Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला
०७०-CR-०२२९
मुद्दाः कर्तव्य ज्यान।
सल्यान जिल्ला धनवाङ गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय सल्यानमा थुनामा
रहेको एक्सन भन्ने यज्ञबहादुर बुढाथोकी .....................१
ऐ.ऐ. घ भई ऐ.ऐ. मा थुनामा रहेको भिमबहादुर महतारा ........................१
ऐ.ऐ. घ भई ऐ.ऐ. मा थुनामा रहेको शेरबहादुर बुढाथोकी ......................१
विरुद्ध
वले एरीको जाहेरीले नेपाल सरकार
.................................................१
०७०-CR-०८09
वले एरीको जाहेरीले नेपाल सरकार
.................................................१
विरुद्ध
जिल्ला सल्यान, रिम गा.वि.स. वडा नं.५ बस्ने अम्मर बहादुर महतरा ......१
ऐ. ऐ. बस्ने हिरालाल बुढाथोकी-----------------------------------------1
ऐ. धनवाङ -२ बस्ने एक्सन भन्ने यज्ञबहादुर बुढाथोकी--------------------1
ऐ. ऐ. बस्ने भीमबहादुर महतरा-----------------------------------------1
ऐ. ऐ. बस्ने शेर बहादुर बुढाथोकी----------------------------------------1
ऐ. ऐ. बस्ने फत्त बहादुर पुन-----------------------------------------1
०७2-CR-1046
जिल्ला सल्यान, रिम गा.वि.स. वडा नं.५ बस्ने अम्मर बहादुर महतरा ......१
ऐ. ऐ. बस्ने हिरालाल बुढाथोकी-----------------------------------------1
ऐ. धनवाङ गा.वि.स. वडा नं.-२ बस्ने फत्त बहादुर पुन--------------1
विरुद्ध
वले एरीको जाहेरीले नेपाल सरकार
.................................................१
०७2-CR-1477
वले एरी समेतको जाहेरीले नेपाल सरकार .......................................१
विरुद्ध
जिल्ला सल्यान, धनवाङ गा.वि.स. वडा नं.-2 बस्ने सर्वजित बुढाथोकी ....१
ऐ. ऐ. बस्ने प्रेम घर्ती---------------------------------------------------१
सुरु तहमा फैसला गर्नेः माननीय जिल्ला न्यायाधीश श्री राजेन्द्र अधिकारी
सल्यान जिल्ला अदालत
शुरु फैसला मितिः- 2068।12।19
पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री लोकेन्द्र मल्लिक
माननीय न्यायाधीश श्री मिहिर कुमार ठाकुर
पुनरावेदन अदालत तुलसीपुर, दाङ
फैसला मितिः २०७०।२।६
र
पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामकृष्ण खनाल
माननीय न्यायाधीश श्री श्रीमणकुमार गौतम
पुनरावेदन अदालत तुलसीपुर, दाङ
फैसला मितिः २०७2।5।६
पुनरावेदन अदालत,तुलसीपुर दाङबाट मिति 2070।02।06 र मिति 2072।05।06 मा भएको फैसला
उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम पुनरावेदन दर्ता भै आएको प्रस्तुत मुद्दाको
संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः
मिति २०६७।२।४ गते जिल्ला सल्यान, कुपिण्डे ४ बस्ने पूर्णबहादुर यरी भन्ने व्यक्तिले घाँस
