१४१६९२ - देवानी
- Registration Number
- ०७१-CI-१२७४
- Decision Date
- 2075-01-04
- Registration Date
- 2071-12-30
- Bench
- प्रकाशमान सिंह राउत, तेज बहादुर के.सी.
- Plaintiff
- हरिप्रसाद राजभण्डारी
- Defendant
- मोतीलाल खड्का
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला
071-CI-1274(070-RI-1001)
विषयः घर पर्खाल भत्काई खिचोला मेटाई पाऊँ।
जिल्ला दाङ, तुलसीपुर न.पा. वडा नं. 5(ख) लाइन घर भई ललितपुर जिल्ला,
ललितपुर उपमहानगरपालिका वडा नं. 15 खुमलटार हाईट बस्ने वर्ष 67 को
हरिप्रसाद राजभण्डारी---------------------------------------------------1
विरुद्ध
जिल्ला सल्यान, त्रिवेणी गा.वि.स. वडा नं. 8 घर भई दाङ जिल्ला, तुलसीपुर
न.पा. वडा नं. 9 बेलुवा बस्ने मोतीलाल खड्का --------------------------1
शुरु तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री महम्मद जुनैद आजाद
(जिल्ला अदालत दाङ देउखुरी)
फैसला मितिः- 2068/03/26
पुनरावेदन तहमा फैसला गर्नेः- माननीय मुख्य न्यायाधीश श्री लोकेन्द्र मल्लिक
माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी
(पुनरावेदन अदालत तुलसीपुर)
फैसला मितिः- 2070/03/18
पुनरावेदन अदालत तुलसीपुरको फैसला उपर साविक न्याय प्रशासन ऐन, 2048 को दफा 12(5) बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः
विपक्षीले म फिरादीको कि.नं.१४६३ को ज.वि.०-०-९¾ को जग्गा मध्ये उत्तरतर्फ अं.ज.वि.०-०-१ जग्गामा जवरजस्ती आंठो साँध सारी आफ्नो कि.नं.१४६४ को जग्गामा घुसाई मिति २०६५/३/१ मा पक्की घर र पर्खाल निर्माण गरी विपक्षीले जबरजस्ती मेरो जग्गामा कव्जा खिचोला गरेको हुंदा बिपक्षीले जबरजस्ती मेरो जग्गामा बनाएको घरको हिस्सा र पर्खाल समेत भत्काई खिचोला मेटाई चलन समेत चलाई पाउं भन्ने समेत व्यहोराको फिरादपत्र।
मैले २०४६ सालमा घर पर्खाल निर्माण गरी यथावत अवस्थामा चर्ची आएको घर पर्खाल हो। वादी दावीको कि.नं.१४६३ को जग्गामा वादीले निर्माण गरेको घर होइन। दाजु कन्हैयालालले निर्माण गरी मिति २०६३/१/७ मा वादीले राजिनामा रजिष्ट्रेशन गरी लिएका हुन् भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र।
प्रतिवादीले वादीको कि.नं. १४६३ को ज.वि. ०-०-९¾ जग्गा मध्ये उत्तरतर्फको अं.१ धुर जग्गा जबरजस्ती मिची घुसाई नगरपालिकाको स्वीकृति बिना घर पर्खाल निर्माण गरेको हुंदा खिचोला मेटाई घर हटाई पाउनु पर्छ भन्ने समेत व्यहोराको वादीका साक्षी कृष्ण वुढाथोकी र युवराज खड्काले गरेको बकपत्र।
नक्सामा उल्लेख भए बमोजिमको फिरादीको जग्गामा सोही नाप नक्सा बमोजिमको हदसम्मको जग्गा कब्जा खिचोलामा रहेको देखिदा फिरादीले उक्त खिचोला मेटाई चलन समेत चलाई पाउने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको मिति २०६८/३/२६ को फैसला।
