१३०६४६ - फौजदारी
- Registration Number
- ०७०-CR-१५५४
- Decision Date
- 2073-03-28
- Registration Date
- 2071-02-20
- Bench
- देवेन्द्र गोपाल श्रेष्ठ
- Plaintiff
- ख्याम नारायण पौडेल
- Defendant
- नेपाल सरकार
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला
०७०-CR-१५५४
मुद्दाः कर्तव्य ज्यान।
स्याङजा जिल्ला दरौं गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय बागलुङमा थुनामा
रहेका ख्यामनारायण पौडेल .....................................१
विरूद्ध
दल बहादुर क्षेत्रीको जाहेरीले नेपाल सरकार ......................................१
सुरु तहमा फैसला गर्नेः माननीय जिल्ला न्यायाधीश श्री डिल्लीरमण तिवारी
बागलुङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित
पुनरावेदन अदालत, बागलुङ
फैसला मितिः २०७०।९।२३
न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने
प्रस्तुत मुद्दाको संक्षिप्त र ठहर यस प्रकार रहेको छ।
जिल्ला बागलुङ बोबाङ्ग गा.बि.स. वडा नं.९ ढोरपाटन स्थित उत्तरगंगा मन्दिरमा मिति
२०६९।४।१८ गते जनै पूर्णिमाको मेलामा सुरक्षार्थ खटी गएका प्र.स.नि. नर बहादुर क्षेत्री
डिउटी सकिए पश्चात् मेलामा रहेको कान्तादेवी अदैको अस्थाई होटलमा गई निज प्र.स.नि.
नरबहादुर क्षेत्री र अञ्चल सशस्त्र प्रहरी गुल्म धवलागिरी बागलुङ दरबन्दीका प्रहरी जवान
ख्यामनारायण पौडेल मादक पदार्थ सेवन गरी भनाभन भएको र सोही क्रममा प्र.स.नि. नर
बहादुर क्षेत्रीले प्र.ज. ख्याम नारायण पौडेललाई २ पटक गम बुटले हाने पश्चात् निज प्र.ज.
ख्यामनारायण पौडेलले निज प्र.स.नि. लाई तान्दै जिल्ला बागलुङ बोबाङ गा.बि.स. वडा नं.९
स्थित ढोरखोलामा लगी टाउकोमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी मारेको हुँदा निजलाई
कानूनबमोजिम कारबाही गरी पाऊँ भन्ने बेहोराको प्र.ह. राजन दर्जीको प्रहरी प्रतिवेदन।
जिल्ला बागलुङ बोबाङ्ग गा.बि.स. वडा नं.९ माझचौर ढोरखोला स्थित पूर्वमा ढोरखोला
पश्चिममा पनि ढोरखोला उत्तरमा ढोरपाटन एअरपोट दक्षिणमा सलाथान (देबी मन्दीर) यति
चार किल्लाभित्र ढोरखोला सो भन्दा १०० मिटर माथि खोला २ वटा भई छुट्टिएको उक्त खोला
मध्ये दक्षिणतर्फ बगेको खोलाको किनारमा धुपी सल्लाको झ्याम्टाले अड्याए जस्तो अवस्थामा उत्तर