काट्न गएकी कमला साहुलाई धारीलो खुर्पाले घाँटीमा प्रहार गरी घटनास्थलमा नै मारी फालेको
छ भन्ने जानकारी पाई बिहान ९:३० बजेको समयमा मेरो कमान्डमा अनुसन्धान टोली खटी लाश
जाँच समेतको कार्य सम्पन्न गरी घटनास्थलमा संलग्न रहेका पूर्णबहादुर यरीलाई पक्राउ गरी
कार्यालयतर्फ आउने क्रममा सितल वजार भन्ने ठाउमा पुग्दा कमला साहुलाई मारेको विरोधमा
नाम,थर खुल्न आएका र नाम थर थाहा नभएका अन्दाजी ५/६सय जनाको उत्तेजित समूहले
सुरक्षाकर्मी माथी ढुङ्गा मुढा प्रहार गरी लाठी समेतले आक्रमण गरी हाम्रो नियन्त्रणमा रहेका
पूर्णबहादुरलाई कुटपिट गरी निज पूर्णबहादुर यरीलाई सख्त घाइते बनाएकोले निजको उपचारको
क्रममा राप्ती अंचल अस्पताल दाङमा मृत्यु भएको हुँदा जानी जानी जनमासलाई आक्रोसित बनाई
अराजक स्थिती सृजना गरी प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई जवरजस्ती आफ्नो काव्जामा लिई
मार्ने नियतले कुटपिट गर्ने घटनामा प्रत्यक्ष रुपले संलग्न रहेका निम्न लिखित एक्सन बुढाथोकी,
सर्वजित बुढाथोकी, अम्मर बहादुर महतरा, भीम बहादुर महतरा, प्रेम घर्ती, हिरालाल
बुढाथोकी, शेर बहादुर बुढाथोकी समेतलाई पक्राउ गरी ज्यान सम्बन्धी महल बमोजिम सजाय गरी
पाउँ भन्नेसमेत व्यहोराको प्र.नि.कृष्ण कुमार क्षेत्रीले इ.प्र.का.लुहाममा मिति २०६७।२।४ गते
दिएको प्रतिवेदन।
मिति २०६७।२।४ गते मेरो छोरा पूर्णबहादुर यरीले रिम ४ जमुनी बस्ने कमला साहुलाई घाँस
काट्न गएको वेला धारिलो हतियार खुर्पाले प्रहार गरी मारेको भन्ने सम्बन्धमा इ.प्र.का
लुहामवाट खटी गएको प्रहरी टोलीले निज पूर्णबहादुर यरीलाई नियन्त्रणमा लिई राखेको
अवस्थामा निम्न लिखित जना २३ र अन्य नाम थर वतन थाहा नभएका ५/६ सय जनाको उत्तेजित
समुहले सुरक्षाकर्मी माथी आक्रमण गरी प्रहरीले हवाई फायर गर्दा समेत स्थिति नियन्त्रणमा नआई
मेरो छोरा पूर्णबहादुर यरीलाई जानी जानी योजना बनाई हुल हुज्जत नारा जुलुस गरी ज्यानको
बदला ज्यान लिने मनसायले कुटपिट गरी मारेकोले निम्न लिखित शेर बहादुर बुढाथोकी समेतका २३
जनालाई ज्यान सम्बन्धी महल बमोजिम हदै सम्मको सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको वले यरीले
दिएको जाहेरी दरखास्त।
जिल्ला सल्यान रिम गा.वि.स.वडा नं.२ स्थित पूर्व रामबहादुर बोहराको पाखो वारी,
पश्चिममा आर्युवेदिक अस्पताल भवन, उत्तर कच्चि मोटरबाटो, दक्षिण सोलावाङ्ग जाने मोटरबाटो
यति ४ किल्ला भित्र पूर्णबहादुर यरीलाई प्रहरी नियन्त्रणमा रहेको अवस्थामा कुटपिट गरी सख्त
घाइते बनाएको भन्ने ठाउँमा रगतका टाटा समेत देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति
मुचुल्का।
कृष्ण कुमारको बायाँ ढाड र गर्दनमा नीलडाम, जित बहादुरको गर्दनमा सुनिएको, राज
बहादुरको गर्दनमा नीलडाम, वुद्धिरामको ढाडमा नीलडाम, जित बहादुरको दायाँ पेटमा
