७२८८३ - फौजदारी

Registration Number
०६५-CR-००५०
Decision Date
2075-02-21
Registration Date
2065-05-08
Bench
तेज बहादुर के.सी., पुरुषोत्तम भण्डारी
Plaintiff
नेपाल सरकार
Defendant
लीलादेवी लिम्बू ढमादेनण् र नरेन्द्र थेवे लिम्बू

Summary

यो मुद्दा कर्तव्य ज्यान सम्बन्धी हो जसमा मृतक धनप्रसाद इजम लिम्बूको श्रीमती लिला इजम लिम्बू र नरेन्द्र थेवे लिम्बू उपर षड्यन्त्र गरी हत्या गरेको आरोप लगाइएको थियो। शुरु सुनसरी जिल्ला अदालतले प्रतिवादीहरूलाई दोषी ठहर गरे पनि पुनरावेदन अदालत विराटनगरले क्षेत्राधिकारको अभाव देखाउँदै सफाइ दियो। सर्वोच्च अदालतले पनि वारदात नेपालमा नभई भारतमा घटेको र सोही आधारमा भारतीय अदालतमा मुद्दा चलिरहेको तथ्यलाई स्वीकार गर्दै, नेपालको अदालतलाई क्षेत्राधिकार नभएको ठहर गर्यो। तसर्थ, पुनरावेदन अदालतको सफाइ दिने फैसलाको परिणामलाई सदर गर्दै, सर्वोच्च अदालतले क्षेत्राधिकारको अभावमा अभियोगपत्र खारेज हुने अन्तिम निर्णय सुनायो।

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरुषोत्तम भण्डारी फैसला 2०65-CR-0050 मुद्दाः- कर्तव्य ज्यान। |मानविर इजम लिम्बूको जाहेरीले नेपाल |पुनरावेदक | |सरकार........................................१ |वादी | विरुद्ध |सुनसरी जिल्ला इटहरी न.पा. वडा नं.४ बस्ने स्व. धनप्रसाद इजम लिम्बूको श्रीमती| | |लिला इजम |प्रत्यर्थी | |लिम्बू.............................................................|प्रतिवादी| |......१ | | |ताप्लेजुङ्ग जिल्ला आम्बेगुदिन गा.वि.स. वडा नं.२ बस्ने नरेन्द्र थेवे | | |लिम्बू.........१ | | शुरु तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री टेकराज नेपाल सुनसरी जिल्ला अदालत २०61।03।07 पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री विनोद प्रसाद ढुंगेल माननीय न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात पुनरावेदन अदालत विराटनगर २०64।09।26 तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- 1. घटनास्थल जि. सुनसरी इटहरी न.पा. वडा नं ४ स्थित बुढीखोलामा रहेको राजमार्गको पक्कि पुलको पश्चिम किनारामा पर्ने पूर्वमा खोला (बुढि) बगर, उत्तरमा कांचो छाला संकलन केन्द्रको गोदाम घर देखी दक्षिण पश्चिममा पुल मुनि भित्ता साथै माथि राजमार्गमा उक्लने सिमेण्टीको सिडि भएको दक्षिणमा खोलाको बगर यति ४ किल्ला भित्र भुईमा बालुवा तथा माटो केही घसारिएको मानिसको झगडा परि कुस्ती खेले जस्तो देखिएको रगत भुईमा प्रसस्त मात्रामा लागेको रगत आलो आलै देखियो, घटनास्थलमा जिन्सी सामान केही फेला नपरेको सो पुल मुनि इटहरी ४ बस्ने मरणासन्न अबस्थामा रहेको धनप्रसाद इजम लिम्बू लाई तत्काल भारत स्थित साधन सम्पन्न रहेको नर्थ वंगाल मेडीकल कलेजमा पठाइएको भन्ने समेत व्यहोराको मिति २0५४।११।१३ को घटनास्थलको विवरण प्रति मुचुल्का। 