टाउको दक्षिण खुट्टा गरी मृतक प्र.स.नि. नर बहादुर क्षेत्रीको लास उत्तानो अवस्थामा रहेको,
लास नजिकै गोलो ढुङ्गा समेत रहेको, उक्त ढुङ्गा प्रहरीले बरामद गरेको उक्त लास वल्टाइपल्टाई
हेर्दा कपालको पछाडिको भागमा बालुवा टाँसिएको, नाकमा नीलो डाम, निधारको बायाँ बीच
भागमा नीलडाम, दायाँ भागमा सानो नीलडाम, आँखा सुनिएर बन्द भएको, नाकको बीच भागमा
नीलो डाम, नाकको पछाडि नीलो भएको तालुमा बायाँपट्टि ३ सेन्टिमिटर लम्बाई भएको गहिरो
काटेको नम घाउ, दायाँ बायाँ कन्चटमा समेत ढुङ्गाले प्रहार गरेका जस्तो देखिने नीलडाम तथा
चोट रहेका टाउकोको पछाडि ढुङ्गाले थिचे जस्तो दाग रहेको, हातले छाम्दा गिलगिल गर्ने
पछाडिको भाग फुटेको जस्तो देखिने, टाउकोको बीच भागमा २ ठाउँमा गोलो आकारको काटेको
गहिरो घाउ रहेको, टाउको समाई हल्लाउदा दायाँ बायाँ घुम्ने एङ्गल भाचिए जस्तो अवस्थामा
रहेको भन्ने बेहोराको घटनास्थल लास जाँच मुचुल्का।
जिल्ला स्याङ्गजा दरौं गा.बि.स. वडा नं.३ घर भएका अञ्चल सशस्त्र प्रहरी गुल्म
धवलागिरी बागलुङ दरबन्दी भई तत्काल प्रहरी चौकी ढोरपाटनमा कार्यरत प्रहरी जवान बर्ष
३० को ख्याम नारायण पौडेलले मेरा दाजु प्रहरी सहायक निरीक्षक नर बहादुर क्षेत्रीलाई पुर्व
व्यक्तिगत रिस इवीका कारण जिल्ला बागलुङ, बोबाङ्ग गा.बि.स. वडा नं.९ माझचौर
ढोरखोलामा लगि टाउकोमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी मारेको हुँदा निजलाई मुलुकी ऐन,
ज्यान सम्बन्धी महलको १३(३) बमोजिम हदै सम्मको सजाय गरी पाऊँ भन्ने बेहोराको दल बहादुर
क्षेत्रीको जाहेरी दरखास्त।
म २०६८ साल मंसिर महिना देखि प्रहरी चौकी ढोरपाटन बागलुङमा कार्यरत रहेको छु,
उक्त प्रहरी चौकीकार् इन्चार्ज प्रहरी सहायक निरीक्षक नर बहादुर क्षेत्री थिए। मिति
२०६९/०४/१८ गते उत्तरगंगा भन्ने स्थानमा लाग्ने जनै पूर्णिमा मेलाको सुरक्षाको लागि म समेत
मेलामा डिउटी खटिई अं.१८:०० बजे साझ उक्त मेला सकियो। त्यस पश्चात् प्र.ज. शेर सिंह साउद,
प्र.ज. विकाश नेपाली र म भई मेलाको एक स्थानीय कान्ता देवी अदैको होटलमा गई बियर
खाइयो। निज प्र.स.नि. नर बहादुर क्षेत्रीले पनि त्यहाँ बियर र मासु खादै थिए। निज
प्र.स.नि. ले मलाई रक्सी खायो भनी गाली गर्ने असजिलो डिउटी अरन खटन गरी मलाई रक्सी
खाने समय र बाहिर हिँड्ने समयसमेत दिएका थिएनन्। मौका मिले ठीक पार्नुपर्छ यो अ.स.इ.
