8489 - फौजदारी
- Registration Number
- 9446
- Decision Date
- 2071-06-05
- Registration Date
- 2071-06-05
- Bench
- गोपाल पराजुली, दीपकराज जोशी
Summary
यो मुद्दा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा गोकर्ण पौडेलविरुद्ध दायर गरिएको हो। प्रतिवादीले सार्वजनिक पदमा रहँदा आफ्नो आयस्रोतभन्दा बढी सम्पत्ति आर्जन गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दाबी थियो। विशेष अदालतले हदम्याद नाघेको भन्दै मुद्दा खारेज गरेको थियो। सर्वोच्च अदालतको पूर्ण इजलासले अनुसन्धानको प्रारम्भिक मिति र हदम्यादको गणनाबारे व्याख्या गर्दै, भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क बमोजिम २ वर्षको हदम्याद नाघेको ठहर गरी विशेष अदालतको फैसलालाई सदर गरेको छ।
Judgment
सर्वोच्च अदालत, पूर्ण इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री दामोदर प्रसाद शर्मा
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री दीपकराज जोशी
फैसला मिति : २०७१।६।५।१
०६९-CF-०००१
मुद्दा : गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ।
पुनरावेदक/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत चिरञ्जीवी खनालको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : लक्ष्मीप्रसाद पौडेलको नाति, वेणीमाधव पौडेलको छोरा गुल्मी जिल्ला, भुर्तुङ्ग गा.वि.स. वडा नं. ६ स्थायी घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ४ चुनदेवी बस्ने गोकर्ण पौडेल
नयाँ ऐन लागू हुनुपूर्व भए गरेको कार्यलाई खारेज भएको अर्थात् प्रचलित कानूनले कसुरको परिभाषाभित्र समेटेको भएमा त्यस्तो कानूनको सीमाभित्र रही कारवाही प्रक्रिया अगाडि बढाउन मिल्ने हुन्छ । नयाँ कानूनले कसुरको रूपमा लिँदैमा यदि कसुर गर्दाको समयमा प्रचलित कानूनले अपराध मान्दैन भने स्वतः त्यसले उन्मुक्ति प्राप्त गर्ने ।
(प्रकरण ८)
अनुसन्धान अधिकृत तोकिनु वा परिवर्तन हुनु भनेको एउटा स्वाभाविक प्रक्रिया
हो । कुनै कर्मचारी सँधै सोही पदमा रहिरहन नसक्ने हुँदा उसको सरूवा तथा बढुवासँगै रिक्त भएको पदपूर्ति र अधुरो रहेको अनुसन्धान पूरा गर्न अर्को अनुसन्धान अधिकृत तोक्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अघिल्लो अनुसन्धान अधिकृतबाट गरिएको काम कारवाहीले मान्यता नपाउने भन्न मिल्ने हुँदैन । यो नियमित र अनवरत चलिरहने प्रक्रिया भएको हुँदा त्यसकै आधारमा अनुसन्धान अधिकृतपिच्छे मुद्दा सुरूदेखि अनुसन्धान गर्ने भन्न मिल्ने पनि हुँदैन । यस्तो अवस्थामा स्वभावैले पहिलो अनुसन्धान अधिकृतबाट भए गरेको कामले पनि मुद्दामा त्यत्तिकै महत्त्व राख्ने ।
(प्रकरण ९)
प्रतिवादीले राष्ट्रसेवकको पदमा बहाल रहेको अवस्थामा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसुर गरेको भन्ने दाबी रहेको सन्दर्भमा जहिलेसुकै पनि मुद्दा चलाउन सकिने प्रकृतिको कसुर हो भन्न मिल्ने हुँदैन । प्रतिवादीउपर सरकारी वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकारको स्वामित्व भएको संस्थाको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने अभियोग लागेको नभै गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसुर गरेको हुँदा हदम्याद नलाग्ने कसुर हो भन्न नमिल्ने ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएको तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ मा संशोधन भएको मितिभन्दा पहिले नै अवकाश प्राप्त गरि सकेका प्रतिवादीउपर अभियोग दाबी लिएको प्रस्तुत मुद्दाको हकमा यी प्रतिवादीले अवकाश प्राप्त गर्दा कायम रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ले तोकेको एकवर्षको हदम्याद वा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क. को दुई वर्षे हदम्यादबाहेकको अन्य हदम्याद लागू हुन सक्ने अवस्था नदेखिने ।
(प्रकरण ११)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता मानबहादुर कार्की
विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त र कृष्णप्रसाद सापकोटा, र विद्वान् अधिवक्ता हिरा रेग्मी
अवलम्बित नजिर :
ने.का.प. २०६८, अङ्क १० नि.नं. ८६९७, पृ १६७५
ने.का.प. २०६६, अङ्क ८ नि.नं. ८२००, पृ १२३५
ने.का.प. २०६८, अङ्क ८ नि.नं. ८६६७, पृ १३२९
सम्बद्ध कानून :
नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१)
अन्तरिम संविधान, २०६३ धारा २४(४)
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८, दफा २०, दफा २९
अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली,२०५९ को नियम १३
भ्रष्टाचार निवारण ऐन, २०५९, दफा २६, दफा २७, दफा २९,
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क
विशेष अदालतमा फैसला गर्नेः–
मा.न्या. श्री भूपध्वज अधिकारी –अध्यक्ष
मा.न्या. श्री कोमलनाथ शर्मा –सदस्य
मा.न्या. श्री चोलेन्द्र शमशेर ज.ब.रा.–सदस्य
यस अदालतको संयुक्त इजलासमा रायबाझी फैसला गर्नेः–
मा.न्या. श्री बैद्यनाथ उपाध्याय
मा.न्या. श्री तर्कराज भट्ट
फैसला
स.प्र.न्या. दामोदरप्रसाद शर्मा : यस अदालतको संयुक्त इजलासमा रायबाझी फैसला भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त विवरण एवम् ठहर यस प्रकार छ ।
तथ्य खण्ड
१. प्रारम्भिक छानबिनको व्यहोराः
