Judgment
श्री
विशेष अदालत, काठमाडौँ
इजलास
अध्यक्ष माननीय न्यायाधीश श्री श्रीकान्त पौडेल
सदस्य माननीय न्यायाधीश श्री यमुना भट्टराई
फैसला
इजलास नं.1
मुद्दा नं.076-CR-0450
मुद्दा दर्ता मितिः 2077।3।30
फैसला मितिः 2079।10।6।6
नि.नं. 68
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंको तर्फबाट अनुसन्धान अधिकृत मोहन कुमार थापाको प्रतिवेदनले नेपाल सरकार.................................................................१
विरुद्धः
विष्णु प्रसाद रेग्मीको नाति दुर्गा प्रसाद रेग्मीको छोरा जिल्ला रुपन्देही साविक पर्रोहा गा.वि.स. वडा नं. ५ हाल सैनामैना नगरपालिका वडा नं.2 रानीबगिया स्थायी वतन भई हाल जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.4 गणेशपुर बस्ने तत्कालीन बाँसगढी नगरपालिका कार्यापालिकाको कार्यालय बर्दियामा शिक्षा युवा तथा खेलकुद शाखाका उप-सचिव (अधिकृत नवौ) पदमा कार्यरत मनप्रसाद रेग्मी....................................................................................१
नेत्र प्रसाद पाण्डेयको छोरी, मनप्रसाद रेग्मीको श्रीमती, जिल्ला रुपन्देही साविक पर्रोहा गा.वि.स. वडा नं. ५ हाल सैनामैना नगरपालिका वडा नं.2 रानीबगिया स्थायी वतन भई हाल बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.4 गणेशपुर बस्ने पम्फादेवी पाण्डेय रेग्मी.......................1
दुर्गा प्रसाद रेग्मीको नातिनी, मनप्रसाद रेग्मी तथा पम्फादेवी पाण्डेय रेग्मीको छोरी जिल्ला रुपन्देही साविक पर्रोहा गा.वि.स. वडा नं. ५ हाल सैनामैना नगरपालिका वडा नं.2 रानीबगिया स्थायी वतन भई हाल बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.4 गणेशपुर बस्ने सन्ध्या रेग्मी..............................................................................................................1
मुद्दा: गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको।
विशेष अदालत ऐन, 2059 को दफा 6 तथा मिति 2059।05।06 को नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ।
तथ्य खण्डः
उजुरी निवेदनः मनप्रसाद रेग्मीको खातामा ठूलो रकम कारोवार भएको भनी शंकास्पद कारोवार रिपोर्टिंङ भएको, विभिन्न बैंकहरुमा निजको नाममा रहेको खातामा कर्जा कारोवार बाहेक जम्मा खर्च रकम रु.१२,८०,००,०००।- भन्दा बढी देखिएको र निजले बैंकहरुमा खाता खोल्दा पेशामा सिभिल सर्भिस, जिल्ला शिक्षा कार्यालय बाँके, गुलरिया, शिक्षा मन्त्रालय काठमाडौं र नेपालगंज उपमहानगरपलिकामा उपसचिव पदमा कार्यरत उल्लेख गरेकाले प्राप्त भएको कारोवार अनुसन्धानको लागि निर्णयानुसार पठाईएको छ भन्ने नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाईको च.नं. 75 मिति २०७५।११।०२ गतेको पत्र सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता हुन आएको उ.द.नं. 6021 मिति २०७5।11।१4 गतेको उजुरी निवेदन।
