Judgment
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
फैसला
०६५-CI-०१९३
मुद्दाः निर्णय पर्चा दर्ता बदर ।
इलाहीबक्स मियाको छोरा जिल्ला पर्सा जिल्ला बीरगन्ज उप-महानगरपालिका वडा
नं.2मा बस्ने वर्ष ६५ को महम्मद खलिल मियाँ-----------------------------------1
विरुद्ध
जिल्ला पर्सा बीरगन्ज उप-महानगरपालिका वडा नं.7बस्ने स्व.अब्दुल जब्बारको
श्रीमति अन्दाजी वर्ष ८० की आसमा बेगम -----------------------------1
शुरु फैसला गर्नेः
पर्सा जिल्ला अदालत
माननीय न्यायाधीशः श्री तीर्थराज देवकोटा
पुनरावेदन तहमा फैसला गर्नेः
पुनरावेदन अदालत नेपालगन्ज
माननीय न्यायाधीशः श्री ज्ञानेन्द्रबहादुर कार्की
माननीय न्यायधीशः श्री गौरीबहादुर कार्की
न्याय प्रशासन ऐन, 2048 को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्रभित्र भै निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाकोसंक्षिप्त तथ्य र यस अदालतको ठहर यस प्रकार रहेको छः-
मेरा पति अब्दुर जब्बारले पशुपति आदर्शनगर निर्माण समिति बीरगन्जबाट र.नं. 398 मिति 2031/6/21 मा तत्कालिन भूमि प्रशासन कार्यालय पर्साबाट रजिष्ट्रेशन पास गराई खिरद गर्नु भई भोग गर्नु भएको जिल्ला पर्सा बीरगन्ज नगरपालिका कि.नं. नभएको १ नं. पुलको उत्तरतर्फको पंखी माथि जग्गा उत्तर दक्षिण ५५ फुट, पूर्व पश्चिम २९'२६" फिट र बाटो बनाउने र सेफ्टी टंकी बनाउन निमित्त रहेको ५ फिटसमेतको ज.वि. 0-0-8.90 आठ धुर नब्बे प्वाइन्ट सर्वे नापी नभएको सो जग्गा मेरो पति अब्दुल जब्बारले खरिद गर्नु भएकोमा सो जग्गामा नक्सा पास गर्न दिँदा पहिलो तथा दोश्रो तल्लासम्म बनाउन दिने गरी 2042/12/10 मा तत्कालिन बीरगन्ज नगरपालिकाबाट नक्सा पास भएको छ।सो जग्गामा घर बनाई निर्विवाद रुपमा भोग चलन गरी आएको थिएँ।मेरो पति अब्दुल जब्बारले मलाई मालपोत कार्यालय पर्साबाट मिति 2043/5/16 मा पारित गरी दिएको बकस पत्र लिखतबमोजिम मेरो हकभोगको जिल्ला पर्सा बीरगन्ज नगरपालिका वडा नं. 7 को निज दाताको घर जग्गादेखि उत्तर, अफताब मियाँ (बिबि सरिफन) र अनवर मियाँदेखि पूर्व, मुरलीधर शर्मा र अवनकुमार शर्मादेखि पश्चिम, निलादेवी देखि दक्षिण यति चार किल्लाभित्रको नापी नभएको घरबासको घडेरी 0-0-12 जग्गासमेत मैले भोगचलन गरी आउँदा सो १२ धुर जग्गामध्ये केही जग्गा अनवर मियाँले कब्जा खिचोला गरेकोले निज उपर दे.नं. 1868 को खिचोला मेटाई चलन मुद्दा र अफताव मियाँ उपर दे.नं. 1867 को खिचोला मेटाई टप छज्जा भत्काई चलन मुद्दा दायर गरेकोमा सो मुद्दा हाल पुनरावेदन तहमा चलिरहेको छ।उपरोक्त जग्गा हालको १ नं. नापी टोलीबाट सर्वे नापी हुँदा छुट्टै नापी गर्नु पर्नेमा जिल्ला पर्सा, बीरगन्ज नगरपालिका वडा नं.13 सिट नं. 