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवमा कार्यरत् रहँदा प्रतिवादी गोकर्ण पौडेलले भ्रष्टाचार गरी उच्चस्तरको जीवन यापन गरेको भन्ने विभिन्न स्रोतबाट जानकारी प्राप्त भई प्रतिवादी गोकर्ण पौडेलको विभिन्न बैंकहरूमा रहेका खाता कारोबारको विवरणबाट निजको हैसियतभन्दा बढी अस्वाभाविक कारोबार भएको देखिन आएकाले विस्तृत अनुसन्धान गर्न आवश्यक भई अनुसन्धान अधिकृत नियुक्ति गरिएको ।
२. सार्वजनिक पद धारणसम्बन्धी विवरणः
प्रतिवादी गोकर्ण पौडेलले सार्वजनिक पद धारण गरेको विवरण देहायबमोजिम रहेको देखिन्छ ।
सि.नं. कार्यरत् कार्यालय पद कार्यरत् अवधि कैफियत
देखिसम्म
१ सांसद गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव स्वकीय सचिव २०५२।१०।२९ २०५४।१०।३० संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार
२ प्रधानमन्त्रीको कार्यालय स्वकीय सह–सचिव २०५५।१।२ २०५६ जेठ रा.प.प्रथम श्रेणीसरह
३ प्रधानमन्त्रीको कार्यालय स्वकीय सचिव २०५६।१२।९ २०५८ साउन ६ विशिष्ट श्रेणीसरह
३. सम्पत्तिसम्बन्धी विवरणः
पैतृक सम्पत्ति :
देहायबमोजिमको जग्गा र घर प्रतिवादी गोकर्ण पौडेलको पैतृक सम्पत्तिको रूपमा देखिएको ।
जग्गा :
क्र.सं. नाम जग्गाको विवरण कैफियत
१ वेणीमाधव पौडेल गुल्मी, भुर्तुङ्ग–६ स्थित कि.नं. ४१२, ५२६, ५०९ र २९९ को क्षे.फ. क्रमशः ६–४–१–१, ०–७–१–२, ४–१४–२–१ र ३–२–३–३ २०३८।११।१ को नापीबाट कायम ।
२ वेणीमाधव पौडेल गुल्मी, भुर्तुङ्ग–७ को कि.नं. ४१२ को क्षेत्रफल ६–४–१–१ ,, ,,
३ पवित्रा पौडेल रूपन्देही, बुटबल न.पा.–८ क स्थित कि.नं. १४३५ को क्षे.फ. ०–०–१० २०४३।१।१९ मा वेणीमाधवको नाममा रू.७,०००।– मा खरिद भई २०५८।१।४ मा निजको पत्नीको नाममा नामसारी भएको
४ वेणीमाधव पौडेल गुल्मी, भुर्तुङ्ग–६, कि.नं. ५०८ को क्षेत्रफल २–०–०–० रू.६०,०००।– मा मिति २०४३।११।५ मा टेकबहादुर छन्तेललाई बिक्री गरेको
५ वेणीमाधव पौडेल गुल्मी भुर्तुङ्ग–६, कि.नं. १७५ को क्षेत्रफल ०–११–३–३, कि.नं. १८२ को क्षेत्रफल ०–०–३–३, कि.नं. १८४ को क्षेत्रफल ०–३–१–३, कि.नं. ५२५ को क्षेत्रफल ०–२–०–३, कि.नं. ४७२ को क्षेत्रफल ०–०–२–१, कि.नं. ४८१ को क्षेत्रफल ३–१०–२–३ र कि.नं. ५०० को क्षेत्रफल ६–३–३–२ मिति २०५२।२।१४ मा रू.२,५०,०००।– मा बिक्री भएको
घर :
क्र.सं. नाम घरको विवरण कैफियत
१ वेणीमाधव पौडेल गुल्मी, भुर्तुङ्ग–६ स्थित कि.नं. ५२६ मा बनेको घर ।
सार्वजनिक पदधारण गरेपश्चात् आर्जन गरेको सम्पत्ति :
प्रतिवादी गोकर्ण पौडेलले पेस गरेको व्यक्तिगत विवरण, निजले गरेको बयान तथा अनुसन्धानको क्रममा सङ्कलन गरेको कागजातसमेतका आधारमा निज र निजको संयुक्त परिवारका सदस्यहरूका नाममा रहेका चल, अचल सम्पत्ति देहायबमोजिम देखिएको ।
जग्गा :
क्र.सं. जग्गाधनीको नाम जग्गाको विवरण खरिद मिति लिखत मूल्य रू. कैफियत
१ करूणा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९ख कि.नं.१२६१ क्षे.फ.०–०–१० २०५३।४।२७ ५,०००।- मामा विष्णुदत्त शर्माबाट दानपत्र
२ पवित्रा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९क कि.नं. २१५८, क्षे.फ.०–०–१७ २०५४।१०।२२ ८५,०००।- वेणीमाधवले खरिद गरेको र ०५८।१।४ मा पत्नीको नाममा नामसारी भएको
३ करूणा पौडेल काठमाडौं, गोठाटार गा.वि.स.–८, कि.नं.६४३, क्षे.फ.०–६–०–० २०५९।३।१९ ३६,०००।- हा.ब.
४ गोकर्ण पौडेल काठमाडौं, का.म.न.पा.–४, कि.नं.४७, क्षे.फ. ०–९–२–३ २०५९।४।९ ६,०५,५००।- राजीनामा
५ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.७३३ क्षे.फ.०–२–२–० २०६२।१।२६ ३,५०,०००।- राजीनामा
६ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.७३४ क्षे.फ.०–३–२–० २०६२।१।२६ ७,००,०००।- राजीनामा
जम्मा १७,८१,५००।-
घर :
क्र.सं. घरधनीको नाम घरको विवरण खरिद/निर्माण मिति मूल्य रू. कैफियत
१ पवित्रा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९ कि.नं. २१५८, क्षे.फ.०–०–१७ मा बनेको घर २०५४।१०।२२ मा वेणीमाधवले खरिद गरेको ५,०८,०००।– लिखत मूल्य
२ गोकर्ण पौडेल काठमाडौं, का.म.न.पा.–४, कि.नं. ४७, क्षे.फ. ०–९–२–३ मा बनेको घर २०६० २६,०३,०४२।०७ आयोगबाट भएको मूल्याङ्कन अनुसार ।
३ करूणा पौडेल काठमाडौं, गोठाटार गा.वि.स.–८, कि.नं.६४३, क्षे.फ.०–६–०–० मा बनेको घर २०६० १५,९९,८१२।१४ आयोगबाट भएको मूल्याङ्कन अनुसार ।
जम्मा ४७,१०,८५४।२१
गोकर्ण पौडेल र निजको श्रीमतीको नाममा रहेको बैंक मौज्दात विवरण :
क्र.सं. खातावालाको नाम बैंकको नाम खाता नम्बर मौज्दात रू. कैफियत
१ गोकर्ण पौडेल एन.आई.बि. बैंक, पुतली सडक ०१२–१२३३७४० (बचत) २,४६७।४५ २०६२।२।२९ मा
२ गोकर्ण पौडेल नेपाल एस.बि.आई.बैंक, दरबारमार्ग ३५२५ (बचत) १८,४३८।३० २०६२।१।१३ मा
३ गोकर्ण पौडेल हिमालयन बैंक लि. महाराजगञ्ज २६०९१० जे (बचत) – २०६१।१०।२९ मा खाता बन्द भैसकेको
४ गोकर्ण पौडेल हिमालयन बैंक लि. महाराजगञ्ज २६०९१० ए (चल्ती) – २०५९।५।२७ मा खाता बन्द भैसकेको
५ गोकर्ण पौडेल एन.बि. बैंक, पुतलीसडक ०२९९८१ (बचत) – २०६२।२।२५ मा खाता बन्द भैसकेको
६ गोकर्ण पौडेल एन.बि. बैंक, पुतलीसडक ०२९९८२ (मुद्दती) – २०५९।६।१ मा खाता बन्द भैसकेको
७ रीता पौडेल हिमालयन बैंक, महाराजगञ्ज २८९०४० जे (बचत) १,२९,२६६।५६ २०६०।३।३२ मा
जम्मा १,५०,१७२।३१
गोकर्ण पौडेल र निजको श्रीमतीबाहेक निजको परिवारका अन्य सदस्यहरूको नाममा रहेको बैंक मौज्दात विवरण :
क्र.सं. खातावालाको नाम बैंकको नाम खाता नम्बर मौज्दात रू. कैफियत
१ करूणा पौडेल हिमालयन बैंक, पुल्चोक ०९११९० ए (बचत) हाल नयाँ खाता नं. ००६००३६६००००१९ २५,३८६।४४ २०६२।२।३० मा