यी विपक्षीले मेरो भाउजु द्रोपती राजभण्डारीले २०४९ सालमा निर्माण गरी सकेको पक्की घर सहितको उल्लेखित कि.नं. १४६३ को ज.बि. ०-०-९¾ जग्गा खरीद गरेको भन्ने कुरा राजिनामा लिखतवाट स्पष्ट हुन आएको, घर पहिला नै बनेको भन्ने कुरा नक्शा पास सम्वन्धी टिप्पणी र आदेशवाट समेत प्रष्ट भएको, वादीले फिरादमा वजारको मुल्यवान घडेरी जग्गाको उत्तरतर्फ १ हात जग्गा छाडेको भन्ने उल्लेख गरे पनि सो मूल्यवान जग्गा किन खाली छाडेको भनी स्पष्ट कारण खुलाउन नसकेको, मैले विपक्षीको जग्गा च्यापेको भए तत्कालीन अवस्थामा नै विपक्षीको खरिददाता द्रोपती राजभण्डारीले उजुर दावी गर्नुपर्नेमा त्यसो नभएको, द्रोपतीको छोरा प्रमोद राजभण्डारीले अदालतवाट नापनक्शा हुंदाका वखत विपक्षीको कि.नं. १४६३ को जग्गामा २०४९ सालमा नै घर निर्माण भए पश्चात यी विपक्षीले खरीद गरेको भन्ने लेखाएको, मेरो नाममा रहेको विपक्षीको जग्गाको उत्तरतर्फ सटेको कि.नं.१४६४ को ज.वि. ०-०-९¾ मा नै २०४६ सालमा पक्की घर पर्खाल निर्माण गरेको भन्ने कुरा मिसिल संलग्न कागज प्रमाणवाट पुष्टी भएको, शुरु अदालतवाट भएको नक्शा मुचुल्कामा सवै व्यहोरा खुलाइएको अवस्था नहुंदा बेरितको हुंदा बदर गरी पुन: नक्शा गरी पाउँ भनी मैले दिएको निवेदन उपर कुनै आदेश नभएको, फिराद घर बनाउनेको महलको ११ नं. र जग्गा मिच्नेको १८ नं. को हदम्याद विहिन रहेको समेतको अवस्थामा बास्तविक तथ्य र प्रमाणहरु नवुझी विश्लेषण नगरी गलत नाप नक्शा मुचुल्कालाई आधार बनाई आत्मनिष्ठ तवरले भएको शुरु फैसला त्रुटीपूर्ण हुंदा बदर उल्टी गरी मेरो शुरु प्रतिजिकिर बमोजिम विपक्षीको फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदनपत्र।
वादी दावी, प्रतिउत्तर जिकिरका कित्ता जग्गाहरुको क्षेत्रफल ०-०-९¾ रहेकोमा मिति २०६७/५/१८ मा भई आएको नक्शाको न.नं.२ मा प्रतिवादी हरि प्रसाद राजभण्डारीको जग्गा र न.नं. ६ मा वादीको जग्गा मात्र उल्लेख भई उक्त न.नं.हरुमा वादी प्रतिवादीको कति जग्गा रहेको छ सो को एकिन क्षेत्रफल उल्लेख नगरी अ.वं.१७१ नं. को मनसाय विपरित गरिएको नक्शाका आधारले कुन न.नं. को जग्गा खिचोला ठहराएको हो सो समेत स्पष्ट रुपले नबोलेको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिंदा छलफलका लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ वमोजिम प्रत्यर्थी झिकाई निज उपस्थित हुन आए वा म्याद नाघेपछि विवादित जग्गाको यथास्थिति खुल्ने गरी अ.वं. १७१ नं. वमोजिम नाप नक्शा भै आएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०६८/११/१६ को आदेश।
आदेश अनुसार यस अदालतवाट खटी गएको डोरवाट भई आएको नाप नक्शा मुचुल्का मिसिल सामेल रहेको।
यस अदालतका आदेशानुसार प्रस्तुत मुद्दा मेलमिलाप गराउनका लागि मेलमिलाप केन्द्रमा पठाइएकोमा मिलापत्र हुन नसकी फिर्ता हुन आएको रहेछ।
यसमा वादी मोतीलाल खड्काको कि.नं. 1463 को जग्गामा प्रतिवादीले घर बनाई खिचोला गरेको भनिएको जग्गा र न.नं. र कि.नं. 1463 को जग्गामा प्रतिवादीले पर्खाल लगाई भोगचलन गरेको जग्गा रहेको भन्ने देखिन्छ। नक्सा मुचुल्का गर्ने अमिनको प्रतिवेदन हेर्दा न.नं. 3 र 5 को जम्मा क्षेत्रफल0-0-9-4 र न.नं. 6 र 7 को क्षेत्रफल 0-0-9-1 मात्र देखिएको छ।