१५६४३२ - फौजदारी

Registration Number
०७२-CR-१६६५
Decision Date
2081-01-10
Registration Date
2073-01-09
Bench
विश्वम्भरप्रसाद श्रेष्ठ, तिल प्रसाद श्रेष्ठ
Plaintiff
नेपाल सरकार
Defendant
अर्जुन बहादुर के।सी।

Summary

नेपाल विद्युत प्राधिकरणका तत्कालीन स्टोरकिपर अर्जुनबहादुर के.सी.ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतले रू.४७,५१,६७९।६७ बिगो कायम गरी ४ वर्ष कैद र बिगो बराबर जरिवानाको फैसला गरेको थियो। सर्वोच्च अदालतले उक्त फैसलालाई सदर गर्दै प्रतिवादीले सम्पत्ति हिनामिना गरेको तथ्य स्वीकार गरेको र पर्याप्त समय दिँदा पनि बरबुझारथ नगरेको ठहर गरेको छ। अदालतले अभियोग दाबीमा समावेश गरिएको पत्रु सामानको मूल्य घटाएर बिगो कायम गर्नु न्यायोचित भएको व्याख्या गरेको छ। साथै, सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ९२ तथा नेपाल विद्युत प्राधिकरण आर्थिक प्रशासन विनियमावली, २०६२ बमोजिम तत्कालीन कार्यालय प्रमुखको लापरवाही देखिएकोले निज उपर कारवाहीका लागि सम्बन्धित अख्तियारवाला समक्ष फैसलाको प्रतिलिपि पठाउन आदेश दिएको छ।

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री तिल प्रसाद श्रेष्‍ठ फैसला ०7२-CR-1665 मुद्दा:- भ्रष्टाचार (अनियमितता) |अनुसन्धान अधिकृत गोविन्द बहादुर श्रेष्‍ठको प्रतिवेदनले नेपाल सरकार......१ |पुनरावेदक | | |वादी | |विरूद्ध | |कृष्णबहादुर के.सी. को छोरा, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा |प्रत्यर्थी | |नं.-34 बानेश्‍वर बस्ने अर्जनुबहादुर |प्रतिवादी | |के.सी....................................१ | | |०7३-CR-1610 | |कृष्णबहादुर के.सी. को छोरा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा |पुनरावेदक | |नं.-34 बानेश्‍वर बस्ने अर्जनुबहादुर |प्रतिवादी | |के.सी....................................१ | | |विरूद्ध | |अनुसन्धान अधिकृत गोविन्द बहादुर श्रेष्‍ठको प्रतिवेदनले नेपाल सरकार......१ |प्रत्यर्थी | | |वादी | सुरु तहको फैसलाको विवरण |फैसला गर्ने अदालत |विशेष अदालत | |फैसला गर्ने न्यायाधीश |अध्यक्ष माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई | | |सदस्य माननीय न्यायाधीश श्री प्रभा बस्नेत | | |सदस्य माननीय न्यायाधीश श्री महेशप्रसाद पुडासैनी | | | | |सुरु फैसला मिति |२०72।10।04 | |सुरु तहको मुद्दा नं. |070-CR-00६2 | विशेष अदालत काठमाडौंको मिति २०72।10।04 को फैसलाउपर न्याय प्रशासन ऐन, 20७३ को दफा ९ तथा विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छ : मुद्दाको तथ्यगत व्यहोरा 1. नेपाल विद्युत प्राधिकरण, मध्ये वितरण केन्द्र रत्नपार्क काठमाडौंको मिति २०६७।४।११ गतेको पत्रानुसार उक्त केन्द्रको भण्डारमा रहेका जिन्सी सामानहरुको आ.व. २०६६।०६७ आषाढ मसान्तको जिन्सी भौतिक परीक्षण गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न सहायक निर्देशक श्री बेदलाल पराजुलीको संयोजकत्वमा इन्जिनियर मधुसुदन यादव, प्रशासकीय अधिकृत आनन्दमान डंगोल र स्टोर किपर अर्जुनबहादुर के.सी. सदस्य रहेको ४ सदस्यीय भौतिक परीक्षण टोली गठन भएको थियो। 