अनुसन्धान तहकिकातको वेहोराः बाँसगढी नगरपालिका कार्यालयका उपसचिव मनप्रसाद रेग्मीको सार्वजनिक सेवा प्रवेश पछिको आयआर्जनतर्फ हेर्दा निजको तलब भत्ता बचत, घरजग्गा बिक्री र ऋण लिएको देखिन्छ भने निजको खर्च तथा लगानीतर्फ हेर्दा जग्गा खरिद सवारी साधन खरिद, ऋणको साँवा ब्याज भुक्तानी र बिभिन्न बैंकहरुमा रहेको नगद मौज्दात समेत खर्च तथा लगानी गरेको देखिन्छ। यसरी प्रारम्भिक अनुसन्धानमा निजले अस्वभाविक रुपमा जग्गाको कारोवार गरेको देखिएको, जग्गा खरिद गर्दा लिखत प्रयोजनको लागि मात्र सरकारी दररेट प्रयोग गरेको साथै बिक्री गर्दा छोटो समयमा अत्याधिक बढी मूल्य राखी कारोवार गरी बढी नाफा कमाएको देखिएकोले बिस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने देखिएकोले प्रस्तुत उजुरी उपर विस्तृत अनुसन्धान तहकिकात गर्न उपयुक्त देखिन आए अनुसार आयोगको मिति २०७६।07।08 को निर्णयले विस्तृत अनुसन्धान गरिएको।
अनुसन्धानको अवधि: मनप्रसाद रेग्मीले मिति 2053।07।19 मा जिल्ला शिक्षा कार्यालय, मुगुबाट विद्यालय निरीक्षक (रा.प.तृतीय श्रेणी) पदमा नियुक्ति लिएदेखि मिति २०७6 चैत्र मसान्त सम्मको जाँचअवधि लिएर अनुसन्धान गरिएको।
अनुसन्धानबाट देखिन आएको वस्तुस्थिति : पारिवारिक विवरण (एकासगोल)
अंशबण्डा भए नभएको वा मानो चामल छुट्टिए नछुट्टिएकोः मिति 2048।07।18 गतेदेखि छुट्टिभिन्न भई बसेको।
सार्वजनिक पदधारण गरेको विवरण:
स्वदेशमा काम गरेको विवरण:
विदेशमा रहेको र आय आर्जनको विवरण:-
अचल सम्पत्तिको विवरण:-
(क) पैत्रिक घर जग्गाको विवरणः
(ख) पैतृक जग्गाको विवरण:
(ग) स्वआर्जित घर जग्गाको विवरण:
घरको विवरण:
स्व-आर्जित जग्गाको विवरण: स्वआर्जनबाट खरिद गरिएका तपसिलका जग्गाहरुको खरिद परल खर्चका सम्बन्धमा मनप्रसाद रेग्मीले बयानमा लिएको दावी तथा सम्बन्धित मालपोत कार्यालयहरुबाट प्राप्त हुन आएको लिखत अनुसार खुल्न आएको खरिद तथा लगानी परल खर्च।
बिक्री गरेको घर/जग्गाको विवरण:
हाल कायम रहेका घर र जग्गाहरुको विवरण:-
चल सम्पत्तिको विवरण:
बैंक/ वित्तीय संस्था/सहकारीमा रहेको खाताहरूको विवरण:
बैंक तथा वित्तीय संस्थाको कारोबारको विवरण: (एकलाख रुपैयाँ भन्दा माथिको कारोवार उल्लेख गरिएको।
मन प्रसाद रेग्मी तथा निजको एकाघर परिवारका सदस्यहरुको नाममा बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुको अन्तिम मौज्दातः
सुन चाँदी/जवाहरातको विवरण:
सवारी साधनको विवरण:
शेयर/ऋणपत्र खरिद बिक्रीको विवरण :
विद्युतीय उपकरणहरूको विवरण:
अन्य सम्पत्ति तथा खर्च लगानीको विवरण:
मनप्रसाद रेग्मीले अनुसन्धानको क्रममा गरेको बयान : मैले अस्थायी रुपमा २०५३।०७।२२ को नियुक्ती बमोजिम जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षकको रुपमा र केही समय निमित्त जिल्ला शिक्षा अधिकारी भई २०५५ कार्तिक मसान्तपछि बाँके जिल्ला शिक्षा कार्यालयमा विद्यालय निरीक्षक पदमा २०६१।०६।३० सम्म काम गरेको हो। मिति २०६१।०७।०१ देखि २०६३।०६।३० सम्म जिल्ला शिक्षा कार्यालय सुर्खेतको शाखा अधिकृत पदमा, मिति २०६३।