुन यो सुचना दिएको छ। सूचनामा चित्त नबुझेमा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को दफा १३ को उपदफा १ तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को नियम १५ बमोजिमको निवेदन दिन सक्नु हुनेछ भनी लेखिएको उक्त पत्र निजले हुलाक मार्फत मिति २०६४।१०।१७ मा श्री लामावाल कन्या राइस मिलका प्रो.नारायण तामाङले बुझि लिई ऐनको म्याद भित्र नेपाल विद्युत प्राधिकरणको पुनरावलोकन समिति समक्ष पुनरावलोकन नगरी उक्त निणर्य स्वीकार गरेको।
निज कसुरदारले मिति २०६४।९।२६ गते च.नं. ५८४ को अनुसूची ८ बमोजिमको पत्र हुलाक मार्फत् मिति २०६४।१०।२७ मा बुझी म्यादभित्र पुनरावलोकन नगरी म्याद गुजारी बसेकोले ऐ.को अनुसूची १० बमोजिम मिति २०६४।११।९ को च.नं.७१४ को पत्र हुलाक मार्फत् रजिष्ट्री गरी पठाएकोमा मिति २०६४।११।३० मा हुलाक मार्फत् बुझिलिई नेपाल विद्युत प्राधिकरणलाई हुन गएको क्षति नोक्सानी वापतको रकम ३५ दिनभित्र रु.१,०५,२८२।२० बुझाउनु भनी लेखिएको पत्र बुझिलिए तापनी ऐनका म्याद भित्र सो रकम बुझाउन समेत नल्याएकोले विद्युत चोरी नियन्त्रण ऐन, २०५८ को दफा १५ बमोजिम मुद्दा गर्नु पर्ने भई ऐ.ऐनको दफा १६(१) बमोजिम हानी नोक्सानी क्षतिपूर्ति मुल्याङ्कन रु.१,०५,२८२।२० ग्राहकबाट वितरकले असुल उपर गरी पाउन विद्युत चोरी नियन्त्रण ऐन, २०५८ का दफा १५ बमोजिम मुद्दा गर्नु पर्ने भई सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ३१(१) बमोजिम जिल्ला सरकारी वकिल कार्यालय काभ्रेसँग राय माग भएकोमा उक्त कार्यालयबाट विद्युत चोरी नियन्त्रण ऐन, २०५८ को दफा ७ को उप दफा १ को (ङ) र (ज) बमोजिमको कसुर भएकोमा ऐ.ऐनको दफा ११ तथा विद्युत चोरी नियन्त्रण नियामावली, २०५९ को नियम ७ र ८ बमोजिम निर्धारण भई आएको जम्मा हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम रु.१,०५,२८२।२० असुल उपर गरी पाउन ऐ.ऐ.को दफा १५ बमोजिम श्री काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा दायर गर्नु भनी राय प्राप्त भएको ।
अनुसन्धान अधिकारी समेतबाट भएको प्रतिवेदनबाट विद्युत चोरी भएको प्रष्ट भई ग्राहकलाइ पत्र पठाउँदा बुझी पुनरावलोकनको लागि निवेदन समेत नगरेको हुदा निज ग्राहकले ऐनको दफा ७ को उपदफा १(ङ), (ज) बमोजिमको कसुर गरेको प्रष्ट भएकोले विद्युत चोरी नियन्त्रण ऐन, २०५८ को दफा १६(१) बमोजिम रु.१,०५,२८२।२० क्षतिपूर्तिको रकम निजबाट भराइ निज कसुरदारलाई रु.५०००।- र तीन महिना कैद गरी पाउ भन्ने समेत व्यहोराको अभियोग दाबी।
म उपर लागेको अभियोग सरासर झुठ्ठा हो। मिटर रिडिङ्ग गर्नेले मलाई केही रुपैंया दिनु म रकम कम उठने मिटर बनाई दिन्छु भनी भन्दा मेरो मिल राम्रोसँग चलेको पनि छैन र म पैसा दिन पनी सक्दिन भनेकामा निज रिसाएर गएका थिए। त्यस पछि उनी आई मिटर लिई गएका हुन। मिटर लगेपछि प्राधिकरणमा लाग्ने रकम वनेपामा गई वुझाई आएको हो तर मिटर दिएनन। पछि पठाउँला भने र पटक पटक जाँदा पनि दिएनन। म्याद आएपछि विद्युत चोरी मुद्दा लागेको मलाई थाहा भयो। मैले मिटर प्वाल पारी रिपन्च गरेको छैन, म माथि झूठ्ठा आरोप मात्र लगाएको हो। मैले विद्युत चोरी गरेको छैन। अभियोग दाबीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नारायण तामाङले शुरु अदालतमा गरेको बयान।