2. मेरो एका घरको जेठो छोरा धनप्रसाद इजम लिम्बू मिति २०५४/११/१३ गते बिहानको खाना खाई इटहरी चोकमा एकछिन काम छ, भनी घरबाट निस्की हिडेको बेलुकी ६ बजे सम्म पनि घर फर्कि नआएको कारण आस पास एरियामा खोज तलास गर्दै गर्दा एक अपरिचित रिक्सा वालाले राई लिम्बू जातको हेर्दा लाउरे जस्तो देखिने एउटा मानिस बुढीखोला मुनि को कस्ले धारिलो हतियारले काटि मरणासन्न अवस्थामा पारि छाडेको छ, मानिसहरुको भिडभाड समेत छ भनी निजले भने अनुसार म लगायतका साथिहरु लिई घटनास्थलमा आई हेर्दा निज घाइते मेरो छोरा धनप्रसाद इजम मर्ने बाच्ने दोसांधको भै रहेको देखी मैले तत्काल छिमेकीहरुको साथ लिई भारतको नर्थ वंगाल मेडिकल कलेजमा लगी उपचार गर्दा गर्दै मृत्यू भएकोले पोष्टमार्टम समेत सोही मेडिकल कलेजबाट गराई लाश जिम्मा बुझी घरमा ल्याएको हुँदा कानून बमोजिम लांश, जांच मल्लका गरी पाउँ, लाश सदगतको लागी जिम्मा बुझाई पाउँ र मेरो छोरालाई को, कसले काहा त्यस्तो धारिलो हतियारले काटि कुटि कर्तव्य गरी मारेका हुन्, सो सम्बन्धी पछि रितपूर्वकको जाहेरी दर्खास्त पेश गर्नेछु भन्ने समेत व्यहोराको मृतकको पिता मान वहादुर भन्ने मानवीर इजम लिम्बूले ई.प्र.का इटहरीमा मिति ०५४।११।१७ मा दिएको निवेदन पत्र। 3. जाहेरवाला मान वहादुर इजम लिम्बूकै घर अगाडी आगनमा उत्तर तर्फ टाउको, दक्षिण तर्फ खुट्टा फर्काई हेर्दा प्लाष्टिकले बेरी बाहिरवाट सेतो कपडाले ढाकेको, उत्तानो अबस्थामा लाश रहेको, प्लाष्टिक खोली हेर्दा लाश सर्वाङ्ग नाङ्गो अबस्थामा रहेको, टाउकोबाट सरसरती हेद केश कालो छोटो कपाल, दुबै आँखा बन्द लाशको बायां गाला कन्चटबाट अगाडी चिउडो सम्म धारिलो हतियारले एकै पटक प्रहार गरेको जस्तो चोट देखिएको उक्त चोटको गहिराई ४ इन्च भएको, वाया पट्टिको कानको विच भाग काटिएको २ फ्याक अबस्थामा भै उक्त चोटमा भित्रको हड्डिहरु समेत सजिलै संग काटिएको अबस्थामा देखिएको लाशको घाँटिमा समेत धारिलो हतियारले प्रहार गरी ठूलो चोट एवं ठूलो भ्वाङ देखिनुको साथै सो स्थानमा स्वासनली ३ इञ्च बाहिर निसकिएको छातिमा २ ठाउँमा र पेटमा १ ठाउँमा धारिलो छुरीले रोपेको चोट देखिएको लाशको पोष्टमार्टम गर्दा सिलाई गरेको धागो समेत देखिएको पछाडि ढाडमा कुनै चोट नदेखिएको, लाशको वायां हातको साईली औंलाको डिलमा ४ इञ्च लम्बाई १ इञ्च गहिराई भएको चोट देखिएको, लाशको मलद्वार तथा लिङ्गबाट कुनै पदार्थ ननिस्कीएको भन्ने समेत व्यहोराको कुवेर वहादुर राई समेतका व्यक्तिले मिति २०५४/११/17 मा लेखाई दिएको लाश प्रकृति मुचुल्का। 4. मृतक धनप्रसाद इजमको पृथक पृथक कोणबाट खिचिएको मृत अवस्थाकै रंगीन फोटो थान ३ समेत मिसिल संलग्न रहेको। 5. मेरो छोरा धनप्रसाद इजम लिम्बू मिति २०५4।11।