0390-04 को कि.नं. 40 मा एउटै कित्ता सर्वे नापी भएकोमा भूल सुधारतर्फ मेरो निवेदन परेको थियो।सो निवेदन अनुसार कि.नं. 37 र कि.नं. 40 को जग्गा कायम दर्ता नगरी सो कि.नं. 40 को सम्बन्धमा लिएको दाबी बारे केही नबोली विपक्षीहरुले दिएको निवेदनको आधारमा कि.नं. 40 को जग्गालाई नालाको जग्गामा समावेश गराई फिल्डबुकमा लेखिएको जग्गाधनीको नाम बदर गरी कैफियतमा नालाको पुलमाथि आसमा बेगमको घर भएको भनी जनाइदिने गरी भएको बीरगन्ज नापी कार्यालयको निर्णय पर्चा बदर गरी मेरो निवेदन दाबी अनुसार कि.नं.37 को जग्गा अनवर मियाँ, महम्मद खलिल, बिबि सरिफनसमेत ३ जनाको नाउँमा कायम गरी कि.नं. 40 को घर जग्गा अब्दुल जब्बारका नाउँमा दर्ता रहने गरी सो घर जग्गाको उत्तरतर्फ बाँकी रहेको मैलेबकसपत्रबाट प्राप्त जग्गा कित्ताकाट गरी मेरो नाउँमा दर्ता गरी पाउँ भन्नेसमेत व्यहोराको फिराद दाबी।
सार्वजनिक नाला सम्बन्धमा वादीलाई फिराद गर्ने हकदैया नभएको, सार्वजनिक नालाको जग्गालाई आदर्श निर्माण समितिबाट हक हस्तान्तरण गराई लिएको भन्नेतर्फ त्यस्तो जग्गाको हक हस्तान्तरण गर्ने अधिकार समितिको नरहे, नभएको साथै दाबीमा हक कायम खिचोलाको दाबी नलिएकोसमेतबाट प्रस्तुत फिराद खारेज भागी हुँदा खारेज गरी झुठ्ठा दाबीबाट अलग फुर्सद गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मुरलिधर शर्माको प्रतिउत्तर पत्र।
विपक्षीले 2043/5/16 मा पारित गराई लिएको भनेको बकसपत्र नै निष्कृय रुपमा रहेको र त्यस्तो लिखतको आधारमा जग्गा कायम हुन सक्ने अवस्था स्थिति नभएको तथा सबुद प्रमाणको आधारमा नापी कार्यालयबाट भएको निर्णय कानूनबमोजिम नै भएबाट बदर हुने अवस्था स्थिति छैन र जग्गा आवाद गर्नेको ४ नं. र स्थानीय प्रशासन ऐन, 2028 को दफा १०लेसमेत त्यस्तो सार्वजनिक नाला बाटोसमेत दर्ता गर्न नमिल्नेहुँदा वादी दाबी झुठ्ठा हो झुठ्ठा दाबीबाट अलग फुर्सद गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी महम्मद खलिलको प्रतिउत्तर पत्र।
वादी दाबीको ज.बि.0-0-8.90 जग्गाको निर्णयपर्चा बदर भै 0-0-12 जग्गा वादी आसमा बेगमको नाममा दर्ता कायम हुनुपर्ने हो।वादीले बकस पाएको दक्षिण अब्दुल जब्बारको पक्कि घर पूर्व मुरलीधर शर्मा र श्रवण कुमार पश्चिम अनवर र खलिल उत्तरमा नाला पर्छ, सो जग्गाको पूर्वमा नाला र बाटो केही छैन भन्ने वादीका साक्षी मिर हुसेनको बकपत्र र नापी निर्णय पर्चा बदर हुनुपर्ने हैन, सो जग्गाको पूर्वमा सार्वजनिक बाटो र ३० फिट चौडाको नाला पर्छ, नाला र बाटो छोडी सो पूर्वमा अरु जग्गा छैन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी फैजुल्लाह मियाँको बकपत्र।