नीलडाम, टोप बहादुरको बायाँ हातको कुहिनामा र ढाडमा नीलडाम देखिएको प्रमाणित गरिन्छ
भन्ने व्यहोराको त्रिवेणी उपस्वास्थ्य चौकीको पत्र।
२०६७।२।४ गते महिलाको हत्या गर्ने पूर्णबहादुर यरीलाई पक्राउ गरी शितल बजारमा
रहेको शंकर देवकोटाको घरमा राखेको छ भन्ने सुनी फत्त बहादुर पुन, भिम बहादुर महतरा,
रवीलाल वाँठा, तिलक घर्ती, नाम थाहा नभएको टेक्टर चालक इश्वरी बुढाथोकी, नेत्रलाल
सुनार, समेत १३जना गएकोमा रिमको गाउँले समेत जम्मा भई सबैले हुल हुज्जत गरी हत्यारालाई
बदला लिनु पर्छ भनी प्रहरी नियन्त्रणमा रहेको पूर्णबहादुर यरीलाई मार्नको लागि प्रहरीमाथि
हात पात गरी घरको ताल्चा फोरी लाठी मुक्का समेतले शरिरको विभिन्न भागमा कुटपिट गरी
कर्तव्य गरी मारेका हुन् भन्नेसमेत व्यहोराको सर्वजित बुढाथोकीले अधिकार प्राप्त अधिकारी
समक्ष गरेको बयान।
मिति २०६७।२।४ गते धनवाङ स्थित सामुदायिक वन र स्थानीय गाउँमा अपरिचित व्यक्तिले
आगो लगाई एक महिलाको हत्या गर्ने मानिसलाई पक्राउ गरी प्रहरीले शितल बजार शंकर
देवकोटाको घरमा लिई राखेकोमा म समेतको नेतृत्वमा गएको भिडले प्रहरीलाई धकल पकल तथा
कुटपिट समेत गरी निज पूर्णबहादुर यरीलाई घरको ताल्चा फोरी वीर बहादुर बुढाथोकीले निकाले
पश्चात् हिरालाल, शेरबहादुर सर्वजित, भीम बहादुर, भम बहादुर, प्रेम घर्ती, टंक ब.बस्नेत,
लाल बहादुर, भूपाल शाहु, इश्वरी घर्ती, यङजङ बुढाथोकी, वीर बहादुर बुढाथोकी, गोमा
प्रकाश वली, शेरमान वि.क., अर्जुन बुढा, अम्मर महतरा, पूर्ण ब. बोहरा, लोक सिंह शाहु,
फत्त बहादुर पुन, नेत्रलाल, चित्र महतरा समेतले निज पूर्णबहादुर लाई लाठी लात्ती र मुक्का
समेतले हानेका हुन्।मैले भिडको नेतृत्व गरेको हुँ।म समेतले पूर्णबहादुरलाई कुटपिट गरेको हो, टाउको
खुट्टा तथा अनुहारमा चोट पटक लागेको थियो भन्नेसमेत व्यहोराको यज्ञ, यूवराज भन्ने एक्सन
बुढाथोकीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान।
प्रहरी नियन्त्रणमा लिइ सकेको मानिसको मानसिक सन्तुलन ठीक नभएको भन्ने सुनी निजले
कानूनबमोजिम सजायमा छुट पाउँछ भनी म समेतले भनेकोले निजलाई प्रहरीबाट कब्जामा लिई कुटपिट
गरी मारेका हुन्। प्रहरीसँग हकदारले क्षतिपूर्ति पाउँनु पर्छ भन्नेमा विवाद भएको हो। मृतकलाई
कुटपिट गर्ने भूपाल शाहु, अतीराम वि.क., इश्वरी घर्ती, वीर वहादुर बुढाथोकी, गङ्गा राम
वली, इन्द्रलाल बुढाथोकी, हिरालाल बुढाथोकी, एक्सन बुढाथोकी, लोक सिंह शाहु, तुल्सी शाहु,
गोमा बुढा, जैशरा शाहु, नन्दकली शाहु, शेरमान वि.क., चन्द्र वहादुर वली, देउ प्रसाद
बोहरा, फत्त वहादुर पुन भिम वहादुर महतरा, रबीलाल बाँठा, हरीकृष्ण परीयार, यज्ञ बोहरा,
सर्वजित बु्ढाथोकी, टंक वहादुर बस्नेत, राम वहादुर बोहरा समेत म र अन्य अपरिचित मानिस
समेत हुन् भन्ने व्यहोराको अम्मर बहादुर महतराको बयान।
