१२६८०२ - फौजदारी

Registration Number
०७०-CR-०८९४
Decision Date
2073-05-16
Registration Date
2070-09-23
Bench
विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल
Plaintiff
नेपाल सरकार
Defendant
लाक्पा शेर्पा र सागर शेर्पा

Summary

यो मुद्दा मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी सम्बन्धी छ। प्रतिवादी लाक्पा शेर्पाले आफू पुरुष भएको भनी परिवर्तित उपनाम यमुना राईलाई झुक्याई कृत्रिम लिङ्ग प्रयोग गरी करणी गरेको र मानव बेचबिखनको प्रयास गरेको अभियोग लागेको थियो। सर्वोच्च अदालतले महिलाले महिलालाई कृत्रिम लिङ्ग प्रयोग गरी जबरजस्ती करणी गर्न सक्ने र मुलुकी ऐन जबरजस्ती करणीको महलको दफा १ मा प्रयोग भएको 'कसैले' भन्ने शब्द लैङ्गिक तटस्थ रहेको व्याख्या गरेको छ। अदालतले पीडित नाबालक भएको ठहर गर्दै लाक्पा शेर्पालाई जबरजस्ती करणीको कसुरमा दोषी ठहर गरेको छ। यद्यपि, मानव बेचबिखन तथा ओसारपसारको अभियोग र प्रतिवादी सागर शेर्पामाथिको जबरजस्ती करणीको अभियोग भने पुष्टि नभएको भन्दै सफाइ दिएको छ।

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला ०७०-CR-0524 मुद्दाM- मानव बेचविखन तथा ओसारपसार जबरजस्ती करणी। विरुद्ध ०७०-CR-0८९४ विरुद्ध शुरु तहमा फैसला गर्नेः- माननीय जिल्ला न्यायाधीश श्री शालिग्राम कोइराला संखुवासभा जिल्ला अदालत २०६९।३।२० पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का माननीय न्यायाधीश श्री बिदुर बिक्रम थापा पुनरावेदन अदालत धनकुटा २०७०।२।२१ न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । मेरो प्रतिवादी लाक्पा शेर्पा सँग फोनबाट चिनजान भएको हो र सो क्रममा निजले म अजय जिमी हुँ, घर उर्लावारीमा पर्छ, म ड्राइभिङ्ग पेशा गर्छु भनी बताएको हुँदा मैले पनि आफ्नो सत्य परिचय दिएँ । यस्तै क्रममा कहिले निजले गर्ने कहिले मैले फोन गर्ने क्रम बढ्दै जाँदा देखभेट नभएपनि हामी दुबैजना बीच प्रेम सम्बन्ध भई विवाह गर्नेसम्मका कुराहरु भएपछि म लिन आउँछु भनेकाले मैले पनि हुन्छ भनी बोलाएको थिएँ । यस्तैमा मिति २०६७/११/२२ गते दिनको अं.४ बजे तिर म सेदुवाको स्कुलमा आई पुगेको छु भनी हुलिया समेत बताएकोले म उक्त स्थानमा गइ भेटघाट भयो। निजले मसँग एकजना विजय भाइ पनि छ भनी बताएकोले निजहरु दुबैजनालाई लिएर मेरो मामा बुद्धीमान राईको घरमा लगी बेलुकाको खाना खुवाई दुबै जनालाई एउटै कोठामा अलग अलग खाटमा सुताए । म घरधन्दा सकी आफ्नो कोठामा सुते । रातको अं १० बजे तिर निज अजय जिमीले मेरो मोवाइलमा एस.एम.