इन्चार्ज भएर मलाई पेलेको छ भनी मलाई पहिलेदेखि नै रिस उठेको, तर, मौका मिलेको थिएन।
उक्त दिनमा पनि होटल साहुनी र केटीहरूको अगाडि लात्ताले हानी बेइज्जत गरे। उक्त दिन म
उक्त होटलमा साहुनीसँग बस्ने इच्छा थियो। अ.स.इ. ले तुरुन्त चौकीमा गइहाल भनेर आफू त्यही
होटलमा बसी खान थाले। मैले सर जाऊ, धेरै रात भइसक्यो भनी जबरजस्ती जुत्तासमेत लगाउन नदिई
बाहिर तानी अङ्गालो हाली समाई हिडाएँ। निज अ.स.इ लाई नशा लागेको थियो। मैले
ढोरखोलाको किनारको ढुङ्गा उठाई पछाडि टाउकोमा प्रहार गरेँ। त्यसपछि निज पल्टे। निधार
टाउकोमा समेत पटक पटक उक्त ढुङ्गाले प्रहार गरेँ। आँखा नाक समेतमा मुक्का प्रहार गरेँ। निज
बोल्न चल्न छाडेपछि यो मर्छ होला भनी पहिला बसेको कान्ता देवी अदैको होटलमा आएको हुँ। मैले
निज प्र.स.नि. नर बहादुर क्षेत्रीलाई कर्तव्य गरी मारेको हुँ। उक्त अपराधमा म वाहेकका अन्य
कोही पनि संलग्न छैनन् भन्ने बेहोराको प्रतिवादी ख्याम नारायण पौडेलले अधिकार प्राप्त
अधिकारी समक्ष गरेको साबिती बयान।
प्र.स.नि. नर बहादुर क्षेत्रीको कमान्डमा ५ जनाको टोली छन्त्याल होटलमा आई उक्त
रात सोही होटलमा बसी ऐ. १८ गते बिहानैदेखि मेला सुरक्षा डिउटीमा गयौँ। त्यसपश्चात्
हामीहरू हामी बस्ने गरेको छन्त्याल होटलमा गयौँ र खाना खायौँ। सुत्ने समयमा प्र.स.नि. नर
बहादुर क्षेत्री हामी सुत्ने ठाउँमा जानु भयो र तपाईँहरू राती १२:०० बजेदेखि नै खटिनु भएको छ,
आराम गर्नुहोस्, भोली फिर्ता हुने मनस्थितिमा बस्नुहोस्, भोली ढोरपाटन आरक्षमा एफ.एम. ले
अन्तरवार्ता लिने कार्यक्रम छ, म चौकीमा जान्छु होला भनी जानु भयो। भोली पल्ट बिहान
उठ्दा प्र.स.नि. नरबहादुर क्षेत्री र प्र.ज. ख्यामनारायण पौडेल उक्त स्थानमा थिएनन्। असई
सापको खोजतलास गर्नुहोस्, हामी पनि खोज्छौ भनी म मेला भएको स्थानमा गएँ। अन्य
टोलीहरूलाई लगी म चौकीमा गएँ। असई सापको खोजतलास भयो। चारैतिर प्रहरी टोली परिचालन
भयो। खोलामा दाउरा खोज्ने मानिसहरूले मान्छेको लास ढोरखोलाको किनारमा छ भनी ऐ. २० गते
दिउँसो अं.१४:१० बजेको समयमा खबर प्राप्त भएपश्चात् हामीहरू हतार हतार उक्त स्थानमा जाँदा
जिल्ला बागलुङ बोवाङ गा.वि.स. वडा नं.९ माझचौर ढोरखोलाको किनारमा धुपी सल्लाको
झ्याङमा अड्केको अवस्थामा नर बहादुर क्षेत्रीको लास मृत अवस्थामा फेला परेको हो। निज मृतकको
टाउकोमा तथा अनुहारमा समेत चोटहरू थिए। प्र.ज. ख्यामनारायण पौडेललाई सोधपुछ गर्दा निजले
प्र.स.नि. नर बहादुर क्षेत्रीलाई कान्ता देवी अदैको होटलबाट उक्त स्थानमा लगी ढुङ्गाले
टाउकोमा प्रहार गरी मारेको हो भनी स्विकार गरेका हुन् भन्ने बेहोराको प्र.ह. राजु थारूले
गरेको घटना विवरण कागज।
प्र.स.नि. नर बहादुर क्षेत्री र प्र.ज. ख्यामनारायण पौडेल मेरो होटलमा आई रहन्थे
मिति २०६९।४।१८ गते उत्तर गंगा भन्ने स्थानमा जनै पूर्णिमाको दिन मेला लाग्ने भएको हुँदा मैले
पनि उक्त मेलामा होटल संचालन गर्नको निमित्त समितीलाई रु.१,५००।- दिई मिति २०६९।४।१७
गतेका दिन उत्तरगंगा भन्ने स्थानमा होटल संचालन गरेकी हुँ। ऐ. १८ गते साँझ २ जना प्रहरी र