मिति २०६७।२।४ गते हत्यारा पूर्णबहादुर यरीलाई पकडेर राखेका छन् भन्ने सुने पछि म समेत
शितल बजारमा गयौं। त्यहाँ पुग्दा आइमाईहरूले हत्यारालाई फाँसी दे, ज्यानको बदला ज्यान
लिनुपर्छ भनेर नारा लगाई रहेका थिए। केही मानिस ढिकमा बसेर हेरी रहेका थिए। पूर्णबहादुर
यरीलाई सुरक्षाको लागि कोठामा लगाएको ताला खोली बाहिर ल्याएपछि मैले पूर्णबहादुरको
छातीमा मुक्का हाने कोखामा लात्तीले हानेको हो। अन्य एक्सन बुढाथोकी, अम्मर व. महतरा,
प्रेम घर्ती, सर्वजित बुढाथोकी, भीम वहादुर महतरा, हिरालाल बुढाथोकी, तिलक घर्ती, भम
वहादुर महतरा, नाम थाहा नभएको इन्द्र बुढाथोकी, टंक बस्नेत, फत्त वहादुर पुन समेतले कुटपिट
गरी सख्त घाइते बनाएकोमा सोही कुटपिटका चोट पीडाले मृतकको मृत्यु भएको हो भन्नेसमेत
व्यहोराको शेर बहादुर बुढाथोकीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान।
प्रहरीको नियन्त्रणमा रहेको पूर्णबहादुर यरीलाई एक्सन बुढाथोकी समेतले कुटपिट गर्न भनी
आई म भुपाल शाहु, वीर वहादुर बुढाथोकी, इन्द्र बहादुर बुढाथोकी, टंक बस्नेत, उपेन्द्र महतरा,
विनोद वि.क., फत्त वहादुर पुन, लोक सिंह शाहु समेतले प्रहरीलाई हात पात गरी पूर्ण
बहादुरलाई आफ्नो नियन्त्रणमा लिई गोमा बुढा, तुलसी शाहु, उपेन्द्र महतरा, भूपाल शाहु, वीर
वहादुर बुढाथोकी, दिलु बुढा, एक्सन बुढाथोकी, सर्वजित बुढाथोकी समेतले कुटपिट गरेका हुन्। मैले
निजलाई नियन्त्रणमा लिन खोज्दा मैले ढुङ्गाले हान्दा निजलाई टाउकोमा चोट लागेको छ।
मृतकलाई लाठी र दाउराले हान्न लागेको देखेको हुँ। पूर्णबहादुरलाई सुरक्षा दिई रहेका प्रहरीलाई
धक्कल पक्कल गरी पूर्ण बहादुरलाई हाम्रो नियन्त्रणमा लिने क्रममा प्रहरीबाट हवाई फायर समेत
भएको हो भन्नेसमेत व्यहोराको हिरालाल बुढाथोकीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको
बयान।
४ गते बिहान घनश्याम घर्तीको घरमा आगलागी भएको सुनी सबै गाउँले भई आगो निभाई म
घरमा आएकोमा सितल बजारमा पूर्ण बहादुरलाई सुरक्षाकर्मीले राखेको घर नजिक आई हत्यारालाई
फाँसी दे, हत्याको बदला हत्या गर्नुपर्छ भन्ने नारा लगाई हुल हुज्जत गर्नमा म समेत सामेल थिए।
मृतकलाई कुटपिट गर्नेमा शेर व. बुढाथोकी, भीम वहादुर महतरा, टंक बस्नेत, भूपाल शाहु,
हिरालाल बुढाथोकी, नेत्रलाल सुनार, टेक्टर ड्राइभर रवीलाल बाँठा, इन्द्रलाल बुढाथोकी
अन्यलाई चिन्दैन।मृतकले जथाभावी आगो लगाउँने र महिला समेतलाई हतियारले काटी मारेका हुँदा
उत्तेजित भिडले मृतकलाई कुटपिट गरी मारेका होलान् भन्नेसमेत व्यहोराको प्रेम घर्तीले अधिकार
प्राप्त अधिकारी समक्ष गरेका बयान।
मैले मृतकलाई खुट्टामा लात्ताले हानेको हुँ। म भम बहादुर महतरा, फत्त बहादुर पुन, शेर
बहादुर बुढाथोकी, टेक्टर ड्राइभर एक्सन बुढाथोकी समेतले मृतकलाई कुटपिट गरेका हौँ। म समेतको