२ करूणा पौडेल रा. वा. बैंक, एयरपोर्ट १३९९ (बचत) ६१,७७७।– २०६१।१२।२६ मा
३ करूणा पौडेल स्टाण्डर्ड चार्टर्ड बैंक, बानेश्वर ०११००४९६४-०१ (चल्ती) १,४९१।२५ २०६२ वैशाखमा
४ करूणा पौडेल नेपाल बैंक लिमिटेड, धर्मपथ ५५३७३-११ (चल्ती) ९,७४४।– २०६२।३।१३ मा
५ करूणा पौडेल कृषि विकास बैंक, बानेश्वर २४३०१४ (बचत) २,४८०।१४ २०६१।९।२९ मा
६ कृष्ण पौडेल एन.आइ.बि.बैंक, पुतलीसडक ०१२-१३६२८४० (बचत) २,९४५।९० २०६१।९।२९ मा
७ कृष्ण पौडेल कुमारी बैंक, पुतली सडक 10152401422401 (चल्ती) ७,५५२।३० २०६२।२।१७ मा
८ पवित्रा पौडेल रा. वा. बैंक, भैरहवा १९४३३-१९१ (बचत) १,८२,९६४।०४ २०६१ पुसमा
९ वेणीमाधव पौडेल राष्ट्रिय वाणिज्य बैंक, गुल्मी १६८२/१७ (बचत) १६,४०५।६९ २०५७ पुसमा
जम्मा ३,१०,७४६।७६
सेयर खरिदको विवरण :
क्र.सं. विवरण रकम रू. कैफियत
१ केयर इङ्ग्लिस बोर्डिङ्ग स्कुल प्रा.लि., गौशाला २,७०,०००।- २०५२ देखि २०५४ सम्म पटकपटक गरी गोकर्ण पौडेलको नाममा
२ अनमोल क्याटरिङ्ग सर्भिस, काठमाडौं २,००,०००।- २०५६ मा भाइ कृष्णको नाममा ।
३ ह्याम्स हस्पिटल प्रा.लि., त्रिपुरेश्वर १४,००,०००।- २०५७ मा गोकर्ण पौडेलको नाममा
जम्मा १८,७०,०००।-
सुनचाँदीको विवरण:
क्र.सं. विवरण परिमाण कैफियत
१ सुनका गहनाहरू २५ तोला
२ चाँदी १५ तोला
विद्युतीय उपकरणहरू :
आयोगबाट प्रतिवादी गोकर्ण पौडेलको घरको मूल्याङ्कन गर्ने क्रममा देखिएका विद्युतीय उपकरणहरूको विवरण देहायबमोजिम रहेको छ ।
क्र.सं. विवरण परिमाण रकम रू. कैफियत
१ रेफ्रिजेरेटर १ २०,०००।-
२ माइक्रो ओभन १ १२,०००।-
३ वाटर फिल्टर १ १०,०००।-
४ इलेक्ट्रिक चिम्नी १ १०,०००।-
५ के.ई.सी. कलर टि.भी. २१ इन्च १ २५,०००।-
६ सोनी सि.डी.प्लेयर १ २०,०००।-
७ पङ्खा ३ ५,८००।-
८ ग्यास रूम हिटर १ ७,०००।-
९ सोलार वाटर हिटर १ सेट ३०,०००।-
१० भ्याकुम क्लिनर १ ४,५००।-
११ क्यासेट प्लेयर १ ६,०००।-
१२ फ्याक्स १ १५,०००।-
१३ हेलोजिन हिटर १ २,०००।-
१४ जेट पम्प १ ९,०००।-
जम्मा १,७६,३००।-
सवारी साधनको विवरण:
क्र.सं. सवारीधनीको नाम सवारीको किसिम खरिद मिति रकम रू. कैफियत
१ करूणा पौडेल बा. ९ प. १५८ नं. को मोटरसाइकल २०५६।४।२३ ९०,०००।-
२ कृष्ण पौडेल बा. ३ च. ९२८१ नं. को मारूती जेन २०६१।७।१९ ५,००,०००।- कुमारी बैंकको कर्जाबाट
जम्मा ५,९०,०००।-
४. प्रतिवादीहरूको अनुसन्धानको क्रममा भएको बयानः
म राजनीति पेसामा लागेको हुँदा केही सयम नेपाली कांग्रेस पार्टी सभापतिको निजी सचिवको रूपमा कार्य गरी २०५५ वैशाखदेखि २०५६ जेठसम्म प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव (सह सचिवसरह) र २०५७ वैशाखदेखि करिब १५ महिना विशिष्ट श्रेणीसरहको स्वकीय सचिवको रूपमा काम काज गरेको हो । मेरी श्रीमती र नाबालक छोरो छ । परिवारमा आमा पवित्रा, माइला भाइ, करूणा, बुहारी र निजहरूको २ वटा नाबालक छोराहरू तथा कान्छा भाइ कृष्ण छन् । माइला भाइ बुद्ध एयरमा एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियर छन् । कान्छा भाइ कृष्ण अध्ययन र व्यापार गर्दछन् ।
का.म.न.पा.वडा नं. ४ स्थित कि.नं. ४७ को क्षेत्रफल ०–९–२–३ जग्गा मेरो पारिश्रमिकबाट बचेको र केही पिताजीले दिएको रकमबाट खरिद गरेको हो । उक्त जग्गामा बनेको घर डि.पि.सि. सम्म पिताजी र भाइले पैसा दिएर बनाएको र डि.पि.सि. भन्दामाथि एस.बि.आई. बैंकको हाउजिङ्ग लोनबाट बनाएको हो । मिति २०५६ सालमा अनमोल क्याटरिङ्गमा लगानी भएको रू.२,००,०००।– पिताजीको स्वआर्जन, मेरो र माइला भाइको पारिश्रमिकबाट लगानी भएको हो । केयर इङलिस बोर्डिङ स्कुल गौशालामा २०५२ देखि २०५४ सम्म रू.२,७०,०००।– लगानी भएको र सोको स्रोत पिताजीको स्वआर्जन र पार्टी कार्यालयमा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको निजी सहायकको रूपमा कार्य गरेबापत प्राप्त पारिश्रमिकमध्ये बचेको रकमबाट लगानी भएको हो । ह्याम्स हस्पिटलमा लगानी गरेको रू.१२,००,०००।– भारतीय नागरिक क्या.कैलाश सिं सैगहलले लगानी गर्न दिएको रू.४८,००,०००।– मध्येबाट ममार्फत लगानी भएको हो । निज भारतीय नागरिकसँग रूपैयाँ लेनदेन विषयको कुनै लिखत प्रमाण मसँग छैन ।
नेपाल बङ्गलादेश बैंक पुतली सडकमा मिति २०५३।४।१७ देखी २०५४।७।२५ सम्म जम्मा गरेको रू.७,७९,०००।– नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य गिरिजाप्रसाद कोइरालाको निजी सहायकका रूपमा रहँदाको पारिश्रमिक तथा पिताजीको स्वआर्जनबाट जम्मा गरेको हो । सोही बैंकमा मिति २०५४।१०।१३ देखि २०५५।८।२२ सम्म जम्मा गरेको रू.३२,००,०००।– पिताजीको, मेरो र माइला भाइको कमाइ, गुल्मीको जग्गा बेचेको रकम र खच्चरको व्यवसायको आम्दानीसमेतबाट जम्मा भएको हो । एन.बि.बैंकमा रहेको खातामा मिति २०५५।१०।४ देखी २०५६।३।१ सम्मको अवधिमा रू.३८,५५,०००।– जम्मा गरेको सम्बन्धमा रू.२८,००,०००।– ह्याम्स हस्पिटलमा लगानी गर्न विभिन्न मितिमा क्या. कैलाश सिं सैहगलले भारतबाट पठाएको रकम र बाँकी पिताजी, म र माहिला भाइ करूणासमेतको स्वआर्जनको रकम जम्मा भएको हो । सोही बैंकमा मिति २०५६।६।२८ देखि २०५८।४।५ सम्मको अवधिमा जम्मा भएको रू.२९,००,०००।– साथीभाइ, इष्टमित्रहरूले राख्न दिएको रकम हो । हिमालयन बैंक महाराजगञ्जमा मिति २०५६।४।२५ (१० अगष्ट १९९९) मा रू.५०,००,०००।– र मिति २०५६।५।७ मा रू.२०,००,०००।– जम्मा गरेको सम्बन्धमा रू.५०,००,०००।– एन.बि.बैंकमा रहेको मेरो बचत खाताबाट ट्रान्सफर गरेको रकम हो । रू.२०,००,०००।– का हकमा मेरो कान्छा मामाकी छोरीले राख्न दिएको रकम