एस गरी एकछिन म सँग आउ गफ गरौ भनेकोले म निजको कोठा बेडमा आई निजसँग गफ गरे । गफ गर्ने क्रममा के गर्दै छौ ? पढाई कस्तो छ ? म तिमीलाई लिन आएको विवाह गर्नु पर्छ भनी मलाई भन्दा मेरो परीक्षा आई सकेको छ, परीक्षा नदिई म जान्न भनी मैले भने । निजले पनि उक्त कुरालाई स्वीकार गरी ठिकै छ, म पछि लिन आउँछु, भोली बिहान जान्छु भनेपछि निजले मलाई यहीसँगै सुतौ भन्दा मैले सो कुरा इन्कार गर्दा नकराउ भाइले थाहा पाउँछ भन्दै निजले समाती निजसँग सुताए । मैले पनि प्रेम सम्बन्ध भई सकेको हुँदा धेरै प्रतिकार गरिन । सुतेपछि निजले मेरो स्तनमा हात राखी करणी गर्नमा उत्तेजित गराउने गरेकाले स्वभाविक रुपमा मैले स्वीकारे । निजले २ पटक करणी गरे । तर हालसम्म मलाई कोही कसैले करणी नगरेको हुँदा मेरो योनीमा पस्यो वा पसेन थाहा भएन । त्यसपछि हामी दुबै जना निदायौं । बिहान अं.३ बजेतिर ब्युँझिई माइजुले थाहा पाउँछ भनी उठी आफू सुतेको कोठामा गई सुते । विहान गाउँका बुद्धिमान राई, दिलबहादुर राई समेत आई निजहरुको घर, पेशा सोधपूछ गर्दै हुनुहुन्थ्यो । सो क्रममा अजय राई जिमी र विजय जिमीले हामी दुबै जनाको घर उर्लावारी भनी भन्दै गर्दा मेरो छेमा नाता पर्ने सुकमाया राईले यो त केटा होइन केटी हो भनी भन्दा निजहरुले हामी दुबैजना केटा हौं भन्दा दिलबहादुर राई र बुद्धीमान राईले हामी चेक गछौं भनी अजय राईलाई चेक गर्दा निज अजय भन्ने केटी जाती भएको र निजले पेन्टीमा नक्कली (कृत्रिम) लिङ्ग समेत लुकाई राखेको अवस्थामा फेला परेको हुँदा सोही लिङ्गबाट मलाई राती करणी भएको हुनसक्ने र नाम, थर, वतन समेत ढाटी मलाई बेश्यावृतिमा लगाउने, शोषण गर्ने उद्देश्यले जालसाज गरी प्रपन्च मिलाई झुक्याई केटा हुँ भनी कही कतै लगी बेच विखन गर्ने उद्देश्य रहेको हुँदा उल्लेखित प्रतिवादी लाक्पा शेर्पा र निजका सहयोगी सागर शेर्पालाई पक्राउ गरी मानव बेच विखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तर्गत हदैसम्मको सजाय गरी पाउँ साथै उक्त कार्यमा संलग्न अन्य कोही भए निजहरुबाटै खुलाई कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरवाली परिवर्तित उपनाम यमुना राईको मिति २०६७।११।२७ गतेको जाहेरी दरखास्त । जसबहादुर वानियाको घरले पूर्व, चन्द्रबहादुर गुरुङ्गको घरले पश्चिम, नुम तिर आउने मुल बाटोले उत्तर र बुद्धिमान राईकै घरबारीले दक्षिण यती ४ किल्ला भित्र जस्ताको छाना भई दक्षिण मोहडा भएको ढुङ्गा र माटोले बनेको तीनतल्ले बुद्धिमान राईको घर, सोही घरको आँगनमा प्रतिवादी लाक्पा शेर्पाको शरीर तलासी लिँदा निजले लगाएको कालो पेन्टी भित्र पेन्टीमा बाँधेको अवस्थामा ७ इन्च लम्बाई ५.५ इन्च गोलाई भएको भित्र कपडा जस्तो बस्तु र बाहिर अस्थाई साधन कण्डमले बेरेर लगाई बनाएको कृत्रिम लिङ्ग बरामद भएको भन्ने समेत व्यहोराको मिति २०६७/११/२३ गतेको घटनास्थल बरामदी मुचुल्का । जाहेरवालीसँग मेरो चिनजान मोबाइल फोनबाट भएको हो।