प्रमाण खण्डमा उल्लेखित दे.नं.1868समेतका मुद्दा पुनरावेदन अदालत हेटौंडाबाट कारवाही किनारा भई आए पछि जगाई कारवाही किनारा गर्ने गरी हाल पक्षहरुलाई तारेख टुटाई मुद्दा अ.बं. 12 नं.बमोजिममुलतबी राखीदिने ठहर्छ भन्ने शुरु अदालतबाट मिति 2052/1/24 मा भएको आदेश।
यसै लगाउको दे.नं. 1884 को खिचोला मुद्दासमेत प्राप्त भइसकेको देखिँदा प्रस्तुत मुद्दा मुल्तलबीबाट जगाईदिएको छ, दायरीमा दर्ता गरीमुलतबी हुँदा हाजिर रहेका पक्षलाई ७ दिने म्याद दिई झिकाई म्यादमा हाजिर भए वा गुजारेपछि नियमानुसार पेस गर्नु भन्ने मिति 2057/5/26 मा शुरु अदालतबाट भएको आदेश।
वादी मुरलीधर शर्मा प्रतिवादी अब्दुल जब्बार मियाँसमेत भएको दे.पु.नं. 1884 को मिसिल संलग्न 2044/5/30 को नक्सा मुचुल्काले सो न.नं. 2 को जग्गा मूल नाला मानी देखाइरहेको अवस्थामा नापीबाट त्यस्तो सार्वजनिक नालालाई वादीको कायम नहुने गरी गरेको निर्णय कानून प्रतिकूल भन्न मिल्ने देखिएन।अर्कोतर्फ 2031/6/21 को वादीको हकको श्रोतको राजिनामा लिखतलाई आधार मानेमा पनि केवल 0-0-8-90 जग्गामात्र सो राजिनामा लिखतले वादीको भन्ने देखिएकोमा वादीका पति अब्दुल जब्बारले विवादित कि.नं. 40 को ज.बि.0-0-12 धुरको अतिरिक्त 043/5/16 को हालैको बकसपत्र लिखित अनुसार 0-0-12 जग्गा कसरी प्राप्त गरे भन्ने कुरा पनि तथ्यसंगत आधार देखिएन भने विवादित जग्गा सार्वजनिक नालाको जग्गा नै देखिएकोले 2047/10/11 को नापी नर्णय मनासिव देखिँदा निर्णय पर्चा दर्ता बदर गरीपाऊँ भन्ने वादी दाबी पुग्न सक्दैन भन्ने शुरु पर्सा जिल्ला अदालतको मिति 2061/7/16 को फैसला।
मेरी पति अब्दुल जब्बारले पशुपति आदर्शनगर निर्माण समितिबाट मिति 2031/6/21 मा खरिद गरेको जग्गा र त्यसमा नक्सा पास गराई बनाएको पक्कि घरसमेत ज.वि.0-0-8-90 घर जग्गा पति अब्दुल जब्बारको नाउँ र मेरो पति अब्दुल जब्बारले म वादीलाई २०४३।५।१६मा बकसपत्र पारित गरी दिएको सो घर जग्गा समेत मेरो हकभोग चलनको स्वबासी घर जग्गा मेरो नाउमा दर्ता नगरी बीरगन्ज नापी कार्यालयबाट भएको मिति 2047/10/11 को गैर कानूनी निर्णय पर्चालाई बदर नगरी सो घर जग्गालाई सार्वजनिक नाला भनी पर्सा जिल्ला अदालतबाट मेरो सबुत प्रमाणको उचित मूल्याङ्कन नगरी जग्गा नापजाँच ऐन, 2019 को दफा ६ को उपदफा ५, ५(क), ७,अ.बं.१८४,१८९, १७१नं. तथा प्रमाण ऐन २०३१ को दफन ५४ को प्रतिबन्धात्मक वाक्यांश विपरित मेरो फिराद दाबी नपुग्ने गरी भएको फैसला बदर गरी पुनरावेदन जिकिर बमोजिम फैसला गरी पाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन पत्र।