हो । आफन्तसँगको व्यवहार भएको हुँदा मसँग कुनै लिखत प्रमाण छैन । सोही बैंकमा मिति २०५७।४।५ मा रू.३०,००,०००।– जम्मा भएको सम्बन्धमा एन.बि.बैंकबाट झिकेको रू.२०,००,०००।– र क्या. कैलाश सिं सैहगलले ह्याम्स हस्पिटलमा लगानी गर्ने प्रयोजनको लागि पठाएको रू.१०,००,०००।– समेत मिलाएर जम्मा गरिएको हो । मिति २०५८।११।२० मा हिमालयन बैंकमा जम्मा भएको रू.४०,००,०००।– मध्ये सोही दिन झिकेको रू.२४,००,०००।– र मिति २०५९।२।१, २०५९।२।८ र २०५९।४।९ मा झिकेको क्रमशः रू.२,५०,०००।–, रू.१०,००,०००।– र रू.८,४०,०००।– रकमका सम्बन्धमा केही सापटी प्रयोजनका लागि र केही जग्गा खरिद गर्न निकालिएको हो । सापटीमा लगाएको रकमको कुनै लिखत प्रमाण भने छैन ।
घर बनाउनको लागि एस.बि.आई.बैंकबाट मैले रू.९,७५,०००।– र भाइ करूणाले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट रू.१२,००,०००।– कर्जा लिएको
हो । उक्तबमोजिमको कर्जा चुक्ता भएको छैन । मेरो र मेरो परिवारको नाममा रहेको अचल सम्पत्तिको विवरण मैले मिति २०६०।४।१३ मा भरेको व्यक्तिगत विवरणमा खुलाएको छु । उक्त विवरणमा भाइ करूणा पौडेलको नाममा रहेको सिद्धार्थनगर नगरपालिकाको १० धुर जग्गाको विवरण छुट हुन गएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं.९ स्थित १७ धुर जग्गा र घर एवम् बुटवल नगरपालिका वडा नं.८ स्थित १० धुर जग्गा आमा पवित्रा पौडेलको नाममा रहेको छ जुन पिताजी आफैँले खरिद गर्नुभएको सम्पत्ति हो भन्ने ब्यहोराको प्रतिवादी गोकर्ण पौडेलले अनुसन्धानको क्रममा गरेको बयान ।
म बुद्ध एयरमा ग्राउन्ड इन्जिनियर पदमा कार्यरत् छु । यसभन्दा अघि नेकोन एयरमा सन् १९९४ देखि २००० सम्म टेक्निसियन पदमा कार्य गरेको थिएँ । नेकोनमा छँदा सुरूमा १२०००।– र पछि सिनियर टेक्निसियन हुँदा १८०००।– (करिब) मासिक पारिश्रमिक थियो । हाल बुद्ध एयरमा झन्डै ७०,०००।– मासिक तलबभत्ता हुन्छ । उक्त पारिश्रमिकमा कर कट्टी गरेरमात्र भुक्तानी दिने गरिएको छ । हामी दाजुभाइबिच अंशबन्डा भएको छैन । दुईवर्ष अघिदेखि म गोठाटारको छुट्टै घरमा बस्ने गरेको छु । गोठाटारमा घर भएको ६ आना जग्गा बकस प्राप्त गरेको र सो जग्गामा घर बनाउन स्टाण्डर्ड चार्टर्ड बैंकबाट रू.१२,००,०००।– हाउजिङ्ग लोन लिएको छु । सोही गा.वि.स.मा पछि लिएको ६ आना जग्गा नेपाल बैंक लिमिटेडबाट ऋण लिई किनेको हो । मेरो भैरहवामा रहेको १० धुर जग्गा ६–७ वर्ष पहिले नै मामाले दिएको हो । मेरो पारिश्रमिकको रकम मैले हिमालयन बैंक पाटन र राष्ट्रिय वाणिज्य बैंक एयरपोर्ट शाखामा जम्मा गरेको छु । हामी दाजुभाइ बिचमा खासै तिर्ने हिसाबले आर्थिक लेनदेन भएको छैन । घर खर्च, दशैं खर्च तथा घरभाडा इत्यादिका लागि रू.१२,०००।– देखि रू.१५,०००।– सम्म बेलाबेलामा दाजुभाइको बिचमा सहयोग भएको छ । उक्त सहयोगको स्रोत मेरो पारिश्रमिकको रकम हो । राष्ट्रिय वाणिज्य बैंक एयरपोर्ट शाखामा मिति २०५९।१०।२७ मा जम्मा गरेको रू.४,८०,०००।– को रकम मैले स्टाण्डर्ड चार्टर्ड बैंकबाट निकालेर जम्मा गरेको रकम हो । उक्त बैंकबाट मिति २०५९।११।२० मा झिकेको रू.२,१५,०००।– मैले आफ्नो घर निर्माण प्रयोजनको लागि झिकिएको हो भन्ने ब्यहोराको बुझिएका करूणा पौडेलले अनुसन्धानको क्रममा गरेको बयान ।
म अनमोल क्याटरिङ्ग सर्भिसमा काम गर्दछु । उक्त क्याटरिङ्गमा रू.२,००,०००।– लगानी गरेको
छु । उक्त लगानी गर्न पिताजीले रूपैयाँ दिनुभएको थियो । मेरो मासिक पारिश्रमिक रू.७,०००।– र भत्ता सुविधा २०–२५ हजार जति छ । मेरो नाममा घर, जग्गा केही छैन । बा. ३ च ९२८१ नं. को मारूती जेन कुमारी बैंकबाट रू.५,००,०००।– ऋणसमेतबाट खरिद गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकबाट ए.टि.एम. कार्ड लिएको छु । बैंकमा मेरो अन्य खाता, सेयर लगानी र लकरसमेत छैन भन्ने ब्यहोराको बुझिएका कृष्ण पौडेलले अनुसन्धानको क्रममा गरेको बयान ।
५. सगोल परिवारको आयस्रोतः
बिक्री वा हस्तान्तरण भएको जग्गा :
क्र.सं. जग्गाधनीको नाम जिल्ला, गा.वि.स./ न.पा वडा नं. कि.नं. क्षेत्रफल लिनेको नाम रकम रू. मिति लिखतको किसिम कैफियत
१ वेणीमाधव शर्मा गुल्मी, भुर्तुङ्ग ६ ५०८ २-०-०-० - ६०,०००।- २०४३।११।५ राजीनामा
२ वेणीमाधव शर्मा गुल्मी, भुर्तुङ्ग ६ १७५, १८२, १८४, ५२५, ४७२, ४८१ र ५०० ११-१-२-२ २,५०,०००।- २०५२।२।१४ राजीनामा
जम्मा ३,१०,०००।–
मिति २०५२।१०।२९ देखि २०५८ साउनसम्म प्रतिवादी गोकर्ण पौडेलले सार्वजनिक पदमा बहाल रहँदा प्राप्त गरेको तलब भत्ता विवरणः
क्र.सं. बहाल रहेको अवधि कार्यालय, पद मासिक तलब ग्रेड आम्दानी कैफियत
देखिसम्म(तलब भत्ता)
१ २०५२।१०।२९ २०५३।११।२८ सांसद गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव ३,२००।- ४३,०३४।- संसद्् सचिवालयबाट प्राप्त विवरण अनुसार
२ २०५३।११।२९ २०५४।३।३० ,, ,, ४,१००।- १६,४००।- ,,
३ २०५४।४।१ २०५४।६।३१ ,, ,, ५,०००।- १५,०००।- ,,
४ २०५४।७।१ २०५४।१०।३० ,, ,, ४,०००।- १६,०००।- ,,
५ २०५५।१।२ २०५६।१।३० प्रधानमन्त्रीको स्वकीय सचिव ६,१६०।- ८०,०८०।- रा.प.प्रथम श्रेणीसरह
६ २०५६।१२।९ २०५८ साउन ६ प्रधानमन्त्रीको स्वकीय सचिव ७,२३४।- १,१५,७४४।- विशिष्ट श्रेणीसरह
जम्मा २,८६,२५८।-
प्रतिवादी गोकर्ण पौडेलको भाइ करूणा पौडेलको आय (तलब भत्ता):
क्र.सं. बहाल रहेको अवधि कार्यालय, पद मासिक तलब ग्रेड आम्दानी कैफियत