कुटाइबाट मृतक पूर्णबहादुर यरीको मृत्यु भएको हो। मृतकलाई ड्राइभरले टाउकोमा लात्ताले, शेर
बहादुर बुढाथोकीले पेट र खुट्टामा, फत्त बहादुरले पेटमा लात्तीले, भम बहादुर महतराले टाउकोमा
लात्ती हानेका हुन्। अन्यको मलाई नाम थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी भीम बहादुर
महतराले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान।
मिति २०६७।२।४ गते म समेत शितल बजार पुग्ने क्रममा ५००/६०० जनाले ज्यानको बदला
ज्यान लिनपर्छ भनी नारा लागाउँदै गरेकोमा बुझ्दै जाँदा प्रहरीको नियन्त्रणमा रहेको व्यक्तिले
महिलालाई हत्या गरेकोमा निजलाई मार्ने नियतले प्रहरी नियन्त्रणबाट जनताले आफ्नो
नियन्त्रणमा लिई म लगायत नारायण पुन, शेर बहादुर बुढाथोकी, भिम बहादुर महतरा, सर्वजित
बुढाथोकी, प्रेम बहादुर घर्ती, ड्राइभर समेतले कुटपिट गरेको हो। वारदात हुँदाको अवस्थाको
भिडको नेतृत्व एक्सन बुढाथोकीले गरेका थिए। मैले निज व्यक्तिलाई हात र लात्ताले ढाड तथा
खुट्टामा हानेको हुँ। मृतकसँग मेरो चिनजान थिएन, मृतकले आगो लगाएको र कमला शाहुलाई मारेका
हुँदा सोही कारणले निजलाई कुटपिट गरेका हौँ भन्नेसमेत व्यहोराको प्रतिवादी फत्त बहादुर पुनले
अधिकार प्राप्त अधिकारी समक्ष गरेका बयान।
मृतक पूर्णबहादुर यरीको अनुहारको भागमा रगतले लतपतिएको नीलडाम, आँखाको नानी रातो
भएको, नाकको डाँडी भाँचिएको, कानको लोती च्यातिएको, कुहिना नाडी खुट्टा ढाड छातीम
खोस्रिएको दाग, कपालको रौं उखलिएको, टाउकोमा पछाडी पट्टी बायाँ कन्चटमा काटिएको चोट
भई सो चोटबाट रगत बगेको भन्नेसमेत व्यहोराको मृतक पूर्णबहादुरको लाश प्रकृति मुचुल्का।
मृतकको मृत्युको कारण टाउकोको चोट (Head Injury)बाट भएको हो भन्नेसमेत व्यहोराको
राप्ती उप-क्षेत्रीय अस्पताल दाङबाट भएको शव परीक्षण प्रतिवेदन।
मिति २०६७।२।४ गते पूर्ण बहादुर यरीले सामुदायिक वनमा आगो लगाई कमला शाहुलाई
हत्या गरेकोमा प्रहरीको नियन्त्रणमा रहेको पूर्णबहादुर यरीलाई मार्ने नियतले हत्याको बदला
हत्या नै गर्नुपर्छ भनी गाउँलेको भिडले निजलाई आफ्नो नियन्त्रणमा लिई मरणासन्न हुने गरी
कुटपिट गरेका हुन्।क-कसले कुटपिट गरे मलाई थाहा भएन भन्नेसमेत व्यहोराको यज्ञबहादुर शाहले
अनुसन्धान अधिकारी समक्ष गरेको कागज।
मिति २०६७।२।४ गते सल्यान कुभिन्डेदह गा.वि.स. वडा नं.४ बस्ने पूर्णबहादुर यरीले रिम
गा.वि.स. वडा नं.४ बस्ने कमला शाहुको हत्या गरेको विषयमा निजलाई प्रहरीले नियन्त्रणमा
लिएकोमा स्थानीय मानिसहरूले "मृतकलाई क्षतिपूर्ति दे","ज्यानको बदला ज्यान्" भन्ने नारा जुलुस
गर्दै रहेको अवस्थामा उक्त मासलाई सम्झाउन गएको अवस्थामा मलाई समेत धकल पकल गरे पश्चात म
सो ठाउँबाट केही पर गएकोमा प्रहरीबाट निज पूर्णबहादुर यरीलाई खोसी मरणान्त हुने गरी
