१८९२७५ - फौजदारी

Registration Number
०७५-CR-०३१४
Decision Date
2081-05-20
Registration Date
2075-04-31
Bench
कुमार रेग्मी, विनोद शर्मा
Plaintiff
सविन कटुवाल
Defendant
नेपाल सरकार

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री विनोद शर्मा फैसला ०७5-CR-0314 मुद्दा:- सवारी अङ्गभङ्ग। सुक्रराज कटुवालको छोरा जिल्ला संखुवासभा खादबारी न.पा वडा नं. 11 घर भई हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ न.पा वडा नं. 12 बस्ने सविन कटुवाल....1 विरुद्ध सर्वप्रिय प्रताप सिंहको जाहेरीले नेपाल सरकार .............................................१ शुरु तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रमेशकुमार खत्री काठमाडौ जिल्ला अदालत फैसला मितिः २०73।08।08 पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रेवन्त बहादुर कुँवर माननीय न्यायाधीश श्री राम प्रसाद अधिकारी उच्च अदालत पाटन फैसला मितिः 20७5।03।05 न्याय प्रशासन ऐन, २०73 को दफा 9 (१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड मिति २०७३।0४।२२ गते अं.८.१५ बजेको समयमा गंगालाल अस्पताल, बाँसवारी अगाडीको सडक खण्डमा गोल्फुटारबाट नारायणगोपाल चोकतर्फ आईरहेको बा ७७ प ५०३६ नं. को मोटरसाईकलले जेब्राक्रसिंगमा बाटो पारगरी रहेको वर्ष ६३ को सुनिल प्रताप सिंहलाई ठक्कर दिई घाईते बनाएकोमा निजलाई उपचारार्थ शिक्षण अस्पताल लगिएको, क्षति भएको मोटरसाईकल यस कार्यालयको नियन्त्रणमा रहेको भन्ने समेत व्यहोराको सडक दुर्घटना प्रतिवेदन। मिति २०७३।0४।२२ गते अं.८.०० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३ बाँसबारी गंगालाल अस्पताल अगाडी सडक बाटोको जेब्रा क्रसिङ्गमा पैदल यात्रा गरीरहेका मेरो बुबा सुनिल प्रताप सिंहलाई सविन कटुवालले लापरवाही साथ तिब्र गतिमा हाँकी ल्याएको बा. ७७ प. ५०३६ नं. को मोटरसाईकलले ठक्कर दिई सवारी दुर्घटना गरी अङ्गभङ्ग बनाई घाईते तुल्याएको हुँदा कानुन बमोजिम कारवाई गरी पाउँ भन्ने समेत व्यहोराको सर्वप्रिय प्रताप सिंहको जाहेरी दरखास्त। मिति २०७३।0४।२२ गते अं.८.०० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३ बाँसबारी गंगालाल अस्पताल अगाडी सडक बाटोको जेब्रा क्रसिङ्गमा पैदल यात्री सुनिल प्रताप सिंहलाई सविन कटुवालले लापरवाही साथ तिब्र गतिमा हाँकी चलाएको बा ७७ प ५०३६ नं. को मोटरसाईकलले ठक्कर दिई सवारी दुर्घटनाको वारदातमा संलग्न मोटरसाईकल चालक सविन कटुवाललाई फेला पारी पक्राउ गरी दाखिला गरेका छौ, कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन। घाईते सुनिल प्रताप सिंहको Right Tibia and fibula fracture, Traumatic optic neuropaths left eye Mild head injury with frontal contusion alleged history of road traffic accident hit by motorbike while walking, Left traumatic optic neuropathy with loss of vision light pretention only भन्ने समेत व्यहोराको घाँउ जाँच केश फारम । मिति २०७३।