2. नेपाल विद्युत प्राधिकरण, मध्ये बितरण केन्द्र रत्नपार्क काठमाडौंको मिति २०६७।६।८ गतेको पत्रानुसार उक्त केन्द्रमा कार्यरत बरिष्ठ सहायक अर्जुनबहादुर के.सी. लाई नक्साल आय संकलन केन्द्रमा काम तोकी निज जिम्मा रहेको केन्द्रको स्टोर उक्त केन्द्रकै लेखापाल रामकुमार श्रेष्ठलाई बरबुझारथ गर्न तोकिएको देखिएको र नेपाल विद्युत प्राधिकरण, मध्ये बितरण केन्द्र रत्नपार्क काठमाडौंको मिति २०६७।८।२ गतेको पत्रानुसार १ हप्ताभित्र उक्त केन्द्रका लेखापाल रामकुमार श्रेष्ठलाई बरबुझारथ गरी तोकिएको कार्यालयमा हाजिर हुन जान बरिष्ठ सहायक अर्जुन वहादुर के.सी. लाई पत्र लेखेको अवस्था छ। मिति २०६७।१०।१० मा सहायक निर्देशक श्री बेदलाल पराजुलीको नेतृत्वमा ४ सदस्यीय कमिटिको रोहवरमा भौतिक परीक्षण गर्ने गरी टोलि गठन भएको। मिति २०६७।११।९ मा स्टोर किपर अर्जुन वहादुर के.सी. ले उक्त केन्द्रका लेखापाल रामकुमार श्रेष्ठलाई मालसामान वुझाउने क्रममा स्टक लिष्ट अनुसारको सामानमध्ये मिति २०६७।११।९ गतेसम्म वुझाउन बाँकी रु.६४,४५,४८०।९३ नपुग भएकाले १५ दिनभित्र सो रकम बरावरको सामान वुझाउने म्याद माग गरेकोमा केन्द्रको मिति २०६७।११।९ को पत्रानुसार माग बमोजिमको समय (१५ दिन) भित्र बुझाउन र नबुझाएमा विनियम अनुसार कारवाही हुने ब्यहोरासमेत जानकारी गराएको भन्ने पत्र। 3. केन्द्रको मिति २०६७।११।२५ को पत्रानुसार स्टोर किपर अर्जुनबहादुर के.सी. ले वुझाउनुपर्ने सामानहरु आंशिकरुपमा मात्र बुझाएकाले ७ दिनभित्र नपुग सामान जति बुझाउन सूचित गर्दै अन्यथा आर्थिक प्रशासन विनियमावली, २०६२ तथा नेपाल विद्युत प्राधिकरण कर्मचारी प्रशासन विनियमावली, २०६२ अनुसार कारवाही हुने व्यहोरा समेत पूनः जानकारी गराउँदै स्टोर किपर अर्जुनबहादुर के.सी. लाई पत्र लेखेकोमा आफ्नो जिम्मामा रहेका सम्पूर्ण सामानहरु बुझाइनसकेको स्थिति रहेको उल्लेख गर्दै मिति २०६७।१२।४ मा नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रिय कार्यालय, बितरण तथा ग्राहक सेवापूर्वलाई सम्वोधन गरी बितरण केन्द्र प्रमुख दीपकराज आचार्यले स्टोरका सामानहरुको बरबुझारथ सम्वन्धी बिषयको टिप्पणी र आदेश पेश गरेको देखिएको अवस्था छ। माथि उल्लेखित बिषयहरुमा उक्त केन्द्रले मिति २०६७।१२।४ मा तयार गरेको बरबुझारथ बिवरण बमोजिम रु.४८,३३,०३७।९५ बरावरको सामानहरु नपुग रहेको ब्यहोरा पाना- २० को भौतिक परीक्षण बिवरणवाट देखिएको भन्ने समेत ब्यहोराको आयोगका तत्कालिन उपसचिव गजेन्द्र बहादुर श्रेष्ठ समेतले पेस गरेको स्थलगत अध्ययन प्रतिवेदन। 4. नेपाल विद्युत प्राधिकरण, बितरण तथा ग्राहक सेवा (काठमाडौं मध्ये बितरण केन्द्र), दरवारमार्ग काठमाडौंको प.सं. ०६०।६१ च.नं. २७९ मिति २०६०।८।१६ को पत्र बमोजिम तत्कालिन वरिष्ठ सहायक हाल अवकाश प्राप्त अर्जुनबहादुर के.सी. लाई काठमाडौं मध्ये बितरण केन्द्रको स्टोर इन्चार्जमा काम तोकिएको र मिति २०६०।८।२३ मा निज अर्जुनबहादुर के.सी. ले तत्कालिन स्टोर किपर (लेखापाल) गोकर्ण थापावाट सम्पूर्ण जिन्सी सामान तथा कागजात बरबुझारथ गरिलिएको देखियो। निज अर्जुनबहादुर के.सी. ले बरबुझारथ गरिदिँदा निम्नानुसारको सामान कमी भएको भनी बरबुझारथ गरिलिएको फोटोकपि कागजातमा उल्लेख भएको सामानहरुको विवरणः- तालिका नं. १ |सि.