कुटपिट गरेकोमा उपचारको क्रममा दाङमा मृत्यु भएको हो।उक्त वारदातमा संलग्न जाहेरीमा
उल्लेखित प्रतिवादीहरू र मैले नाम नचिनेका प्रतिवादीहरू हुन् भन्नेसमेत व्यहोराको तीर्थराज
बस्नेतले गरेको घटना विवरण कागज।
मिति २०६७।२।४गते रिम गा.वि.स.मा घाँस काट्न गएकी ऐ.बस्ने कमला शाहुलाई
पूर्णबहादुर यरीले हत्या गरेको भन्ने सुनी घटनास्थल तर्फ प्र.नि. ज्यू समेतको टोली गएकोमा निज
पूर्णबहादुर यरीलाई नियन्त्रणमा लिई हामीहरूलाई समेत धकल पकल गरी जाहेरीमा उल्लेखित
प्रतिवादीहरू समेत र अन्य नचिनेको प्रतिवादीहरूले समेत पूर्णबहादुर यरीलाई कुटपिट गरी सक्त
घाइते बनाएकोमा उपचारको क्रममा दाङमा मृत्यु भएको हो। उक्त वारदात गराउने जाहेरीमा
उल्लेखित प्रतिवादीहरू र अन्य नचिनेका प्रतिवादीहरू हुन् भन्नेसमेतको व्यहोराको
प्र.स.नि.जितबहादुर डि.सी.ले गरेको घटना विवरण कागज। मिति २०६७।२।४ गते रिम-४ बस्ने
कमला शाहुलाई ऐ.कुपिन्डेदह-४ बस्ने पूर्ण बहादुर यरीले हत्या गरेको भन्ने सुनी घटनास्थलतर्फ पुगी
निजलाई नियन्त्रणमा लिई कार्यालयतर्फ फर्किने क्रममा जाहेरीमा उल्लेखित प्रतिवादीहरू र अन्य
नचिनेका प्रतिवादीहरूले ज्यानको बदला ज्यान भनी हामीहरूलाई समेत धकल पकल गरी निज
पूर्णबहादुर यरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेकोमा उपचारको लागि दाङमा लगेकोमा मृत्यु
भएको हो। जाहेरीमा उल्लेखित प्रतिवादीहरू मध्ये र अन्य नाम नचिनेको प्रतिवादीहरू नै हुन् भनी
प्र.स.नि. राज बहादुर श्रेष्ठले गरेको घटना विवरण कागज।
मिति २०६७।२।४गते रिम गा.वि.स.मा महिलाको हत्या भएको भन्ने सुनी घटनास्थलमा
प्र.नि.ज्यूसँग म समेत पुगेको थिएँ। हत्यारालाई नियन्त्रणमा लिई कार्यालयतर्फ फर्कने क्रममा
एक्सन बुढाथोकी समेतले नेतृत्व गरेको मासले बाटो अवरोध गरी ज्यानको बदला ज्यान भन्ने नारा
लगाई हामीहरूलाई समेत धकल पकल गरी नियन्त्रणमा लिइएको मानिसलाई मरणासन्न हुनेगरी
कुटपिट गरेको उपचारको क्रममा दाङमा मृत्यु भएको हो। उक्त वारदात घटनामा जाहेरीमा
उल्लेखित प्रयितवादीहरू मध्ये र अन्य नाम नचिनेको प्रतिवादीहरू नै हुन् भनी प्र.ज.अमिन बस्नेतले
गरेको घटनाविवरण कागज।
मिति २०६७।२।३ गते मेरो श्रीमान् पूर्णबहादुर यरी तरकारीको विउ विजन लिन
कपुरकोटतर्फ गएकोमा मादक पदार्थ सेवन गरी उक्त कार्य गरेको हुनुपर्छ। यो घटना घटाए पश्चात
निजलाई कुटपिट गरेको भन्ने कुरा सुनी म समेत दाङमा पुगी हेर्दा शरीरको विभिन्न भागमा घाउ
चोट देखेकी हुँ। जाहेरीमा उल्लेखित प्रतिवादीहरूले नै मेरो श्रीमान् पूर्णबहादर यरीलाई कुटपिट
गरी मारेको कुरामा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको मृतकको श्रीमती पिमकली यरीले गरेका
घटना विवरण कागज।
मिति २०६७।२।४ गते म आफ्नो घरमानै भएकोमा पूर्णबहादुर यरी रिम गा.वि.स. मा पुगी