०७।०१ देखि २०६७।०३।३० सम्म जिल्ला शिक्षा कार्यालय बाँकेमा विद्यालय निरीक्षक पदमा कार्यरत रहँदै मिति २०७३ चैत्र देखि राजपत्राङ्कित द्वित्तिय श्रेणीमा बढुवा भई कोहलपुर न.पा., नेपालगंज उप-महानरगपालिका र हाल स्थानीय तहमा समायोजन भई बाँसगढी न.पा. बर्दियामा कार्यरत छु। मेरो श्रीमती मिति २०५४ साल देखि २०७५ चैत्र मसान्त सम्म निम्न माध्यमिक विद्यालयको अस्थायी शिक्षक पदमा काम गरी उपदानमा सेवा बाट अवकाश पाएको हो। हाल उनले नेपाल लाईफ ईन्सोरेन्स कम्पनीको जीवन विमाको अभिकर्ताको रुपमा काम गर्दै आएकी छिन। र २०६५ सालदेखि जग्गा खरिद बिक्री र कृषि कार्यमा संलग्न छिन्। छोरा र छोरी अध्ययन गरीरहेका छन्। मेरो चल अचल सम्पतिमा घर जग्गा, सेयर, बैङ्कमा रहेको नगद, गरगहना, सवारी साधन समेत रहेको छ। सार्वजनक सेवामा प्रवेश गरे पश्चात विभिन्न घर जग्गा खरिद बिक्री गरेको, सवारी साधन, शेयर खरिद गरेकोमा हाल विभिन्न कित्ताका जग्गा जमिन तथा घर हाल कायम रहेको छ। सुनका गरगहना तथा घरयासी उपयोगका र विद्युतीय उपकरणका सामग्री समेत रहेका छन्। विभिन्न बैङ्कमा बैङ्क खाताहरु रहेको आयका क्षेत्रहरुमा तलब, भत्ता, घरभाडा, कृषि आय, विमा कमिशन, बैङ्क व्याज, जग्गा बिक्री, सवारी साधन बिक्री, टेलिकम शेयर बोनस, रेमिट्यान्स र मान्यजन बाट सरसहयोग आदि रहेका छन।
पम्फादेवी पाण्डेयले अनुसन्धानको क्रममा गरेको बयान: म मिति २०५४।०५।२६ देखि मिति २०५५।०५।३० सम्म महाकाली उच्च माध्यमिक विद्यालय मुगुमा निम्न माध्यमिक विद्यालय तहमा अस्थायी शिक्षकको रुपमा कार्य गरेको र मिति २०५८।११।०८ देखि २०७५।१२।३० सम्म बाँके जिल्लाको विभिन्न विद्यालयमा काम गरेकी छु। मेरो परिवारको आयस्रोतमा श्रीमानको तलब भत्ता , मेरो तलब भत्ता घरभाडा, कृषि आय, विमा कमिशन, कर्जा, जग्गा जमिन बिक्री, व्याज, आमा बुवाबाट समय समयमा प्राप्त नगद सहयोग आदि रहेका छन्। खर्चका क्षेत्रहरुमा दैनिक जीवन निर्वाह, सवारी साधन खरिद, छोराछोरीको अध्ययन खर्च, जग्गा खरिद, घर निर्माण, मर्मत, व्याज तथा कर्जा भुक्तानी, शेयर लगानी, विमा भुक्तानी, गरगहना खरिद हुन्। मेरो नाममा समेत विभिन्न मितिमा केही जग्गा जमिनहरु खरिद बिक्री भएको र बिस्तृत जानकारी मलाई नभएकोले श्रीमान मनप्रसाद रेग्मीसँग नै बुझिलिन अनुरोध गर्दछु। मैले मुगु जिल्ला र बाँके जिल्लाका विद्यालयमा निम्न माध्यमिक तहको नेपाल सरकारले तोकेको तलब भत्ता लगायतका सुविधा समेत गरी करिब ३५लाख प्राप्त गरेको छु। नेपाल लाईफ ईन्सोरेन्सको अभिकर्ताको रुपमा काम गरेवापत अनुमानित कमिशन २ लाख २५ हजार समेत प्राप्त गरेको छु।