नं. |सामानको बिवरण |घटी भएको |दर |रकम |कैफियत | | | |परिमाण | | | | |१. |07 ACSR कण्डक्टर |2090 मि. | |32,361।80 | | |२. |१५० मि.मि.२ ४ कोर केवुल|215 मि. | |54,266।- | | |3. |डग कन्डक्टरको मिडस्पान |४७ थान | |59,271।18 | | | |ज्वाइन्ट | | | | | |4. |Wolf कण्डक्टरको मिडस्पान|३५ थान | |52,500।- | | | |ज्वाइन्ट | | | | | |5. |डग कन्डक्टरको ज्वाइन्टिङ्ग|50 थान | |30,000।- | | | |स्लीभ | | | | | |6. |तामाको पाता |11 थान | |13,425।- | | |७. |पि.एम. पोलको २०० |19 थान | |23,720।55 | | | |मि.मि. क्रसआर्म | | | | | |8‍. |पि.एम. पोलको ३०० |19 थान | |23,720।55 | | | |मि.मि. क्रसआर्म | | | | | |जम्माः |2,89,265।0८ | | 5. आ.व. 065/66 मा जिन्सी सामानको भौतिक परीक्षण गर्दा निम्नानुसारका सामानहरु कमी भएको देखियोः- तालिका नं. २ |सि.नं. |सामानको बिवरण |घटी भएको |दर |रकम |कैफियत | | | |परिमाण | | | | |१. |ACSR Conductor |20२0 मि. | |31,277।91 |शुरुदेखि नपुग | | |0.7 Sq. inch | | | |भनिएको | | |Panther | | | | | |2. |Mid span joint |47 थान | |5९,271।18 |शुरुदेखि नपुग | | |for dog | | | |भनिएको | | |conductor | | | | | |3. |Mid span joint |३0 थान | |45,000।- |शुरुदेखि नपुग | | |for wolf | | | |भनिएको | | |conductor | | | | | |4. |Jointing sleeve|५० थान | |30,000।- |शुरुदेखि नपुग | | |for dog | | | |भनिएको | | |conductor | | | | | |5. |16-20 mm. |३ थान | |1,525।50 |- | | |bushiing | | | | | | |insulator | | | | | |6. |200 mm. sq. |१९ थान | |23,720।55 |शुरुदेखि नपुग | | |cross arm PM | | | |भनिएको | | |pole | | | | | |7. |300 mm. sq. |१९ थान | |23,720।55 |शुरुदेखि नपुग | | |cross arm for | | | |भनिएको | | |PM pole | | | | | |8. |Bend for cross |४० थान | |3,218।८० |- | | |arm PM pole | | | | | |9. |Copper plaet |11 थान | |13,425।- |शुरुदेखि नपुग | | | | | | |भनिएको | |शरुदेखि नपुग सामानको मूल्य |2,26,415।19 | | |जम्मा |2,31,159।४९ | | 6. स्टोरमा रहेका जिन्सी सामानहरुको आ.व. ०६६।६७ को जिन्सी भौतिक परीक्षण गर्न सहायक निर्देशक बेदलाल पराजुलीको संयोजकत्वमा मिति २०६७।४।११ मा टोली गठन गरेको। तत्कालिन काठमाडौं मध्ये बितरण केन्द्र, दरवारमार्ग, काठमाडौंको प.सं. ०६७।६८ च.नं. ३०५ मिति २०६७।६।८ को पत्रवाट निज तत्कालिन वरिष्ठ सहायक (स्टोरकिपर) अर्जुनबहादुर के.सी.लाई सो केन्द्र अन्तर्गत आय संकलन केन्द्रमा काम तोकिएको हुँदा आफ्नो जिम्माका सामान लेखापाल रामकुमार श्रेष्ठलाई बरबुझारथ गर्न केन्द्र प्रमुखले आदेश दिएको देखिएको छ। मिति २०६७।८।३ देखि १ हप्ताभित्र लेखापाल रामकुमार श्रेष्ठलाई केन्द्र अन्तर्गत भण्डार फाँटको जिन्सी सरसामानहरु बरबुझारथ गरी तोकिएको कार्यालयमा हाजिर हुन जान पुनः मिति २०६७।८।२ मा अर्जुनबहादुर के.सी.लाई केन्द्र प्रमुखले आदेश दिएको। 7. आफ्नो जिम्मामा रहेको जिन्सी सामानहरु लेखापाल रामकुमार श्रेष्ठलाई नियमानुसार बरबुझारथ गरी तोकिएको कार्यालयमा हाजिर हुनु नभएको साथै नेपाल विद्युत प्राधिकरण आर्थिक प्रशासन सम्वन्धी विनियमावली, २०६२ को विनियम ८२ बमोजिम बरबुझारथसमेत नगरेको सन्दर्भमा पुनः मिति २०६७।