0४।२२ गते विहान अं.७.०० बजेको समयमा मेरो साथी आकाश राणालाई पछाडी राखी निजको हजुरआमाको नाममा दर्ता रहेको बा. ७७ प. ५०३६ नं. को मोटरसाईकल हाँकी ल्याउँदा अं.८.०० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३ गंगालाल अस्पताल अगाडी सडक खण्डमा आई पुग्दा सडक बाटो काटी हिडेका जाहेरवालाको बुबालाई मैले चलाएको बा ७७ प ५०३६ नं. को मोटरसाईकलले अचानक ठक्कर लाग्न गई निज सुनिल प्रताप सिंह घाईते भएका हुन भन्ने बेहोराको प्रतिवादी सविन कटुवालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३ गंगालाल अस्पताल अगाडी सडक बाटोमा पैदल यात्रा गरी रहेको पैदल यात्री सुनिल प्रताप सिंहलाई बा ७७ प ५०३६ नं. को सविन कटुवालले चलाएको मोटरसाईकलले ठक्कर दिएको भन्ने समेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । मिति २०७३।0४।२२ गते शनिवार विहान अं.०६.४५ बजेको समयमा दैनिक जसो मर्डिङ्गवाक घुम्न गई अं.८.०० बजेको समयमा का.जि. बासवारी गंगालाल अस्पताल अगाडी सडक बाटोको जेब्रा क्रसिङ्गमा बाटो पारगरी पुर्वतर्फबाट पश्चिमतर्फ जाने क्रममा म आफ्नो सुर सोचाईमा हिंडी रहेको थिए। एक्कासी उत्तरतर्फबाट चक्रपथतर्फ सविन कटुवालले चलाएको बा ७७ प ५०३६ नं. को मोटरसाईकल हाँकेर ल्याइ मलाई जोडसंग जेब्राक्रसिंगमा ठक्कर दिंदा म ढली घाईते भई बेहोस भएको हो। मलाई को कस्ले तत्काल टिचिङ्ग अस्पताल महाराजगञ्ज पुर्‍याएको हो, तत्काल थाहा भएन। २/३ घण्टा पछी टिचिङ्गमा होस आउदा मेरो दायाँ खुट्टाको घुडा देखी तल २ ठाउँमा भाचिएको छ, बायाँ आँखामा चोट लागेको छ देख्‍न सक्दिन बायाँ आँखाको भागमा चोट लागेको घाँउ झै राम्रो संग सन्चो भएको छैन। कानको जाली फुटी बायाँ कानले केही कुरा सुन्दैन। तत्काल टिचिङ्ग अस्पतालमा मेरो प्रारम्भिक उपचार पश्चात ग्राण्डी अस्पतालमा गई उपचार गराई मिति २०७३।0४।२७ गते डिष्चार्ज भएको छ। डाक्टरको सल्लाह अनुसार फलोअपमा बसी उपचार गराई रहेको हुँदा निज मोटरसाईकल चालक समेतलाई कानुन बमोजिम कारवाही होस भन्ने समेत बेहोराको सुनिल प्रताप सिंहको कागज । बा ७७ प ५०३६ नं. को मोटरसाईकल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं.१० बस्ने मन्जु राणाको नाममा दर्ता रहेको र व्यक्तिको नामबाट लाईसेन्स विवरण खोज्न नसकिने भन्ने समेत बेहोराको यातायात व्यबस्था कार्यालयको पत्र बेहोरा । घाईते सुनिल प्रताप सिंहको This is to certify that mr. Sunil Pratap Singh, a 64 year old gentleman with hospital number 16027995, presented to us on 06/08/2016 with an alleged history of road traffic accident. On complete ophthalmic workup, he has been diagnosed as left eye indirect Traumatic Optic Neuropathy resulting in loss of vision in the left eye with his consistent with the trauma, poor visual prognosis has been explained to the patient party. भन्ने समेत बेहोराको ग्राण्डी अस्पतालको पत्र। मिति २०७३।