सन्ध्या रेग्मीले अनुसन्धानको क्रममा गरेको बयान: मेरो आफ्नै आम्दानी नरहेकोमा मेरो बुवाको तलब भत्ता लगायत कृषि आय, जग्गा बिक्री, लगायत रहेको छ। खर्चका क्षेत्रहरुमा दैनिक जीवन निर्वाह, सवारी साधन खरिद, मेरो र भाईको अध्ययन खर्च, जग्गा खरिद, घर निर्माण, मर्मत व्याज तथा कर्जा भुक्तानी, सेयर लगानी, बिमा भुक्तानी गरगहना खरिद हुन्। मेरो नाममा समेत विभिन्न मितिमा केही जग्गा जमिनहरु खरिद बिक्री भएका छन। उक्त जग्गा खरिद बिक्री सबै बुवाको लगानी हो। मसँग केही पनि नभएको र बिस्तृत जानकारी बुवा मनप्रसाद रेग्मीसँग बुझिलिन अनुरोध गर्दछु। मेरो नाममा दर्ता कायम रहेको सवारी साधन खरिद गरिएको छ । बा१९च ३३१७ को निसान टेरानो गाडी बिक्री मेरो सल्लाह अनुसार बुवाले नै गर्नुभएको हो। मेरो नाममा रहेको एक घर र केही जग्गा खरिद बिक्री भईसकेको मेरो नाममा कुनै पनि चल अचल सम्पति छैन।
आय व्ययको प्रवाह विवरण (Cash Flow Chart) :
आय व्ययको समग्र अवस्था:
आय व्ययको विश्लेषण: प्रतिवादी मनप्रसाद रेग्मी विरुद्ध पर्न आएको उजुरी र अनुसन्धानको सिलसिलामा निजले आयोगमा पेश गरेको सम्पत्ति विवरण, सो साथ पेश भएका कागजातहरू, मनप्रसाद रेग्मी, निजको श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीको बयान, पेश गरेका विवरणहरु तथा मालपोत कार्यालय, विभिन्न बैँक तथा वित्तिय संस्था समेतका सरोकारी निकायहरूबाट प्राप्त हुन आएका कागजातहरूका आधारमा निजले सार्वजनिक सेवामा प्रवेश गरेको मिति 2053।07।22 देखि मिति 2076 चैत्र मसान्त सम्मको अवधिलाई जाँच अवधि लिएर स्वआर्जित तथा सिर्जित सम्पत्ति एवं लगानी खर्चहरुका सम्वन्धमा सोही जाँच अवधिका आयव्ययहरु उपर अनुसन्धान गरिएको छ।
आय तर्फ:
पैतृक सम्पत्ति: मनप्रसाद रेग्मी मिति 2048।07।18 मा पैत्रिक सम्पति अंशबण्डा लिई छुट्टिभिन्न भए पश्चात निजका नाममा दर्ता कायम रहेका जग्गाहरू मनप्रसाद रेग्मी सार्वजनिक सेवामा प्रवेश पश्चात पैत्रिक जग्गाहरू बिक्री गरी प्राप्त गरेको आयलाई निजको आयमा गणना गरिएको छ।
मनप्रसाद रेग्मीको पारिश्रमिक वचत आय: राष्ट्रिय किताबखाना (निजामति) बाट प्राप्त हुन आएको MIS Report अनुसारको मनप्रसाद रेग्मी सरकारी सेवामा प्रवेश गरेदेखि जाँच अवधि सम्मको प्राप्त पारिश्रमिक आयलाई 7० प्रतिशत बचत कायम गरी जम्मा हुन आउने रकम रु.34,12,118।- लाई निजको आयमा गणना गरिएको छ। साथै निजको श्रीमती पम्फादेवी पाण्डेय जिल्ला शिक्षा कार्यालय, मुगुको च.नं. 286 मिति 2054।05।26, फुल्टेक्रा मा.वि., बाँकेको च.नं. 210 मिति 2062।08।20, ज्ञानसागर मा.वि., बाँकेको च.नं. 23 मिति 2068।08।15, नेपाल राष्ट्रिय विद्यालय, बाँकेको पत्र समेतका आधारमा निजले निम्न माध्यमिक तृतिय तहको अस्थायी शिक्षक पदमा काम गरेको देखिँदा विद्यालयहरूबाट निजलाई प्राप्त हुन आएको पारिश्रमिक आयलाई 85 प्रतिशत बचत कायम गरी जम्मा रु.23,66,406।-लाई निजको आयमा गणना गरिएको, मनप्रसाद रेग्मी जिल्ला शिक्षा कार्यालय, मुगुमा कार्यारत रहँदा प्राप्त गरेको दुर्गम तथा स्थानीय भत्ता समेतका विविध भत्ताहरूबाट प्राप्त आय रु.1,16,671।– लाई सतप्रतिशत कायम गरी निजको आयमा गणना गरिएको, श्रीमती पम्फादेवी पाण्डेय मिति 2075 चैत्रसम्म अस्थायी शिक्षकमा कार्यरत रहेको भनी दावी लिएतापनि शिक्षा विकास तथा समन्वय ईकाई, बाँकेको पत्रानुसार पम्फादेवी पाण्डेय मिति 2074।08।03 गते सम्म अस्थायी शिक्षक पदमा कार्यरत रहेको गणना गरी निज उपदान लिई अवकाश हुँदा प्राप्त गरेको बिदा समेतका सुविधा रकम रु.6,99,615।-समेतलाई निजको आयमा गणना गरिएको छ।