८।२ च.नं. ४९९ को पत्रद्वारा एक हप्ताभित्र बरवुझारथ सम्पन्न गर्न ताकेता भएकोमा हालसम्म अटेर गरी बरवुझारथ गर्न कुनै चासो नदेखाएको पाइएकोले यसरी कार्यालयको आदेशको अवज्ञा गर्नुको कारणवारे ३ (तीन) दिनभित्र जानकारी गराउन अन्यथा नियमानुसार कारवाही हुने भनि मिति २०६७।८।१० को पत्रवाट निज अर्जुनबहादुर के.सी.लाई जानकारी गराएको देखिएको। 8. सहायक निर्देशक बेदलाल पराजुली, इन्जिनियर रविन्द्रकुमार, प्रशासकीय अधिकृत आनन्दमान डंगोल र सुपरभाइजर ध्रुवराज कार्की रहेको कमिटिको रोहवरमा बरवुझारथ गर्न मिति २०६७।१०।१० मा कमिटि गठन गरेको र विगतमा गरिएका आधिकारिक Adjustment भौचरवाट आएका सामानहरुको रकम पछि समावेश गर्नेगरी रु.६४,४५,४००।९२ बरावरको विभिन्न सामानहरु नपुग भएको व्यहोरा उल्लेख गरी पाना १ देखि २० सम्मको सामानहरु मिति २०६७।११।९ मा बरवुझारथ कमिटिको रोहवरमा निज अर्जुनबहादुर के.सी. ले लेखापाल रामकुमार श्रेष्ठलाई स्टोरको सामानहरु बरवुझारथ गरिदिएको देखिएको। स्टोरका मालसामान लेखापाल रामकुमार श्रेष्ठलाई बुझाउनेक्रममा स्टक लिष्ट अनुसारको सामानमध्ये मिति २०६७।११।९ सम्ममा बुझाउन वाँकी रु.६४,४५,४००।९३ को सामान वुझाउन १५ दिन म्याद पाउँ भनी मिति २०६७।११।९ मा निज अर्जुनवहादुर के.सी. ले निवेदन पेश गरेको देखिएको छ। निवेदनमा उल्लेख भएको म्यादभित्र नपुग भएका सामानहरु बुझाउनु हुन अन्यथा नेपाल विद्युत प्राधिकरणको नियमबमोजिम कारवाही हुने ब्यहोराको जानकारी काठमाडौं मध्ये बितरण केन्द्रले मिति २०६७।११।९ मा गराएको पत्र । 9. बितरण केन्द्रको प.सं. २०६७।६८ च.नं. ९३० मिति २०६७।११।९ र च.नं. १००७ मिति २०६७।११।२५ को पत्रानुसार तथा नेपाल विद्युत प्राधिकरण, आर्थिक प्रशासन विनियमावली, २०६२ (संशोधनसहित) को परिच्छेद ७ विनियम ८२ को उपविनियम (1) अनुसार भौतिक परीक्षणवाट देखिएका नपुग सामानहरु तोकिएको समयावधिभित्र के कति कारणले नबुझाएको हो भनी मिति २०६७।१२।४ मा स्पष्टिकरण माग गरेकोमा सो पत्र नवुझी सोही मिति अर्थात २०६७।१२।४ देखि विनासूचना कार्यालयमा अनुपस्थित रहेकोले आवश्यक कारवाहीको लागी नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रिय कार्यालय वितरण तथा ग्राहक सेवा (पूर्व) लाई मिति २०६७।१२।१३ मा लेखेको पत्र बुझाउन वाँकी सामानहरु एकिन गर्न मिति २०६७।१२।१८ मा उपप्रबन्धक विद्युत पौडेलको संयोजकत्वमा सहायक निर्देशक सूर्यप्रसाद सिवाकोंटी-सदस्य, सहायक निर्देशक रमेश कुमार घिमिरे-सदस्य, इञ्जिनियर रविन्द्र कुमार यादव- सदस्य, प्रशासकीय अधिकृत होमनारायण बेलवासे-सदस्य सचिव समेत ५ सदसीय छानविन कमिटि गठन गरेको देखिएको। 10. मिति २०६० पौषदेखि मिति २०६७ असोजसम्म स्टोर किपर पदमा कार्यरत रहँदा सामानहरु आएगएको CAIS Software मा इन्ट्री गर्ने र रिपोर्ट कार्यालयको लेखा फाँटमा पठाउने गरेको र साथै कार्यालयमा प्राप्त तथा खरिद गरिएका सरसामानहरुको जिम्मा समेत स्टोर किपरमा हुन्छ। मैले प्रत्येक वर्ष कार्यालयहरुको सरसामानहरुको भौतिक परीक्षण गराउँदै आएको छु। कार्यालयमा भौतिक सामानहरुको आम्दानी बाँध्दा अधिकांश सरसामानहरुको २ पटक CAIS मा इन्ट्री भएको देखिएको र खर्च एवं सरसामानहरुको भौचर पोष्टिङ्ग नभएको हुनाले स्टकभै भौतिकरुपमा सरसामानहरु कमी भएको सो को प्रतिलिपि जिन्सी खर्च भौचर पेश गरेको छु। प्रत्येक वर्ष आषाढ मसान्तमा कार्यालयमा कामको चापले गर्दा विगत वर्षहरुको खर्च समायोजन गर्न नसकी हाल समायोजनको लागि पेस गरेको हो। कार्यालयले मिति २०६७।