मैले निजलाई ढाँटेर केटा भनेको कारणले निज र म बीचमा मोवाइल फोनबाट प्रेम सम्बन्ध भई विवाह गर्ने सम्मको कुराकानी भयो । हामी भेट हुनु पर्छ, मलाई भेट्न आउँ भनी निजले भनेकाले मिति २०६७।११।२१ गते मेरो बडा बावुको छोरीको छोराको नुम गा.वि.स.मा विवाह भएको हुँदा विवाहको निम्तो मान्न म र मेरो फुपुको छोरो हाल पक्राउ परी आएको सागर शेर्पा समेत गएका थियौं । जाहेरवालीले फोन गरी जसरी भएपनि भेट्न आउनु भनेकोले २०६७/११/२२ गतेका दिन म र मेरो भाइ जाहेरवालीले दिएको ठेगाना तिर गयौं । निज हामी भएको ठाउँमा आई पुगिन । त्यसपछि गफगाफ गर्दै तीनै जना निजको मामाको घरमा गयौं । बेलुकाको खाना खाई सकेपछि निजले मलाई र मेरो भाइलाई तीनवटा खाट भएको कोठामा सुत्नको लागि व्यवस्था मिलाइन । भाइ एउटा खाटमा सुत्यो । म एउटा खाटमा सुतेकी थिएँ । रातको अं.२२ बजेको समयमा मैले निज जाहेरवालीलाई म सुतेको कोठामा बोलाएँ । त्यसपछि म र निज बीचमा परीक्षा सम्बन्धीका सामान्य गफगाफ भयो । मैले हातले निजको कम्मरमा समाउँदा निजले मेरो हात आफ्नो स्तनमा माथि राखिन र थिच्न थालिन । सोही क्रममा मैले पनि निजको स्तन चलाउन खेलाउन थाले, त्यसपछि निज अमिसा राई यौन तृष्णा उत्तेजित भइन् । मैले आफ्नै लागि प्रयोग गर्न भनी कपडा र कण्डमले बनाएको कृत्रिम लिङ्ग निजको योनीमा छिराई दुई तीन पटक तलमाथि गरी दिएँ । त्यसपछि हामी दुबैजना एउटै खाटमा खुत्यौं । त्यसपछि रातको २ बजेतिर निज व्युँझिएर आफ्नो कोठा तिर गइन । भोलीपल्ट विहान हामी उठेर चिया खाई रहेको अवस्थामा एकजना आईमाई मानिसले मलाई देखाउँदै यो लोग्ने मानिस होइन, आइमाई मानिस हो भनेपछि त्यहाँ भेला जम्मा भएका मानिसहरुले मलाई समाती केही पर लगी मैले लगाएको कपडा खोल्दा मैले पेन्टी भित्र बाँधेर लुकाई राखेको कृत्रिम लिङ्ग फेला पारेका हुन । सो लिङ्ग विगत ३ महिना अगाडी आफैलाई प्रयोग गर्नको लागि बनाएकी थिएँ । जाहेरवालीसँग फोन गर्दा केटा हुँ भनेको र निजसँग भेट गर्न जाँदा केटा मानिसको अनुभूती दिलाउनको लागि त्यसरी कृत्रिम लिङ्ग लुकाएर लगेकी हुँ । मैले मानव बेच विखन तथा ओसारपसार गर्ने उद्देश्यले सो कार्य पीडित उपर गरेको होइन । उक्त कार्य गर्नमा मेरो कोही कसैसँग संलग्नता छैन । जाहेरवालीसँग मोवाइलमा फोनमा कुरा हुँदा मैले छोरा मानिस हुँ भनी ढाँटेको कारण पछि प्रेम सम्बन्ध बढ्दै गएपछि मैले सो सम्मको कार्य गरेकी हुँ । मेरो भाइ प्रतिवादी सागर शेर्पाले जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन । निजलाई मैले मेरो साथीको घरमा घुम्न जाउँ भनी लिएर मात्र गएकी हुँ । जाहेरवालीलाई मैले मात्र कृत्रिम लिङ्गले जबरजस्ती करणी गरेको हो । जाहेरवालीलाई मानव बेचविखन तथा ओसारपसार कार्य गर्नको लागि नाम ढाँटेको होइन । मोबइलमा शुरुमा सम्पर्क हुँदा नै हामीले सोही नाम बताएका थियौं भन्ने समेत व्यहोराको प्रतिवादी अजय भन्ने लाक्पा शेर्पाले