जग्गा विक्रीबाट प्राप्त आय: खरिद तथा लगानी गरी राखेका सम्पत्ति विक्री गरी आर्जन गरेको आय दावी गर्नेले मुलधन अर्थात खरिद गरी राखेको सम्पत्तिमा भए गरेको शुरु लगानीको स्रोत पुष्टी गर्नु पर्ने हुन्छ। प्रारम्भिक खर्च लगानीलाई पहिलो प्रमाणित स्रोत प्रस्तुत गर्नुपर्ने अन्यथा प्राप्त आय वैध हुन सक्ने अवस्था नरहने हुँदा विक्री भए गरेका सम्पत्ति (घर जग्गा) बाट प्राप्त गरेका अर्थात आर्जित आयहरुको दावी लिनेले आफुले विक्री भए गरेका सम्पत्तिहरु निजले शुरु खरिद गर्दाको प्रारम्भिक शुरु लगानीलाई निजको वैध आयस्रोतले पुष्टि गर्न सक्नु पर्नेमा दुविधा रहेन। निजले सार्वजनिक सेवामा प्रवेश पश्चात खरिद गरेका घरजग्गाहरु निजले खरिद गरीरहँदाका वखत निजको वचत आय र सो अवधिमा सिर्जित तथा खरिद सम्पत्तिलाई निजको तत्वेलाको वचत मौज्दातले खामेको अवस्था देखिएको अवस्थामा सो स्रोत खुलेको सम्पत्तिबाट वढेवढाएको आय र प्रारम्भिक लगानीको आँशिक भागको मात्र स्रोत खुल्न आएका अवस्थामा त्यस्ता आँशिक स्रोत खुलेको सम्पत्तिबाट वढेवढाएका आय अर्थात सम्पत्तिमा शुरु लगानिको स्रोत खुलेको भागबाट वढेवढाएको आयलाई निजको वैध आयमा गणना गरिएको छ।यसैगरी सिर्जित सम्पत्तिको शुरु खरिद तथा प्राप्तिको वैध स्रोत नखुलेका सम्पत्तिहरुबाट वढेवढाएका आय तथा सम्पत्तिलाई निजको वैध आयमा गणना गर्न नमिल्ने हुँदा त्यस्ता आयहरुलाई कोष्ठभित्र राखि निजको वैध आयमा गणना गरिएको छैन।
हालसम्म संकलित प्रमाणका कागजातहरु एवं निज समेतले खुलाईदिएका तथा पेश गरेका आय तथा व्ययहरुका सम्वन्धमा माथिका प्रकरण (आयव्यय प्रवाह विश्लेषण) अनुसार अध्ययन गर्दा निजले सार्वजनिक सेवामा प्रवेश पश्चात आफु, श्रीमती र छोरी समेतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घरजग्गाहरु शुरु खरिद गर्दाका वखतका अवस्थामा निजको वैध आय र खरिद तथा सिर्जित चलअचल सम्पत्तिहरुमा भए गरेका लगानीको अनुपात अध्ययन गर्दा खरिद गरिएका अधिकांश घरजग्गाहरु खरिद गरीरहँदाका अवस्थामा निजको वैध आयले खामेको नपाइएकोले आँशिक तथा पूर्ण रुपमा स्रोत खुलेको अर्थात निजको वैध आयले खामेका घरजग्गा विक्रीबाट वढेवढाएका आयहरुलाई स्रोत खुलेको भाग अनुसार गणना गर्दा जग्गा विक्रीबाट निजले रु.1,43,52,163।– आर्जन गरेको देखिँदा सोही अनुसार निजको वैध आयमा गणना गरिएको छ।
कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा आय: मनप्रसाद रेग्मीले सार्वजिक सेवामा कार्यरत रहँदा कर्मचारी संचयकोष, राष्ट्रिय वाणिज्य बैंक लि. र एन.आईसी एसिया बैँक लि.बाट कर्जा लिएर उपभोग गरेको देखिन आएकोले प्राप्त हुन आएका कागजातहरु तथा निजले बयानको क्रममा खुलाई दावी लिएअनुसार खुल्न आएको कर्जा रु.29,64,900।– लाई निजको कर्जा आयमा गणना गरिएको छ।