६।५ गते मलाई आन्तरिक सरुवा गरी रमाना हुने क्रममा बरवुझारथ गर्ने सिलसिलामा मिति २०६७।११।९ गतेसम्म रु.६४,४५,४००।९३ बरावरको सरसामान नपुग भएकोमा स्टोरमा सरसामान राख्ने यथेष्ट ठाउँ नभएकाले ज्यामी लगाई सामान हेर्ने क्रममा मिति २०६८।२।२२ सम्ममा सो रकम घटि रु.४४,४३,९४१।०५ बराबरको सरसामानहरु मात्र नपुग भएको अवस्था छ। मैले अरु आ.व. ०६१।०६२ साल देखिनै आम्दानी तथा खर्च भौचर चेक गरी सर्टेज एकिन गर्ने कार्य गरिआएको छु। थप २ महिना समय पाएमा उल्लेखित रकम बरावरको सरसामान स्टोर लगायतका खर्च पोष्टिङ नभएको समेतवाट पूर्ति हुने सम्भावना देख्दछु। म उक्त सर्टेज सामानहरु खोज्न क्रियाशील रहेको हुनाले तत्काल कानूनी कारवाही नगर्नु हुन अनुरोध गर्दछु। साथै २ महिना म्याद दिएमा सर्टेज सामानहरु क्लियर गर्थें भन्ने समेत ब्यहोराको छानविन कमिटिका संयोजक विद्युत पौडेल समक्ष तत्कालिन स्टोरकिपर अर्जुनबहादुर के.सी. ले गरेको वयान। 11. तत्कालिन स्टोर किपर श्री अर्जुनबहादुर के.सी. ले छानविन कमिटिलाई प्रत्येक वर्ष स्टोरको भौतिक परीक्षणसमेत गरी आएको भनी झुठो बयान दिनुका साथै निजले स्टोर किपरकोरुपमा कार्यालयको सम्पूर्ण जिन्सी सामान समेतको आफ्नो जिम्मामा लिई बरबुझारथ गर्ने क्रममा रु.४४,४३,९४१।०५ रकम बरावरको सरसामानहरु नपुग भई अर्जुनहादुर के.सी. ले बुझाउन नसकेको एवं कार्यालय प्रमुखवाट स्वीकृति नलिई निजले आफू खुशी मनोमानी ढंगले अनुसूची-२ मा उल्लेख गरिएका सर-सामानहरुको मूल्य रु.४,०४,१९५।६२ बरावरको रकम मूल्य समायोजन गरेको देखिएकोले सो को पुष्टिसमेत नभएको र अधिकारप्राप्त अधिकारीवाट स्वीकृतीसमेत नलिई अनियमित कार्य गरेको हुनाले सो वापतको रु.४,०४,१९५।६२ र सरसामान सर्टेज वापतको रु.४४,४३,९४१।०५ गरी जम्मा रु.४८,४८,१३६।६७ हिनामिना गरी भ्रष्टाचारजन्य कसुर गरेको देखिएकोले उक्त रकम निजवाट असुल उपर गर्नुपर्ने र निजलाई नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा विनियमावली, 2०६२ (सं.स.) अनुसार आवश्यक विभागीय कारवाही गर्नुपर्ने देखिन्छ। उल्लेखित कार्य भ्रष्टाचारको परिभाषाभित्र पर्ने भएकोले निज उपर सो को मुद्दा दायर गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्र भएको हुनाले सो विषयमा मुद्दा दायर गर्नका लागि प्रस्तुत प्रतिवेदनसमेत आयोगमा पठाउनुपर्ने राय पेस गरेको देखिन्छ भन्नेसमेत व्यहोराको छानविन कमिटीको रायसहितको सिफारिस। 