मिति २०६७/१२/३ गते अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । हाल मसँग पक्राउ परी आएकी लाक्पा शेर्पा मेरो माहिलो मामा शेरबहादुर शेर्पाकी जेठी छोरी हुन् । मिति २०६७/११/२१ गते मेरो मामा नाता पर्नेको विवाहको निम्तो मान्न भनी म र लाक्पा शेर्पा गएका थियौं । बाटोमा जाँदा लाक्पा शेर्पाले मलाई मेरो नाम अजय भनेको छु । तिमीले तिम्रो नाम विजय भन्नु र घर सोध्यो भने उर्लावारी भन्नु भनी सिकाएकी हुँदा हामी दुबै जना निजको साथीको घर तिर गयौं । मकालु गा.वि.स. स्थित सेदुवा स्कुलमा पुग्दा दिनको १६ बजेको समय भएको थियो होला, जाहेरवाली त्यहाँ आइन । जाहेरवाली र लाक्पा शेर्पा गफगाफ गर्न थाले । त्यसपछि केहीबेर जाहेरवालीले हामीहरुलाई निजको मामाको घरमा लगी खाना समेत खुवाई कोठामा लगिन् । म गलेको, ज्वरो र टाउको समेत दुःखेको हुँदा एउटा खाटमा सुती हाले । भोलीपल्ट बिहान हामी चिया खाएर बसी रहेको अवस्थामा गाउँका दुई तीन जना लोग्ने मानिस र आईमाई मानिसहरु आए र हामीहरुसँग परिचय माग्दा लाक्पाले अजय जिमी र मैले विजय शेर्पा, घर उर्लावारी–३ भन्यौं । त्यसपछि एकजना आईमाई मानिसले लाक्पालाई देखाउँदै यो त आइमाई मानिस हो भनेपछि त्यहाँ आएका मानिसहरुले लाक्पालाई केही परतिर लगेपछि निजले लगाएको कपडा खोल्न लगाउँदा निज लाक्पाले लगाएको पेन्टी भित्र लुकाई राखेको कृत्रिम लिङ्ग फेला परेको हो । जाहेरवालीलाई मैले मानव बेचविखन तथा ओसार पसारको कार्य गरेको होइन । निजसँग उक्त मिति समयमा मेरो बोलचाल समेत भएको थिएन । सो भन्दा अगाडी पीडितलाई मैले देखेको पनि थिइन । म र लाक्पा शेर्पा एउटै कोठामा भएका अलग अलग खाटमा सुतेका थियौं । राती जाहेरवाली र लाक्पा शेर्पा लाक्पा शेर्पा सुतेकै खाटमा खासखुस कुरा गरेको सुने । मलाई ज्वरो आई टाउको समेत दुःखेको हुँदा के के गरे मलाई थाहा भएन । मैले जाहेरवालीलाई कुनै परिवन्दमा पारी झुक्याई प्रलोभनमा पारी शरीर बन्धक बनाई मानव बेच विखन तथा ओसार पसारको कार्य गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी विजय भन्ने सागर शेर्पाले मिति २०६७/१२/३ गते अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । जाहेरवालीलाई लाक्पा शेर्पाले करणी गरेको प्रत्यक्ष नदेखेँको कारण भन्न सक्दिन । सामान्यतया अवस्था हेर्दा लाक्पा शेर्पाले पीडितलाई बेचविखन गर्ने उद्देश्यले त्यस्तो अपराध गर्न सक्ने सम्मको शंका लाग्छ । लाक्पा शेर्पाको साथबाट मानव लिङ्ग जस्तो आकारको कृत्रिम बस्तु समेत बरामद भएको हो । के कुन उद्देश्यबाट त्यस्तो अपराध गरे अनुसन्धान गरी पाउँ भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने बुद्धिमान राईको मिति २०६७/१२/८ गतेको मौकाको कागज । लाक्पा शेर्पाले नाम बतन लिङ्ग समेत ढाँटी विवाह गर्छु भन्ने