विप्रेषण आय: मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नम्बर 37 मा लिएको दावी तथा निजको हिमालय बैँकको कारोबार विवरण अनुसार मिति 2075।06।29 मा साथी गम बहादुर शाहीले अमेरीकाबाट पठाईदिएको रु.1,00,706।– लाई निजको आयमा गणना गरिएको छ।
बीमा परिपक्व पश्चात प्राप्त बीमाङ्क रकम तथा आय: मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नम्बर 24 मा लिएको दावी अनुसार निजको नाममा राष्ट्रिय बीमा संस्थानबाट जारी बीमालेख नं. 133581 आ.व.2072/073 मा बीमा परिपक्क भई कर कट्टी सहित आ.व. 2074/075 मा प्राप्त गरेको बीमाङ्क रकम रु.1,92,806।-प्राप्त गरेको देखिन आएकोले सो बीमावापत सम्वन्धित संस्थाबाट भुक्तानि प्राप्त रकमलाई निजको आयमा गणना गरिएको छ।
कृषि आयः मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नं. ३५ मा लिएको दावी अनुसार बाँके र रूपन्देही जिल्लामा भएका जग्गाहरूमा कृषिबाली धान, गहुँ, तोरी र आलु समेतका तरकारीहरू 2053 सालदेखि 2075 सालसम्म लगाई प्राप्त गरेको कृषि आय रु.6,57,700।- आयलाई निजको आयमा गणना गरिएको छ।
सवारी साधन बिक्री : मनप्रसाद रेग्मीले सबाल जबाफ नं. 22 मा लिएको दावी अनुसार सवारी साधन (मोटरसाईकल र कार) बिक्री गरी प्राप्त गरेको आय रु.25,58,270।- निजको वैध आयमा गणना गरिएको छ।
बीमा कमिशन: मनप्रसाद रेग्मीको श्रीमती पम्फादेवी पाण्डेयले नेपाल लाईफ ईन्स्योरेन्समा अभिकर्ताको रुपमा कार्य गरे वापत कमिशन प्राप्त गरेको मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नं. 36 मा लिएको दावी अनुसार रु.84,547।- लाई निजको आयमा गणना गरिएको छ।
नगद लाभांश: मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नं. 40 मा लिएको दावी अनुसार निज तथा निजको श्रीमतीको नाममा रहेको नेपाल टेलिकमको शेयरबाट 2014 देखि 2019 सम्म पाएको नगद लाभांश रु.67,090।– लाई निजको आयमा गणना गरिएको छ ।
वैदेशिक आय: मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नं. ३१ मा लिएको दावी अनुसारको जापानमा तालिममा सहभागि हुँदाको भत्ताको ७० % बचत आय रु.1,38,600।– लाई निजको बचत आयमा गणना गरिएको छ।
व्यय तर्फ:
घर/जग्गा खरिदः मनप्रसाद रेग्मीले सार्वजनिक सेवामा प्रवेश पश्चात आफु र श्रीमती पम्फादेवी पाण्डेय समेतको नाममा स्वामित्व दर्ता कायम रहने गरी आफु, श्रीमती र छोरीका नाममा एकल एवं अन्य व्यक्तिहरु समेतको संयुक्त स्वामित्व रहने गरी समेत घरजग्गाहरु खरिद गरी राखेको पाइयो। माथिका तालिका प्रकरणहरु एवं आयव्यय प्रवाह विश्लेषण समेतमा खुलाईएका घर जग्गाहरु खरिद गर्नमा निजले बयानमा खुलाईदिएका बयान वेहोरा एवं प्राप्त हुन आएका रजिष्ट्रेशन पारित लिखतअनुसार निजले घरजग्गा खरिदमा रजिष्ट्रेशन शुल्कसमेत रु.4,87,43,944।– खर्च लगानी गरेको देखिन आयो।