महिलालाई हत्या गरेकोमा ज्यानको बदला ज्यान भनी स्थानीय मानिसले कुटपिट गरी सक्त घाइते
बनाएकोमा दाङमा उपचारको क्रममा मृत्यु भएको हो भन्ने सुनेको हुँ। उक्त वारदातमा जाहेरी
दरखास्तमा उल्लेखित प्रतिवादीहरू संलग्न रहेको भन्ने कुरामा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको
खुम कुँवरले अनुसन्धान अधिकारी समक्ष गरेको घटना विवरण कागज।
फरार प्रतिवादीहरूलाई खोजतलास गर्दा फेला नपरेकोले फेला परेको अवस्थामा पक्राउ गरी
बुझाउने भन्ने समेत व्यहोराको इ.प्र.का लुहामको प्रहरी सञ्चार।
प्रस्तुत मुद्दामा वारदात हुँदाको अवस्थामा वारदात स्थलमै रहेका प्र.नि.कृष्णबहादुर
क्षेत्रीले घटनाको यकिन विवरण सहित दिएको किटानी जाहेरी दरखास्त, मृतकको लाश प्रकृति
विवरण मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारी समक्ष गरेको
बयान, कागज तथा अनुसन्धानको सिलसिलामा बुझिएका घटनाका प्रत्यक्षदर्शी जित बहादुर
डि.सी. समेतले गरेको कागज समेत मिसिल संलग्न प्रमाणबाट मिति ०६७।२।४ गते पूर्ण बहादुर
यरीको मृत्यु कर्तव्यबाट भएको स-प्रमाण पुष्टि हुन आयो। एक्सन भन्ने यज्ञबहादुर बुढाथोकी
समेतका प्रतिवादीहरूले प्रहरीको नियन्त्रणबाट छुटाई आफ्नो नियन्त्रणमा लिन खोज्दा प्रहरीले
हवाई फायर, लाठी चार्ज गर्दा समेत अटेर गरी प्रहरी समेतलाई कुटपिट गरी बलपूर्वक हुलहुज्जत
नाराबाजी गर्दै लाठी, दाउरा, हात, मुक्का समेतले मृतक शरीरको टाउको समेत शरीरको विभिन्न
भागमा निर्ममतापूर्वक कुटपिट गरी कर्तव्य गरी मारेको देखिँदा वारदातको प्रकृति र
प्रतिवादीहरूले गरेको बयान तथा अनुसन्धानको सिलसिलामा बुझेका मानिसहरूले गरेको कागज समेत
मिसिल संलग्न प्रमाणबाट हाल पक्राउमा परेका प्रतिवादीहरू र फरार रहेका प्रतिवादीहरू समेतले
मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नम्बरमा परिभाषित कसुर गरेको हुँदा प्रतिवादी सर्वजित
बुढाथोकी, एक्सन बुढाथोकी, शेर बहादुर बुढाथोकी, प्रेम घर्ती, भिम बहादुर महतरा,
हिरालाल, बुढाथोकी, अम्मर बहादुर महतरा, फत्त बहादुर पुन र वारदात पश्चात् हालसम्म फरार
रहेका वीर बहादुर रेउले, वीर बहादुर बुढाथोकी, राम बहादुर घर्ती, सेवक घर्ती, गोमा बुढा,
समुन्द्र वि.क., भुपाल सिंह शाहु, टेक बहादुर खड्का, झक्कु खड्का, पूर्णबहादुर बोहरा, राम
बहादुर बोहरा, डम्मर बुढाथोकी, टंक बस्नेत, कुल बहादुर रोका, दिलु बुढा, भम बहादर महतरा,
लोकसिंह शाहु, तिलक घर्ती, अर्जुन बुढा, नारायण पुन, रविलाल बाँठा, चन्द्र बहादुर वली,
इश्वरी घर्ती, देउप्रसाद बोहरा, प्रकाश वली, गङ्गाराम वली, शेरमान वि.क., यज्ञ बोहरा,
अतिराम वि.क., इन्द्रलाल बुढाथोकी, तुलसी साहु, जैसरा शाहु, नन्दकलि शाहु, हरिकृष्ण
परियार, नरेन्द्र जहादुर परियार समेतलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको दफा १३(३) नं.