दाबीको जग्गा आदर्शनगर निर्माण समितिबाट मिति 20३1/6/21 मा खरिद गरी बकसपत्रसमेत पारित गरे गराएको र सो जग्गाको जग्गाधनी दर्ता प्रमाण पत्र बनेको अवस्थामा स्वामित्व कै होइन भनी वादी दाबी नपुग्ने भनी शुरुबाट गरिएको फैसला फरक पर्न सक्ने हुँदा अ.बं. 202 नं.बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने मिति 2062/6/9 को पुनरावेदन अदालत हेटौंडाको आदेश ।
शुरु जिल्ला अदालतबाट भएको नापी नक्सामा फुसको घर नभएको नदेखिएको र स्वयं वादीले भूमिसुधार सर्वे नापीमा ७ नं. फाराममा सो घरबासको ऐलानी हाल स्वबासी ३० फुट नालामा घर भनी नापीले वादीको भोग जनाई दिने भनि टिप्पणी उठी निर्णय पर्चा भएकोबाट पनि सार्वजनिक सबै नगरबासीले सार्वजनिक उपभोग गर्दै आएको नाला र बाटो भएको देखिएको र विपक्षीले स्वबासी भनी १ नं. नापी गोश्वाराबाट र शुरु जिल्ला अदालतबाट भएको फैसलामा कुनै त्रुटि नभएको हुँदा विपक्षीको दाबीबाट फुर्सद पाउँ भन्ने महम्मद खलिल मियाँको लिखित प्रतिवाद।
पशुपति आदर्शनगर निर्माण समितबाट पाएको जग्गामा घर बनाई बसी सो जग्गा उत्तरको जग्गा वादीको भोगमा रहेकोमा विवाद भएन।ऐलानी जग्गामा सदियौंदेखि भोगमा रहेको भन्नेमा पनि विवाद देखिँदैन।सो जग्गाको सम्बन्धमा नापी आएका बखत दर्ता गराउने गरी, मालपोत कार्यालयले मिति 2042/11/27 मा नै निर्णय गरेबाट पनि वादीको निरन्तर भोग रहेको देखियो।
वादी दाबीको विवादका न.नं. 9, कि.नं. 40 र न.नं. 2, 6, र ८,कि.नं. 38 को जग्गाको तलबाट न. नं. 7 को नाला रहेको देखिन्छ।निजी जग्गाभित्रबाट सार्वजनिक नाला, ढल, निकास, खानेपानीको पाईप जान सक्ने नै हुन्छ।निजी जग्गाबाट गएको ढल निकासलाई जग्गा दर्ताका आधारमा कसैले हटाउन र अवरोध पुर्याउन सक्ने हुँदैन।
यस मुद्दामा पनि पहिले परेको मुद्दामा वादीको निरन्तर भोग र 2043/5/16 मा आदर्शनगर निर्माण समितिबाट पाएको राजिनामा र श्रेस्ता कार्यालयमा चलाएका निवेदन तथा जिल्ला र अञ्चल अदालतबाट भएको फैसलासमेतका आधारबाट न.नं. 9 मा नगरपालिकाबाट नक्सा पास गरी पक्की घर बनाई बसेका र न.नं. 6, 7, 8 को जग्गामा निरन्तर भोग रहेको कारणबाट कि.नं. 38 र 40 को जग्गा बादीकै देखिएकोले वादीका नाममा नापी दर्ता गरी कि.नं. 40 को जग्गामा भएको घरको तल भूमिगत नाला जनाई वादी दाबीबमोजिम दर्ता गर्ने गरी बीरगन्ज नापी कार्यालयको मिति 2047/10/11 को निर्णय पर्चा बदर गर्नु पर्नेमा सो नगरी वादी दाबी पुग्न नसक्ने ठहर्याएको पर्सा जिल्ला अदालतको मिति 2061/7/16 को फैसला नमिलेकोले सो हदसम्म उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति 2064/7/27 को फैसला ।