देखिसम्म(तलब भत्ता)
१ २०५६।११।१ २०५८।४।२७ बुद्ध एयर प्रा.लि., सिनियर टेक्निसियन - १,३७,८८२।- बुद्ध एयरबाट प्राप्त भएको पत्रानुसार तलब भत्ता र अन्य सुविधासमेत
२ २०५८।४।२८ २०६०।४।२७ बुद्ध एयर प्रा.लि., ए.एम.ईं.- - ६,९६,५४६।- ,,
३ २०६०।४।२८ २०६२।३।३० बुद्ध एयर प्रा.लि., ए.एम.ईं. - - १४,५६,५७५।- ,,
जम्मा २२,९१,००३।-
प्रतिवादी गोकर्ण पौडेल र निजका भाइहरू, करूणा पौडेल तथा कृष्ण पौडेलले विभिन्न बैंकहरूबाट लिएको ऋण देहायबमोजिम रहेको देखिन्छ :
क्र.सं. विवरण मिति रकम रू. कैफियत
१ नेपाल एस.बि.आइ. बैंक दरबारमार्गबाट घर कर्जाबापत गोकर्ण पौडेलले लिएको रकम २०५९।९।२६ ९,७५,०००।-
२ स्टाण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वरबाट घर कर्जाबापत करूणा पौडेलले लिएको रकम २०५९।५।३ १२,००,०००।-
३ नेपाल बैंक लिमिटेड धर्मपथबाट घर कर्जाबापत करूणा पौडेलले लिएको रकम २०६२।१।२६ ७,५०,०००।-
४ कुमारी बैंक, पुतलीसडकबाट हायर पर्चेज कर्जाबापत कृष्ण पौडेलले लिएको रकम २०६१।७।१९ ५,००,०००।-
जम्मा ३४,२५,०००।-
प्रतिवादी गोकर्ण पौडेल र श्रीमती रीता पौडेलको नाममा हाल कायम रहेको सम्पत्ति :
क्र.सं. सम्बन्धित व्यक्ति सम्पत्तिको विवरण रकम (रू.) कैफियत
१ गोकर्ण पौडेल काठमाडौं, का.म.न.पा.४ को कि.नं. ४७ क्षेत्रफल ०–९–२–३ जग्गा मिति २०५९।४।९ मा खरिद ६,०५,५००/- (लिखत मूल्य) २९,०६,२५०।– (हालको मूल्याङ्कनअनुसार)
२ गोकर्ण पौडेल काठमाडौं, का.म.न.पा.४ को कि.नं. ४७ क्षेत्रफल ०–९–२–३ जग्गामा २०६० सालमा निर्माण भएको घर २६,०३,०४२.०७/- घर निर्माण वर्षको लागत मूल्याङ्कनअनुसार
३ गोकर्ण पौडेल केयर इङ्गलिस बोर्डिङ्ग स्कुल प्रा.लि. गौशालाको सेयर खरिद २,७०,०००/-
४ गोकर्ण पौडेल ह्याम्स अस्पताल प्रा.लि. त्रिपुरेश्वरको सेयर खरिद १४,००,०००/-
५ गोकर्ण पौडेल
नेपाल इन्भेष्टमेन्ट बैंक पुतलीसडक को खाता नं. ०१२–१२३३७४० मा मौज्दात रकम२,४६७.४५/-
६ गोकर्ण पौडेल नेपाल एस.बि.आई. बैंक दरबारमार्गको बचत खाता नं. ३५२५ मा मौज्दात रकम १८,४३८.३०/-
७ रीता पौडेल हिमालयन बैंक महाराजगञ्जको बचत खाता नं. २८९०४० ‘जे’ मा मौज्दात रकम १,२९,२६६.५६/-
जम्मा ५०,२८,७१४.३८/-
प्रतिवादी गोकर्ण पौडेल सार्वजनिक पदमा रहँदा निजका बाबु, आमा र भाइहरूले गरेको सम्पत्ति आर्जनको विवरणः
क्र.सं. खर्च गर्नेको नाम विवरण जम्मा रकम रू. कैफियत
१ करूणा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९ कि.नं. १२६१ क्षेत्रफल ०–०–१० जग्गा खरिद ५,०००।-
२ पवित्रा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९ कि.नं. २१५८, क्षे.फ.०–०–१७ जग्गा र सोमा बनेको घर ५,९३,०००।- २०५४।१०।२२ मा वेणीमाधवले खरिद गरेको र ०५८।१।४ मा पत्नीको नाममा नामसारी भई गएको
३ कृष्ण पौडेल अनमोल क्याटरिङ सर्भिसमा सेयर लगानी २,००,०००।- २०५६ सालमा
४ कृष्ण पौडेल मारूती जेन गाडी खरिद ५,००,०००।- कुमारी बैंकबाट कर्जा लिएको
५ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.६४३ क्षे.फ.०–६–०–० जग्गा खरिद ३६,०००।- २०५९ सालमा हा.व.
६ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.६४३ क्षे.फ.०–६–०–० मा बनेको घर १५,९९,८१२।१४ २०६० सालमा
७ करूणा पौडेल मोटर साइकल खरिद गरेको ९०,०००।- २०५६।४।६ मा
८ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.७३३ क्षे.फ.०–२–२–० जग्गा खरिद ३,५०,०००।- २०६२।१।२६ मा राजीनामाबाट
९ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.७३४ क्षे.फ.०–३–२–० जग्गा खरिद ७,००,०००।- २०६२।१।२६ मा राजीनामाबाट
६. प्रतिवादी र परिवारका सदस्यहरूको आयस्रोतको सम्बन्धमा देखिएका अपत्यारिला एवम् अस्वाभाविक पक्षहरूः
प्रतिवादी गोकर्ण पौडेलका बुबाको आयव्यय सम्बन्धमा :-
प्रतिवादी गोकर्ण पौडेलले विभिन्न मितिमा गरेका बैंक कारोबार र सम्पत्ति खरिदका सन्दर्भमा आफ्नो प्रमुख स्रोतको रूपमा आफ्ना बाबुको जग्गा जमिनबाट भएको आय, खच्चर व्यापारको आय र जग्गा बिक्रीको आय भनी उल्लेख गरेको देखिन आएकाले प्रमाण कागजातसमेतका आधारमा निज प्रतिवादीका बाबुको आय र सो आय लगानी भएको सम्पत्तिका सम्बन्धमा हेर्दा निज प्रतिवादी गोकर्ण पौडेलका बाबुको गुल्मी जिल्ला भुतुङ्ग–६ र ७ मा जम्मा २७–१४–३–१ रोपनी जग्गा रहेको देखिन्छ । निज प्रतिवादी गोकर्ण पौडेलको भनाइअनुसार निजका बाबुले २४ वटा खच्चरको साझेदारी र सट्टापट्टाको व्यापार गर्ने गरेको भन्ने रहेको छ । निजका २४ वटा खच्चर कहिलेदेखि कहिलेसम्म रहे र को–को व्यक्तिसँग साझेदारी चलेको थियो भनी दर्साउने कुनै वस्तुनिष्ठ प्रमाण निज प्रतिवादीले पेस गर्न सकेको पाइँदैन । यसबाट निज प्रतिवादीका बाबुको खच्चरको साझेदारी र सट्टापट्टाको व्यापार थियो र त्यसबाट आय आर्जन पनि हुन्थ्यो भनी पुष्टि गर्ने कुनै सबुद प्रमाण र आधार देखिन आएन । यसप्रकार निज प्रतिवादीको सो जग्गाबाट हुने सीमित आयदेखि बाहेकको अन्य आय हुने स्रोत देखिँदैन । त्यसो हुँदा निजका बाबुको आय–व्ययलाई निज प्रतिवादी गोकर्ण पौडेलले उल्लेख गरेबमोजिमको आम्दानीमा गणना गर्न मिल्ने देखिएन । सोबाहेक निज वेणीमाधव पौडेलले आफ्नो जीवनकालमा २०४३।१।१९ मा जिल्ला रूपन्देही, बुटवल नगरपालिका ८क मा कि.नं. १४३५ क्षेत्रफल ०–०–१० धुर जग्गामात्र रू. ७,०००।– मा खरिद गरेको देखिन्छ भने मिति २०४३।११।५ मा गुल्मीस्थित पैतृक सम्पत्तिमध्येबाट २–०–०–० रोपनी जग्गा रू.६०,०००।– मा बिक्री गरेको र त्यसपछि एकैपटक २०५२।२।१४ मा गुल्मीस्थित विभिन्न कित्ता जग्गा बिक्रीबापत रू.२,५०,०००।– आम्दानी गरेको देखिन्छ । सो अवधिपछि प्रतिवादी गोकर्ण पौडेलले सार्वजनिक सेवामा प्रवेश गरेपछि २०५४।१०।२२ मा जिल्ला रूपन्देही, सिद्धार्थनगर न.पा.–९ मा कि.नं. २१५८ क्षेत्रफल ०–०–१७ धुर जग्गा रू.८५,०००।– मा र घर रू.५,०८,०००।– मा खरिद गरेको