12. आफू २०३६ श्रावण महिनावाट क्लर्क पदमा नियुक्ति भई हाल ३२ वर्षदेखि यस प्राधिकरणमा कार्यगर्दै आइरहेको कर्मचारी हुँ। मैले मेरो जीवन नै यस प्राधिकरणमा समर्पित गरिसकेको हुँदा यस प्राधिकरणवाट मेरो व्यक्तिगत लाभ र प्राधिकरणलाई घाटा हुने गरी कुनै कार्य नगरेको हुँदा यस प्राधिकरणवाट मेरो ब्यक्तिगत लाभ र प्राधिकरणलाई घाटा हुनेगरी कुनै कार्य गरेको छैन। यसभन्दा पहिले अर्थात २०६० मार्ग देखि अगाडि ६ वर्ष काठमाडौं पूर्व बितरण केन्द्रको भण्डारमा पनि भण्डार प्रमुख भई कार्य गरेको र हालका बागमती क्षेत्रिय निर्देशक सुभाष दाहाल अन्तर्गत रहेर काम गरी उहाँकै पालामा इमान्दारीसाथ स्टोर बुझाई काठमाडौं मध्ये बितरण केन्द्रमा सरुवा भई स्टोरमा काम गर्ने गरेको निर्देशकज्यूलाई समेत अवगत भएको यथार्थता छ। यसर्थ विगतको कार्य मूल्यांकन र व्यक्तिको आचरण तथा अनुशासन समेतलाई अध्ययन गरी छानविन गर्न अनुरोध गर्दछु। म कार्यालयमा कार्यरत रहँदा आफ्नो कार्य गर्ने सिलसिलामा कार्यालयका प्रमुखसँग केही मनमुटाव भएको थियो। यस कार्यालयवाट सरुवा भएपछि मैले मेरो कार्यरत स्टोर फाँटका स्टोर सहायक लेखापाल रामकुमार श्रेष्ठलाई मैले हेरी आएको स्टोर बुझाउँदा मैले आफूले जिम्मा लिएका सामाग्रीहरुको रेखदेख संरक्षण संचालन कर्मचारी सेवा विनियमावली, २०६२ को विनियम १२४, १२५ को अधिनमा रही आफ्नो जिम्मेवारी इमान्दार तरिकाले पूरा गर्दै आएको थिएँ। तर यस कार्यालयका प्रमुखसँग मेरो ब्यक्तिगत मनमुटाव भएकोले उहाँले मलाई फसाउनको लागि हाल अनावश्यक तरिकाले वखेडा झिकी दुःख दिन खोज्नु भएको हो। आफ्नो स्पष्टिकरण पत्रमा उल्लेख गरेका बिषयहरुलाई गम्भीरताका साथ मनन गरी निश्पक्ष छानविन गरी मलाई लगाइएको झुठ्ठा आरोपवाट छुटकारा दिलाई मलाई सरुवा गरिएको कार्यालयमा स्वच्छन्द तरिकाले कार्य गर्न पाउने वातावरण मिलाई पाउँ भन्ने समेत ब्यहोराको प्रतिवादी अर्जुनबहादुर के.सी. ले मिति २०६८।४।२७ मा नेपाल विद्युत प्राधिकरण, बितरण तथा ग्राहक सेवा, रत्नपार्क बितरण केन्द्रसमक्ष पेस गरेको स्पष्टिकरण। 13. मिति २०६८।७।१३ को नेपाल विद्युत प्राधिकरणको निर्णयानुसार अर्जुनबहादुर के.सी. लाई २०६८।३।२० देखि नै लागु हुनेगरी नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा विनियमावली, २०६२ (संशोधन सहित), को विनियम १२७(२) (उ) को (ख) को कसुरमा भविष्यमा नेपाल विद्युत प्राधिकरणको सेवाको लागि अयोग्य ठहरिने गरी सेवावाट निलम्बन गरी मिति २०६८।३।२० देखिनै लागु हुने गरी बर्खास्त गर्ने गरी भएको निर्णय। 14. नेपाल विद्युत प्राधिकरण साविक काठमाडौ मध्ये वितरण केन्द्र रत्नपार्कका तत्कालिन स्टोर किपर अर्जुनबहादुर के.सी.लाई सोही केन्द्रको स्टोरवाट सो 'केन्द्र अन्तर्गतकै नक्साल आय संकलन केन्द्रमा मिति २०६७।६।८ मा काम तोकीएको हुँदा निजको जिम्मामा रहेको स्टोरको जिन्सी सामानहरु लेखापाल रामकुमार श्रेष्ठलाई बरबुझारथ गर्न मिति २०६७।८।२ र २०६७।८।१० मा तरताकेता गर्दासमेत बरवुझारथ नगरेको कारणवाट मिति २०६७।१०।१० मा सहायक निर्देशक बेदलाल पराजुली समेत चार जना सदस्य रहेको बरवुझारथ कमिटि गठन गरेको देखियो। सो कमिटिको रोहवरमा मिति २०६७।११।९ मा निज अर्जुनबहादुर के.सी. ले लेखापाल राम कुमार श्रेष्ठलाई स्टोरको जिन्सी सामान बरबुझारथ गर्दा रु.६४,४५,४००।९२ मूल्य बरावरको विभिन्न सामान नपुग भएको भनी बरबुझारथ कागजमा उल्लेख भएको देखियो। 15. तत्कालीन स्टोर किपर अर्जुनबहादुर के.सी.ले हिनामिना गरेको भन्ने उल्लेख भएको सामानको विवरणहरु तालिका नं.३ मा उल्लेख भई मिसिल सामेल रहेको। 16. सरस्वती क्याम्पसदेखि मनाङ्ग होटलसम्म र दुर्गा मन्दिर अगाडि घट्टेकुलोमा ११ के.