घर निर्माण खर्चः मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नं.17 मा खुलाई दिएको ब्यहोरा अनुसार निज सार्वजनिक सेवामा प्रवेश पश्चात निजको आफ्नै नाममा दर्ता कायम रहेको जिल्ला बाँके नेपालगंज 4 स्थित कि.नं. 413 को क्षेत्रफल 446.75 व.मि. भएको जग्गामा आ.ब. 2059/060 मा एक तला र आ.व. 2071/072 मा साँढे एक तला थप गरी जम्मा साँढे दुई तलाको घर निर्माण गरेको देखिन आयो । सो घरको निर्माण लागतका सम्वन्धमा निजको बयान ब्यहोरा अनुसार निर्माण लागत र मनप्रसाद रेग्मीले बयानको सवाल जवाफ नं.19 मा लिएको दावी अनुसार सो घरमा जडित तथा रहेका विद्युतीय उपकरणहरु एवं फर्निचर लगायतका फर्निसिंङ्गमा 2069 सालमा भएको खर्च समेत गरी जम्मा रु.62,38,000।- लाई निजको व्ययतर्फ गणना गरिएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण शेयर खरिद खर्चः मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नं. 20 मा खुलाई दिए अनुसार निज सार्वजनिक सेवामा प्रवेश पश्चात आफु र आफ्नो परिवारका सदस्यहरुका नाममा दर्ता कायम रहने गरी विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण शेयरहरु खरिदमा निजले रु.1,51,500।- खर्च तथा लगानी गरेको पाइयो।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्ता (साँवा व्याज) मा सम्वन्धित संस्थालाई तिरे वुझाएका रकम खर्चः मनप्रसाद रेग्मीले सार्वजिक सेवामा कार्यरत रहँदा कर्मचारी संचयकोष, राष्ट्रिय वाणिज्य बैंक लि. र एनआईसि एसिया बैँक लि.बाट उपभोग गरेको कर्जा चुक्ता प्रयोजनामा सम्वन्धित संस्थाहरुलाई जाँचअवधि सम्ममा साँवा व्याज वापत रु.18,66,900।– तिरेवुझाएको पाइएकोले उक्त रकम खर्चलाई निजको व्ययतर्फ गणना गरिएको छ।
पुँजिगत लाभकर वापत तिरेवुझाएका खर्च रकमः मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नं. 16 मा खुलाईदिए अनुसार निज सार्वजनिक सेवामा प्रवेश पश्चात आफु र आफ्नो परिवारका सदस्यहरुका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घरजग्गाहरु विक्री गर्दा पारित रजिष्ट्रेशन लिखत अनुसार सम्वन्धित मालपोत कार्यालयमा पुँजिगत लाभकर वापत रु.10,66,037। तिरेवुझाएको सो रकमलाई निजको व्ययतर्फ गणना गरिएको छ।
जीवन बीमा प्रिमियम वापत तिरेवुझाएका शुल्क रकमः राष्ट्रिय बीमा संस्थानको च.नं. 504 मिति 2076।02।10 को पत्रानुसार मनप्रसाद रेग्मीको नाममा जारी भएको बीमालेख नं. 133581 मा, नेपाल लाईफ ईन्स्योरेन्सको च.नं.1709 मिति 2076।09।23 गतेको पत्रानुसार मनप्रसाद रेग्मीको नाममा बीमालेख नं. ४०१०25264 मा र बीमालेख नं. ४०१०25261 मा तिरे बुझाएको बीमा प्रिमियम रु.1,77,006।- लाई निजको व्यवयमा गणना गरिएको छ।
शैक्षिक खर्च: मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नं. 23 खुलाई दिएको ब्यहोरा अनुसार निजको छोरी सन्ध्या रेग्मी र छोरा संकल्प रेग्मीको अध्यानार्थ तिरे बुझाएको शैक्षिक शुल्क रु.27,11,112।- लाई निजको व्ययमा गणना गरिएको छ ।