बाहानामा कही कतै लगि विक्री वितरण गर्ने वा यौन शोषण गर्न लान लागेको हुन पर्छ । प्रतिवादी सागर शेर्पा समेत लाक्पा शेर्पाकै साथमा लागि सहयोगीको रुपमा गएको बुझिएको हुँदा निजहरु दुबै जनाको मिलेमतोबाट मानव बेच विखन तथा ओसार पसारको अपराध गरेको विश्वास लाग्छ । सागर शेर्पाले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्ने सम्बन्धमा केही थाहा छैन । हाल पक्राउ परी आएका लाक्पा शेर्पा र सागर शेर्पा बाहेक अन्य कोही कसैको संलग्नता भएको थाहा छैन भन्ने समेत व्यहोराको बस्तुस्थिति मुचुल्कामा बस्ने दिलबहादुर राई समेत ५ जनाको एकै मिलानको मिति २०६/१२/९ गतेको बस्तुस्थिति मुचुल्का । मेरो छोरी प्रतिवादी लाक्पा शेर्पा र सागर शेर्पा गाउँ घरमा समान्य मजदुरी गरी खाने मानिसहरु हुन । हालसम्म कोही कसैलाई निजहरुले विक्री वितरण गरेको छैन र मानव बेचविखन तथा ओसार पसार जस्तो जघन्य प्रकृतिको अपराध गरेको होइन छैन । यसमा सत्यतथ्य बुझी न्याय दिलाई पाउँ । छोरी लाक्पा शेर्पा छोरी भएर जन्मे पनि छोराको जस्तो व्यवहार गर्ने गर्थिन भन्ने समेत व्यहोराको शेरबहादुर शेर्पाको मिति २०६७/१२/९ गतेको कागज । मिति २०६७/११/२२ गते मकालु गा.वि.स. वडा नं. ७ स्थित सेदुवा भन्ने ठाउँमा गई आफ्नो साथमा भाई नाता पर्ने सागर शेर्पा समेतलाई लिई गई सागर शेर्पा समेतले आफ्नो नाम थर वतन ढाँटी पीडिता बालिकालाई बेचविखन तथा ओसार पसार गरी बुद्धिमान राईको होटल घरमा राखि लाक्पा शेर्पाले जाल प्रपन्च रची पुरुष हुँ भनी कृत्रिम लिङ्गले जबरजस्ती करणी गरी अर्का संगसाथमा भएका सागर शेर्पा समेतले जबरजस्ती करणी गरी प्रतिवादीहरु दुबैले मानव बेच विखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३, ४(२)(ख) तथा मुलुकी ऐन जबरजस्ती करणीको १, ३(३) र ३(क)नं. विपरितको कसुर गरेको हुँदा प्रतिवादीहरु लाक्पा शेर्पा र सागर शेर्पा समेतलाई मानव बेच विखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ को दफा १५(१)(ङ)(२) र मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(३) नं. अनुसार सजाय गरी सामुहिक रुपमा प्रतिवादीहरुले जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरुलाई मुलुकी ऐन जबरजस्ती करणीको दफा ३(क) नं.अनुसार थप सजाय गरी पीडितलाई मानव बेच विखन तथा ओसार पसार ऐन २०६४ को दफा १७नं. अनुसार प्रतिवादीहरुको अंश रोक्का गरी क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको जिल्ला सरकारी वकील कार्यालय चैनपुरको मिति २०६७/१२/२० को अभियोग पत्र । यी पीडित जाहेरवालीलसँग मोवाइलबाट चिनजान भै मोबाइलमै प्रेम सम्बन्ध समेत भएको हो। मलाई जसरी भएपनि भेट्न आउनु भनी पटक पटक कर गरेको हुँदा मेरो फुपुको छोरा भाइ नाता पर्ने सागर शेर्पालाई साथी लिई मकालु गा.वि.