भी. अण्डरग्राउण्ड केवुल प्रशारण लाइन विस्तार कार्यमा प्रयोग हुने सामान नेपाल बिद्युत प्राधिकरण साविक काठमाडौं मध्य बितरण केन्द्रले उपलब्ध गराउने गरी क्रमशः श्रृजना केन्द्र धोविघाट ललितपुर र श्री अमुषा प्रगति निर्माण सेवा, बालुवा-५, काठमाडौं सँग मिति २०६७।२।१७ मा सम्झौता भई मिति २०६७।२।२० मा कार्यादेश दिएको देखिन्छ। सो कार्यमा प्रयोग हुने क्रमशः तालिका नं. २ र ३ बमोजिमका सामानहरुको जिन्सी खर्च भौचर स्वीकृत गराई खर्च लेखेको देखियो। तर उक्त दुवै ठेक्का रद्ध भई सामान प्रयोग नभएको ब्यहोरा "श्री इन्जिनियरज्यू (निर्माण) उल्लेखित कार्यको लागी लेखिएको खर्चको सामान भण्डार मै मौज्दात भएको ब्यहोरा अनुरोध छ भनी काठमाडौं मध्य बितरण केन्द्रको मिति २०६७।४।१४ को मेमोमा अर्जुनबहादुर के.सी. स्वयमले उल्लेख गरी दस्तखत गरी प्रमाणित गरी दिएको। सरस्वती क्याम्पसदेखि मनाङ्ग होटलसम्म अण्डरग्राउण्ड केवुलिङ्ग कार्य गर्न भनी मूल्य रु. 8,46,535।02 पर्ने सामानको खर्च कटाएको विवरण तालिका नं.४ मा उल्लेख भई मिसिल सामेल रहेको देखिन्छ। 17. घट्टेकुलो दुर्गा मन्दिर क्षेत्रमा अण्डरग्राउण्ड केबुलिङ कार्य गर्न भनी मूल्य रु. १३,३५,९२१।८० पर्ने सामानको खर्च कटाएको विवरण तालिका नं.५ मा उल्लेख भई मिसिल सामेल रहेको देखिन्छ। 18. सरस्वती क्याम्पसदेखि मनाङ्ग होटलसम्म अण्डरग्राउण्ड केवलिङ्ग कार्य आ.व. 066/067 मा सन्चालन नभएपछि उक्त सामान साइटमा नलगिएको र भण्डार मै मौज्दात रहेको भनिएकोमा सामान स्टोरमा नपुग भएको भन्ने विवरण तालिका नं.६ मा उल्लेख भई मिसिल सामेल रहेको देखिन्छ। 19. त्यसैगरी घट्टेकुलो दुर्गा मन्दिर क्षेत्रमा अण्डरग्राउण्ड केवुलिङ्ग कार्य पनि आ.व. 066/067 मा नभए पछि उक्त सामान साइटमा नलगिएको भण्डार मै मौज्दात रहेको भनिएकोमा सामानहरु स्टोरमा नपुग भएको भन्ने विवरण तालिका नं.७ मा उल्लेख भई मिसिल सामेल रहेको देखिन्छ। 20. साविक बागमती क्षेत्रीय कार्यालय हाल काठमाडौं क्षेत्रीय कार्यालयबाट निम्नानुसारका सामानहरु प्राप्‍त भई बरबुझारथ हुँदा Customize Accounting Inventory System (CAIS) मा आम्दानी बाँध्न बाँकी रहेको सामानहरुको विवरण तालिका नं. ८ मा उल्लेख भई मिसिल सामेल रहेको देखिन्छ। 21. क्षेत्रीय कार्यालयबाट प्राप्‍त भई बरबुझारथ हुँदा (CAIS) मा आम्दानी बाँध्न बाँकी रहेका जिन्सी सामान मध्येका सामानहरु जिन्सी मौज्दातमा नपुग भएको विवरण तालिका नं.९ मा उल्लेख भई मिसिल सामेल रहेको देखिन्छ।मिति 2067।11।9 को बरबुझारथ कागजमा संलग्न उक्त 5/30 सिंगल फेज मिटरसमेत ७ प्रकारको सामानहरुमध्ये ट्रान्सफरमर आयल ११५ लिटर खर्च भएको प्रमाण कागज प्राप्‍त भएकोले सो आयल 420 लिटरमध्ये 305 लिटर र 50 वर्ग मिलिलिटरको एबीसी केबुल १०५ मिटर खर्च भएको प्रमाण कागज प्राप्‍त भएकोले १८५ मि. मध्ये ८० मिटर मात्र नपुग भई तालिका नं. 9 अन्‍तर्गत नपुग सामानको मूल्य रु.6,42,720।19 कायम हुने देखियो। 22. नेपाल विद्युत प्राधिकरण साविक बागमती क्षेत्रिय कार्यालयबाट अर्जुनबहादुर के.सी.ले सामान बुझिलिई जिन्सी दाखिला नगरेको विवरण तालिका नं.१० मा उल्लेख भई मिसिल सामेल रहेको देखिन्छ। 23. मिति 2067।11।9 को बरबुझारथ कागजमा केही उल्लेख नभए तापनि मिति 2069।4।23 मा स्वीकृत मेमो र मिति 2070।1।31 को रत्‍नपार्क वितरण केन्द्रको पत्र समेतको प्राप्‍त प्रमाण कागजातका आधारमा अर्जुनबहादुर के.सी. ले क्षेत्रीय कार्यालयबाट रु.2,63,758।-64 बराबरको सामान बुझिलिएको देखिन आयो। विभिन्‍न वितरण केन्द्रहरुमा ट्रान्सफर गरेको (पठाएको) देखाई देहाय बमोजिम एउटै सामानको दुईपटक पोष्‍टिङ्गसमेत गरी हिनामिना गरेकोः- 1. साविक काठमाडौं मध्ये वितरण केन्द्र, रत्‍नपार्कबाट मिति 2066।12।1 मा धादिङ्ग शाखामा 300/5 सिटी क्वायल ३ थान पठाई Transfer Issue Voucher को Issued ID No.1184 बाट मिति 2066/9/30 मा खर्च कटाएको देखिएकोमा सो सामान पनि कसैले बुझिलिएको देखिँदैन। यसबाट काठको पोल ५ थान र २४० मि.मि.२ XLPE केबुल १०० मिटर पठाउँदै नपठाई खर्च लेखेको र १५० मि.मि. २ XLPE केबुल १३० मिटरको दोहोरो खर्च कटाएको पुष्‍टि हुने देखियो। सो तथ्य कुलेश्‍वर वितरण केन्द्रको च.नं. ३१० मिति २०७०।८।११ को पत्रबाट पनि पुष्‍टि हुन आयो। दोहोरो खर्च लेखेको र सामान नपठाई खर्च लेखेको जिन्सी सामानको विवरण निम्नानुसार भएको पाइयोः- तालिका नं. ११ | |सामानको नाम |परिमाण |मूल्य |कैफियत | | |३००/५ सि.टि. क्वायल |३ थान |1,394।55 | | | |१५० मि.मि.२XLPE आर्मर HT|१०० मिटर |68,604।54 | | | |केवुल | | | | | | जम्मा |69,९९९।०९ | | सो तथ्य नेपाल विद्युत प्राधिकरण, धादिङ्ग वितरण केन्द्रको च.नं. १६० मिति २०७०।८।११ को पत्रवाट समेत पुष्टी हुनआएको छ। 2. साविक काठमाडौँ मध्य बितरण केन्द्र रत्नपार्कवाट मिति २०६६।९।२९ मा साविक काठमाण्डौ पश्चिम वितरण केन्द्र हाल कुलेश्वर बितरण केन्द्रमा काठको पोल ५ थान पठाएको भनी Transfor Issue Voucher को Issued ID No. 1185 बाट मिति २०६६।९।३० मा सो सामानको खर्च कटाएको देखिन्छ। सो सामान कसैले बुझिलिएको पनि देखिँदैन। त्यस्तैगरी मिति २०६६।१२।१७ को ट्रान्सफरनोट बमोजिम १५० मि.मि.२ XLPE केवुल १३० मिटर कुलेश्वर बितरण केन्द्रमा पठाई Transfer Issue Voucher को Issued ID No. 1555 बाट मिति २०६६।१२।१८ मा खर्च कटाएको देखिन्छ। पछि पुनः Issued ID No.1650 बाट क्रमश मिति २०६६।१२।३१ मा सोही सामानको खर्च कटाएकोमा सो को ट्रान्सफर नोट मिसिल संलग्न देखिँदैन। त्यस्तैगरी मिति २०६६।९।.... (गते उल्लेख नभएको) मा सोही केन्द्रमा २४० मि.मि.2X LPE केवुल (११ के.भि. XLPE Alumenium Power Cable) १०० मिटर पठाएको भनी Transfer Issue Voucher को Issued ID No.1184 बाट मिति २०६६।९।३० मा खर्च कटाएको देखिएकोमा सो सामान पनि कसैले बुझिलिएको देखिँदैन। यसवाट काठको पोल ५ थान र २४० मि.मि.२ XLPE केवुल १०० मिटर पठाउँदै नपठाई खर्च लेखेको र १५० मि.मि.२XLPE केवुल १३० मिटरको दोहोरो खर्च कटाएको पुष्टि हुने देखियो। सो तथ्य कुलेश्वर बितरण केन्द्रको च.नं. ३१० मिति २०७०।८।११ को पत्रवाट पुष्टि हुन आयो। दोहोरो खर्च लेखेको र सामान नपठाई खर्च लेखेको जिन्सी सामानको बिवरण निम्नानुसार भएको पाइयोः- तालिका नं. १२ | |सामानको नाम |परिमाण |मूल्य |कैफियत | | |२४० एम. एम. स्क्वा.XLPE केवल |100 मिटर |92,523।86 | | | |काठको पोल |५ थान |18,663।02 | | | |१५० एम.एम. स्क्वा.XLPE केवल |130 मिटर |89,198।94 | |