सवारी साधन खरिदः मनप्रसाद रेग्मीले बयानको सबाल जबाफ नं. 22 मा खुलाई दिएको दावी अनुसार निज तथा निजको एका सगोलका परिवारको नाममा दर्ता कायम रहने गरी सवारी साधन (मोटरसाईकल, स्कुटर र कार) खरिद गरेको देखिन आएको उक्त सवारी साधनको खरिद मूल्य निज मनप्रसाद रेग्मीले खुलाईदिए अनुसारको खरिद खर्च रकम रु.89,26,900।– लाई निजको व्ययतर्फ गणना गरिएको छ ।
सुनका गरगहना खरिदः मनप्रसाद रेग्मीले पेश गरेको सम्पत्ति विवरण एवं बयानको सबाल जबाफ नं. 18 मा खुलाईदिएअनुसार 2070 सालमा 2 तोला सुन र 2072 मा 1 तोला सुन खरिदमा गरिएको खर्च रु.1,51,000।- लाई निजको व्ययतर्फ गणना गरिएको छ।
शेयर खरिद: मनप्रसाद रेग्मी तथा निजको परिवारको नाममा विभिन्न बैँक तथा कम्पनीका शेयरहरू खरिद तथा लगानि खर्चहरू रु.1,49,900।– लाई निजको ब्ययमा गणना गरिएको छ।
मनप्रसाद रेग्मी तथा निजको परिवारका सदस्यहरुका नाममा संचालित विभिन्न बैंक खाताहरुमा देखिएको जाँच अवधिको अन्तिम मौज्दातः विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट उपलव्ध भएका कागजात विवरणहरु एवं निज समेतले बयानको सबाल जबाफ नं. 25 मा खुलाईदिए अनुसार निज तथा निजको परिवारका सदस्यहरुको नाममा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका बैंक खाताहरुमा जाँच अवधिको अन्तिम मौज्दात रु.28,49,490।–रहे भएको खुल्न आएको छ।
आरोपदावी: माथि विवेचित विभिन्न आधार र आय व्ययको अध्ययनबाट प्रतिवादी मनप्रसाद रेग्मीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज मनप्रसाद रेग्मीलाई विगो रु.4,54,33,698।–(रु. चार करोड चौवन्न लाख तेत्तिस हजार छ सय अन्ठानब्बे) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै मनप्रसाद रेग्मीले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको मध्धे रु.२¸९०¸४८¸६८४।– बराबरका तपसिलमा उल्लेख गरेका सम्पत्तिहरु र सोबाट नपुग हुने रु.१¸६३¸८५¸०१४।– समेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा 3, दफा १६ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 20 को उपदफा (2), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत/असुल उपर गरी पाउन भन्ने समेत बेहोराको आरोपमागदावी रहेको देखियो।
साथै मनप्रसाद रेग्मीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैर कानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफु लगायत श्रीमती पम्फादेवी पाण्डेय, छोरी सन्ध्या समेतका नाममा कायम रहेको देखिँदा देहायमा उल्लेख गरिएका सम्पत्तिहरु समेतबाट असुल तथा सिर्जित सम्पत्ति एवं खर्च लगानीहरुका स्रोत नखुलेको बराबरको भाग जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम निज मनप्रसाद रेग्मीको श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतलाई प्रतिवादी कायम गरी देहायमा उल्लेख सम्पत्तिहरु जफत गरीपाउ भन्ने समेत बेहोराको आरोप दावी रहेको देखियो।
जफतको मागदावी लिईएका मनप्रसाद रेग्मी तथा निजको एकाघर परिवारको सम्पत्तिहरुको बिवरण: