१३६०७४ - रिट निवेदन

Registration Number
०७१-WO-०३६२
Decision Date
2071-08-08
Registration Date
2071-08-02
Bench
गोविन्द कुमार उपाध्याय
Plaintiff
हवेन्द्लाल राई
Defendant
मालपोत विभाग समेत ८

Judgment

सर्वोच्च अदालत, एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश रिट नं. ०७१-WO-०३६२ विषयः- उत्प्रेषण । धनकुटा जिल्ला भीरगाऊँ गा.वि.स. वडा नं. १ बस्ने हवेन्द्रलाल राई-------१ विरुद्द मालपोत विभाग, बबरमहल काठमाडौं ------------------------------------१ ऐ. का महानिर्देशक -----------------------------------------------------१ मालपोत कार्यालय धनकुटा-----------------------------------------------१ ऐ. का प्रमुख मालपोत अधिकृत------------------------------------------१ नापी कार्यालय धनकुटा--------------------------------------------------१ ऐ. का प्रमुख सर्भेक्षक---------------------------------------------------१ नेपाल सरकार मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार काठमाडौ ------------१ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः- धनकुटा जिल्ला भिरगाऊँ अन्तर्गत साविक हिले निगाले मौजा रडेखर्क खलाको विजन १-२-१- ३ लाग्ने साविक राजिनामामा चौहद्दी खुलेको पछि नापीबाट धनकुटा जिल्ला निगाले गा.वि.स. वडा नं. ३ कि.नं. ७६० को क्षेत्रफल ८४-५-३ जग्गा हजूरबा पृथुलाल राईले साविकदेखि घरबास गरी आउनु भएको, निजको मृत्युपछि बाबु शक्तबहादुर राईले जोत भोग र घरबास समेत गरी आएकोमा हजूरबा र बुबाको स्वर्गबास पछि मैले सोही जग्गामा सपरिवार घरबास गरी आएको छु। सो बाहेक म निवेदकको परिवारको नाममा नेपाल राज्यभरमा कुनै जग्गा जमिन र घरबास समेत छैन। १९९७ सालकै सपर्ट नापीमा समेत ३७ घरधुरी बसोबास भएको गाउँ बीचको उक्त जग्गा २०११।८।१० मा हर्कबहादुर राईसंग धनकुटा जिल्ला निगाले गा.वि.स. वडा नं. ३ कि.नं. ७६० को क्षेत्रफल ८४-५- ३-० जग्गा मेरो हजूरबा पृथुलाल राई र पंचधन राईले जोत बन्दकी तमसूक गरी दिनु भएको रहेछ। सो लिखत तत्कालिन छथुम माल रजिष्‍ट्रेशनबाट भोग बन्दकी पारीत भएको रहेछ सोको प्रति हाल सम्म मालपोत कार्यालय धनकुटामा मौजुद छ। २०२३ सालमा जिल्ला भूमिसुधार कार्यालय मार्फत हदबन्दी फारम भर्दा हजूरबा पृथुलाल राई र बुबा शक्तबहादुर राईले धनकुटा जिल्ला भीरगाऊँ पञ्‍चायत वडा नं., कित्ता नं., क्षेत्रफल, लाग्ने तिरो, दर्तावाला समेत खुलाई २०२३।११।१० मा विवरण खुलाई पेश गर्नु भएको छ। सो जग्गा सार्वजनिक पानीघाट, गौचरण, आवाद बेलायक, वनजंगल, मसानघाट, मठमन्दिर समेत छैन। तीन पुस्तादेखी मेरा पुर्ख्यौली हकभोगको तिरो तिरान भित्रको निरन्तर आवादी जग्गा हो। यसरी बसि भोगी आउने क्रममा नापीका बखत उपस्थित हुन