१३ गते बिहान खाना खाई, ११ बजेतिर इटहरी बजार तिर घुम्न गएको सांझ सम्म पनि फर्कि नआएको हुँदा खोज तलास गर्दै जांदा, इटहरी ४ स्थित बुढीखोलाको पश्चिम किनारा पुलमुनि निज धनप्रसादको शरिरको जत्रतत्र भागमा खुकुरी द्वारा प्रहार गरी शक्त घाइते बनाई मरणासन्न रगतपिच्छे बनाई व्यहोस अबस्थामा पारी फ्याली राखेकोमा सोही दिन बेलुका अन्दाजी ७ बजेतिर फेला पारी हेर्दा मरी नसकेको ढुकढुकी सास भने रहेको मर्ने बाच्ने दोसाँधको स्थितीभै कतै बाचि पो हाल्दछकी भनी उपचारको लागी भारत सिलगडी माटि गाडाको अस्पतालमा उपचार गराउँदा गराउँदै गर्दा राति १२ बजे मृत्यू भएको, सोही अस्पतालमानै पोष्टमार्टम गरी सकेको छ। लाश २०५४/११/१७ गते सदगत समेत गरी सकेको छ। अपराधीहरु को कहांका रहेछन् भनी खोज तलास गर्दा मृतक निज धन प्रयादको श्रीमतिसंग रातो दिन घर झगडा भइरहने गरेको र मृतककै श्रीमति इटहरी ४ बस्ने अं. ब ३८ की लिला लिम्बू र ऐ.ऐ. बस्ने अं. वर्ष ३१ को नरेन्द्र थेवे लिम्बू विच अनैतीक सम्बन्ध समेत सधै जसो हुने गरेको कारण मृतक धनप्रसाद इजम लिम्बू लाई निजको श्रीमति लिला लिम्बूले सधै जसो तलाई मारी दिन्छु मार्न लगाई दिन्छु भनी दागा धर्ने गरेको कारणबाट पत्ता लगाउदै जांदा निज लिला लिम्बू र नरेन्द्र थेवे लिम्बू समेतका अन्य नचिनेका मानिसहरु भई छोरा धनप्रसाद लाई मारेको हुँदा अन्य नचिनेको मानिसहरुको नाम विपक्षिहरुवाट खुलाउन लगाई आवश्यक कानूनी कारवाहि गरीपाउँ भन्ने समेत व्यहोराको मृतकका पिता मानविर लिम्बूको मिति २०५४।११।२५ को जाहेरी दरखास्त। 6. मृतक धनप्रसाद इजम लिम्बू मेरो फुपु नाता पर्ने लिला इजम लिम्बूको पति हुन। निज नाताले फुपाजु पर्नु हुन्छ। निजहरुको घरमा म बिगत ६ बर्ष अगाडी देखी बसी आएको थिएँ। त्यहाँ वस्दा घर व्यवहारको काम सगाउने गर्दथिए। फुपाज धनप्रसाद विदेश ब्रुनाईमा नोकरी गर्नु हुन्छ। यसपाली वहा २०५४ सालको वडा दशै अगाडी छुट्टी मिलाई घर आउन भएको थियो। तिहार ताका एकदिन विहानै घरायसी माम्लामा फुपु र फुपाजु विच झगडा हुँदा फुपाले फुपुलाई सारै कुटपिट गर्नु भयो। फुपुको मुखको माथिल्लो ओठमा काटिएको चोट समेत मैले देखे, मैले फुपु र फुपाजुलाई छुट्याई दिए फुपुले माईती भएर पनि चुपलागि बस्छस भनि फुपु सरासर चौकी वारी धरान बस्ने नबिन थेवे लिम्बूकोमा जानु भयो, दाजु भाउजु लाई लिएर घरमा आउँदा ओठमा टांका समेत गरी आउनु भएको र दाजु भाउजुले संझाई बुझाई धरान फर्कि गएका, एक दुई दिन पछि फुपाजु घरमा नभएको मौका पारी मलाई एकान्तमा बोलाई तिम्रो फुपाजुले खाली केटाहरु संग लागेको शंका गर्छ। रुपैया बढि फुरमाइस गरीस भन्छ, विदेशबाट जहिले छुट्टिमा आउँछ मलाई नानाथरीको आरोप लगाई कुटपिट गर्ने खुकुरी उभ्याउने गर्छ। यस्तो दिनहु दुःख कष्ट सहेर बस्न सक्दीन इटहरीमा फटाहा गुण्डागर्दि गर्ने केटाहरु चिनेको छस? भनी भन्दा मैले चिनेको छैन भने उसोभए म आफै जोगबनीबाट ल्याउछु भन फुपुले भन्नु भयो, प्राय झगड़ा भै रहन्थ्यो, माइतीको आड पाएर यस्ले जे पनि गर्न लाग्यो तिमि निस्कीएर जाउ भनेपछि २०५४।0९।