देखिन्छ । यस अवधिमा निज प्रतिवादीका बाबुको व्यापारिक कारोबार एवम् उल्लेखनीय बैंकिङ्ग कारोबारसमेत नभएको देखिँदा कुनै किसिमको अन्य उल्लेख्य आय भएको देखिँदैन । यसबाट निज वेणीमाधवको व्यापारिक र घरायसी आम्दानीले छोरा प्रतिवादी गोकर्ण पौडेलको आयमा सहयोग पुर्याउन सक्ने अवस्था पनि देखिन आएन । निज प्रतिवादीका पिताजीले २०५२।२।१४ मा आफ्नो पैतृक २८ रोपनी जग्गामध्ये ११–१–२–२ रोपनी जग्गा रू.२,५०,०००।– मा बिक्री गरेको देखिए तापनि उक्त जग्गा बिक्री गरेपछि रूपन्देहीको घर जग्गा खरिद गरिएको अवधिको बिचमा सोरकम तथा अन्य छिटपुट रकमसमेत लगानी गरी बढेबढाएको हुन सक्ने स्थिति देखिएको हुँदा रू.५,९३,०००।– मा खरिद गरिएको रूपन्देहीको उक्त घरजग्गा सोही बढेबढाएको रकमबाट खरिद गरेको हुन सक्ने देखिएको छ । सोबाहेक निज प्रतिवादी गोकर्णकी आमा पवित्रा पौडेलको भैरहवा स्थित बचत खाता नं. १९४३३–१९८ मा लामो अवधिदेखि जम्मा हुँदै आएको र कतिपय अवस्थामा निज प्रतिवादीका बाबु वेणीमाधव पौडेलको खाताबाट सर्दैआएको रकमसमेत देखिन आएको छ । सो मौज्दात रकम रू.१,८२,९६४।०४ देखिन्छ । सो बचत खातामा पटकपटक सामान्य अवस्थाका रकम जम्मा हुँदै गएको भए पनि त्यसबाट कुनै रकम ननिकालिएकोसमेत देखिँदा सोरकम निज वेणीमाधवको स्वाभाविक आम्दानीका रूपमा लिइएको छ । त्यसैगरी वेणीमाधव पौडेलको नामको रा.वा.बैंक गुल्मी (पूर्तिघाट शाखा) को १८६२/१७ को बचत खातामा रहेको रू.१६,४०५।६९ लाई निज वेणीमाधवकै आम्दानीको रूपमा मानिएको छ । निज प्रतिवादी गोकर्ण पौडेलले बयानको क्रममा पटकपटक उल्लेख गरेबमोजिम निजका पिताजीबाट सहयोग प्राप्त गरेको भनी भनेको भए पनि त्यस्तो सानोतिनो आम्दानीबाट निजलाई लाखौं लाखका रकम पटकपटक दिएको भन्ने व्यहोरा प्रष्ट हुन सक्ने अवस्था देखिएन । यसबाटसमेत निज प्रतिवादीको उपरोक्त भनाइ पुष्टि हुने आधार देखिएन ।
प्रतिवादी गोकर्ण पौडेलका भाइहरूको आय व्यय सम्बन्धमा :-
प्रतिवादी गोकर्ण पौडेलले घर निर्माण गर्दा डि.पि.सी. सम्म बनाउन र पटकपटक बैंक दाखिला भएका रकम भाइ करूणा र कृष्ण पौडेलसमेतको सहयोग भनी उल्लेख गरेको देखिएकाले निज प्रतिवादीका भाइहरूको आय र सो आयबाट निज गोकर्ण पौडेलले सहयोग प्राप्त गरेको हो होइन भन्ने सम्बन्धमा हेर्दा निज प्रतिवादी गोकर्ण पौडेलका माहिला भाइ करूणा पौडेल २०५० सालदेखि सेवा प्रवेश गरी हाल बुद्ध एयरमा ए.एम.ई.– पदमा कार्यरत् रहेका देखिन्छन् । निज प्रतिवादीले यस अवधिमा काठमाडौं गोठाटार गा.वि.स ८ मा कि.नं. ६४३, ७३३ र ७३४ गरी जम्मा क्षेत्रफल ०–१२–०–० जग्गा रू.१०,८६,०००।– मा आफ्नै नाममा खरिद गरेको तथा सोही स्थानमा रू.१५,९९,८१२।१४ को लागतमा घर निर्माण गरेको, रू.९०,०००।– मा मोटरसाइकल खरिद गरेको र निजका नाममा हालसम्म विभिन्न बैंकका खातामा रू.१,०३,२१३।९५ मौज्दात रहेको देखिन्छ । निज करूणा पौडेलसँग आयोगबाट लिइएको बयानमा निजले उक्त चल अचल सम्पत्ति आफ्नै तलब, भत्ता, सुविधा तथा बैंकबाट लिएको ऋणबाट आर्जन गरिएको हो भनी उल्लेख गरेको र प्राप्त प्रमाणबाट निजले बुद्ध एयरमा काम गरेबापत तलब भत्ता प्राप्त गरेको
देखियो । निजले मिति २०५९।५।३ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वरबाट रू.१२,००,०००।– र नेपाल बैंक लिमिटेडबाट मिति २०६२।१।२ मा जग्गा ऋणबापत रू.७,५०,०००।– ऋणसमेत लिएको देखिन्छ । सोआम्दानी र निजले गरेको खर्चका सम्बन्धमा यस आयोगमा बयान गर्दा दाजुसँग खासै लेनदेन भएको छैन, घर खर्च, दशैं खर्च, घरभाडा आदिका लागि रू.१२,०००।–देखि रू.१५,०००।– सम्म बेलाबेलामा सहयोग भएको छ भनी उल्लेख गरेको देखिएबाट निज प्रतिवादी गोकर्ण पौडेलले घर निर्माण कार्यमा भाइबाट प्राप्त सहयोग लगाएको भन्ने र बैंकमा रकम जम्मा गर्दाका अवस्थामा भाइ करूणाबाट प्राप्त गरेको रकमसमेत जम्मा गरेको भन्ने कुरा भाइ करूणाको बयानसमेतबाट पुष्टि हुन सकेको देखिएन । यसका साथै घर निर्माण गर्न र जग्गा किन्न बैंकबाट ऋण लिनुपर्ने अवस्था भएका भाइ करूणा पौडेलले दाजुका नाममा बैंकमा रकम जम्मा गर्न र घर निर्माण गर्न रकम दिएका होलान् भनी विश्वास गर्न सकिने कुनै आधार देखिएन ।
यसैगरी कान्छो भाइ कृष्ण पौडेलले अनमोल क्याटरिङबाट ल्याएको रकमसमेत मिलाएर मिति २०५७।७।२९ मा हिमालयन बैंकस्थित आफ्नो खातामा रू.१,००,०००।– नगदै जम्मा गरेको र सोही बैंकबाट मिति २०५८।११।२० मा झिकेको रू.२४,००,०००।– का सम्बन्धमा सो रकममध्ये रू.६,००,०००।– कान्छा भाइ कृष्णले सापटी लगेको भन्नेसमेत प्रतिवादी गोकर्ण पौडेलले आयोगसमक्ष बयानमा भनेको तर भाइ कृष्णले दाजुभाइबिचमा ४–५ हजारसम्मको मात्र सर सापटी हुने गरेको भनी आफ्नो बयानमा उल्लेख गरेको हुँदा भाइ कृष्ण पौडेलबाट रकम लिई नगदै बैंक दाखिला गरेको एवम् निज भाइलाई सापटी दिएको भन्ने प्रतिवादी गोकर्णको भनाइ विश्वसनीय तथा तथ्ययुक्त देखिएन । अतः निज प्रतिवादी गोकर्ण पौडेललाई निजका भाइले सहयोग गरेको भन्ने जिकिर पत्यारलायक देखिएन ।
प्रतिवादी गोकर्ण पौडेललाई क्याप्टेन कैलाश सिं सैहगल भन्ने व्यक्तिले दिएको भनिएको रकमका सम्बन्धमा :-