0४।२२ गते विहानको अं.७.०० बजेको समयमा घरमा बसेको थिए। मेरो नाती आकाश राणले मेरो नामको बा ७७ प ५०३६ नं. को मोटरसाईकल घर कम्पाउण्डमा चलाउछु भनी घर वरिपरी चलाई रहेको थियो। म भान्सा कोठामा चिया बनाउन गएको अवस्थामा निज नाती आकाश राणाले उक्त मोटरसाईकल लिई के कतिखेर आफ्नो साथी सविन कटुवालको घर का.जि. कपन गएछन थाहा भएन। पछि अं.८.०० बजेको समयमा का.जि.का.म.न.पा वडा नं. ३ बाँसबारी गंगालाल अगाडी सडक बाटोमा बा ७७ प ५०३६ नं. को मोटरसाईकले मानिस ठक्कर दिई घाईते बनाएको कुरा थाहापाई तथा ग्राण्डी अस्पताल टोखामा उपचार भै रहेको छ भन्ने कुरा समेत सुनी उक्त अस्पतालमा संलग्न भइ लागेको खर्च म सवारी धनीको हैसियतले दिन मन्जुर छु भन्ने समेत बेहोराको मन्जु राणाले लेखाई दिएको कागज । घाईते सुनिल प्रताप सिंहको शरिरको अंगहरुमा लागेको घाँउ उपचार खर्च आजैका मितिमा दुवै पक्षले एक आपसमा सम्पुर्ण उपचार खर्च क्षतिपूर्ति रकम बुझि लिने दिने गरेका छौ यसै विषयलाई लिई कहि कतै उजुर बाजुर गर्ने छैन भन्ने समेत व्यहोराको घाईते सुनिल प्रताप सिंह तथा प्रतिवादीका बुवा सुक्रराज कटुवाल समेतले गरेको मिति 2073।05।10 को सहमती कागज । बा ७७ प ५०३६ नं. को मोटरसाईकलको हेडलाईट र भाईजर हल्का रुपमा क्षति भएको, सवारीको साईड भाईजर हल्का कोरिएको, सवारीको फुट पाईडल भाचेको, सवारीको गियर लिवर तथा ह्याण्डल बाङ्गेको, सवारीको बायाँ साइड लाईट दुवै फुटेको भन्ने समेत बेहोराको सवारी (मेकानिकल) जाँच प्रतिवेदन । मिति २०७३।४।२२ गते विहान अं.७.०० बजेको समयमा घरमा रहेको मोटरसाईकल लिई साथी सविन कटुवालको घरमा गई साथी सविन कटुलाललाई धापासी जाउँ आज विदा छ भनी संगै बसी मेरो घरमा पढ्नु पर्छ भनी मेरो बा ७७ प ५०३६ नं. को मोटरसाईकल साथीलाई चलाउन दिई काठमाडौं जिल्ला धापासी आउने क्रममा का.जि.का.म.न.पा. वडा नं.३ गंगालाल अस्पताल अगाडी सडक खण्डमा आई पुग्दा उक्त मोटरसाईकलले अचानक पैदल यात्रीलाई ठक्कर दिंदा निज घाईते भएका हुन भन्ने समेत बेहोराको आकाश राणाको कागज । मिति २०७३।0४।३३ गते विहान गंगालाल अस्पताल तर्फको सडक बाटो हुँदै आफ्नो घरतर्फ गई रहेको थिए। काठमाडौं जिल्ला गंगालाल अस्पताल अगाडी मानिसहरु भेलाजम्मा भई रहेकोदेखी के भएको भनी बुझ्दा बा ७७ प ५०३६ नं. को सविन कटुवालले चलाएको मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिई घाईते बनाएको भन्ने बुझिएको हुँदा निज सविन कटुवाललाई कानुन बमोजिम करवाही होस भन्ने समेत व्यहोराको रविन गुरुङ्गले लेखाई दिएको कागज । प्रतिवादी सविन कटुवालले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६२(१) बमोजिमको कसूर अपराध गरेको देखिँदा निज प्रतिवादीलाई सोही ऐनको दफा १६2(१) बमोजिम सजाय गरी पाउन साथै चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाई अङ्गभङ्ग गराएकोमा सोही