१८ या १९ गते तिर निस्की गएको हुँ। तत्पश्चात मोरङ्ग पथरी ७ किर्तिपुर भन्ने ठाउँमा वडा वावुको घरमा गै बसी ३,४ दिन पछि घर सल्लाह अनुसार दिदी नाता पर्ने, कबिता राई लाई लिन भाञ्जा सुरेश थेवे लिम्बू लाई साथमा लिई भारत नर्थ वंगाल पानि घट्टा देखि उत्तरमा पर्ने दुधे वजारमा पुगी दिदी र भिनाजु राजकुमार भन्ने सन्तोष राईलाई भेटी मलाई फुपुले फटाहा गुण्डागर्दि गर्ने केटाहरु खोज्न भनेको खबर निज भेनालाई भन्दा त्यस्तो किसिमको काम छोडि सके भनि भनेपछि म सरासर मोरङ्ग पाथरी फर्के, २ हप्ता पछि फुपु लिला इजम मलाई खोज्दै वडावावुको घर आउन भएपछि म संग भेट भएन पुनः फुपु आउनु भएपछि मेरो भेट भयो, फुपाजु १,२ दिन पछि विदेश जान्छन घर हिड भन्दा मैले नमान्दा ठिक छ दाजु किरण शेवेको घरमा बस भनि भन्दा काका किरणको घरमा बस्दा फुपु संग भेट भै रहन्थ्यो। मैले सन्तोष राई संग भेट भएको कुरा अवगत गराए पछि, मलाई फुपुले रु.२000।- बाटो खुर्च दिई कुरा पक्का पक्कि गरी आउनु भने पछि, भारत तर्फ भान्जा लाई लिई गै दुधे वजारमा भिनालाई भेटी कुरा गर्दा कुरा पक्का नभए पछि नेपाल फर्कि आई भाञ्जालाई फुपु लिलाकै घरमा काम गर्न राखि दिए। केही दिन पछि निज फुपुले भाञ्जा सुरेश थेवे लिम्बूलाई लिई, भारत पानि घट्टा देखी उत्तर दुधेवजारमा निज सन्तोष राईलाई भेट्न गएको कुरा थाहा पाएँ। त्यतिखेर किर्तिपुर बजार जांदा दिदी र भेना सन्तोष राई भारतवाट आउनु भएको रहेछ। सो वजार घुम्न जादा निज भेनाले तिम्रो फुपुले तिम्रो फुपाजुलाई किन देख्न नसकेको, त्यसरी मार्न लगाउनु पर्ने कारण के हो भनी मलाई सोधनी गर्दा, मैले सम्पूर्ण व्यहोरा सुनार र त्यस्तो जघन्य अपराध नगर्न आग्रह गरेँ, तिमि किन डराउँछौ, तिमिलाई केही हुँदैन सम्पूर्ण काम मै गरी दिन्छु भनी भने, अस्ती तिम्रो भान्जा र इटहरीको फुपु पनि भेट्न आएका थिए। केही रकम समेत लिई सकेको छ भनी निज़ भिनाले भने म इटहरी काका किरण शेवेको घरमा आए। फुपाजु राहदानीको नविकरण गर्न ताप्लेजुङ जानु भएको रहेछ। मिति २०५४/११/२३ गते तिर फुपुको धरान तर्फ लेनदेन व्यबहारको कामको खातिर मैले फुपाजुको को. अ.प.४०४६ नं. को मोटर साईकल लिई धरान गै फर्कदा चारकोशे जंगलको पानिपिया भन्ने स्थानमा तैले किन सन्तोषले भनेको काममा इन्कार गरेको अब पनि तैले सहयोग गरीनस ने आत्म हत्या गरी मर्छ, मेरो त्यत्रो रकम पनि फस्ने भयो भनी धम्क्याउनु भयो मैले तपाईको घरबाट निस्कीएको मान्छे, केही घटना भयो भने शंका गर्छन भनि इन्कार गरे, फुपुलाई संझाए तर संझाउन सकिन। त्यसपछि, फुपाजुले आमा बाबुलाई लिएर ताप्लेजुङ्गबाट आउनु भयो। त्यस पछि मिति २०५४।११।१३ गते फुपाजु धनप्रसाद इजमलाई खुकुरीले काटि मरणासन्न अबस्थामा फाली तत्काल उपचारको लागी भारत नर्थ वगाल तर्फ लाँदा लाँदै मृत्यु भएको भन्ने कुरा मेरो डेरा घरधनी काकी नाता पर्ने लक्ष्मी थेवे लिम्बूले २०५४/११/१६ गते बेलुकी धरानमा टेलीफोनबाट जानकारी गराएको हुँदा थाहा पाएको हुँ। मिति २०५४/११/१३ गते दिनको १ बजे तिर म धरान राएको र ऐ.ऐ. १७ गते इटहरी फर्कि आउँदा फुपाजुको लाश क्षतविक्षत अवस्थामा देखेको हुँ। मेरो र फुपु लिला इजम बीच अनैतिक सम्बन्ध थिएन। तर फुपुकोमा स्थानीय केटाहरु दिनमा बेलुकी आउने गर्दथिए के कार्यको लागी आएका हुन थाहा भएन। मेरो फुपाजुलाई के कस्ले कर्तव्य गरी मारे फुपुलाईनै थाहा होला। मैले अगाडी चाहि साधारण सहयोग चाहि गरेको तर म वारदातमा थिईन भन्ने समेत व्यहोराको प्रतिवादी नरेन्द्र थवे लिम्बूको मिति २०५४।