1848 - रिट निवेदन
- Registration Number
- 1729
- Decision Date
- 2040-07-27
- Registration Date
- 2040-07-27
- Bench
- त्रिलोकप्रताप राणा
Summary
निवेदिका हेमकुमारी सिवाकोटीले आफ्नो हकसफा मुद्दामा राखेको धरौटी रकम फिर्ता पाउन ढिलो गरी निवेदन दिएकोले दोलखा माल कार्यालयले दण्डसजायको ५१ नं. अनुसार ३ वर्षको म्याद नाघेको भन्दै फिर्ता नदिने निर्णय गरेको थियो। निवेदिकाले उक्त निर्णय बदर गरी धरौटी फिर्ता पाउन उत्प्रेषणको आदेश माग गरेकी थिइन्। अदालतले अन्तिम फैसला भएको मितिले ३ वर्षभित्र धरौटी फिर्ता लिन नआएको र थाहा पाएको मितिले धरौटी फिर्ता लिन आउनसक्ने व्यवस्था दण्डसजायको ५१ नं.मा नभएको भन्दै रिट निवेदन खारेज गरेको छ।
Judgment
निर्णय नं. १७२९ ने.का.प. २०४० अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३९ सालको रि.नं. ११३९
आदेश भएको मिति : २०४०।७।२७।१ मा
निवेदक : जि.दोलखा नाम्दु गा.पं.वा.नं.५ बस्ने वर्ष ५१ को हेमकुमारी सिवाकोटी
विरूद्ध
विपक्षी : श्री ५ को सरकार अर्थमन्त्रालय अन्तर्गत दोलखा मालकार्यालयका मालपोत अधिकृत
विषय : उत्प्रेषण
(१) अन्तिम फैसला भएको मितिले ३ वर्ष भित्र आफूले राखेको धरौटी फिर्ता लिनआएको नदेखिएको, थाहापाएको मितिले धरौटी फिर्ता लिन आउनसक्ने दण्डसजायको ५१ नं.मा व्यवस्था भएको नदेखिएको ।
(प्रकरण नं. ७)
आदेश
न्या.त्रिलोकप्रताप राणा
१. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यसप्रकार रहेछ ।