पशुपति आदर्शनगर निर्माण समिति पर्साले सो जग्गा आफुले यो यस्तो श्रोतबाट प्राप्त गरेकोभनी सो श्रोतको प्रमाण पेस गर्न नसकि सिधै अकासे जग्गा 0-0-8-90 प्वाइन्ट पास गरेको अवस्था छ।सो जग्गा साविकमा सर्वे नापी नभएको जग्गा भएकोले सोहीमध्ये आफ्नो पतिबाट विपक्षी वादीले मिति 2043/5/16 गते बकसपत्र पारित गराई लिँदा ज.बि.0-0-12 भनी स्वबासी ऐलानी जग्गा भएको भनि रजिष्ट्रेशन पारित भएको भए पनि सो जग्गा मालपोत कार्यालय पर्साको श्रेस्तामा दर्तासमेत रहेको अवस्था छैन भने अर्कोतर्फ विपक्षीले साविकमा यो यसको नाममा ७ नं. फाँटवारी भरिएको वा भोगचलन भई आएको कुनै रसिदसमेत पेस गर्न सकेको छैन।सो जग्गा विपक्षीसमेतले तहतह हक हस्तान्तरण गराई लिए पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा बनिनसकेकोले विपक्षीका पति वा विपक्षीको नाउँको लिखत निस्कृय नै मान्नु पर्ने र त्यस्तो लिखतको आधारमा विपक्षीको जग्गा कायम नै हुन नसक्ने अवस्था स्थिति विद्यमान रहेकोप्रति पुनरावेदन अदालत हेटौंडाले कुनै विचार नगरी फैसला गरेको अवस्था स्थिति छ।
मालपोत कार्यालयको निर्णयले विपक्षीको भोगलाई स्वीकार गरी निर्माण भएको नभई दर्ता गर्न आउनेसम्म बोलिएको छ भने फैसलामा आधार लिएको दे.नं. 1884 को जग्गा खिचोला मेटाई बाटो खुलाई पर्खाल भत्काई छज्जासमेत भत्काई पाउँ भन्ने मुद्दामा भएको मिति 2044/5/30 गतेको नक्सा मुचुल्काको न.नं. 2 मा विवादित जग्गा मूल नाला भनि देखाइएको सो नाला बारे मात्र विवाद नभई खिचोलासमेतको विवाद भएको सो मुद्दामा स्कुलको बाटो यथावत कायम रहेको, बाटो बन्द भएको नक्साबाट नदेखिएको परिप्रेक्षयमा मिति 2044/8/23 मा पर्सा जिल्ला अदालतबाटर मिति 2046/12/6 मा तत्कालिन ना.अ.अ.बाट फैसला भए पनि सो फैसलाहरुमा सो उल्लिखित बाटोको जग्गा विपक्षीको नठहरेले उक्त फैसलाको गलत व्याख्या गरी पुनरावेदन अदालत हेटौंडबाट फैसला भएको देखिन्छ।विपक्षीको भोगलाई मात्र स्वीकार गरी फैसला भए पनि भोग मात्र हकको श्रोत नहुने ने.का.प. 2050, नि.नं. 4701 मा स्पष्ट कानूनी सिद्धान्त प्रतिपादित भैराखेकोतर्फ कुनै विचार नै नगरी भएको सो फैसला सदर कायम रहन नसक्ने स्पष्ट छ।
फैसलामा विवादका न.नं. 9, कि.नं. 40 र न.नं. 2, 6, 8, कि.नं. 38 को जग्गाको तलबाट न.नं. 7 को नाला रहेको स्वीकार गरिएको नै छ।उक्त जग्गाको प्लटिङ्ग नक्सा हालको नक्सा प्रिन्ट र फिल्डबुक हेर्दा कि.नं. 40 मा भएको वादीको देखिएको घर न. नं. ७ को नालाको पुल माथि र बाटो समेत अधिनमा राखी बनाएको अवस्था अर्थात् न.नं. 7 को नाला सार्वजनिक भएको सो माथि विपक्षीको भनिएको घर अवस्थित रहेको कुरालाई पनि पुनरावेदन अदालतको फैसलामासमेत अंगिकारसमेत गरिएको नै छ।पशुपति आदर्श नगर निर्माण समितिबाट लिखत पारित गराईलिँदा सो लिखतमा पूर्वमा मेन नाला पश्चिममा कि.नं. 