११।२७ मा प्रहरी समक्ष भएको बयान कागज। 7. यि पक्राउ परेका नरेन्द्र थेबे लिम्बू मेरो सहोदर कान्छो दाजुको छोरा मेरो भदाहा नाताका हुन। पति धनप्रसाद इज़म लिम्बू विदेशमा काम गर्ने हुँदा घर काम धन्दा सघाउंको लागि निज़ भदाहालाई ४, ५ बर्ष अघि देखी नै म राखेको थिएँ। म र मेरो भदाहा नरेन्द्र थेवे बीच कुनै पनि अनैतिक सम्बन्ध रहेको छैन। अनैतिक सम्बन्ध राखेको पनि छैन। मेरो पति धनप्रसाद लिम्बू पहिला देखीनै जहिले पनि कुनै लोग्ने मानिसहरुसंग वोल्यो भने शंका गर्नु हुन्थ्यो। वांहा बढि शंकालु व्यक्ति हुनुहुन्थ्यो। सोही विषयलाई लिएर गाली, कुटपिट गर्नु हुन्थ्यो। झगडा हुँदा मैले पतिलाई मार्ने तथा मार्न मानिस लगाउछु भन्ने जस्ता शव्दहरु भनेकी थिईन र छैन पनि। मैले पतिलाई पूर्व नियोजित षड्यन्त्र गरी मार्न लगाएको हैन। जहीले पनि पतिले कुटपिट गर्ने गरेको हुँदा सोझै असह्य भएकोले मेरा घरमा रहेको भदा नरेन्द्र थेवे लिम्बूलाई एक दिन तेरो फुपाजुले मलाई कुटपिट गरी सारै दुःख दियो। बाच्न नै गाह्रो परि सक्यो। तेरो फुपाजुलाई काबुमा ल्याउनु पर्‍यो, तैले इटहरीमा बदमास केटाहरुलाई चिनेको छैनस भनि भन्दा निजले त्यस्तो केटा चिनेको छैन भने। मैले भारत जोगबनिबाट बदमास हरु ल्याउंछ भनेको चाहि थिईन। मैले नरेन्दै थेवे लिम्बूलाई पूर्व मुल्लाह दिए अनुसार निजको भेना नाता पर्ने राजकुमार भन्ने सन्तोष राईसंग भारत पानिघट्टा एरियामा पर्ने दुधे बजारमा समान्य कुराकानि गरी आएको जानकारी निजबाट थाहा पाई नरेन्द्रकै भानिज नाताका सुरेन्द्र थेवे लिम्बूसंग साथ भारतको उक्त दुधे बजारमा गै नातिनि नाता पर्ने कविता थेवे लिम्बू र जवाई नाता पर्ने राजकुमार भन्ने सन्तोष राईसंग भेटि मलाई तिमिहरुको बाजेले साई दुःख दिई कुटपिट गर्दा नाना थरीको आरोप शंका गर्छ, घरबाट निस्की जा नत्र काटि यही घरभित्र पुर्छ भन्छ। यसो ज्वाई नानिले काबुमा ल्याई सुधारी दिनु परयो भनि भनेकी हुँ। निज ज्वाईको आर्थिक अवस्था कमजोर देखी नेपाली रु.१०,०००/- दिएकी थिएँ। मैले नरेन्द्र साथ धरान राई फर्कि आउँदा त्यस बखत निजलाई के के भनेकी थिए थाहा छैन। मैले नरेन्द्रलाई रु.२०००/- दिई भारतको पानिघट्टा पठाएकी हुँ। मिति 2०५४/११/१३ गते बिहान ११ बजे तिर पति धनप्रसाद इटहरी चौकमा काम छ एकछिन पुगेर आउछ भनी जानु भएको एक्कासी सोही दिन बेलुकी सांझमा बुढीखोला स्थित मरणासन्न अबस्थामा फेला पर्नु भयो। तत्काल उपचारको लागि नर्थबंगाल मेडिकल कलेजमा लगि उपचार हुँदा हुँदै पतिको मृत्यु भएको हो। मेरो पतिलाई के काहां वस्ने को कस्ले कर्तव्य गरी मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी लिला इजम लिम्बूको प्रहरी समक्ष भएको मिति २०५४/११/२८ को वयान कागज। 8. म हाल बसेको घरमा घरधनि स्व. धनप्रसाद इजम लिम्बू र निजको श्रीमति जिला इजम लिम्बू