प्रतिवादी गोकर्ण पौडेलले आफ्नो नाममा रहेको नेपाल बङ्गलादेश बैंक पुतलीसडकको बचत खाता नं. ०२९९८१‘S’ मा विभिन्न मितिमा जम्मा भएका रकमहरूमध्ये रू.४८,००,०००।– दिल्ली निवासी क्याप्टेन कैलाश सिं सैहगलले ह्याम्स अस्पतालमा लगानी गर्ने प्रयोजनार्थ दिएको रकम हो भनी आयोगमा बयान गर्दाका क्रममा उल्लेख गरेको देखिन्छ । सो रकमको सम्बन्धमा सोधपुछ गर्दा निजले विश्वासका आधारमा दिएको भनी र कैलाश सिं सैहगलकै मान्छेमार्फत प्राप्त भएको हो भनी उल्लेख गरेको देखिन्छ । यसैगरी निज प्रतिवादीको नाममा रहेको रकम निजले हिमालयन बैंक महाराजगञ्जमा ट्रान्सफर गरी त्यसै बैंकमा २–२ वर्षसम्म मुद्दती खातामा जम्मा गरी मिति २०५८।५।२९ मा निकाली रू.३०,००,०००।– पत्नी रितादेवी पौडेलका नाममा मुद्दती खाता खोली जम्मा गरेको र आफ्नो नाममा बाँकी रहेको रकमको पुनः २ वर्षे मुद्दती खाता खोली अवधि पुगेपछि निकाली निज दातालाई नै फिर्ता गरेको भनिएको रकम के कुन माध्यमबाट फिर्ता गरेको हो सोसमेत स्पष्ट गर्न सकेको र सोको प्रमाण पेस गर्न सकेको देखिँदैन । साथै यदि निज प्रतिवादीको भनाइलाई मान्ने हो भने पनि सार्वजनिक पदमा रहेको व्यक्तिले यसप्रकार विदेशी नागरिकको तर्फबाट लगानी गर्न भनी रकम लिनु स्वयम्मा गैरकानूनी कार्य हो ।
अतः निज प्रतिवादी गोकर्ण पौडेललाई त्यति ठूलो परिमाणमा प्राप्त भएको भनिएको रकम २०५४ सालपछि सामान्य परिचय भएको व्यक्तिले बिना कुनै लिखत प्रमाण विश्वासको भरमा कुनै बैंक वा वित्तीय संस्थामार्फत पठाएको र फिर्ता भएकोसमेत नदेखिँदा कैलाश सिं सैहगलले पठाएको भन्ने निज प्रतिवादीको भनाइ आधारहिन देखियो ।
प्रतिवादी गोकर्ण पौडेललाई निजकी मामाकी छोरी लक्ष्मी शर्माले दिएको भनिएको रू.२०,००,०००।– का सम्बन्धमाः
प्रतिवादी गोकर्ण पौडेलले निजको नाममा हिमालयन बैंकमा मिति २०५६।५।७ मा रू.२०,००,०००।– को २ वर्षे मुद्दती खाता खोली २०५८।६।१४ मा अवधि पुगेपछि लक्ष्मी शर्माका पिताजी रविरमण शर्मालाई फिर्ता दिएको भनेको रकमका सन्दर्भमा हेर्दा निज प्रतिवादीको यस आयोगमा भएको बयानबाट निजको कान्छो मामा रविरमण शर्माकी छोरी लक्ष्मी शर्मा स्ट्याण्डर्ड चार्टर्ड बैंक, दुबईमा काम गर्ने गरेको भनी उल्लेख गरेको देखिन्छ । निज प्रतिवादीको उक्त बयानलाई नै आधार मान्ने हो भने निज प्रतिवादीकी मामाकी छोरीले आफू स्वयम् बैंकमा कार्यरत् रहेका कारण पनि त्यति ठूलो परिमाणको रकम बैंकमार्फत नै पठाएको हुनु पर्नेमा सो गरेको देखिएन । साथै निज प्रतिवादीले उक्त रकम बैंकमार्फत आएको भनी उल्लेख गर्न सकेका छैनन् भने कुन व्यक्तिमार्फत पठाइएको हो सोसमेत बताउन सकेको देखिँदैन । त्यसरी अर्काले पठाएको भनिएको रकम निजले २/२ वर्षसम्म आफ्नै नाममा बैंकमा मुद्दती खातामा राख्नु पर्ने अवस्था नै आउँदैन । अतः निजको उक्त रकम लक्ष्मी शर्माकै हो भनी पत्यार गर्न सकिने अवस्था रहेन । साथै उक्त रकम बैंकबाट निकाली निज लक्ष्मी शर्माका पिता रविरमण शर्मालाई फिर्ता दिएको भनी उल्लेख गरेको कथन स्वयम्मा आधारहीन एवम् विरोधाभासपूर्ण छ ।
कोरिया जाने व्यक्तिहरूले रकम राख्न दिएको भन्ने सम्बन्धमा :
मिति २०५९।६।१६ र २०५९।७।७ समेतमा गरी रू.१२,००,०००।– लिलाप्रसाद श्रेष्ठ, अरूण पराजुली र विन्दु पौडेललाई कोरिया पठाउँदा उनीहरूले नै राख्न दिएको रकम फिर्ता दिएको भनी प्रतिवादीले बयान गरे पनि उक्त रकम लेनदेन गरेको ठोस प्रमाण निजले पेस गर्न नसकेको र सो रकमहरू निज प्रतिवादी गोकर्ण पौडेलकै नाममा चेक काटी झिकेकोसमेत देखिएकाले निजको उक्त कथन वस्तुनिष्ठ नदेखिनुका अतिरिक्त आधारहीन देखिन आएको छ ।
प्रतिवादी गोकर्ण पौडेलको आय व्यय विवरण सम्बन्धमाः
आरोपपत्रको तालिका नं. १९ मा उल्लेख भएको विवरणबाट प्रतिवादी गोकर्ण पौडेलको बैंक विवरणलाई हेर्दा २०५३।३।३१ देखि २०५३।१०।१७ सम्म नेपाल बङ्गलादेश बैंकमा रू.३,५७,०००।– जम्मा गरेकामा सो रकमबाट सो अवधिमा रू.५०,०००।– मात्र निकाली पुनः जम्मा गरेको देखिन्छ । २०५४।४।१ देखि २०५४।११।१५ सम्म रू.११,९०,०००।– उक्त बैंकमा जम्मा गरेकामा सो अवधिमा कुनै पनि रकम निकाली पुनः जम्मा गरेको देखिँदैन । नेपाल बङ्गलादेश बैंकको खातामा २०५५।१।७ देखि २०५५।१२।२५ मा रू.४२,००,०००।– जम्मा भएको देखिन्छ भने निजले बयानको क्रममा रू.७,५०,०००।– मात्र सो बैंकबाट निकाली पुनः जम्मा गरेको भनी उल्लेख गरेको
पाइन्छ । यसै गरी २०५६।१।७ देखि २०५६।३।१ सम्म नेपाल बङ्गलादेश बैंकमा रू.२०,५५,०००।– जम्मा गरेको देखिएको र सो अवधिमा निजले बैंकबाट रकम निकालेको पनि नदेखिएको तथा बयानको क्रममा यो यति निकाली पुनः जम्मा गरेँ भनेको पनि
देखिँदैन । यसरी नेपाल बङ्गलादेश बैंकमा जम्मा गरेको रकम रू.७८,०२,०००।– मध्ये रू.८,००,०००।– सोही बैंकबाट निकाली पुनः जम्मा गरेको र निजले सो अवधिमा पारिश्रमिकबापत प्राप्त गरेको रू.१,७०,५१४।– रकम जम्मा रू.७८,०२,०००।– बाट घटाई बाँकी हुन आउने रू.६८,३४,४८६।– मात्र देखिन्छ । नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा जम्मा भएको रू. रू.६८,३४,४८६।– रकममध्ये मिति २०५६।४।२३ मा रू.५०,००,०००।– निकाली हिमालयन बैंक महाराजगञ्जको बचत खातामा २०५६।४।२४ मा ट्रान्सफर गरेको तथा सोबाट २०५६।४।२५ मा २ वर्षको लागि २०५८।४।२९ मा Matured हुने गरी मुद्दती खाता खोलेको देखिन्छ । उक्त मुद्दती खाता Matured भएपछि आरोपपत्रको तालिका नं. २० को क्र.सं. १ मा उल्लेख भएबमोजिम बेपत्ता पारेको देखिन्छ ।