स. को सेदुवा भन्ने ठाउँको स्कुलमा पुगी बसेको बेला निज पीडित हामीलाई लिन स्कुलमा आई निजको मामा घरमा जाउँ भनी कर लगाएकोले मामा घरमा गई बस्यौं । रातको अं. ११ बजेतिर निज जाहेरवाली मेरो खाटमा आई मसँगै ढल्किई । निज मसँगै सुत्यो । मैले निजलाई केही पनि गरिन । कतिखेर उठेर निज गइन मलाई थाहा भएन । भोलीपल्ट विहान उठी खाना खाई बाहिर बसी रहेको अवस्थामा पीडितका मामा समेत आई मलाई समाती तानी लगि कुटपिट गरी तँ केटा की केटी भनी सोध्यो । म केटी हुँ भने । त्यसपछि थानामा लगि कुट्दै मैले लगाएको कपडा खोल्दा मसँग भएको बनावटी लिङ्ग समेत फेला पारेको हुँदा उक्त नभएको जिउ मास्ने बेच्ने र जबरजस्ती करणी समेतमा कृत्रिम लिङ्ग फेला पारेपछि शंकाका भरमा उजुर जाहेरी गरेका हुन । मेरो श्रीमानले मलाई छाडी अर्को विवाह गरी बसेको हुँदा म आफूलाई आवश्यक भएको बखत आफैले प्रयोग गर्न कपडाको कृत्रिम लिङ्ग बनाई बोकेकी हुँ । प्रतिवादी सागर शेर्पा र यी पीडित बीच बोलचाल समेत नभएको हुँदा निजले पीडितलाई जबरजस्ती करणी गरेको होइन । मलाई सबैले समलिङ्गी नै भन्छन । म समेत भई पीडितलाई मानव बेच विखन तथा ओसार पसार तथा जबरजस्ती करणी समेत केही गरेको होइन । जाहेरवालीलाई केटा हुँ भनी नाम थर वतन ढाँटको हुँ । सो बाहेक अन्य कुनै कसुर मैले गरेकी छैन भन्ने समेत व्यहोराको प्रतिवादी लाक्पा शेर्पाले मिति २०६७/१२/२० गते शुरु अदालतमा गरेको बयान । म र दिदी २०६७/११/२२ गते विहान ९ बजेतिर नुमबाट बाटो लागि बेलुकी अं. ५ बजे सेदुवा स्कुलमा पुग्यौ । स्कुलमा पुगेपछि दिदीको साथीले फोन गरिन् । केहीबेर पछि केटी सो स्कुलमा आई पुगी । दुईजना बीच कुराकानी भयो । म बिसन्चो भएको कारण स्कुलको बेन्चमा सुती रहेको थिएँ । रात परेकोले जाहेरवालीले आफ्नो मामाको घरमा जाऔं भनी दिदीलाई भनिन । निजहरु दुबैजना गफ गर्दै अगाडी हिडे । म पछिपछि गएँ । खाना खाई सकेपछि पुनः सुत्न गयौं । केही समयपछि जाहेरवाली हामी सुतेको कोठामा आई ढोका बन्द गरी दिदीसँग गफ गरी बस्यो । म निदाएँ । त्यसपछि के के भयो मलाई थाहा भएन । मैले नाम थर, वतन ढाँटी प्रलोभनमा पारी जाहेरवाली उपर जबरजस्ती करणी गरी मानव बेच विखन तथा ओसार पसारको कार्य गरेको होइन । मसँग जाहेरवालीको दोहोरो बोलचालसम्म भएन ।मैले जाहेरवालीलाई कुनै प्रपन्च मिलाई प्रलोभनमा पारी जबरजस्ती करणी र मानव बेच विखन तथा ओसार पसार समेतको कार्य गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी सागर शेर्पाले मिति २०६७/१२/२० गते शुरु अदालतमा गरेको बयान । लाक्पा शेर्पा केटी भएको र कृत्रिम लिङ्ग साथमा राखि नाम समेत ढाँटी केटीलाई फकाउने कार्य गरेको हुँदा निजले र अर्का प्रतिवादी सागर शेर्पाले निजसँगै मिलेमतो गरी हिडेको हुँदा निजहरुले मानव बेचविखन तथा ओसार पसार गरेकोमा मलाई विश्वास