475, उत्तरमा नाला दक्षिणमा सडक भनी उल्लेख भएको सो जग्गामा घर बनाउन नगरपालिकाबाट मिति 2043/11/15 गते नक्सा पास पूर्जी गराउँदा पनि पूर्वमा सार्वजनिक बाटो र नाला, पश्चिममा पशुपतिनाथ माडवारी, उत्तर पक्की नाला, दक्षिण पिच सडक यति ४ किल्लाभित्र सिमेन्ट बालुवाको जोडाई गरी घर बनाउन नक्सा पास गरिदिएको र नक्सा पास हुनु पूर्व केही जग्गामा घर बनिसकेकोले रु.51। जरिवाना भनी चार किल्लासमेत खोली नक्सा पास भै नक्सा पास पूर्जी प्राप्त गरी बाँकी जग्गामा घर बनाई भोगचलन गरी आएको सो नक्सा पास पूर्जी तथा लिखतसमेतको चार किल्ला अनुसार पूर्वमा सार्वजनिक नाला भएको कुरा प्रष्ट भइराखेको यस अवस्थामा त्यस्तो सार्वजनिक नालाको जग्गा जग्गा नापजाँच ऐन, 2019 को दफा २(ङ) मालपोत ऐन, 2034 को दफा २(ख)(२)नं.बमोजिमसमेत सरकारी जग्गा भित्रको जग्गा हुने स्पष्ट भई त्यस्तो जग्गा जग्गा आवाद गर्नेको ४ नं. तथा जग्गा नाप जाँच ऐन, 2019 को दफा ८(४) नं. मुताविक प्रतिबन्ध लागेको अवस्थामा कि.नं. 40 मा गाभिएको नालाको जग्गा नालामा नै समावेश गरी फिल्डबुकमा जग्गाधनीको नाम बदर गरी जग्गाधनी महलमा अन्डरग्राउण्ड नाला कायम गरी कैफियतमा नालाको पुलमाथि आसमा बेगमको घर भएको भनी जनाई दिने गरी १ नं. नापी गोश्वारा पर्साबाट 2047/10/11 गते भएको निर्णय र सो निर्णयलाई मनासिव ठहर गर्दै वादीको दाबी नपुग्ने गरी शुरु पर्सा जिल्ला अदालातबाट भएको फैसला उल्टी गरी पुनरावेदन अदालत हेटौंडाबाट कि.नं. 38 र 40 को जग्गा वादीको नाउँमा नापी दर्ता गरी कि.नं. 40 को जग्गामा भएको घरको तल भूमिगत नाला जनाई वादी दाबीबमोजिम दर्ता गर्ने गरी भएको फैसला उपरोक्त उल्लेखित ऐनको विपरित भएकोले पुनरावेदन अदालत हेटौंडाको मिति 2064/7/27 को सो फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहराई शुरु पर्सा जिल्ला अदालतबाट मिति 2061/7/16 गते भएको फैसलामा मनासिव ठहराई पाउँ भन्ने पुनरावेदन।
यसमा वादीका पति अब्दुल जब्बारले पशुपति आदर्शनगर निर्माण समितिबाट २०३१।६।२१।मा जग्गा प्राप्त गर्दा क्षेत्रफल 0-0-8.90 जग्गा प्राप्त गरेकोमा मिति 2043/5/16 मा हालैको बकसपत्र गरी वादी आसमा बेगमलाई अब्दुल जब्बारले प्राप्त गरेको क्षेत्रफलभन्दा बढी 0-0-012 जग्गा हस्तान्तरण गरेको भन्ने वादीको दाबी रहेको तथा नाला सार्वजनिक नै हुने हुँदा त्यस्तो वादीका पतिले प्राप्त गरेको जग्गाभन्दा बढी जग्गाको दाबी गरी पुनरावेदन अदालत हेटौंडाको फैसलामा वादीको साविक क्षेत्रफलभन्दा बढी जग्गालाई वादीको कायम गरी सार्वजनिक नालासमेतमा हक कायम गरेको फैसला नमिलेको हुँदा अ.बं. 202 नं.बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अविधि नाघेपछि निमयानुसार गरी पेश गर्नु साथै सर्वे नापी कार्यालय, पर्साबाट यस मुद्दासँग सम्बन्धित मिसिलसमेत झिकाई आएपछि निमयानुसार गरी पेस गर्नु भन्ने यस अदालतका मिति 2067।8।26को आदेश।