यसैगरी २०५६।५।७ मा हिमालयन बैंक महाराजगञ्जमा प्रतिवादी गोकर्ण पौडेलको नाममा रू.२०,००,०००।– को मुद्दती खाता खोलिएको रकम निजले कान्छा मामाकी छोरी लक्ष्मी शर्माले दुबईबाट पठाएको बेग्लै रकम भनी बयानमा उल्लेख गरेको तथा सो अवधिमा निजले नेपाल बङ्गलादेश बैंकबाट जम्मा रू.५०,००,०००।– मात्र निकालेकामा सो ५०,००,०००।– मिति २०५६।४।२५ मा नै मिति २०५८।४।२९ मा Matured हुने गरी मुद्दती खातामा राखिसकेकाले सो रकम पुनः राख्न मिल्ने पनि नदेखिएको तथा निजको अन्य स्रोत पनि नदेखिएको र साथै निजले यो रकम रू.२०,००,०००।– Matured भएपछि मामाकी छोरी लक्ष्मी शर्माले भनेअनुसार निजका बाबु रविरमण शर्मालाई फिर्ता गरेको भनी आधारहीन व्यहोरा उल्लेख गरेको देखिएको समेतबाट सो रकम निजकै अवैध आर्जन देखिन आयो ।
निज प्रतिवादी गोकर्ण पौडेलको नाममा रहेको हिमालयन बैंक महाराजगञ्जको खाता नं. २६०९१०’J’ मा मिति २०५६।६।३ मा जम्मा भएको र १,००,०००।– र नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा मिति २०५९।६।२८ देखि २०५९।१२।११ सम्म जम्मा भएको रू.८,००,०००।–समेत जम्मा रू.९,००,०००।– रकम जम्मा गरेको सम्बन्धमा बयानको क्रममा २०५६।१०।११ मा नेपाल बङ्गलादेश बैंक पुतलीसडकबाट निकालेको रू.१,२०,०००।– सो बैंकमा पुनः जम्मा गरेको भनेको र सो अवधिमा सोबाहेक निजले बैंकबाट रकम निकालेको पनि नदेखिएको र नेपाल बङ्गलादेश बैंकबाट निकाली हिमालयन बैंकमा मुद्दती खाता खोलेको रू.५०,००,०००।– र सोही बैंकमा निजकै नाममा रहेको रू.२०,००,०००।– को मुद्दती खाता Matured पनि भएको नदेखिएको समेतबाट पुनः जम्मा गरेको उक्त रकम रू.१,२०,०००।– बाहेकको रू.७,८०,०००।– निज प्रतिवादीले अवैधरूपमा प्राप्त गरेको रकम जम्मा गरेको देखियो ।
यसैगरी प्रतिवादी गोकर्ण पौडेलको नाममा रहेको हिमालयन बैंक महाराजगञ्जको बचत खातामा मिति २०५७।४।५ मा रू.३०,००,०००।– मिति २०५७।७।२१ मा रू.२,००,०००।– र २०५७।७।२९ मा रू.१,००,०००।– जम्मा भएको सम्बन्धमा गर्दा निजको नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा २०५७।३।३१ भन्दाअगाडि विभिन्न मितिमा जम्मा भै बचत रहेको रकम रू.२९,९८,९०१।८४ मध्येबाट मिति २०५७।४।५ मा रू.२०,००,०००।– झिकी त्यसमा रू.१०,००,०००।– थप गरी हिमालयन बैंकमा रू.३०,००,०००।– जम्मा गरेको देखिन्छ । उक्त रू.२०,००,०००।– पटकपटक जम्मा भई हुन आएको स्रोत नखुलेको रकममध्येबाट झिकिएको देखिन्छ भने रू.१०,००,०००।– जम्मा गरी सो समयमा बैंकबाट रकम निकालेको पनि देखिँदैन र निजको अन्य वैधानिक आय स्रोत पनि नदेखिएकाले सो ३०,००,०००।– मध्ये रू.१०,००,०००।– को स्रोत पुष्टि हुने देखिएन । त्यस्तै गरी रू.२,००,०००।– र १,००,०००।– को रकम जम्मा भएको समयमासमेत निजले अन्य बैंकबाट निकालेको नदेखिनुका अतिरिक्त अन्य वैधानिक स्रोतसमेत नदेखिएकाले जम्मा भएका यी रकमहरूको स्रोत पुष्टि नहुने छुट्टै रकम हुन् । साथै मिति २०५७।६।३० मा निजको नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा जम्मा भएको रू.५,००,०००।– को अन्य वैधानिक आयस्रोत पनि नदेखिएको र सो समयमा निजका नाममा रहेका बैंक खाताहरूबाट कुनै रकम पनि निकालेको नदेखिएकाले उपर्युक्त रकमहरू निज प्रतिवादीको अवैध आर्जनमध्येको रकम भएको र ती रकमहरू झिकी बेपत्ता बनाएकोसमेत तथ्यगतरूपमा स्पष्ट हुन आउँछ ।
प्रतिवादी गोकर्ण पौडेलको नाममा नेपाल बङ्गलादेश बैंक, पुतलीसडकको खातामा मिति २०५८।३।२५ र २०५८।४।५ मा जम्मा भएको क्रमशः रू.१०,००,०००।– र रू.५,००,०००।– को सन्दर्भमा हेर्दा निजले सो रकममाथि उल्लिखित रकम नै पुनः जम्मा गरेको हुन् कि भन्दा निजले यी रकम राजेन्द्रजी भन्नेले रू.१०,००,०००।– र कैलाश सिं सैहगल भन्नेले रू.५,००,०००।– माथि उल्लिखितभन्दा बेग्लै दिएको भनेको तथा निजको नामको बैंकको विवरण हेर्दा यी रकम जम्मा गर्नुपूर्व माथि मुद्दतीमा राखिएका भनिएका कुनै पनि रकम Matured भएको नदेखिएको र अन्य बचत खातामा जम्मा भएकामध्ये प्रस्तुत रू.१०,००,०००।– र रू.५,००,०००।– जम्मा गरेको मितिभन्दा पछाडि अर्थात् मिति २०५८।४।१५ मा रू.२,००,०००।–, २०५८।५।१३ मा रू.१,००,०००।–, २०५८।७।२४ मा रू.५०,०००।–, २०५८।९।२४ मा रू.४,००,०००।– निकालेको देखिएकाले यिनै रकम जम्मा भएको अवस्था पनि देखिएन ।
अतः बैंकमा गरिएको कारोबारको विश्लेषणबाट बैंकमा रकम जम्मा गर्ने आवश्यकताअनुसार बैंकबाट झिक्ने अन्य स्थानमा स्थानान्तरण गर्ने, विवादित हुन सक्ने जस्तो देखिएपछि लुकाउने छिपाउने वा बेपत्ता पार्ने कार्यहरू भएका छन् । यस्तो प्रकृतिका कसुरदारहरू मुलुकको प्रचलित कानून, विधि–व्यवहार, स्थानीय र राष्ट्रिय घटना, नीति नियम आदि विषयमा जानकार हुन सक्ने भएकाले आफूले गैरकानूनीरूपमा सङ्ग्रह गरेको सम्पत्ति आवश्यक पर्दा उपयोग गर्न पाउने सक्ने स्थानमा लुकाई–छिपाई राख्ने गर्दछन् । प्रस्तुत विवादमा आफूले गैरकानूनीरूपमा सङ्ग्रह गरेको बैंक मौज्दात झिकी बेपत्ता पार्न निज प्रतिवादी गोकर्ण पौडेलले आफ्नो क्षमता र ज्ञानको भरपुर उपयोग गरेको देखिएको छ ।
प्रतिवादी गोकर्ण पौडेलले विभिन्न बैंकमा मुद्दती खाता खोलेको सम्बन्धमा :
आरोपपत्रको तालिका नं. १९ को आयव्यय विवरणमा उल्लेख भएका रकमहरूमध्ये पटकपटक मुद्दती खाता खोली सो खाताबाट रकम झिकी बेपत्ता पारेको निम्न तालिकाबाट देखिन्छ ।
क्र.सं. मिति बैंकको नाम रकम बेपत्ता पारेका विवरण