ऐनको दफा १६२(२) बमोजिम थप सजाय गरी पाउन र सवारी चालक अनुमतिपत्र नभएको प्रतिवादी सविन कटुवाललाई वा ७७ प ५०३६ नं. को मोटरसाईकल धनी मन्जु राणालाई सोही ऐनको दफा १६२(३) बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग मागदावी। मैले निज घाईतेलाई जेब्रा क्रसिङ्गमा नभई सो भन्दा केही पर बाटोको देब्रे साईडमा मोटरसाईकल चलाई आइ रहेको बेलामा घाईतेले बाटो क्रस गर्नु भएको हुँदा मोटरसाईकल नियन्त्रण गर्न नसकी ठक्कर लाग्न गएको हो। ठक्कर लागे पश्चात मैले चलाएको मोटरसाईकल रोकी निज घाईतेलाई आफैले उठाई रहेको बेलामा प्रहरी आई समातेको हो। निजलाई उपचार गर्ने खर्च समेत मैले व्यहोरेको छु। मैले चलाएको बा 77 प 5036 नं. को मोटरसाईकल मेरो साथी आकाश राणाको हजुरआमा मन्जु राणाको नाममा दर्ता भएको छ। मैले गरेको कसूर बमोजिमको सजाय पाउनु पर्ने हो भन्ने समेत व्यहोराको सबिन कटुवालले अदालतमा गरेको वयान । प्रतिवादी सविन कटुवाललाई मुलुकी ऐन अ.वं.118 नं को देहाय 2 वमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतबाट मिति २०७३।0५।१४ मा भएको थुनछेकको आदेश । उक्त मितिको दिन विहान मेरो नाति आकाश शमशेर ज.ब.रा ले उल्लेखित मोटरसाईकल घर कम्पाउण्डमा चलाउदै गरेका थिए र पछि वाहिर लिएर गएछन। उनले उक्त मोटरसाईकल सविन कटुवाललाई चलाउन दिई उक्त दुर्घटना हुन गएको रहेछ। उक्त कुरा घटना पश्चात मलाई छिमेकीले फोन गरेपछि थाहा पाए। घाईतेले पछि एकैपटक उपचार खर्च लिने भनी मेरो तर्फबाट रु.सात लाख र सविन कटुवाल तर्फबाट रु.तीन लाख गरी जम्मा दश लाख उपचार खर्च लिईसक्नु भएको छ। मलाई अभियोग दावी अनुसार सजाय हुनुपर्ने होईन किनकी मैले स्वयं सविन कटुवाललाई सवारी चलाउन दिएको होईन भन्ने समेत बेहोराको प्रतिवादी मन्जु राणाले अदालतमा गरेको वयान । मिति 2073।04।22 गतेको दिन विहानमा काठमाडौंको गंगालाल अस्पतालको अगाडीको मुल बाटोको जेब्रा क्रसिङ्गमा नै मलाई सविन कटुवालले चलाएको मोटरसाई‍कलले ठक्कर दिएको हो। त्यो मोटरसाईकल स्पिडमा थियो। मेरो दाहिने पट्टिको खुट्टा दुई ठाउँमा घुँडा भन्दा माथि भाँच्चिएकोमा स्टिलको प्लेट राखिएको छ। बायाँ आँखाले नजिकको मानिस पनि चिन्न नसक्ने अबस्था छ। बायाँ पट्टिको कानको जाली फुटेको छ। रु.एकलाख पचास हजार प्रतिवादी सविन कटुवालबाट र रु. आठ लाख पचास हजार मन्जु राणाबाट गरी जम्मा रु.दश लाख पाएको छु। मोटामोटी हालसम्म छ लाख जति खर्च भईसकेको छ भन्ने समेत व्यहोराको घाइते सुनिल प्रताप सिंहले शुरु अदालतमा आइ गरेको बकपत्र । प्रतिवादी सविन कटुवालले घाईतेलाई जेब्रा क्रसिङ्गमा नभई केही पर बाटोको देब्रे साईडमा घाईतेले बाटो काट्दा घाईतेकै कारणले मोटरसाईकलामा ठक्कर लाग्न गएको रहेछ।सो कुरा मैले पछि वरपरका मानिसहरुबाट थाहा पाएको हो। प्रतिवादीले अभियोग दावी अनुसार सजाय पाउनु पर्ने होईन भन्ने समेत व्यहोराको प्रतिवादी सविन कटुवालका साक्षी तारा गिरीले अदलतमा गरिदिएको बकपत्र।