१०८४६७ - रिट निवेदन

Registration Number
०६८-WO-१००४
Decision Date
2071-08-14
Registration Date
2069-01-20
Bench
राम कुमार प्रसाद शाह, चोलेन्द्र शम्शेर ज. ब. रा.
Plaintiff
नवराज न्यौपाने
Defendant
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ समेत ४

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री चोलेन्द्र शम्सेर ज.ब.रा. आदेश @)^*–WO–!))$ विषयः उत्प्रेषण, परमादेश । |जिल्ला नुवाकोट, फिकुरी गा.वि.स.वडा नं.९ घर भई हाल स्याफ्रुवेशी स्वास्थ्य | |चौकी, रसुवामा सहायक पाँचौ तह, सि.अ.हे.व.पदमा कार्यरत नवराज | |न्यौपाने–––––१ | बिरुद्ध |नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, | |काठमाडौं––––––––––१ | |स्वास्थ्य सेवा विभाग, टेकु, | |काठमाडौं–––––––––––––––––––––––––––––––––––––––––––––––––––१ | |अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, | |काठमाडौं–––––––––––––––––––––––––––१ | |जिल्ला स्वास्थ्य कार्यालय, | |रसुवा––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––१ | नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– म निवेदक स्वास्थ्य ऐनको दफा ११ र १२ बमोजिम मिति २०५६।९।१२ गतेको निर्णयले सहायक चौथो तह, अ.हे.व.पदमा स्थायी नियुक्ति पाएको कर्मचारी हुँ । म निवेदकलाई स्वास्थ्य ऐनको दफा ९ को उपदफा (७क) को खण्ड (ङ) को कानूनी व्यवस्थाअनुसार मिति २०६४।२।४ को निर्णयले मिति २०६३।१०।१७ देखि लागू हुने गरी सहायक चौथो तहबाट सहायक पाँचौ तहमा स्तरवृद्धि गरिएको विपक्षीबाट पत्र दिइएको छ । यसरी म निवेदकलाई सहायक पाँचौ तहमा स्तरवृद्धि गरी सकेपछि स्वास्थ्य ऐनको दफा ५(१) र स्वास्थ्य सेवा नियमावलीको नियम ७ को कानूनी व्यवस्थाअनुसार म निवेदकले सि.अ.हे.व.पदनाम र पदस्थापन सम्बन्धमा पुनरावेदन अदालत पाटनमा परमादेशको मुद्दा दायर गरेकोमा सो अदालतबाट मिति २०६७।६।२० गते म निवेदकलाई सि.अ.हे.व.पदनाम दिई पदस्थापना समेत गर्नु भनी स्वास्थ्य सेवा विभाग समेतको नाममा परमादेशको आदेश जारी भएकोमा उक्त आदेश कार्यान्वयनको लागि पदनाम र पदस्थापना समेत गरी पाउन निवेदन गरेकोमा तत्काल विपक्षीमध्ये स्वास्थ्य सेवा विभागको मिति २०६७।८।२३ गतेको निर्णयले सि.अ.हे.व.पदनाम दिए तापनि पद रिक्त नरहेको बहानामा अर्को व्यवस्था नभएसम्को लागि तत्काल साबिक कै पदमा कामकाज गर्ने गरी पत्र दिइयो । तर पदस्थापना नगरी केही समयपछि मात्र म निवेदक कार्यरत रहेको जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले अदालतको निर्णय पूर्ण कार्यान्वयन गर्ने गरी आफ्नो कार्यालय अन्तर्गत स्याफ्रुवेशी स्वास्थ्य चौकीमा रिक्त दरबन्दी रहेको सि.अ.ह.व.पदमा मिति २०६८।३।१२ को निर्णयले पदस्थापना गरिएकोमा म निवेदकले कार्यभार सम्हाली कामकाज गर्दै आएको थिएँ । यसरी म निवेदक सम्मानीत अदालतको मिति २०६७।६।२० गतेको आदेशानुसार र जिल्ला स्वास्थ्य कार्यालय रसुवाको मिति २०६८।३।१२ गतेको निर्णय र पत्रले सि.अ.हे.व.पदको रिक्त दरबन्दीमा पदस्थापना गरिएकोमा मैले पदस्थापना भएदेखि नै हालसम्म हाजिर भई कामकाज गर्दै आएकोमा विपक्षीमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म निवेदकलाई सुनवाईको मौका समेत नदिई अदालतको आदेशको अवज्ञा हुने गरी अदालतको आदेशानुसार पदस्थापना भएको कार्यलाई बदर गर्नु भनी मिति २०६८।११।९ गतेको आयोगको निर्णयले विपक्षी विभागलाई निर्देशन दिई उक्त आयोगको निर्देशनको आधारमा विपक्षी विभागले मिति २०६८।१२।१६ गते निर्णय गरी जिल्ला स्वास्थ्य कार्यालय रसुवाको मिति २०६८।३।१२ को निर्णय र पत्रले गरिएको पदस्थापना सम्बन्धी निर्णय बदर गर्ने गरेकोले सो निर्णय बदर गरी पाउन यो निवेदन गरेको छु । म निवेदकलाई पुनरावेदन अदालतको मिति २०६७।६।२० गतेको निर्णयले सि.अ.हे.व.पदनाम दिई पदस्थापना गर्नु भनी यी विपक्षीहरुको नाममा परमादेशको आदेश भएकोमा उक्त मितिको निर्णय अन्तिम भइसकेको छ । उक्त निर्णयमा विपक्षीहरु चित बुझाई बसेको अवस्था विद्यमान छ । म निवेदक सरहका अन्य कर्मचारीहरुलाई समेत यसअघि पनि विपक्षीहरुबाट पदस्थापन गरिएको छ । मलाई पूर्वाग्राही भई पदस्थापन बदर गर्नु कानून सम्मत नभएको र अन्तरिम संविधानको धारा १३ ले प्रदान गरेको समानताको मौलिक हक विपरीत रहेको प्रष्ट नै छ । अदालतको आदेश र स्वास्थ्य ऐनको कानूनी व्यवस्थासमेतको आधारमा म सरहका समानस्तरका कर्मचारीहरुमध्ये कसैलाई पदस्थापन गर्दा ऐन, कानूनले मिल्ने र सोही सरहको मलाई पदस्थापना गर्दा बाधा अडकाउ हुने विपक्षीको यस्ता कार्य सरासर गलत हो । यसरी समान किसिमका कर्मचारीलाई पदस्थापन सम्बन्धमा गरिएको भेदवभाव नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ को समानता सम्बन्धी मौलिक हकमाथि हस्तक्षेप गरेको हुनाले म निवेदक उल्लेखित मौलिक हकको संरक्षण गरी पाउनका लागि यस न्यायलयको शरणमा आएको हुँ । म निवेदकलाई सम्मानीत अदालतको मिति २०६७।६।२० गतेको आदेशानुसार र यसअघि म सरहका अन्य कर्मचारीहरुलाई पदस्थापना गरिएको नजिरसमेतको आधारमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाले मिति २०६८।३।१२ गतेमा आफ्नो कार्यालयअन्तर्गत रिक्त रहेको सि.अ.हे.व.पदमा म निवेदकलाई पदस्थापना गर्ने गरेको निर्णय उचित रहेकोले सोको विपरीत विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०६८।११।९ गतेको निर्णयले विपक्षी विभागलाई दिइएको आयोगको निर्देशन सम्बन्धी निर्णय, पत्र र उक्त आयोगको निर्देशनको आधारमा विपक्षी स्वास्थ्य सेवा विभागले मिति २०६८।१२।१६ गतेको निर्णय र मिति २०६८।१२।२४ गतेको पत्रले जिल्ला स्वास्थ्य कार्यालय रसुवाले पदस्थापन गर्ने गरेको निर्णय बदर गर्ने गरिएको विभागको उक्त निर्णय र पत्र उत्प्रेषणको आदेशद्बारा बदर गरी जिल्ला स्वास्थ्य कार्यालय रसुवाको मिति २०६८।३।१२ गतेको निर्णय र पत्रले रिक्त रहेका सि.अ.हे.व.पदमा म