बमोजिम सजाय गरी पाउँ भन्ने मागदावी लिई शुरु सल्यान जिल्ला अदालतमा दायर भएको अभियोग
पत्र।
मृतक पूर्णबहादुर यरीले वनमा आगो लगाए, किन आगो लगाइस् भनेर सोधी गाउँ गाउँमा सात
आठ सय मान्छेले घेरा हाली समातेको मैले देखेको हुँ। मैले घटना स्थलबाट १५/२० मि.जतिको
टाढावाट देखेको हुँ। मृतकलाई कसले मार्यो मलाई थाहा भएन। म घटनामा संलग्न थिइन।मृतकलाई
मार्नमा मेरो कुनै संलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी हिरालाल बुढाथोकीले शुरु सल्यान
जिल्ला अदालत समक्ष गरेको बयान।
मिति २०६७।२।४ गतेका दिनमा मृतक पूर्णबहादुर यरीले २ वटा वनमा आगो लगाई दिएका र
२ वटा घरमा समेत आगो लगाई दिएका रहेछन् र उसै दिन वनमा घाँस काट्न आएकी महिला कमला
साहुलाई मृतक पूर्णबहादुर यरीले खुर्पाले रेटेर हत्या गरी दिएका रहेछन्। मृतक पूर्णबहादुर यरीले
सामुदायीक वनको र २ वटा घर आगलागी गरी दिएकाले निजको खोजतलास गर्ने क्रममा गाउँलेहरू
सबै जम्मा भई जम्मा भएको मासले कुटपिट गर्दा मृतक पूर्णबहादुर यरी घाइते अवस्थामा थिए।
उपचार गर्ने क्रममा लाँदा बाटोमा मृत्यु भएको भन्ने कुरा सुनेको हुँ। गाउँलेहरूको कुटपिटले गर्दा
मृत्यु भएकाले मैले अभियोग माग दाबीबमोजिम सजाय पाउँने होइन भन्ने समेत व्यहोराको प्रतिवादी
अम्मर बहादुर महतराले शुरु सल्यान जिल्ला अदालत मसक्ष गरेको बयान।
मृतक पूर्णबहादुर यरीले २ वटा सामुदायीक वन र २ वटा घरमा समेत आगो लगाई दिएका
रहेछन्। उसै दिन एकजना महिलालाई समेत घाँस दाउरा लिन जाँदा खुर्पाले हत्या गरी दिएका
रहेछन्। मृतक पूर्णबहादुर यरीले घरमा र वनमा आगो लगाई दिएकाले निजको खोजतलास गर्नको
लागि अन्दाजी ६००/७०० सय मानिस गएका थिए। निजलाई कुटपिट गरेछन्। तर, म घटनादेखि
लगभग ५/७ मि. टाढा थिएँ। मैले कुटपिट गरेको होइन। मासले कुटपिट गरे होलान्। त्यही
कुटपिटको कारणले घाइते अवस्थामा रहेका मृतक पूर्णबहादुर यरीलाई औषधी उपचार गर्ने क्रममा
मृत्यु भएको भन्ने सुनेको हुँ। म उक्त घटनामा संलग्न थिइन। त्यसैले, मैले सजाय पाउँने होइन भन्ने
समेत व्यहोराको प्रतिवादी युवराज भन्ने एक्सन बुढाथोकीले शुरु सल्यान जिल्ला अदालत समक्ष
गरेको बयान।
मिति २०६७।२।४ गते बिहान म मेरो घरमा सुतिरहेको थिएँ। सल्यान धनवाङ्ग–२ मुलपानीका
घनश्याम घर्तीको घरमा आगो लाग्यो निभाउन जाऔं भनी भनेपछि घनश्यामको घरमा आगलागी
भइरहेको थियो। आगो निभाएर म मेरो घर तिर लागेँ र खाना खाएर रिमको सरकारी भवन
निर्माण स्थलमा वालुवा लिएर सितल बजारतर्फ जाँदै थियौँ बीच बाटोमा पुगेपछि बाटो बन्द
थियो। गाउँलेहरू जम्मा भएर नारा जुलुस लगाउँदै थिए। के के नारा लगाए मलाई थाहा भएन। हामी
सो स्थान भन्दा केही टाढा नै थियौँ। त्यसपछि साँझ ५ बजेतिर घरमा फर्केर खाना खाएर सुतेको
हुँ। घटना स्थलमा म जाँदा पनि गएको होइन र घटनामा पनि संलग्न छैन। के कसरी घटना घट्यो