लाग्छ । साथै एकै कोठामा पीडित समेत तीनैजना सुतेको हुँदा जबरजस्ती करणी पीडिता उपर दुबै प्रतिवादीले गरेको शंका लाग्छ भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने बुद्धिमान राईले मिति २०६८/१/२८ गते शुरु अदालतमा गरेको बकपत्र । यी प्रतिवादी सागर शेर्पा र लाक्पा शेर्पा गाउँ घरमै बसी बनिवुतो गरी अलैचीको व्यापार समेत गरी खाने साधारण परिवारका किसान हुन । बानी व्यहोरा सबै ठीक छ । मानिस ओसार पसार गरी बेच विखन गर्ने खालका मानिस होइनन् । प्रतिवादीहरुलाई मानव बेच विखन तथा ओसार पसारको झुट्टा आरोप मात्र लगाएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी लाक्पा शेर्पाका साक्षी सुनाभुटी शेर्पाले मिति २०६८/१/२८ गते शुरु अदालतमा गरेको बकपत्र । यी प्रतिवादीहरुले पीडित वर्ष १५ की लाई जबरजस्ती करणी र मानव बेच विखन तथा ओसार पसारको कसुर अपराध गरेको भन्ने कुरामा विश्वास लाग्छ भन्ने समेत व्यहोराको बरामदी मुचुल्कामा बस्ने रामबहादुर राईले मिति २०६८/१/२८ मा शुरु अदालतमा गरेको बकपत्र । यी प्रतिवादीहरु गाउँ घरमा खेती किसानी गरी खाने मानिस हुन । सागर शेर्पा पढ्दै गरेको केटापनि हो । मलाई थाहा भएसम्म यी प्रतिवादीहरु मानव बेच विखन गर्ने मानिस होइनन भन्ने समेत व्यहोराको बस्तुस्थिति मुचुल्कामा बस्ने श्यामबहादुर शेर्पाले मिति २०६८/१/२८ गते शुरु अदालतमा गरेको बकपत्र । पीडितले जबरजस्ती करणी गरेका हुन भनेकीले जबरजस्तीको कुरामा मलाई विश्वास लाग्छ भन्ने समेत व्यहोराको बस्तुस्थिति मुचुल्कामा बस्ने सुकमाया राईले मिति २०६८/१/२८ गते शुरु अदालतमा गरेको बकपत्र । प्रतिवादीहरु घर छाडी मधेशसम्म नगएको, गाउँ घरमा नै बस्दै आएको, खेती किसान गर्ने राम्रो आचरण गर्ने खालका मानिस हुन भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने सन्देश शेर्पाले मिति २०६८/१/२९ गते शुरु अदालतमा गरेको बकपत्र । मैले जबरजस्ती करणी गरेको देखेको होइन । पीडित उपनाम यमुना राईले सुनाउँदा सुनी थाहा पाएको हुँ । एक नारी माथि नारीले नै कृत्रिम लिङ्ग प्रयोग गरेको हुनाले प्रतिवादी लाक्पा शेर्पाको नियत ठीक नभएको, प्रतिवादीहरुले आफ्नो स्थायी ठेगाना लुकाए छुपाएको र पीडितलाई जागिरको प्रलोभन देखाई आफ्नो बास्तविक नाम समेत ढाँटेकाले बेच विखन गर्न सक्छन भन्ने समेत व्यहोराको बरामदी मुचुल्कामा बस्ने भक्तबहादुर राईले मिति २०६८/१/२९ गते शुरु अदालतमा गरेको बकपत्र । बस्तुस्थिति मुचुल्कामा लेखाएको व्यहोरा मैले नै लेखाएको हुँ प्रतिवादीहरु मध्ये लाक्पा शेर्पालाई कानून बमोजिम मानव बेच विखन तथा ओसार पसार सम्बन्धी कसुरमा सजाय हुनुपर्छ, छुट दिनु हुदैन भन्ने समेत व्यहोराको बस्तुस्थिति मुचुल्कामा बस्ने दिलबहादुर राईले मिति २०६८/१/२९ गते शुरु अदालतमा गरेको बकपत्र ।