7028 - देवानी
- Registration Number
- 6035
- Decision Date
- 2051-10-06
- Registration Date
- 2051-10-06
- Bench
- नरेन्द्र बहादुर न्यौपाने
Judgment
निर्णय नं. ६०३५ ने.का.प. २०५२ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने
सम्वत् २०४९ सालको दे.पु.नं. ८१२
फैसला मिति : २०५१।१०।६।६ मा
मुद्दा : दर्ता बदर हक कायम ।
पुनरावेदक/वादी: ओखलढुंगा जिल्ला अधेरी नारायण स्थान गा.वि.स. वडा नं. ७ बस्ने मैयाशोभा राई ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. बस्ने गणेशबहादुर राई ।
ऐ.ऐ बस्ने भीम बहादुर राई ।
जुन बकसपत्रको आधारमा वादी हक स्थापित गर्न नापीमा जानु भएको छ सो बकसपत्र कानून बमोजिम पास भएको नदेखि“दा त्यस्तोले कानुनी मान्यता पाउने स्थिति नदेखिने ।
(प्रकरण नं. १६)
अघि बकसपत्रलाई आफ्नो अधिकारको श्रोत बनाउने वादीले हाल फिराद दिंदा मूलरुपमा सो स्रोतलाई आफैंले अंगिकर नगरी अपुतालीको ६ नं. र ९ नं. लाई आधार लिई दावी गरेकोले यो वादी साँचो कुरामा चलेको रहेछ भन्ने स्थिति नदेखिने ।
(प्र.नं. १७)
पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेल
विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री बोधरी राज पाण्डे
अवलम्बित नजिरःX
फैसला
न्या.त्रिलोकप्रताप राणाः पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुंगाबाट मिति २०४९।३।१।३ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ ।
२. ससुरा मानबहादुरका ४ भाइ छोरामा जेठा विपक्षी रद्रबहादुरको पिता स्वर्गीय ललितबहादुर माइला गणेश बहादुर, साइला भीमबहादुर, कान्छा मेरा पति देवीबहादुर हुनुहुन्छ उहाँहरुको अंश बण्डा २०४४ सालमा नै ससुरा मानबहादुरबाटै अंश बुझी लिनु भएको र ससुरा मानबहादुरको निमित्त अंश भन्दा धेरै घटि आफ्नो खुश गर्न पाउने गरी केही जग्गा जिउनी राखी कान्छो छोरा मेरा पति देवी बहादुर समेत त्यस अवस्थामा विदेशमा रहनु भएकोले म कान्छी बुहारी मेरा साथमा बस्नु भएको थियो यसरी अंश आफू आफूले खाने भोग्ने दर्ता नामसारी गर्ने समेत गरी सकेको र अंश बण्डा ज्यूनीमा कसैको पनि दावी विरोध नभएकोले ससुरा मानबहादुरको निमित्त ज्यूनी रहेको ता.मु. इमानसिंह राई जिम्मा तालुक भित्रको अदिमान बस्नेत दर्ता बिजन माना ।।१ को जग्गा राजीनामाबाट हक भएको पधेरो डाँडो पूर्व लालबहादुर, गणेशबहादुरका साँध उत्तर लाल बहादुर गणेशबहादुरको साँध पश्चिम भीमबहादुर समेतको खेत साँध र बाटो दक्षिण यति ४ किल्ला भित्रको डण्डेवारी भन्नेको नापीको कि.नं. ७२३ मा नाप नक्सा भएको र जितन सिंग दर्ता बिजन माना ।।१ को खेतमा सावित माटो मुरी ।४ को लालबहादुरको खेत साँध ठाडो बाटो पश्चिम मेरो पूर्व, डिल्लीरामका साँध तेर्छो बाटो दक्षिण महलीसँग जगतबहादुरका साँध उत्तर यति ४ किल्ला भित्रको सर्भे नापी कि.नं. ७६७,७६८,७६९,७७० मा नाप जाँच भएको रातमाटे खेत बारी ज्यूनी रहेको सो जग्गा हुन । ससुरा मानबहादुर म सँग बस्नु भएको र निज ससुरा जीवित रहँदा समेत पालन पोषण मैले नै गरी २०३४ सालमा कार्तिक महिनामा परलोक हुँदा समेत काज कृया सम्पूर्ण खर्च समेत मैले नै लगाई पूरान आदि दान धर्म गर्नु भएको र परलोक भएपछि पनि आफ्नो रीत अनुसार काज कृया समेत गरेको हुँदा उक्त ज्यूनीको कुनै पनि लिखत पत्र नभएकोले मुलुकी ऐन अपुतालीको ६।९ नं. को ऐन बमोजिम ज्यूनी जग्गासँग बसी पालन पोषण गरी काज कृयामा खर्च लगाउने छोरा बुहारी मेरो हक भै ०३५ साल देखि उक्त जिउनी जग्गाको मालपोत मेरै नाउँबाट चलाई तालुकदारबाट नामसारी रसिद लिई भोगी आएकोमा अपुतालीको म्यादभित्र कसैको दावी विरोध नभएबाट जग्गा निर्विवाद मेरो हक भै खाई भोगी आएको र गत २०४४ सालमा सर्भेनापी हुँदा माथि उल्लेखित ४ किल्लाभित्रको खेतवारी जग्गा मेरा नाउँमा दर्ता नाप जाँच गराई सकेपछि ७ दिने सूचनामा विपक्षीहरुले उक्त जग्गामा झगडा जनाई १ नं. नापी गोश्वाराबाट विपक्षीहरुका नाउँमा कि.नं. ७२३, ७६७।७६८,७६९ र ७७० समेत ५ कित्ता जग्गा मध्येको ३ भाग विपक्षीहरुको नाउँमा र १ भाग दर्ता गरी दिने निर्णय भएको हुँदा उक्त १ नं. नापी गोश्वाराबाट विपक्षीहरुका नाउँमा भएको अस्थायी बदर गरी पाउँ भन्ने समेत व्यहोराको ओखलढुंगा जि.अ. मा मिति २०४५।७।१६ मा मैया शोभा राइले दिएको फिरादपत्र ।